प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
अवैध लागूऔषधसहित पक्राउ
२०७९-१२-१६

काठमाडौं, अवैध लागूऔषध कोकिन ७ किलो ८ सय ८७ ग्रामसहित २ जना भारतीय महिलालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत SERCHHIP, MIZOROM ठेगाना भएकी ४५ वर्षीया VAHLALLAWMI र २९ वर्षीया ESTHER LALHLIMPUI रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वर र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले ईन्डिगो  एयरलाईन्सको उडानद्वारा भारतको नयाँदिल्ली जान लागेकी VAHLALLAWMI लाई बिमानस्थलको प्रस्थान कक्षको ब्यागेज चेकिङ गर्ने क्रममा २ किलो ८ सय ८७ ग्राम कोकिन फेला पारी पक्राउ गरेको थियो । साथै लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२६ ठमेलस्थित होटलबाट LALHLIMPUI लाई ५ किलोग्राम कोकिनसहित फेला पारी पक्राउ गरेको हो ।   झापा, मेचीनगर नगरपालिका-५ नकलबन्दा टोलबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १० ग्राम र नगद २८ हजार ६ सय १५ रुपैयाँसहित ललितपुर, ललितपुर महानगरपालिका-१३  घर भई मोरङ लेटाङ नगरपालिका-३ बस्ने ४६ वर्षीय विशाल शर्मालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय नकलबन्दा र सशस्त्र प्रहरी बल  नेपाल आउट पोष्ट नकलबन्दाबाट संयुक्त रुपमा खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । बर्दिया, बारबर्दिया नगरपालिका-३ भैंसाखानीबाट अवैध लागूऔषध चरेश १२ ग्राम ७ सय १० मिलिग्रामसहित मधुवन नगरपालिका-६ गाउँ नम्बर ४ बस्ने २२ वर्षीय मदन गुरुङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बनियाभारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । कञ्चनपुर, भिमदत्त नगरपालिका-१८ भगतपुरबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम २८ मिलिग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २४ वर्षीय रोहित चौधरी र १९ वर्षीय राहुल चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०७९-१२-१६

उदयपुर, १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका-४ मरुवा बस्ने २४ वर्षीय महेश परियारलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । महेशले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । तनहुँ, ४४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा घिरीङ गाउँपालिका-५ धेनु घर भई देवघाट गाउँपालिका-५ सेतिभतेरी बस्ने २७ वर्षीय पुरन परियारलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  पुरनले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय देवघाट र ईलाका प्रहरी कार्यालय आबुखैरेनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधहित पक्राउ
२०७९-१२-१६

कैलाली, धनगढी उपमहानगरपालिका-२ बाट  अवैध लागूऔषध खैरो हेरोइन २ ग्रामसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १७ वर्षीया किशोरी र कञ्चनपुर भिमदत्त नगरपालिका-६ बस्ने १८ वर्षीय किशोर रहेका छन् । प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।  सुनसरी, इटहरी उपमहानगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर ८ ग्रामसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ सुन्दरहरैचा नगरपालिका-६ बस्ने ३२ वर्षीय लक्ष्मीप्रसाद ढकाल र सुनसरी इटहरी उपमहानगरपालिका-९ बस्ने २३ वर्षीय बिनोद श्रेष्ठ रहेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट प्रदेश-१-०२-०४७ प ७८३२ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । सिरहा, मिर्चैया नगरपालिका-६ कटारी चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १८ ग्राम ५३ मिलिग्रामसहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मिर्चैया नगरपालिका-६ बस्ने २५ वर्षीय जितेन्द्र साह, सोही नगरपालिका-१० बस्ने २५ वर्षीय ललित कुमार राम र सोही नगरपालिका-३ बस्ने २४ वर्षीय देवन यादव रहेका छन् । ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले मधेश प्रदेश ०१-००४ प २५६६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । सर्लाही, बलरा नगरपालिका-१ हथियौलबाट अवैध लागूऔषध गाँजा करिब २० केजी बुधबार राति प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय बलराबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ नेपालबाट भारततर्फ जाँदै गरेको अनटेष्ट लेखिएको मोटरसाइकलका चालकले मोटरसाइकल छोडी फरार भएपश्चात प्रहरीले मोटरसाइकल तलासी गर्दा उक्त लागूऔषध फेला परेको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०७९-१२-१६

पाल्पा, ६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रुपन्देही गैडहवा गाउँपालिका-६ घर भई पाल्पा तानसेन नगरपालिका-६ स्थित खानेपानि ट्याङ्की निर्माणको काम गरी बस्ने ५६ वर्षीय महताम लोध र रुपन्देही कोटहीमाई गाउँपालिका-२ घर भएका १८ वर्षीय किशोर रहेका छन् ।  उनीहरूले ती महिललाई गत मंगलबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पा र प्रहरी चौकी बर्तुङबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरबाट मौलो पूजा सम्पन्न
२०७९-१२-१५

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले चैते दशैंका अवसरमा बुधबार नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गर्नुभयो ।नेपाल प्रहरीले परम्परागत रुपमा मनाउँदै आएको उक्त पूजाअर्चनाको क्रममा प्रहरी महानिरीक्षक कुँवरले बली पूजा गर्नुका साथै निशानमा पञ्जा छाप समेत लगाउनु भएको थियो । साथै प्रहरी महानिरीक्षक कुँवरले मौलोपूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी नायव निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद पुरस्कार र प्रहरी हवल्दार जितेन्द्र खाँ थारुलाई नगद पुरस्कार प्रदान गर्नुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृतहरु समेतले मौलो परिक्रमा गर्नुभएको थियो । पूजा बिसर्जनपछि मूलकोत हनुमानढोकाको लागि निशान प्रस्थान गराइएको थियो । साथै पुजारीबाट टीका तथा प्रसाद ग्रहण समेत गरिएको थियो । नेपाल प्रहरीको निशान नेपाली सेनाको रामदल पल्टनबाट आएको हो । जसमा दुई वटा निशान रहेका  हुन्छन् । मुख्य निशानमा सूर्य र चन्द्रको बिचमा राम धनुष चिन्ह अंकित भएको हुन्छ भने सहायक निशानमा सूर्य र चन्द्र चिन्ह अंकित हुन्छ । नेपाल प्रहरीलाई राष्ट्र र नागरिकको शान्ति सुरक्षाका साथै अमन चयन कायम राख्‍ने जस्तो संवेदनशील एवं महत्वपूर्ण कार्यमा सफलता प्राप्तिका लागि शक्तिपिठ र ईष्‍ट देवताको प्रतीकका रुपमा निशान झण्डालाई लिईन्छ । संगठनको कार्य सम्पादनमा कुनै पनि किसिमको अनिष्ट नहोस् र सम्पूर्ण कार्यमा सफलता प्राप्‍त होस् भनि निशान झण्डालाई पूजा गर्ने परम्परा रही आएको छ । नेपाल प्रहरीले बिक्रम सम्बत २०११ सालमा निशान झण्डा प्राप्‍त गरे पश्चात हरेक वर्ष वडा दशैं र चैते दशैंमा निरन्तर रुपमा मौलो पूजा गर्दै आएको छ ।

अवैध लागूऔषधसहित पक्राउ
२०७९-१२-१५

झापा, मेचीनगर नगरपालिका -६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ४ ग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा शिवसताक्षी नगरपालिका-१ बस्ने २४ वर्षीय प्रजन्त राई र बाँके नेपालगञ्ज उपमहानगरपालिका-६ घर भई झापा विर्तामोड नगरपालिका-१ बस्ने २१ वर्षीय शोहन भडेल रहेका छन् । ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.१० प ३८०७ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सबै समाचार
ट्राफिक नियन्त्रण १४७ औं समूहको तालिम सञ्चालन
२०७९-१२-१४

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय  रामशाहपथमा १४७ औं समूहको ट्राफिक नियन्त्रण तालिम सञ्चालन भएको छ ।  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले सोही कार्यालयमा मंगलबार आयोजित एक कार्यक्रमबीच उक्त तालिमको उद्‍घाटन गर्नुभयो । सो अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक भट्टले सवारी दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक आवागमनलाई सहज बनाउन तालिम उपयोगी रहेको चर्चा गर्दै तालिममा प्रदान गरिने व्यवसायिक ज्ञान, सिपलाई प्रशिक्षार्थीहरूले बढीभन्दा बढी उत्सुक भई हासिल गर्नुपर्नेमा जोड दिनुभयो ।   कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक सुनिल जंग शाहले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ४५ दिन कार्य अवधि रहेको उक्त तालिममा प्रहरी हवल्दार ३ जना, प्रहरी सहायक हवल्दार २० जना र प्रहरी जवान ४७ जना गरी कुल ७० जना प्रशिक्षार्थीहरु सहभागी रहेको जानकारी दिनुभयो ।

छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित १० जना पक्राउ
२०७९-१२-१४

मोरङ, रंगेली नगरपालिका-२ चेका खोलास्थित बाँसघारीबाट अवैध लागूऔषध गाँजा करिब १ सय ५० केजीसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत अररिया ठिङ्गापुर पञ्चायत-६ कुवाडी बस्ने २९ वर्षीय दिपक झा र भारत अररिया हाँसा पञ्चायत बस्ने ३० वर्षीय  सिन्टुक कुमार सिंह रहेका छन् । प्रहरी चौकी अमाहिवरियाती र ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको गाँजासहित फेला पारी पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा रंगेली नगरपालिका-३ रंजनी बस्ने ४६ वर्षीय वीर बहादुर कार्कीको घर नजिक रहेको बाँसघारीमा लुकाई राखेको अवैध लागूऔषध गाँजा करिब ८४ केजी फेला पारी वीर बाहदुर कार्की, भारत कुटहरा बस्ने २४ वर्षीय प्रबिण पासवान र भारत कटापुर बस्ने २४ वर्षीय बिष्णु कान्त मिश्र समेतलाई प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौं, भजनी नगरपालिका-३ जस बहादुरघाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्राम ७ मिलिग्रामसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टिकापुर नगरपालिका-१ बस्ने २४ वर्षीय दिनेश ढुङ्गाना र २४ वर्षीय युवराज थापा रहेका छन् । ईलाका प्रहरी कार्यालय सूर्यपुर भजनीबाट खटिएको प्रहरीले से.७ प ३९२५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।  कैलाली, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध गाँजा १ केजीसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ खनियाबास गाउँपालिका-४ बस्ने २४ वर्षीय राजु तामाङ र धादिङ नेत्राबती नगरपालिका-१ बस्ने १९ वर्षीय नवराज गुरुङ रहेका छन् । प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले धादिङदेखि काठमाडौंतर्फ आउँदै गरेको लु.२ ख २१४३ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।  चितवन, राप्ती नगरपालिका-३ मुडेबास बस्ने २४ वर्षीय ज्ञान बहादुर प्रजालाई अवैध लागूऔषध गाँजा करिब १० केजीसहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-१२-१३

काठमाडौं, बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी धनकुटा, धनकुटा नगरपालिका-६ घर भई काठमाडौं महानगरपालिका-११ बस्ने ६५ वर्षीय महेन्द्र नारायण श्रेष्ठलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।  उच्च अदालत पाटनको २०७९ माघ २० गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ४ दिन कैद र १४ लाख ४८ हजार ७ सय २८ रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले ललितपुर भैसेपाटीबाट पक्राउ गरेको हो ।  उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय नख्खु ललितपुर पठाइएको छ । 

