प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
प्रशासन विभाग - परिचय

पृष्ठभुमि


प्रहरी सङ्गठनको प्रारम्भिक चरणको बेला नेपाल प्रहरीमा मिति २०४२।०५।१५ गते देखी नेपाल प्रहरी प्रधान कार्यालय मातहत प्रशासन विभाग गठन भई प्रहरी अतिरिक्त महानिरीक्षकको दरवन्दी कायम गरिएको पाईन्छ । नेपालको राजनीतिक व्यवस्था संघीयतामा प्रवेश गरे सँगै नेपाल प्रहरीको प्रारम्भिक पुनर्संरचना अनुरुप (मिति २०७५/०२/२७ गतेको नेपाल सरकार मन्त्रीपरिषद्को निर्णयानुसार) यस विभागलाई मानवश्रोत एवं प्रशासन विभागको रुपमा रुपान्तरण गरिएको थियो । साबिक मानवश्रोत एवं प्रशासन विभाग अन्तर्गत रहेका विभिन्न क्रियाशिल ईकाईहरूमा अधिक कार्यबोझ रहेकोले कार्य प्रकृति अनुसार छुट्टै विभाग गरिनु पर्ने आवश्यक भएकोले नेपाल प्रहरी र प्रदेश प्रहरीको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण पुनरावलोकन प्रतिवेदन २०७८ बमोजिम नेपाल सरकार (मन्त्रिपरिषद्)को मिति २०७८।११।०५ को निर्णय अनुसार नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभागमा प्रहरी अतिरिक्त महानिरीक्षकको दरबन्दी थप भई कार्य संचालनमा हुँदै आएको छ ।

          नेपाल प्रहरीका देशै भरि रहेका प्रहरी कार्यालयहरुमा आर्थिक प्रशासन सुचारु गर्ने, भौतिक पूर्वाधार व्यवस्थापन, बन्दोबस्तीका सामग्रीहरुको व्यवस्थापन तथा नियमानुसार वितरण, आवधिक रुपमा अनुगमन तथा मुल्याङ्कन गर्नु यस विभागको प्रमुख कार्य रही आएको छ । वित्तीय प्रशासन कार्य तर्फ बार्षिक बजेट निर्माण गरी मन्त्रालयमा पेश गर्ने, प्रहरी प्रधान कार्यालय देखि नेपाल भरका प्रहरी कार्यालयहरुमा बजेट व्यवस्थापन, पोशाक, हातहतियार लगायतका जिन्सी सामग्री खरिद तथा आपूर्ति र लेखापरिक्षण  समेत गराई कायम हुन आएको वेरुजु फर्स्यौट गर्ने सम्मका सम्पूर्ण दायित्वहरु वहन गर्ने जिम्मेवारी यस विभागको रहेको छ ।