प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
None - परिचय

पृष्ठभूमि:

ज्ञान, सिप र कौशल प्रदान गरी एक सक्षम र दक्ष प्रहरी तयार गर्न विभिन्न आधारभूत तथा उन्नत तालिमहरू संचालन गर्ने उद्देश्यले वि.स.२०२३ सालमा सुदुरपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्रका रूपमा स्थापित यस तालिम केन्द्रले वि.स. २०३८ सालको प्रशासनिक क्षेत्रीय पुनर्संरचना पश्चात मध्य पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्रको रूप धारण गरेको थियो । हाल नेपालको संविधान २०७२ जारी भए पश्चात राज्यको पूनर्संरचना भए संगै कर्णाली प्रदेशको मातहत रहने गरी तालुक प्रहरी प्रधान कार्यालय प्रशासन शाखाको च.नं.५५८ मिति २०७५।०६।०५ गतेको पत्र आदेशानुसार 'प्रदेश प्रहरी तालिम केन्द्र कर्णाली प्रदेश सुर्खेत (हाल नेपालगंज)' नामाकरण गरिएकोमा तालुक कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको क्र.सं.८३७१ मिति २०७५।१२।१५ गतेको संचार आदेशानुसार 'कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगंज)' को रुपमा पुन:नामाकरण गरिएको छ ।<br> स्थापना काल देखि हाल सम्म यस कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रले ५७४३० जना प्रहरी अधिकृत तथा जवानहरुलाई आधारभूत, उन्नत तथा अनुशिक्षण तालिम प्रदान गरि सकेको छ ।

लक्ष्य नेपाल प्रहरी सेवामा प्रवेश गर्न चाहने आवश्यकतानुसारको भर्ना मापदण्ड भित्र पर्ने कुनै पनि ईच्छुक नेपाली नागरिकहरुको निष्पक्ष र पारदर्शि तरिकाले भर्ना छनौट तथा अन्तिम छनौट भई आएका योग्य उम्मेदवारहरुलाई समय सापेक्ष व्यवसायिक तालीम प्रदान गरी दक्ष जनशक्ति उत्पादन गर्ने तथा सेवारत प्रहरी कर्मचारीहरुलाई बिभागिय नीति अनुरुप विभिन्न सेवाकालिन तालीमहरु प्रदान गर्ने कार्यमा योगदान पुर्‍याउने ।

उद्देश्यहरु (Objectives):

  1. निष्पक्ष तथा पारदर्शि भर्ना, छनौट गराउनु ।
  2. नव प्रवेशी प्रहरीहरुमा व्यावसायिक ज्ञान, सीप र क्षमता अभिवृद्धि गराई समयानुकुल दक्ष जनशक्तिको उत्पादन गर्नु ।
  3. विभागिय आवश्यकतानुसार सेवाकालिन प्रहरी कर्मचारीहरुलाई बिभिन्न व्यावसायिक तालीमहरु संचालन गर्नु ।
  4. प्रशिक्षण केन्द्रहरुका लागि आवश्यक योग्य बाह्य प्रशिक्षकहरु तयार गर्नु ।
  5. प्रशिक्षण कार्य र शैलीका सम्वन्धमा नविनतम प्रणालीहरुको खोज तथा अन्वेषण गर्ने ।
  6. प्रशिक्षक तथा प्रशिक्षाथीहरुको वृत्ति विकासको लागि अतिरिक्त कृयाकलापहरु संचालन गर्ने ।
  7. यस केन्द्रको तत्वावधानमा अन्य प्रहरी निकायहरुमा संचालन हुने तालीमहरुको आवश्यक निरीक्षण, अनुगमन र सल्लाह सुझाव प्रदान गर्नु ।
  8. तालीम संचालन सम्बन्धमा देखापर्ने नीतिगत तथा व्यवहारिक समस्याहरु समाधानका लागि तालुक कार्यालयहरुसंग समन्वय गरी काम गर्ने ।

मुल मान्यताहरु (Core Values):

उपलब्ध श्रोत साधन र जनशक्तिलाई अधिकतम रुपमा प्रयोग गरी संगठनको आवश्यकता र बिभागिय नीति अनुसार तोकिएको लक्ष्य हासिल गर्नु यस केन्द्रले आफ्ना मुल मान्यताको रुपमा अबलम्बन गरेको छ , जुन यस प्रकार छन ।