अवैध लागूऔषधसहित पक्राउ
२०७९-१२-१३

महोत्तरी, एकडरा गाउँपालिका-५ गेना बथनाहा टोल बस्ने ६५ वर्षीय सोवित कापरलाई अवैध लागूऔषध गाँजा करिब २ किलोग्रामसहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कटकटैयाबाट खटिएको प्रहरीले उक्त गाँजासहित फेला पारी उनलाई पक्राउ गरेको हो ।  मोरङ, विराटनगर महानगरपालिका-१५, १ नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ९६ मिलिग्रामसहित सुनसरी धरान उपमहानगरपालिका-१५ बस्ने २३ वर्षीय गोपाल बिश्वकर्मालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बम्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित पक्राउ
२०७९-१२-१३

झापा, बिर्तामोड नगरपालिका-३ पुण्डरी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १६ ग्राम ८ सय मिलिग्रामसहित ईलाम चुलाचुली गाउँपालिका-४ बस्ने २७ वर्षीय सुरेश लिम्बुलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । पर्सा, कालिकामाई गाउँपालिका-१ तिनदुविया गाउँ बस्ने ३८ वर्षीय बृजेश प्रसाद कुर्मीलाई अवैध लागूऔषध चरेश जस्तो देखिने बस्तु करिब १० केजीसहित गएराति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । मकवानपुर, मनहरी गाउँपालिका-९ खरङ्गास्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ५ केजी ८ सय ग्राम आइतबार साँझ प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ भाबरबाट हेटौंडातर्फ जाँदै गरेको प्रदेश ३-०३ प ३४५६ नम्बरको मोटरसाइकल चालकले मोटरसाइकल र झोला फाली फरार भएपछि झोला तलासी गर्दा उक्त लागूऔषध फेला परेको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर दर्ज्यानी चिन्हबाट सुशोभित
२०७९-१२-१२

काठमाडौं, नेपाल सरकार मन्त्रिपरिषद्को २०७९ चैत १० गतेको निर्णयअनुसार प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएका बसन्त बहादुर कुँवर दर्ज्यानी चिन्हबाट सुशोभित हुनुभएको छ । नेपाल सरकार, गृहमन्त्रालय सिंहदरबारमा आइतबार आयोजित विशेष समारोहबीच गृहसचिव विनोद प्रकाश सिंहले प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई दर्ज्यानी चिन्हबाट सुशोभन गर्नुभएको हो ।  सुशोभन समारोहमा गृहसचिव सिंहले नेपाल सरकार गृह मन्त्रालयकोतर्फबाट प्रहरी महानिरीक्षक कुँवरलाई बधाई तथा कार्यकाल सफलताको कामना गर्नुका साथै उहाँको कार्यकालमा नेपाल प्रहरीमा गुणात्मक सुधार हुने, प्रहरी संगठन उच्च मनोबलका साथ काम गर्नसक्ने र नेपाल सरकारले प्रहरी संगठनमाथि थप गर्व गर्नसक्ने अवसर प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । कानूनी राज्यको मूल अवधारणालाई अंगिकार गर्दै प्रभावकारी अपराध नियन्त्रण तथा अनुसन्धान गर्ने विषयहरू, मानवअधिकारको संरक्षण एवम् प्रवर्द्धन लगायत समाजमा शान्ति सुरक्षा व्यवस्थापनमा प्रहरी संगठनको उद्देश्यमा सबै सरोकारवाला निकायको सहयोग हुने र प्रहरी महानिरीक्षक कुँवरले सकारात्मक रूपमा नेतृत्व प्रदान गर्नसक्ने विश्वास समेत गृहसचिव सिंहले व्यक्त गर्नुभयो । संगठनको उद्देश्य पूरा गर्न सबै प्रहरी कर्माचारीहरू एक ढिक्का भएर अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।  प्रहरी संगठन जनताले विश्वास गर्ने र संरक्षकको रूपमा आशा गर्ने संगठन भएको चर्चा गर्दै गृहसचिव सिंहले प्रहरीले प्रवाह गर्ने सेवालाई अझ बढी सशक्त रूपमा अगाडि बढाउनुपर्ने बताउनुभयो । गृहसचिव सिंहले सीमित स्रोत साधनका वावजूद पनि नेपाल प्रहरीले निर्वाह गरेको जिम्मेवारी प्रशंसनीय रहेको चर्चा गर्दै प्रहरीलाई आवश्यकता अनुसार स्रोत साधन उपलब्धता प्रति मन्त्रालयले आवश्यक समन्वय गर्ने बताउनुभयो । प्रहरीका हरेक सुधारका कार्यहरूलाई पूर्ण रूपमा सहयोग, साथ र समन्वय गर्न गृह मन्त्रालय प्रतिवद्ध रहेको बताउँदै उहाँले प्रहरी संगठनभित्र भएका नराम्रा कुराहरू हटाउन र राम्रा कुरालाई अगाडि बढाउन समेत मन्त्रालयले समन्वय तथा सहजीकरण गर्ने बताउनुभयो । पदस्थापना र सरूवाका मापदण्डको अक्षरस पालना गर्नेतर्फ प्रहरी महानिरीक्षक कुँवरले आवश्यक कदम चाल्नुहुने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो ।  गृहसचिव सिंहले प्रहरीले सबैभन्दा बढी जनतासँग नजिक भएर प्रभावकारी एवम् उत्तरदायी भई काम गर्नुपर्ने तथा प्रहरी संगठनको समस्या तथा संगठनलाई सुधार गर्नुपर्ने विषयहरू सबैलाई बढी चासोका विषय भएको उल्लेख गर्दै नवनियुक्त प्रहरी महानिरीक्षकबाट संगठनको आन्तरिक सुदृढिकरणको लागि भएका प्रतिबद्धताको कार्यान्वयनप्रति आशावादी रहेको बताउनुभयो ।   उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले व्यावसायिक निष्ठाकासाथ राष्ट्र सेवामा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै नेपाल सरकारले आफूलाई प्रहरी महानिरीक्षकमा पदोन्नति गरेकोमा नेपाल सरकार तथा गृह मन्त्रालयप्रति हार्दिक कृतज्ञता सहित आभार व्यक्त गर्नुभयो । नेपाल सरकार तथा गृह मन्त्रालयले सुम्पेको जिम्मेवारी आफ्ना सहकर्मी एवम् मातहतका प्रहरी कर्मचारीहरू प्रति कुनै पनि पूर्वाग्रहको भावनाबाट मुक्त रही निष्पक्षतका साथ निर्वाह गर्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।  नेपालको संविधानले मार्ग निर्देशित गरेको संघीय स्वरुपमार्फत विधिको शासन र मानवअधिकारको प्रत्याभूति, आर्थिक, सामाजिक रुपान्तरणद्वारा सुशासन, सामाजिक न्याय र सद्‍भावको सुनिश्चितता गर्न नेपाल प्रहरी निष्ठापूर्वक उच्च मनोबलका साथ कर्तव्यनिष्ठ रहेको बताउँदै प्रहरी महानिरीक्षक कुँवरले भन्नुभयो, ‘कार्यक्षमताको उचित मुल्याङ्कन, नेतृत्व क्षमता विकास गर्ने अवसरको निष्पक्ष उपलब्धता, तत्काल सजाय र पुरस्कारमार्फत नेकीबेदीको अभिलेखिकरणलाई वृत्ति विकासको एक महत्वपूर्ण पक्षको रुपमा संस्थागत गर्दै प्रहरीको आन्तरिक शुद्धिकरण मेरो भिष्मप्रतिज्ञा हो र यसबाट म किंचित पनि डगमगिने छैन ।’   नागरिकप्रति उत्तरदायी र कानूनको शासनमा आधारित भएर क्रियाशील रहन सकेमा मात्र नेपाल प्रहरीलाई नागगरिकमैत्री र सेवाग्राही संस्थाको रूपमा स्थापित गराउन सकिने हुँदा हाम्रो कार्यप्रति सेवाग्राहीको सन्तुष्टि नै नेपाल प्रहरीको अभिष्ट रहेको बताउँदै प्रहरी महानिरीक्षक कुँवरले अपराध, आपराधिक प्रवृत्ति, अनुचित प्रभाव र दवावहरूको सामु कहिल्यै कुनै पनि प्रकारको सम्झौता नगर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । समाजमा शान्ति सुव्यवस्था कायम राख्न नेपाल प्रहरीको एकल प्रायस मात्र पर्याप्त नहुने र यस किसिमको दायित्व निर्वाह गर्न आम नागरिक, सुरक्षासँग सम्बद्ध सरोकारवाला निकायहरुबाट सहयोग र सहकार्यको अपेक्षा रहेको उहाँले बताउनुभयो । नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभागसँगको निरन्तर समन्वय सहकार्यमार्फत देशको आन्तरिक सुरक्षा थप सुदृढ बनाई नागरिकको मनमा अमन चयन र कानूनी प्रत्याभूति दिलाउन नेपाल प्रहरीको कर्मेच्छा र क्रियाशिलतामा गुनासो आउने अवसर नदिइने उहाँले उल्लेख गर्नुभयो ।  कार्यक्रममा नेपाली सेनाका रथी सिताराम खड्का, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका उच्चपदस्थ अधिकारीहरु, प्रहरी नायव महानिरीक्षकहरू एवं संचारकर्मीहरुको उपस्थिति रहेको थियो । दर्ज्यानी चिन्हद्वारा सुशोभित भएपश्चात नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरले आइतबारै आफ्नो कार्यकक्षमा पदबहाली गर्नुभएको छ । प्रहरी महानिरीक्षक कुँवर नेपाल प्रहरी प्रधान कार्यालय प्रवेश गर्नुहुँदा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृत तथा जवानहरुले हार्दिक स्वागत गर्नुभयो ।  प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्पहार चढाई अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्नुकासाथै नेपाल प्रहरी प्रधान कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नुभयो । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको सङ्क्षिप्त जीवनीः प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर नेपाल प्रहरीको ३०औं प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को २०७९ चैत १० गतेको निर्णयअनुसार उहाँ नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा पदोन्नति हुनुभएको हो । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ९ तुम्कोटमा पिता भिम बहादुर कुँवर र माता नम कुमारी कुँवरको कोखबाट वि.सं. २०२६ चैत १५ गते जन्मनु भएका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरका श्रीमती लक्ष्मी पाराजुली कुँवर र २ छोरा हुनुहुन्छ । प्रहरी महानिरीक्षक कुँवरले वि.सं. २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदबाट नेपाल प्रहरी सेवा प्रारम्भ गर्नुभएको हो । प्रहरी सेवामा साहसी प्रहरी अधिकृतको रूपमा पहिचान बनाउनुभएका प्रहरी महानिरीक्षक कुँवर २०६३ भदौ ८ गते प्रहरी नायव उपरीक्षक, २०७१ फागुन १० गते प्रहरी उपरीक्षक, २०७५ फागुन ६ गते प्रहरी वरिष्ठ उपरीक्षक, २०७९ असार १७ गते प्रहरी नायब महानिरीक्षक र २०७९ चैत ६ गते प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएको थियो । त्रिभुवन विश्वविद्यालयबाट व्यापार प्रशासनमा स्नातकोत्तर शैक्षिक योग्यता हासिल गर्नुभएका प्रहरी महानिरीक्षक कुँवरले अन्तर प्रदेश प्रहरी कार्यदक्षता मुल्याङ्कन २०७३ तर्फ सर्वोत्कृष्ट हुन सफल भई पुलिस व्याटन प्राप्त गर्नुभएको थियो । उहाँ प्रहरी सेवाको क्रममा सुप्रबल जनसेवा श्री, गोरखा दक्षिणबाहु चौथो, संयुक्त राष्ट्र संघ पदक, गद्दी आरोहण रजत पदक, वीरेन्द्र ऐश्वर्य सेवा पदक, दैवीप्रकोप पीडितोद्वार पदकलगायतका विभूषणबाट विभूषित हुनुहुन्छ । यसैगरी उहाँ तोकिएको जिम्मेवारी अनुशासित भएर उत्कृष्ट ढंगले वहन गरी व्यावसायिक कार्य सम्पादन गरेबापत ग्रेड थप तथा विभिन्न समयमा १७ पटक नगद पुरस्कार प्राप्त गर्नुको साथै विभिन्न प्रशंसापत्रद्वारा सम्मानित हुनुभएको छ । साथै उहाँले प्रहरी निरीक्षक आधारभूत तालिम, मानव अधिकार प्रशिक्षक प्रशिक्षण तालिम, विशिष्ट व्यक्तिको सुरक्षा तालिम, अपराध अनुसन्धान तालिम, प्रशिक्षक प्रशिक्षण तालिम, ईन्भेस्टिगेटिभ ईन्टरभ्यु ट्रेनिङ कोर्ष, जमीनमुनीको विष्फोटक पदार्थ र अन्य विष्फोटन सामग्रीको सामान्य जानकारी, कोर्ष अन ह्युमेनराइट्स एण्ड ल इन्फोर्समेन्ट, स्थानीय संस्थाहरूको लागि क्षमता निर्माण, अपराधिक अनुसन्धान विधि तालिम, ट्रेनिङ अफ ट्रेनर्स अन प्रिभेन्सन अफ जेण्डर बेस्ड भ्वायलेन्स एण्ड एचआईभि एड्स, प्रजातान्त्रिक प्रहरी र मानवाधिकार तालिम, महिला तथा बालबालिकासम्बन्धी अपराध अनुसन्धान माष्टर प्रशिक्षक प्रशिक्षण तालिम, करप्सन एण्ड फाईनान्सियल ईन्भेष्टिगेसन मेथोडोलोजी ट्रेनिङ वर्कसप फर सिआईएए नेपाल, अपराध व्यवस्थापन कोर्ष, द्वन्द्व व्यवस्थापन तालिम र रेजनल सिनियर मिसन लिडर्स कोर्सलगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम हासिल गर्नुभएको छ । आफू र मातहतमा निष्ठावान भए संगठन बलियो हुन्छ भन्ने मान्यता राख्दै काम गर्ने अब्बल एवम् कुशल नेतृत्त्वदायी भूमिकामा रहने प्रहरी महानिरीक्षक कुँवरले प्रहरी निरीक्षक र प्रहरी नायव उपरीक्षक हुँदा गुल्मी, सुनसरी, सिन्धुली, मोरङ, दाङ, रोल्पा, काठमाडौं, नवलपरासी, गोरखा, डोटी, मनाङ, ललितपुर र धादिङ जिल्लाहरू तथा मातहत युनिटमा खटिएर जिम्मेवारी पूरा गर्नुभएको थियो । प्रहरी उपरीक्षक भएपछि चितवन र नुवाकोट जिल्लाको कमाण्ड गर्नुभएको थियो । प्रहरी वरिष्ठ उपरीक्षक भएपछि उहाँले केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुभएको थियो । साथै उहाँसँग काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी युक्ति तालिम महाविद्यालय नवलपरासीमा समेत काम गरेको अनुभव छ । प्रहरी नायव महानिरीक्षकमा मधेश प्रदेश प्रहरी कार्यालयको कमाण्डको साथै नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागको अनुभव गर्नुभएका कुँवर २०७९ चैत ६ मा प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति हुनुभएको हो । कार्य कुशलताका हिसावले अब्बल प्रहरी अधिकृत प्रहरी महानिरीक्षक कुँवरले हरेक पदमा रहँदा आफ्नो कार्यकुशलता प्रस्तुत गर्दै आउनुभएको छ । असहज परिस्थितिमा पनि सहज तरीकाले काम गर्न सक्ने क्षमता भएका कुँवरले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको कमाण्ड सम्हालेको बखत धरै अभियुक्तहरू पक्राउ गरी कानुनी दायरामा ल्याउन सफल हुनुभएको थियो । साथै समाजमा बढ्दो अपराधलाई नियन्त्रणमा ल्याउन ठूलै चुनौती सामना गरी प्रहरीको पोजिसनलाई मजबुद बनाउन र अपराध अनुसन्धानमा रचनात्मक कार्य गरी उत्कृष्ट कार्य सम्पादन गर्न कुँवरको भूमिका अब्बल रहेको छ । आफू खटिएका हरेक प्रहरी कार्यालयमा काम गर्दा आइपर्ने चुनौतीलाई संयमित भई काम गरी एउटा उत्कृष्ट प्रणालीको विकास गर्ने परिपाटी उहाँले बसाउनु भएको छ । राष्ट्र र राष्ट्रियताको रक्षा खाँतिर अहोरात्र खटिने प्रहरी महानिरीक्षक कुँवर देशमा मात्र होइन संयुक्त राष्ट्र संघीय मिसन सुडान र लाइबेरियामा कार्यरत रहँदा व्यावसायिक क्षमताको उच्च प्रदर्शन गरी काम गर्दै विश्व जगतमा नेपाल प्रहरीको छवि र नेपालको शिर उँचो राख्न आफ्नो भूमिका कुशलतापूर्वक निर्वाह गर्नुभएको थियो । जनशक्ति उत्पादन गर्ने प्रशिक्षण संस्थामा कार्यरत रहँदा उहाँले प्रशिक्षण विधिलाई आधुनिकीकरण गर्न निर्वाह गरेको भूमिका सराहनीय छ ।   

प्रहरी संगठनको आन्तरिक शुद्धिकरण पहिलो र मुल प्राथमिकता- प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर
२०७९-१२-१२

काठमाडौं,  प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी संगठनको आन्तरिक शुद्धिकरण आफ्नो कार्यकालको पहिलो र मुल प्राथमिकता रहेको बताउनुभएको छ ।  नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित विशेष समारोहबीच प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन सम्बोधनका क्रममा प्रहरी महानिरीक्षक कुँवरले प्रहरी संगठनको श्रीवृद्धिमा जोड दिँदै उक्त कुरा बताउनुभएको हो । अहिले संगठनका सामु समस्याका चाङहरू रहेको, संगठनको दुर्बल र सबल पक्षहरूलाई सामूहिक रूपमा पहिचान गरी त्यसका  निदानका उपायहरू अवलम्बन गर्नुको टङकारो आवश्यकता रहेको बताउँदै प्रहरी महानिरीक्षक कुँवरले नेतृत्वको एक प्रयासले मात्र समस्याहरूको हल हुन नसक्ने र यसका लागि सामूहिक प्रयास एवम् सामूहिक प्रतिबद्धता जरूरी रहेको बताउनुभयो । व्यावसायिकता, पारदर्शिता एवम् आर्थिक अनुशासन कायम राख्दै सभ्य तथा शिष्ट तवरबाट नागरिकलाई प्रहरी सेवा प्रदान गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरू संकल्पित हुनुपर्ने उहाँले बताउनुभयो ।  नेपाल प्रहरी नागरिक प्रशासनको सबै भन्दा संवेदनशील संस्था भएको, संगठन सदैव जनमुखी, पारदर्शी र कानूनले निर्देशित गरेको मूल्य मान्यताका आधारमा संचालित हुनुको अर्को विकल्प नभएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक कुँवरले मानवअधिकारको सम्मान, विधिको शासन र नागरिक सर्वोच्चताको अवधारणा अनुरूप नेपालको संविधान, प्रचलित ऐन-कानूनहरु र नेपाल सरकारको नीति निर्देशनबमोजिम परिचालित हुनु नेपाल प्रहरीको मूल दायित्व रहेको बताउनुभयो ।   क्षमता गुमेपछि आत्मविश्वास गुम्छ, आत्मविश्वास गुमाएपछि त्यो संगठनमा आवद्ध व्यक्तिहरूको स्वाभिमान गुम्छ भन्ने कुरा सबैले मनन गर्नुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक कुँवरले भन्नुभयो, ‘म यो संगठनको स्वाभिमान र साख गुम्न नदिन यहाँहरू सबैसँग आ-आफ्नो क्षेत्रबाट रचनात्मक क्रियाशिलताको अपेक्षा गर्दछु । संगठनको हित प्रति केन्द्रीत यहाँहरूको प्रयास र योजनाका लागि मेरो ढोका सदैव खुला रहने विश्वास दिलाउन चाहन्छु ।’  गैर व्यावसायिक आचरण र व्यवहार कुनै हालतमा सह्य नहुने बताउँदै प्रहरी महानिरीक्षक कुँवरले भन्नुभयो, ‘अपराधीहरूलाई कानूनको दायरामा ल्याउने लगायतका जिम्मेवारी बहनको सिलसिलामा प्रहरी कर्मचारीबाट अकर्मण्यता, लापरवाही र उदासिनता भएमा त्यो कुनै पनि हालतमा क्षम्य हुनेछैन ।’ साथै उहाँले सहकर्मी अधिकृतहरूलाई कुनै पनि पूर्वाग्रह र स्वार्थ बिना एकै साथ मिलेर, एक ढिक्का भएर संगठनको गरिमालाई थप उचाईमा पुर्‍याउन एकमतको सांगठनिक दूरदृष्टि बनाएर हरेक कदमसँगै हिँड्न समेत अनुरोध गर्नुभयो । संगठनमा रहेका मातहत दर्जाका प्रहरी कर्मचारीहरूको भलाईका लागि गर्न सकिने सम्पूर्ण प्रयास गर्ने र जुनसुकै प्रहरी कर्मचारीले बिना हिच्किचाहट र व्यवधानका साथ आफ्नो वास्तविकता संगठन प्रमुख समक्ष राख्न सक्ने मैत्रीपूर्ण व्यवहार र वातावरणको सुनिश्चतता हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।   समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरु, प्रहरी प्रधान कार्यालय तथा उपत्यकास्थित वरिष्ठ प्रहरी अधिकृत तथा जवानहरुको उपस्थितिको साथै प्रहरी प्रदेश कार्यालयहरूका प्रमुखहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरूका प्रमुखहरू, शिक्षालयका प्राचार्यहरू, प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुखहरू, जिल्ला प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी विशेष सुरक्षा गणका प्रमुखहरू, प्रदेश प्रहरी गणका प्रमुखहरूको समेत भर्चुअल रूपमा उपस्थिति रहेको थियो ।  

अवैध लागूऔषधसहित पक्राउ
२०७९-१२-१२

कास्की, पोखरा महानगरपालिका-१७ तिनकुने चोक बस्ने १८ वर्षीय किशोर समेत ४ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय १० मिलिग्राम र नियन्त्रित लागूऔषध नाईट्राभेट १ सय १८ ट्याब्लेटसहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । ती किशोरको कोठामा लागूऔषध लुकाई राखेको भन्ने विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  कञ्चनपुर, शुक्लाफाटा नगरपालिका-१२ जाई जाने भित्री बाटोबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ११ मिलिग्रामसहित सोही नगरपालिका-१० बस्ने २१ वर्षीय कृष्ण राना समेत ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बन्साह र ईलाका प्रहरी कार्यालय झलारीबाट खटिएको संयुक्त गस्ती टोलीले से.२ प ५५१३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । मकवानपुर, मनहरी गाउँपालिका-६ खयरघारीबाट अवैध लागूऔषध गाँजा ४ किलोग्रामसहित सोही गाउँपालिका सुनाचुरी बस्ने २६ वर्षीय सरोज गौतमलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सुनाचुरीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलगायत वरिष्ठ प्रहरी अधिकृतहरुको बिदाइ
२०७९-१२-१०

काठमाडौं, तीस वर्ष सेवा अवधि पूरा गरी सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु तथा प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहबीच बिदाइ गरिएको छ । उहाँहरुलाई नवनियुक्त प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले शुभकामनासहित हार्दिक बिदाइ गर्नुभएको हो । बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले तीन दशक लामो प्रहरी सेवाको व्यावसायिक यात्राबाट औपचारिक बिश्राम लिई निवृत्त हुन लाग्दा भव्य बिदाइ कार्यक्रमको आयोजना गरी आफूलाई हार्दिकतापूर्वक सम्मान दिनुभएकोमा नेपाल प्रहरी संगठन परिवार र नवनियुक्त प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरप्रति हार्दिक आभार प्रकट गर्नुभयो । प्रहरी महानिरीक्षक सिंहले नवनियुक्त प्रहरी महानिरीक्षक ज्यादै व्यावसायिक, कर्तव्यनिष्ठ र दूरदर्शी व्यक्तित्व रहेको चर्चा गर्दै आफ्नो कार्यकालमा उहाँले संगठनलाई थप नयाँ उचाई दिने विश्वास व्यक्त गर्नुभयो । संगठनमा देखिएका यावत् बाह्य तथा आन्तरिक चुनौतिहरूलाई चिरेर जानुपर्ने सुझाव दिँदै संगठनको यश वृद्धिका लागि नवनियुक्त प्रहरी महानिरीक्षकलाई रचनात्मक सहयोग गर्न सबै प्रहरी कर्मचारीलाई उहाँले निर्देशन समेत दिनुभयो । प्रहरी महानिरीक्षक सिंहले आफ्नो नेतृत्व कार्यकालमा सहयोग पुर्‍याउने सबै सकल दर्जाका प्रहरी अधिकृत तथा जवानहरू प्रति आभार समेत प्रकट गर्नुभयो ।  समारोहमा प्रहरी महानिरीक्षक सिंहले आफ्नो कार्यकालमा सम्पादन भएका उल्लेखनीय कार्यहरू एवम् प्रहरी संगठनमा हाल सञ्चालनमा रहेका महत्वपूर्ण कार्यहरू समेटिएर तयार गरिएको कार्य सम्पादन प्रतिवेदन नवनियुक्त प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई हस्तान्तरण गर्नुभयो । साथै नवनियुक्त प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलगायत वरिष्ठ प्रहरी अधिकृतहरूलाई कृतज्ञताको चिनो प्रदान गर्नुभयो । उक्त अवसरमा नवनियुक्त प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सेवानिवृत्त हुन लाग्नुभएका वरिष्ठ प्रहरी अधिकृतलाई राष्ट्र, नागरिक र संगठनप्रति पुर्‍याउनु भएको अमूल्य योगदानका लागि नेपाल प्रहरीको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो । संगठनको दिशानिर्देश गर्ने सम्बन्धमा प्रहरी महानिरीक्षक सिंहबाट बिदाइ सम्बोधनको क्रममा व्यक्त गर्नुभएका शब्द र त्यसका भावनाहरूलाई हृदयङ्गम गरी संगठनलाई मन, वचन र कर्मले नेतृत्व प्रदान गर्ने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो । सामूहिक नेतृत्वको अवधारणा अनुरूप एकढिक्का भई सबैले अपनत्व ग्रहण गर्नसक्ने संगठनको निर्माणलाई पहिलो प्राथमिकतामा राख्ने उहाँले उल्लेख गर्नुभयो ।  प्रणालीगत र पद्दतीगत विकासले संगठनको सुदृढिकरण सुनिश्चित भई बाह्‍य हस्तक्षेप निरुत्साहित हुने बताउँदै नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरले संगठनमा विगतमा प्रारम्भ भएका असल अभ्यासको निरन्तरता आफ्नो नेतृत्वकालको प्रस्थान विन्दु रहने बताउनुभयो  । प्रहरी संगठनमार्फत आफ्नो सम्पूर्ण उर्जा तथा सिर्जनशीलता देश र नागरिकका लागि समर्पित गरेर बिदाइ हुन लाग्नु भएका वरिष्ठ अधिकृतहरू प्रति नेपाल प्रहरी र तमाम सदस्यहरू सदैव कृतज्ञ रहने बताउँदै नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी संगठनको हितका सवालमा सेवा निवृत्त वरिष्ठ अधिकृतबाट जिवनपर्यन्त अमूल्य सुझाव एवं मार्गदर्शन प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।  समारोहमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती कुसुमलता सिंहलाई समेत बिदाइ गरियो । उहाँलाई श्रीमती लक्ष्मी कुँवर पराजुलीले सम्मान गर्नुभयो ।    प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहसँगै सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी वरिष्ठ अधिकृतहरुमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु सहकुल बहादुर थापा, उत्तम राज सुवेदी र दिवेश लोहनी, प्रहरी नायब महानिरीक्षकहरू नल प्रसाद उपाध्याय, मोहन कुमार आचार्य र मसाउद आलम खाँ तथा प्रहरी वरिष्ठ उपरीक्षकद्वय उमाशंकर पन्जियार र जनक राज पाण्डे रहनुभएको छ । उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, प्रहरी अधिकृत तथा जवानहरुले समेत सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलगायत प्रहरी वरिष्ठ अधिकृतहरुलाई शुभकामनासहित हार्दिक बिदाइ गर्नुभएको थियो ।

अवैध लागूऔषधसहित पक्राउ
२०७९-१२-१०

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब १ सय ४४ केजीसहित कैलाश गाउँपालिका-९ नामटार बस्ने ३० वर्षीय शुबचन्द्र भोम्जनलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले चितवनबाट पूर्व राजबिराजतर्फ जाँदै गरेको ना.६ ख ३०२१ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकमा लुकाई छिपाई ल्याएको उक्त परिमाणको लागूऔषध फेला पारी ट्रक चालक भोम्जनलाई पक्राउ गरेको हो । कञ्चनपुर, भिमदत्त नगरपालिका-६ ऐठपुर शिवटोल डेरा गरी बस्ने डडेलधुरा आलिताल गाउँपालिका-५ घर भएकी २२ वर्षीया सिमा थापा मगर र २२ वर्षीय राजु बोहरालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ७ मिलिग्रामसहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा नेपाल प्रदेश प्रहरी कार्यालय लागूऔषध नियन्त्रण सेल महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।  सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका-१३ छतौनि बस्ने ४१ वर्षीय भोला यादवलाई अवैध लागूऔषध गाँजा करिब ६ केजीसहित गएराति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय हनुमाननगर र बिओपी  पोष्ट बर्साईन टिकुलियाबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।  झापा, मेचिनगर नगरपालिका-६ स्थित मेचिपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय मिलिग्रामसहित सोही नगरपालिका-७ राधा कृष्ण टोल बस्ने ५० वर्षीया जमुना राजवंशीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेकी उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।  सर्लाही, पर्सा गाउँपालिका-३ नारायणपुरबाट अवैध लागूऔषध गाँजा ९ केजी ७ सय ग्राम बिहीबार राति प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी नारायणपुरबाट खटिएको गस्ति टोलीलाई देख्नासाथ अपरिचित व्यक्तिले बोरा फाली फरार भएपश्चात बोरा तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला परेको हो । हाल फरार व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।   

७२ जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तालिम प्रदान
२०७९-१२-०९

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ७२ जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सो कार्यालयमा संचालित ट्राफिक नियन्त्रण तालिम १४६औं समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।  सोही कार्यालयमा बिहीबार आयोजित तालिम समापन कार्यक्रममा कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक मिरा चौधरीले तालिम समापन गर्दै प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । उक्त अवसरमा प्रहरी नायब महानिरीक्षक चौधरीले आफ्नो आचरण र व्यवहारमा सुधार गर्दै संगठनको छवि तथा गरिमा उच्च हुने गरी जनअपेक्षा अनुरूप काम गर्न प्रशिक्षार्थीहरुलाई निर्देशन दिनुभयो ।  कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक अनिल कुमार उप्रेतीले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत माघ १० गतेदेखि संचालित उक्त तालिममा प्रहरी सहायक हवल्दार १६ जना र प्रहरी जवान ५६ जना गरी जम्मा ६९ जना प्रशिक्षार्थीहरुले तालिम हासिल गरेको जानकारी दिनुभयो ।

अवैध लागूऔषधसहित पक्राउ
२०७९-१२-०९

झापा, मेचीनगर नगरपालिका-६ मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ४ ग्रामसहित भारत घर भएका ३४ वर्षीय ताहिर हुसैनलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । कैलाली, भजनी नगरपालिका-५ मिलनपुरबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ३ ग्राम ५ मिलिग्रामसहित घोडाघोडी नगरपालिका-८ बस्ने २१ वर्षीय लक्ष्मण शाहीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले से.२ प ८५७१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकल चालक शाहीलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।  नवलपरासी (पूर्व), कावासोती नगरपालिका-१६ चालिस किलो जंगलस्थित सडकबाट नियन्त्रित लागूऔषध डाईजेपाम ४३ एम्पुल, नुर्फिन ४३ एम्पुल र फेनारगन ४३ एम्पुलसहित कास्की पोखरा महानगरपालिका-३१ बस्ने ३० वर्षीय बिकास गुरुङ समेत ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) बाट खटिएको प्रहरीले ना.७ ख २७४१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।  सुनसरी, धरान उपमहानगरपालिका-४ आँपगाछीस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ३ सय केजी बिहीबार बिहान प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उक्त स्थानमा जिजे ०१ एचक्यू २४६१ नम्बरको स्कारपियो गाडी रोकी राखेको अवस्थामा फेला पारी शंका लागि गाडी जाँच गर्दा झोलामा प्याक गरी राखेको अवस्थामा उक्त परिमाणको लागूऔषध फेला पारेको हो । प्रहरीले हाल फरार व्यक्तिहरूको खोजी गरिरहेको छ ।   यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०७९-१२-०८

काठमाडौं, नेपाल सरकार मन्त्रिपरिषद्को २०७९ चैत ६ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनु भएका ५ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ ।प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहबीच प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएका बसन्त बहादुर कुँवर, टेक प्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । समारोहमा प्रहरी महानिरीक्षक सिंहले पदोन्नति भएका प्रहरी अधिकृतहरुको व्यक्तिगत, पारिवारिक र व्यावसायिक जीवनको सफलताको शुभकामना दिँदै पदोन्नति भएका मध्यबाटै संगठन प्रमुख हुने भएकोले आगामी दिन संगठन प्रमुखको रुपमा प्राप्त हुने जिम्मेवारी बहन गर्नका लागि तयार रहन निर्देशन दिनुभयो ।   प्रहरी महानिरीक्षक सिंहले लामो समयपछि पदोन्नति सुचारू भएकोमा नेपाल सरकारप्रति आभार व्यक्त गर्दै संगठनको उच्च तहमा रहने प्रहरी अधिकृतहरुलाई चौतर्फी रुपमा चुनौतीको सामना गर्नु पर्ने भएकोले उक्त चुनौती  र जिम्मेवारीलाई कुशलता पूर्वक निर्वाह गर्नुपर्ने बताउनुभयो । प्रहरी महानिरीक्षक सिंहले संगठनको नेतृत्वसँगै नेपाल प्रहरीलाई कसरी गतिशिल र चलायमान बनाउन सकिन्छ भन्ने बारेमा योजना बनाउनु पर्ने बताउँदै संगठनको आगामी नेतृत्व अव्बल व्यक्तिको हातमा जाने विश्वाससमेत व्यक्त गर्नुभयो ।  उक्त अवसरमा पदोन्नति हुनुभएका प्रहरी अतिरिक्त महानिरीक्षकहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी महानिरीक्षकलगायत बढुवा प्रकियामा सहभागी सम्पूर्णप्रति आभार व्यक्त गर्दै पदोन्नतिसँगै गहन जिम्मेवारीको बढोत्तरी हुने हुँदा प्राप्त जिम्मेवारी कुशलतापूर्वक बहन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । संगठनप्रति बफादार रहि संगठनको श्रीवृद्धि गर्न दृढ संकल्पित रहने बताउनु हुँदै उहाँले समग्र सुरक्षा र अपराध अनुसन्धानको जिम्मेवारी बोकेको प्रहरी संगठनमा संगठनप्रति व्यवसायिक र निष्ठावान रहि जिम्मेवारी बहन गर्ने कार्यमा सबैको सत्प्रयास अपरिहार्य रहेको विचार व्यक्त गर्नुभयो । समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरुको उपस्थिति रहेको थियो ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-१२-०८

 बर्दिया, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी बाँसगढी नगरपालिका-६ बस्ने अमर सिंह थारुलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत बर्दियाको २०७९ कात्तिक २९ गतेको फैसालाले कर्तव्य ज्यान मुद्दामा १२ वर्ष कैद, १ लाख रुपैयाँ जरिवाना र २५ हजार रुपैयाँ क्षतिपुर्ति सजाय ठहर भई फरार भएका उनलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले बाँसगढी नगरपालिका-६ मोतिपुरबाट पक्राउ गरेको हो ।उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बर्दियामा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय बर्दिया पठाइएको छ ।   

अवैध लागूऔषधसहित ११ जना पक्राउ
२०७९-१२-०८

 मकवानपुर, थाहा नगरपालिका-८ चौतराबाट अवैध लागूऔषध गाँजा करिब ४५ केजीसहित सोही ठाउँ बस्ने ५७ वर्षीय लाल बहादुर घलानलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनले आफ्नै घरमा लागूऔषध गाँजा विक्री वितरण गरेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले तलासी गर्दा उनको घरबाट उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । साथै उनकै भाइ शेर बहादुरको घरबाट करिब ६३ केजी अवैध लागूऔषध गाँजा पारी प्रहरीले बरामद गरेको छ । हाल फरार शेर बहादुरको प्रहरीले खोजी गरिरहेको  छ ।   दाङ, गढवा गाउँपालिका-४ स्थितबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब १० ग्रामसहित घोराही उपमहानगरपालिका-१५ बस्ने १९ वर्षीय त्रिशक्ति बर्तौलासमेत ५ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँ रहेको खाली घरमा लागूऔषध सेवन गरिरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले घर तलासी गर्ने क्रममा उक्त लागूऔषध फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २ ग्राम ६८ मिलिग्रामसहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही महानगरपालिका-११ बस्ने २० वर्षीय बिनायक शर्मा र २३ वर्षीय अमर कुमार साह रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेको को.८ प ७६२ नम्बरको मोटरसाइकललाई लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब १ ग्राम ५० मिलिग्रामसहित  २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सुनसरी धरान उपमहानगरपालिका-१६ बस्ने २१ वर्षीय मोहन श्रेष्ठ र तेह्रथुम लालीगुँरास नगरपालिका-७ बस्ने २८ वर्षीय राजेन्द्र भण्डारी रहेका छन् ।  लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरीले शंका लागि भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरुलाई जाँच गर्ने क्रममा उक्त लागूऔषसहित फेला पारी पक्राउ गरेको हो । काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ४ सय ६३ ट्याव्लेटसहित सर्लाही लालबन्दी नगरपालिका-१५ बस्ने २४ वर्षीय संजय कुमार स्याङतानलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले ना.५ ख ७९४३ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषधसहित ९ जना पक्राउ
२०७९-१२-०८

 झापा, दमक नगरपालिका-१ हवल्दार चोकबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २ ग्रामसहित मंलगबार राति ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २८ वर्षीय मुना राई, २४ वर्षीय संन्जय राई,  सोही नगरपालिका-९ बस्ने २८ वर्षीय रविन धिमाल र १९ वर्षीय निशान नेपाली रहेका छन् । चोकमा लागूऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमक र प्रहरी पोष्ट फागुनन्दबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुले उक्त पदार्थ निशान नेपालीबाट खरिद गरी ल्याएको भने अनुसन्धानको क्रममा खुल्न आएपश्चात निशानलाई समेत प्रहरीले पक्राउ गरेको हो । धादिङ, गजुरी नगरपालिका-६ आदमघाटबाट अवैध लागूऔषध गाँजा करिब ४ केजीसहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रुपन्देही ओमसतिया  गाउँपालिका-४ बस्ने १९ वर्षीय मोहमद सरिफ खान र रुहणी गाउँपालिका-१ बस्ने २३ वर्षीय ईरफान खान रहेका छन् । अस्थायी प्रहरी पोष्ट आदमघाटबाट खटिएको प्रहरीले पैदल हिडीरहेका उनीहरुलाई शंका लागी जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको छ ।  मोरङ, कानेपोखरी गाउँपालिका-५ भौसावारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ सय ६० मिलीग्रामसहित उर्लाबारी नगरपालिका-२ बस्ने २९ वर्षीय मिलन ढकाललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले मे. ८ प ९५०७  नम्बरको मोटरसाइकलमा सवार उनलाई जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । मकवानपुर, हेटौडा उपमहानगरपालिका-३ लेवटबाट अवैध लागूऔषध गाँजा करिब ४ केजीसहित सोही उपमहानगरपालिका-११ थानाभर्‍याङ बस्ने २४ वर्षीय पासाङ दोर्जेललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी लेवटबाट खटिएको प्रहरीले ना.२८ प २८४७ नम्बरको मोटरसाइकलमा सवार दोर्जेललाई उक्त लागूऔषधसहित पक्राउ गरेको   हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । सिरहा,  धनगढीमाई नगरपालिका-८ कसहा बस्ने ७४ वर्षीय चौधरी महतोलाई अवैध लागूऔषध गाँजा ५ केजी ३ सय ग्रामसहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । आफ्नै घरमा लुकाई छिपाई गाँजा विक्री वितरण गरेको भन्ने विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो सिरहा, ईलाका प्रहरी कार्यालय धनगढी र अस्थाई प्रहरी पोष्ट कसहाबाट संयुक्त रुपमा खटिएको प्रहरीले तलासी गर्ने क्रममा उनकै सुत्ने कोठाबाट उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषधसहित पक्राउ
२०७९-१२-०७

सुनसरी, धरान उपमहानगरपालिका-२० स्थित सडकबाट अवैध लागूऔषध गाँजा ३१ केजीसहित धनकुटा सागुरीगढी गाउँपालिका-९ घर भएका २५ वर्षीय जितेन राईलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले प्रदेश १-०२-०५१ प २३०५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । यसैगरी धरान उपमहानगरपालिका-११ बस्ने ४७ वर्षीया विष्णु माया राईको घरबाट लुकाई छिपाई राखेको अवैध लागूऔषध गाँजा ३१ केजी फेला पारी राईलाई ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले मंगलबार बिहान पक्राउ गरेको छ ।  झापा, बिर्तामोड नगरपालिका-३ बिर्ताबजारबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ८ सय मिलिग्राम र नगद ६ हजार ७ सय ५० रुपैयाँसहित सोही नगरपालिका-२ बस्ने २६ वर्षीय दयालाल राजबंशीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बनधमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  

नेपाल प्रहरी-भक्तविर सिंह तुलाधर फाउण्डेसन छात्रवृत्ति अक्षयकोष स्थापना सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
२०७९-१२-०६

काठमाडौं,  नेपाल प्रहरी र भक्तविर सिंह तुलाधर फाउण्डेसनबीच ‘नेपाल प्रहरी-भक्तविर सिंह तुलाधर फाउण्डेसन छात्रवृत्ति अक्षय कोष’ स्थापना, सञ्चालन तथा व्यवस्थापनमा सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक कार्यक्रमबीच हस्ताक्षर भएको छ । सो अवसरमा भक्तविर सिंह तुलाधर फाउण्डेसनका अध्यक्ष राजेशवीर सिंह तुलाधरले अक्षय कोष स्थापनाका लागि २५ लाख रुपैयाँको चेक प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलाई हस्तान्तरण गर्नुका साथै समझदारीपत्र आदान प्रदानसमेत गर्नुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले सम्झौताको लागि भक्तविर सिंह तुलाधर फाउण्डेसनलाई धन्यवाद दिँदै सम्झौताले तल्लो दर्जाका प्रहरी कर्मचारीहरूको कार्यदक्षता र मनोबलमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्नुभयो । भक्तविर सिंह तुलाधर फाउण्डेसनले सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गर्दै प्रहरी महानिरीक्षक सिंहले आगामी दिनमासमेत नेपाल प्रहरी र भक्तविर सिंह तुलाधर फाउण्डेसनबीच आपसी सहयोग आदान प्रदान हुने उल्लेख गर्नुभयो । उक्त अवसरमा भक्तविर सिंह तुलाधर फाउण्डेसनका अध्यक्ष राजेशवीर सिंह तुलाधरले सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल प्रहरीलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो । साथै आगामी दिनमा समेत नेपाल प्रहरीसँगको सहकार्यलाई निरन्तरता दिने उहाँले उल्लेख गर्नुभयो । सम्झौता अनुसार नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाले तोकेको नेपाल पुलिस स्कुलहरूमा अध्ययन गर्ने बहालवाला, अवकाश प्राप्त र अमर/शहीद एवम् अशक्त प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दार दर्जासम्मका उत्कृष्ट अंक प्राप्त गर्ने प्रहरी कर्मचारीका सन्ततीहरूलाई कम्तीमा २ जना जेहेन्दार विद्यार्थीलाई वार्षिक शुल्क, परीक्षा शुल्क, स्टेशनरी र आवासीय सुविधा भएको स्कुलमा आवास र खाना खर्च तथा आवासीय सुविधा नभएको स्कुलमा गाडी भाडासमेत निरन्तर उपलब्ध हुनेछ । छात्रवृत्ति प्रदान गर्नको लागि कम्तीमा २५ लाख रूपैयाँ भक्तविर सिंह तुलाधर फाउण्डेसनले प्रहरी कल्याण कोषको नाममा ‘नेपाल प्रहरी- भक्तविर सिंह तुलाधर फाउण्डेसन छात्रवृत्ति अक्षय कोष’ को स्थापना गर्ने र उक्त खाता संचालन तथा व्यवस्थापन प्रहरी कल्याण कोषले गर्नेछ । आगामी शैक्षिक सत्र २०८० वैशाखदेखि लागू हुने यो सम्झौता अनुसार नेपाल पुलिस स्कुलका कक्षा ४ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूलाई उपलब्ध हुने र नेपाल पुलिस स्कुलहरूले विद्यार्थीहरूको समयानुकूल शुल्क परिमार्जन भई बृद्धि भएको अवस्थामा छात्रवृत्ति अक्षय कोषबाट प्राप्त हुने ब्याज आम्दानी रकमबाट अपुग भएमा आपसी समन्वय र सहमतीमा समस्या समाधान गरिनेसमेत समझदारीपत्रमा उल्लेख गरिएको छ । उक्त समझदारीपत्रमा नेपाल प्रहरीको तर्फबाट नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक केदार ढकाल र भक्तविर सिंह तुलाधर फाउण्डेसनको तर्फबाट फाउण्डेशनका अध्यक्ष राजेशवीर सिंह तुलाधरले हस्ताक्षर गर्नुभएको थियो । उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू एवं वरिष्ठ प्रहरी अधिकृतहरू लगायत भक्तविर सिंह तुलाधर फाउण्डेसनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-१२-०६

काठमाडौं,  बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी दोलखा भिमेश्वर नगरपालिका-१ चरिकोट घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१३ माईक्रोपार्क बस्ने ४४ वर्षीय रमेश कुमार श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  उच्च अदालत पाटनको २०७९ पुस २९ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा १० दिन कैद र १३ लाख ५० हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं कोटेश्वरबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको छ । 

अवैध लागुऔषधसहित २ जना पक्राउ
२०७९-१२-०५

धादिङ, बेनिघाट रोराङ गाउँपालिका-९ माझिमटारबाट अवैध लागूऔषध गाँजा करिब २ केजीसहित कास्की पोखरा महानगरपालिका-११ बस्ने ३० वर्षीय कृष्ण नेपालीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जोगिमाराबाट खटिएको प्रहरीले बा.२ ख १४१० नम्बरको माईक्रोलाई जाँच गर्ने क्रममा माईक्रोमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।  मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट नियन्त्रित लागूऔषध लुपिजेशिक १८ एम्पुल, एभिल १८  एम्पुल, डाईजेपाम १८ एम्पुल र फेनारगन १८ एम्पुलसहित झापा दमक नगरपालिका-७ बस्ने २७ वर्षीय रन्जित पण्डितलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषधसहित ३ जना पक्राउ
२०७९-१२-०५

पर्सा, वीरगंज महानगरपालिका-१६ ईनर्वागाउँबाट अवैध लागूऔषध गाँजा करिब १ सय ४९ केजीसहित भारतीय नागरिक  २७ वर्षीय ओम प्रकाश सिंहलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले सोही ठाउँस्थित रोकी राखेको बीआर ०७ जीए ९६९१ नम्बरको मिनिट्रकलाई जाँच गर्ने क्रममा मिनिट्रकमा लुकाई छिपाई राखेको अवस्थामा उक्त लागूऔषध फेला पारी चालक सिंहलाई पक्राउ गरेको हो ।  यसैगरी पर्सा, वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेटबाट नियन्त्रित लागूऔषध ओनरेक्स १ सय एमएलको १ सय ७८ बोतलसहित सोही महानगरपालिका-१५ भिष्वा बस्ने २० वर्षीय बलजित यादवलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । काभ्रे, पाँचखाल नगरपालिका-२ देवीस्थान बस्ने ३० वर्षीय विश्व तामाङलाई अवैध लागूऔषध गाँजा १० केजीसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । तामाङले लागूऔषध गाँजा बिक्री वितरण गर्ने गरेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी पाँचखालबाट खटिएको प्रहरीले उनकै घरमा लुकाई छिपाई राखेको अवस्थामा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको  हो ।  सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका-१३ गोबरगाडा छतौनी एरियाबाट अवैध लागूऔषध गाँजा करिब १ सय ५० केजी शनिबार राति प्रहरीले बरामद गरेको छ । २ वटा घोडामा उक्त गाँजा भारततर्फ लाँदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको प्रहरीलाई देख्नासाथ उक्त घोडा र गाँजा छोडी मानिस फरार भएपश्चात प्रहरीले घोडा र गाँजा बरामद गरेको हो । हाल फरार रहेका मानिसको प्रहरीले खोजी गरिरहेको छ ।    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

मूर्ती चोरी गरेको अभियोगमा १ जना पक्राउ
२०७९-१२-०५

काठमाडौं महानगरपालिका-१५ स्वयम्भू नयाँबस्तीमा रहेको शिवशक्ति धाम मन्दिरबाट सत्य शक्ति देवी लेखिएको ढुंगाको मुर्ती चोरी गरेको अभियोगमा सोही महानगरपालिका-१७ ढल्कु पोडेटोल बस्ने दोलखा भिमसेनथान घर भएकी तेस्रो लिङ्गी २८ वर्षीया कुमारी तामाङलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  गत माघ १६ गते उक्त मूर्ती चोरी भएको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले तामाङको कोठा तलासी गर्ने क्रममा सो मन्दिरबाट चोरी भएको सत्य शक्ति देवी लेखिएको ढुंगाको मुर्ती १ थान,  विभिन्न देवी देवताको आकृती भएको ढुंगाको मूर्ती २४ थान, धातुको मूर्ती २९ थान र धातुको त्रिशुल १ थान फेला पारी उनलाई पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित आठ जना पक्राउ
२०७९-१२-०४

चितवन, राप्ती नगरपालिका-२ राईटोलबाट अवैध लागूऔषध गाँजा करिब ६० केजीसहित सोही ठाउँ बस्ने ३२ वर्षीय चन्द्र बहादुर प्रजालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो । रुपन्देही, देवदह नगरपालिका-८ बंगाली डेरा गरी बस्ने सोही नगरपालिका-७ घर भएका ४६ वर्षीय राज कुमार कुँवरलाई अवैध लागूऔषध गाँजा ४ केजी ५ सय ग्रामसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले उनको डेरा कोठाबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । साथै देवदह नगरपालिका-७  हिलटोल बस्ने २४ वर्षीय विशाल दर्जीलाई अवैध लागूऔषध गाँजा ३ केजीसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  पर्सा, वीरगंज महानगरपालिका-१६ शंकरचार्य गेटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १३ ग्रामसहित मकवानपुर हेटौंडा उपमहानगरपालिका-६ घर भई ललितपुर महालक्ष्मी नगरपालिका-४ ईमाडोल बस्ने ३२ वर्षीय प्रविण खनाललाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बिर्ता र लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंजबाट संयुक्त रुपमा खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  यसैगरी पर्सा, वीरगंज महानगरपालिका-१६ शंकरचार्य गेटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १४ मिलिग्राम, नियन्त्रित लागूऔषध नुर्फिन २ एम्पुल, डाइजेपाम २ एम्पुल,  फेनारगन २ एम्पुल र नाइट्राभेट १५ ट्याब्लेटसहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा जितपुर सिमरा उपमहानगरपालिका-१ मुसहर्नीमाई टोल बस्ने २८ वर्षीय बिशाल आले मगर र तनहुँ व्यास नगरपालिका-१२ देउराली बस्ने ३५ वर्षीय लाल बहादुर गुरुङ रहेका छन् । वडा प्रहरी कार्यालय बिर्ताबाट र लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंजबाट संयुक्त रूपमा खटिएको प्रहरीले ना.४४ प ४३११ नम्बरको मोटरसाइकल जाँच गर्दा मोटरसाइकला सवार उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।  कञ्चनपुर, भिमदत्त नगरपालिका-७ हल्दुखालबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ६५ मिलिग्रामसहित सोही ठाउँ बस्ने २१ वर्षीय रोहित महरलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।   काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोईन करिब १ ग्राम ७० मिलिग्रामसहित  बर्दिया मधुवन गाउँपालिका-६ बस्ने २१ वर्षीय अर्जुन खत्रीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले बर्दियादेखि काठमाडौंतर्फ आउँदै गरेको भे.१ ख ३५३१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

नक्कली नोटको कारोबारमा संलग्न २ जना पक्राउ
२०७९-१२-०३

काठमाडौं,  नक्कली नोटको कारोबारमा संलग्न रहेको अभियोगमा २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रामेछाप खाँडा देवी गाउँपालिका-८ घर भई हाल काठमाडौं माकलबारी बस्ने ३४ वर्षीय छिरिङ लामा र दोलखा भिमेश्वर नगरपालिका-७ घर भई हाल काठमाडौं सतुङगल बस्ने २४ वर्षीय सुरेन्द्र कार्की रहेका छन् ।  काठमाडौं कालोपुल एरियामा विभिन्न व्यक्तिहरुले नेपाली खोटा मुद्रा चलन चल्तीमा ल्याउन लागेको भन्ने विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले १ हजार दरको नक्कली नोट ६ सय ३६ थान र नोटको साईजमा काटेको कागजको बण्डल ९ थानसहित उनीहरुलाई कालोपुलबाट पक्राउ गरेको हो ।  उनीहरूलाई थप अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।   

अवैध लागूऔषधसहित पक्राउ
२०७९-१२-०३

काठमाडौं, काठमाडौं महानगरपालिका-१३ स्थित कालिमाटी तरकारी बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २४ ग्राम, डिजिटल तराजु थान-१, नगद २ लाख ३९ हजार ५ सय रुपैयाँ, प्याकिङ गर्न प्रयोग गरिने प्लाष्टिकहरु, मोबाइल ३ थान र बागमती प्रदेश ०२-०२४ प२९३३ नम्बरको मोटरसाइकल १ थानसहित काभ्रे रोशी गाउँपालिका-१ घर भई हाल काठमाडौं टंकेश्वर बस्ने ३० वर्षीय बालकृष्ण ठकुरी समेत ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।  ललितपुर, ललितपुर महानगरपालिका-४ नमोबुद्धमार्ग बागडोल बस्ने ४१ वर्षीय राजेन्द्र थापाको घरबाट नियन्त्रित अवैध लागूऔषध  नुर्फिन १ सय ४ एम्पुल, डाईजेपाम १ सय ३० एम्पुल, फेनारगन ७४ एम्पुल, नगद ४ हजार २ सय ९५ रूपैयाँ र मोबाइल १ थानसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा राजेन्द्र थापा र सोही ठाउँ बस्ने शिब बहादुर थापा रहेका छन् । विशेष सूचनाको आधारमा खटिएको प्रहरीले राजेन्द्र थापाको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू उपर लागूऔषध मुद्दामा ललितपुर जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ । सुनसरी, ईटहरी उपमहानगरपालिका-४ कचना टोलबाट १ किलोग्राम अवैध लागूऔषध गाँजासहित सोही उपमहानगरपालिका-५ बस्ने २८ वर्षीय भिम तामाङ समेत २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

इन्टरपोलबाट रेड नोटिस् जारी भई फरार रहेका प्रतिवादी पक्राउ
२०७९-१२-०२

काठमाडौं,  इन्टरपोलबाट रेड नोटिस् जारी भई कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी कपिलवस्तु भृकुटि नगरपालिका-७ ठेगाना भएका २३ वर्षीय शिव शरण चौधरी पक्राउ परेका छन् ।   कपिलवस्तु बुद्दभुमि नगरपालिका-४ बस्ने ६६ वर्षीय गंगाराम थारुलाई २०७६ साउन ७ गते धारिलो हतियार प्रयोग गरी हत्या गरेको घटनामा संलग्न रही फरार रहेका उनलाई एनसिबि काठमाडौंको अनुरोध तथा एनसिबि अबुधाबी युएईको सहयोगमा युएईबाट पक्राउ गरेको हो ।   घटना पश्चात शिव शरण चौधरी फरार भई युएई बसेको अनुसन्धानको क्रममा खुल्नआएपछि ईलाका प्रहरी कार्यालय, गोरुसिंगे, कपिलवस्तु मार्फत नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखामा प्राप्त भए बमोजिम चौधरीको अन्तर्राष्ट्रिय स्तरमा खोजतलासको लागि इन्टपरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०७९ भदौ १४ गते उनी विरुद्द रेड नोटिस् जारी भएको थियो ।  इन्टरपोल शाखाबाट २०७९ भदौ १५ गते चौधरी विरुद्द जारी भएको रेड नोटिस् एनसिबि अबुधाबी युएईलाई जानकारी गराउनुको साथै निज प्रतिवादीलाई पक्राउ गरी सपुर्दगी गर्न अनुरोध गरिएकोमा २०७९ भदौ २१ गते एनसिबि अबुधाबीले उनलाई पक्राउ गरि सपुर्दगीको लागि आवश्यक कागजात माग गरेको तथा एनसिबि काठमाडौंले माग भए बमोजिमको कागजात खुलाई पठाए पश्चात गत फागुन ११ गते चौधरीलाई नेपाल सपुर्दगि गर्ने प्रयोजनार्थ सुरक्षा टोली पठाई दिनुहुन भनि जानकारी प्राप्त भए अनुसार एनसिबि काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनलाई बिहीबार नेपाल ल्याएको हो ।   उनलाई आवश्यक अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय गोरुसिंगे कपिलवस्तुलाई बुझाइएको छ ।

अवैध लागूऔषधसहित पक्राउ
२०७९-१२-०२

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोईन करिब १ ग्राम ३६ मिलिग्रामसहित मोरङ शनिश्चरे गाउँपालिका-७ बस्ने २१ वर्षीय सनिस राज आङदेम्बेलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले प्र.१-०१ -००१ ख ४०४३ नम्बरको बसलाई जाँच गर्नेमा क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।  महोत्तरी, बर्दिबास नगरपालिका-१० महराखोलास्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १५ केजी बिहीबार दिउँसो प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी खयरमाराबाट खटिएको प्रहरीलाई देख्नासाथ प्रदेश २-०२-००२ प ४६४१ नम्बरको मोटरसाइकल छाडी चालक फरार भएपश्चात मोटरसाइल जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी प्रहरीले बरामद गरेको  हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अवैध रुपमा लुकाई लैजाने लागेको अमेरिकी डलर र बंगलादेशी टाकासहित पक्राउ
२०७९-१२-०२

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाई लैजान लागेको अमेरिकी डलर ९ हजार १ सय र बंगलादेशी टाका २९ हजार ५ सयसहित चिनिया नागरिक ५२ वर्षीय CAI, HUNAN लाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।बंगलादेश एयरलाईन्सको उडानद्वारा काठमाडौंबाट बंगलादेश जान लागेका उनलाई अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज एरियामा एक्स रे मेसिनमा जाँच गर्ने क्रममा उनको ब्यागबाट उक्त डलर र टाका फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ । 

अवैध लागूऔध र नक्कली नोटसहित २ जना पक्राउ
२०७९-१२-०२

झापा, बिर्तामोड नगरपालिका-४ मेघाबारी बस्ने २४ वर्षीय सुवास ताजपुरीया र उनकै भाई १९ वर्षीय प्रविण ताजपुरीयालाई अवैध लागूऔषध र नक्कली नोटसहित बुधबर दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  विशेष सूचनाको आधारमा प्रहरी चौकी विर्ताबजारबाट खटिएको प्रहरीले सुवास ताजपुरीयाको घर तलासी गर्दा अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ४ ग्राम ३ सय ९० मिलिग्राम, नियन्त्रित लागूऔषध नाईट्रजेपाम २८ ट्याव्लेट, नेपाली एक हजार दरको नक्कली नोट ८८ थान, नेपाली पाँच सय दरको नक्कली नोट २ थान, नक्कली अष्ट्रेलियन नोट एक सयको ३ थान, मोवाइल ४ थान तथा अन्य देशहरुको नोट ११ थान फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट  मे.५ प ९७९७ नम्बरको मोटरसाइकल र ३ हजार रूपैयाँ समेत बरामद गरेको छ ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित १४ जना पक्राउ
२०७९-१२-०२

सिन्धुली, हरिहरपुरगढी गाउँपालिका-७ भुताहा र काभ्रेको सिमानाबाट अवैध लागूऔषध गाँजा करिब ७६ केजी ५ सय ग्रामसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सर्लाही हरिवन नगरपालिका-२ बस्ने २३ वर्षीय प्रलात कुमार थोकर र सोही नगरपालिका-८ बस्ने ३३ वर्षीय देउकुमार स्याङ्तान रहेका छन् । प्रहरी चौकी क्यानेश्वरबाट खटिएको प्रहरीले क्यानसिरबाट भुताहातर्फ आउँदै गरेको प्र.०२-०३-०१८ प ८०६५ नम्बरको मोटरसाइकलबाट १ वटा बोरा र हाल नम्बर नखुलेको मोटरसाइकलमा ल्याएको १ वटा बोरा गरी दुवै बोराबाट उक्त परिमाणको लागूऔषध फेला परेको हो । प्रहरीले जाँच गर्ने क्रममा नम्बर नखुलेको मोटरसाइकलमा सवार दुई जनाले प्रहरी टोलीलाई देख्नासाथ उक्त गाँजाको बोरा फाली मोटरसाइकल सहित फरार भएका थिए । प्रहरीले प्र.०२-०३-०१८ प ८०६५ नम्बरको मोटरसाइकलमा सवार प्रलात कुमार थोकर र देउकुमार स्याङ्तानलाई पक्राउ गरेको छ भने हाल फरार नम्बर नखुलेको मोटरसाइकलमा सवार व्यक्तिहरूको समेत खोजी गरिरहेको छ ।  कैलाली, धनगढी उपमहानगरपालिका-४ यातायात कार्यालय अगाडिबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम २ सय ५० मिलिग्रामसहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-५ बस्ने ३० वर्षीय नरेश खड्का, ३० वर्षीय लक्ष्मण खड्का र सोही उपमहानगरपालिक-११ बस्ने ३० वर्षीय देबेन्द्र खड्का रहेका छन् ।  जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  यसैगरी कैलाली, टिकापुर नगरपालिका-१ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन १ सय ६० मिलिग्रामसहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपलिका-१ राजिपुर बस्ने २४ वर्षीय आबिनाश चौधरी र २२ वर्षीय बिक्रम चौधरी रहेका छन् । ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले बा.५४ प ४४८१ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । पर्सा, वीरगंज महानगरपालिका-३१ मिलनचोकबाट अवैध लागूऔषध गाँजा २४ केजीसहित सोही महानगरपालिका-३२ टेढा बस्ने वर्ष ५४ वर्षीय रमतुल्ला मिया सहित ४ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मिलनचौकबाट खटिएको प्रहरीले जितपुरबाट मनवातर्फ जाँदै गरेको ना.२ ह ३०८९ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।  यसैगरी, पर्सा, पटेर्वासुगौली गाउँपालिका-३ सोनवर्सा बस्ने ३८ वर्षीय जैनुल होदाको घरबाट अवैध लागूऔषध गाँजा २९ किलोग्रामसहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जैनुल र मकवानपुर लाउती गाउँपालिका-३ बस्ने ५० वर्षीय रामजी थिङ रहेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।  सुनसरी, धरान उपमहानगरपालिका-१५ स्थित कोकोनट हाउसबाट अवैध लागूऔषध ब्राउनसुगर ३ सय मिलिग्राम, नियन्त्रित औषधि ट्रामाडोल ४० ट्याव्लेट, स्पास्पेइन ४० ट्याव्लेट  र नगद ६० हजार ३ सय ५० रुपैयाँसहित सोही उपमहानगरपालिका-५ घर भई हाल सोही ठाउँ बस्ने २७ वर्षीय जेल्स राईलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।  ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई उक्त ब्राउनसुगरसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-१२-०१

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी धादिङ गंगा जमुना गाउँपालिका-६ घर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका-६ खड्क भद्रकाली बस्ने ५० वर्षीय पुरन बहादुर घलेलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटन ललितपुरको २०७९ पुस २४ गतेको फैसलाले ३६ लाख ८८ हजार रूपैयाँ पिडितलाई बिगो भराई ३६ लाख ८८ हजार रुपैयाँ जरिवाना र क्षतिपुर्ति शुल्क १ लाख ४७ हजार ५ सय २० रूपैयाँका साथै ८ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं बुढानिलकण्ठ नगरपालिका-६ खड्क भद्रकालीबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पठाइएको छ । 

अवैध लागूऔषधसहित २ जना पक्राउ
२०७९-१२-०१

मोरङ, विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ९३ मिलिग्राम र नगद १८ हजार रुपैयाँसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा उदयपुर चौदण्डिगढी नगरपालिका-२ बस्ने २९ वर्षीय उमेश खत्री र सुनसरी इटहरी उपमहानगरपालिका-५ बस्ने २८ वर्षीय बसन्त तोलाङ्गी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.३९ प ८७१५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषधसहित पक्राउ
२०७९-१२-०१

मोरङ, विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ८ ग्राम ७८ मिलिग्रामसहित सुनसरी धरान उपमहानगरपालिका-८ बस्ने ३० वर्षीय जंगमनी मगर समेत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.२७ प ८८९५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलको ट्याङकीको कभरको भित्री भागमा लुकाई ल्याएको उक्त पदार्थ फेला पारी मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।  रौतहट, चन्द्रपुर नगरपालिका-१ स्थित बागमती पुल नजिकै वेवारिसे झोलाबाट करिब ५ केजी अवैध लागूऔषध गाँजा मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी चौकी पौराईबाट खटिएको प्रहरीले झोला तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी बरामद गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०७९-१२-०१

बाँके, १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा डुडुवा गाउँपालिका-३ बाबुपुरुवा बस्ने ३३ वर्षीय बजरंगबली लोहारलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लोहारले ती बालिकालाई सोही ठाउँस्थित आँपको बगैंचामा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बनकट्टीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । मोरङ, २९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पथरीशनिश्चरे नगरपालिका-५ बस्ने ४५ वर्षीय दिपक बहादुर पाण्डेलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पाण्डेले ती महिलालाई गत कात्तिक ५ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषधसहित पाँच जना पक्राउ
२०७९-११-३०

धादिङ, गजुरी गाउँपालिका-१ गजुरी बजारस्थित सडकबाट अवैध लागूऔषध गाँजा २१ किलोग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गजुरी गाउँपालिका-८ बस्ने ४५ वर्षीय चन्द्र बहादुर तामाङ र सोही ठाउँ बस्ने ४० वर्षीय राज कुमार तामाङ रहेका छन् । ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले काठमाडौंबाट भैरहवातर्फ जाँदै गरेको लु.१ ख.२११९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । धनकुटा, आबुखैरेनी गाउँपालिका-४ बेनिटारस्थित मुग्लिङ पुलजिपबाट नियन्त्रित लागूऔषध डाईजेपाम १ सय १५ एम्पुल, फेनरागन १ सय १५ एम्पुल र नुर्फिन १ सय १५ एम्पुलसहित ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रुपन्देही सिद्धार्थ नगरपालिका-६ पिपरैया बस्ने ४० वर्षीय महेश चमार, तनहुँ रिसिङ गाउँपालिका-१ सपाङदी बस्ने २१ वर्षीय आकाश गाहा र तनहुँ देबघाट गाउँपालिका-२ बैदी बस्ने २१ वर्षीय सुरज थापा रहेका छन् । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले भैरहवाबाट पोखरातर्फ जाँदै गरेको ना.५ ख १८२ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।   यस सम्बनधमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  

प्रतिबन्धित भारतीय रूपैयाँसहित दुई जना पक्राउ
२०७९-११-३०

काठमाडौं, नेपालमा प्रतिबन्धित भारतीय रूपैयाँ ३ लाख ३५ हजार सहित २ जना अमेरिकी नागरिकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा अमेरिकी नागरिक ६९ वर्षीय THUPTEN GELEK LHASAWA र ५९ वर्षीया  KALSANG CHODON रहेका छन् । भिस्तारा एयरको उडानद्धारा काठमाडौंबाट दिल्ली प्रस्थान गर्न लागेका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाको एक्स रे मेसिनमा जाँच गर्ने क्रममा THUPTEN GELEK LHASAWA को झोलाभित्र भारतीय ५ सय दरको ३ सय थान र KALSANG CHODON को झोलाभित्र ५ सय दरको ३ सय ७० थान भारतीय रूपैयाँ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।  यस सम्बनधमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  

अनलाईन मार्फत ठगी गरेको अभियोगमा एक जना पक्राउ
२०७९-११-२९

काठमाडौं, अनलाईन मार्फत १५ लाख २० हजार रूपैयाँ ठगी गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका-१ की ३६ वर्षीया अन्जली बिसुन्केलाई प्रहरीले पक्राउ गरेको छ ।उनले पीडितलाई सामाजिक संजाल टिकटकमार्फत साथी बनाई आफूलाई ईंगल्याण्डको नागरिक बताएको र नेपाल आएश्चात विवाह गरी ईंगल्याण्ड लैजाने प्रलोभन देखाउनुका साथै जुत्ता, ब्याग, आइफोन, सुनका गरगहनाहरू र ७० हजार अमेरिकी डलर समेतको गिफ्ट पठाई दिने र यसका लागि कुरियरले सम्पर्क गर्छ भनी फोटो भिडियो समेत पठाएर पीडितलाई बिश्वास दिलाए पश्चात कुरियर कार्यालयबाट पार्सल पाउनको लागि Anti-money laundering certificate, डेलिभरी चार्ज, भन्सार शुल्क, ईन्सुरेन्स चार्ज, क्लिरियन्स चार्ज जस्ता प्रयोजनमा रकम तिर्नुपर्छ भनी पीडितलाई विभिन्न ब्यक्तिको नाममा रहेको बैंक खातामा पटक-पटक गरी उक्त रकम पठाउन लगाई ठगी गरेको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।उनीलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको छ ।

ठगी गरेको घटनमा संलग्न ३ जना पक्राउ
२०७९-११-२९

मोरङ, विराटनगर महानगरपालिका-२ स्थित तुलसी (बहुमुखी)  बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट रकम ठगी भएको घटनामा संलग्न उक्त सहकारी संस्थाका क्षेत्रीय प्रबन्धकसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा क्षेत्रिय प्रबन्धक विराटनगर महानगरपालिका-२ बस्ने मन्दिप खवास, संस्थाको उपाध्यक्ष उर्लाबारी नगरपालिका-६ घर भएकी अनिता गौतम र संस्थाको सचिव झापा भद्रपुर नगरपालिका-१४ घर भई हाल विराटनगर महानगरपालिका-३ बस्ने सविना न्यौपाने रहेका छन् ।  २०५२ सालमा स्थापना भएको उक्त संस्थाको मुख्य कार्यालय विराटनगर महानगरपालिका-२ मा रहेको र यही फागुन १ गतेदेखि सेयर सदस्यहरुलाई कुनै जानकारी नदिई कार्यालय बन्द गरी ठगी गरेको भनि सेयर सदस्यहरुले दिएको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।  उक्त संस्थाले बाल बचत/ज्येष्ठ नागरिक बचत/भविष्य सुनिश्चित बचत/ सुपर पेन्सन बचत/ अवधि बचत/ कर्मचारी चल्ती बचत/विशेष बचत/ साधारण बचत लगायत खाताहरूमा बचत गर्दा तथा संस्थाको शेयर सदस्य हुँदा १५ प्रतिशत भन्दा बढी व्याज, बोनस लगायतका आकर्षक आर्थिक सुविधा पाउने आश्वासन र प्रलोभनमा पारी बचत गर्न लगाएको र आफ्नो तथा बालबच्चासहित परिवारका अन्य सदस्यहरूको सुरक्षित भविष्यको आशामा बचतकर्ताहरूले ठुलो रकम बचत गर्दै आएकोमा फागुन १ गतेदेखि कार्यालय बन्द गरी सञ्चालक समितिका सबै पदाधिकारीहरू सम्पर्क विहीन भएका थिए । सञ्चालकहरु नै फरार भए पश्चात आफूहरु ठगीमा परेको थाहा पाई फागुन २८ गते केही बचत कर्ताहरुले १२ करोड  ९ लाख ४ हजार ४ सय ८७  रूपैया बराबरको रकम ठगी भएको भनि संस्थामा कार्यरत ८ जनाको बिरुद्धमा जाहेरी दिएको र सोही जाहेरीको आधारमा ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।  घटनामा संलग्न अन्य ५ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

ज्यान मार्ने उद्योग कसूरमा संलग्न ३ जना पक्राउ
२०७९-११-२९

काठमाडौं,  ज्यान मार्ने उद्योग कसूरमा संलग्न भई फरार रहेका ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा नुवाकोट बेलकोट नगरपालिका-१० घर भएका २८ वर्षीय दिनेश तामाङ, ईलाम चुलाचुली गाउँपालिका-३ घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका-८ नेपालटार बस्ने २० वर्षीय जेन राई र १८ वर्षीय किशोर रहेका छन् ।  काठमाडौं महानगरपालिका-१६ बालाजु बस्ने २४ वर्षीय सुमन पण्डितलाई शनिबार बिहान हतियार प्रयोग गरी कुटपिट गरि फरार रहेका उनीहरूलाई काठमाडौं तार्केश्वर नगरपालिका-९ फुटुङबाट फेला पारी प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट घटनामा प्रयोग भएको चुप्पि १ थान र छिनो १ थान समेत बरामद गरेको छ ।  उनीहरू उपर ज्यान मार्ने उद्योग कसूरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको छ ।  

हत्या गरेको अभियोगमा ७ जना पक्राउ
२०७९-११-२८

रुकुम पश्चिम, मुसिकोट नगरपालिका-८ घोरखानी बस्ने ७४ वर्षीय जित बहादुर बुढाको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ६ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २० वर्षीय अनिल पुन, २ जना १७ वर्षीय किशोर, २ जना १६ वर्षीय किशोर र १४ वर्षीय किशोर रहेका छन् ।  पुर्ब रिसिईबिको कारण उनीहरुको कुटपिटबाट गम्भिर घाइते भएका बुढाको जिल्ला अस्पताल सल्लेमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबरप्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुकुम पश्चिमबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरको हो ।  जुम्ला, आफ्नै श्रीमती २१ वर्षीया ममता नेपालीको हत्या गरेको अभियोगमा तिला गाउँपालिका-४ नुवाकोट बस्ने ४७ वर्षीय आइते सार्कीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । आइतेले ममता नेपालीलाई हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कुंडारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ
२०७९-११-२७

        झापा, भद्रपुर नगरपालिका-५ मेचीपुल छेउबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १६ ग्राम ८ सय मिलिग्राम र नगद ५ हजार ७५ रुपैयाँसहित ईलाम चुलाचुली गाउँपालिका-१ बस्ने ३४ वर्षीया मञ्जु चापागाईलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट मेचीपुल र सशस्त्र प्रहरी बलबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश नम्बर १-०१-०१३ प १९७३ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटर चालक उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।  कञ्चनपुर, बेलौरी नगरपालिका-५ बन्तरीयाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ४ ग्राम ४१ मिलिग्रामसहित सोही नगरपालिका-१० शिवनगर बस्ने २३ वर्षीय विवेक चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले मैनाहाबाट भकुण्डातर्फ जाँदै गरेको सु.प.प्र.०१-०११ प ५००४ नम्बरको  स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटर चालक चौधरीलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  धादिङ, गल्छी गाउँपालिका-४ मासटारबाट अवैध लागूऔषध गाँजा करिब १० किलोग्रामसहित गजुरी गाउँपालिका-८ किरानचोक बस्ने ३४ वर्षीय बीर बहादुर तामाङलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट आदमघाटबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषधसहित नौ जना पक्राउ
२०७९-११-२६

काठमाडौं महानगरपालिका-४ सुकेधारा टोयटा पार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १६ ग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनुषा धनुषाधाम नगरपालिका-६ हरिपुर घर भई काठमाडौं आलोकनगर बस्ने २१ वर्षीय सन्तोष राज महतो र सोही ठाउँ बस्ने २१ वर्षीय नितेश महतो रहेका छन् । प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं, नागार्जुन नगरपालिका-५ छक्डोल बस्ने ३७ वर्षीय हरि पुतुवारलाई अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब १० किलोग्रामसहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । उनको घरमा गाँजा विक्री भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनले ड्रममा राखी टहरोमा गाडेको अवस्थामा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।   कैलाली, धनगढी उपमहानगरपालिका-९ बङग्राकटानबाट अवैध लागूऔषध ब्राउनसुगर २ सय २० मिलिग्रामसहित सोही उपमहानगरपालिका-८ धनगढी गाउँ बस्ने २८ वर्षीय उमेश रानालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट जुगेडा र र बीओपी बङग्राकटानबाट संयुक्त रुपमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त ब्राउनसुगरसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।  झापा, बिर्तामोड नगरपालिका-२ बस्ने २० वर्षीय विश्वास संग्रौला, सोही नगरपालिका-४ बस्ने २० वर्षीय अभिषेक शर्मा र सोही नगरपालिका-८ बस्ने २० वर्षीया अनिशा मण्डललाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम, नगद ११ हजार ६ सय रुपैयाँ र डिजिटल तराजु १ थानसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  सुनसरी, दुहबी नगरपालिका-५ फुटबल चोकबाट अवैध लागूऔषध खैरो हेरोइन ८ ग्राम ७ मिलिग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा झापा कमल गाउँपालिका-३ बस्ने २७ वर्षीय अर्जुन सुब्बा र शिवसताक्षी नगरपालिका-८ बस्ने २१ वर्षीय मुकेश चौधरी रहेका छन् । सिआरभी दुहबीबाट खटिएको प्रहरीले बिराटनगरबाट ईटहरीतर्फ आउँदै गरेको मे.११ प ६१७८ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा उक्त खैरो हेरोइनसहित स्कुटर चालक अर्जुन र स्कुटरमा सवार मुकेशलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

हराएको २३ थान दुई पाङग्रे सवारी साधन फेला पारी सम्बन्धितलाई हस्तान्तरण
२०७९-११-२५

काठमाडौं, काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हराएका २३ थान दुई पाङग्रे सवारी साधन फेला पारी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।  दुई पाङ्ग्रे सवारी साधन हराएको भनि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त भएका निवेदनको आधारमा सो कार्यालयबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा हराएका २० वटा मोटरसाइकल र ३ वटा स्कुटर फेला पारी सम्बन्धितलाई हस्तान्तरण गरेको हो । गत साउनदेखि दुई पाङ्ग्रे सवारी साधन हराएको भनि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा १ हजार १ सय ६२ वटा निवेदन प्राप्त भएका थिए । चोरी भएका सवारी साधन ट्राफिक प्रहरीले खोजी गर्ने क्रममा ३ सय ५८ थान  सवारी साधन अनुसन्धानका लागि ल्याएको थियो । जसमध्ये आज हस्तान्तरण गरिएको २३ वटासहित जम्मा ३ सय २८ थान दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई जिम्मा लगाइएको छ ।  साथै फागुन महिनामा २४ थान चोरीका मोटरसाइकलसहित पक्राउ परेका २६ जनालाई थप अनुसन्धान र आवश्यक कारवाहीका लागि विभिन्न प्रहरी वृत्तहरूमा पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अबि नारायण काफ्लेले सवारी साधन चोरी तथा हराउनबाट जोगाउन सम्बन्धित धनि स्वंयमले आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक लगायतका सुरक्षा साइरनहरु जडान लगायतका विभिन्न उपायहरु अवलम्वन गर्नको लागि अनुरोध समेत गर्नुभएको छ । 

हत्या गरेको अभियोगमा पक्राउ
२०७९-११-२५

रौतहट, मौलापुर नगरपालिका-६ बस्ने ४५ वर्षीय नरेश महतोको हत्या गरेको अभियोगमा देवाही गोनाही नगरपालिका-७ बस्ने २१ वर्षीय संजय महतोसमेत ७ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  मौलापुर नगरपालिका-६ पथरा टोलमा संजय महतो र सोही ठाउँ बस्ने उमेश महतोबीच बुधबार बिहान एक आपसमा बादबिबाद भई कुटपिट हुँदा गम्भीर घाइते भएका नरेश महतोको स्थानीय मेडिकल हुँदै थप उपचारको लागि वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-११-२५

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी दोलखा कालिञ्चोक गाउँपालिका-३ घर भई हाल काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने ३७ वर्षीय पंकज न्यौपानेलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  उच्च अदालत पाटनको २०७८ मंसिर २१ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा २ दिन कैद र १० लाख ३५ हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं पेप्सीकोलाबाट पक्राउ गरेको हो । न्यौपानेले आफ्नो बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी २०७७ साउन ९ र २५ गते दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो ।  उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत भक्तपुरमा पेश गरिएको छ । 

छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित पाँच जना पक्राउ
२०७९-११-२५

रुपन्देही, सिद्धार्थनगर नगरपालिका-१ बसपार्कबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ २ केजी ५ सय ग्रामसहित बागलुङ मिस्ती बस्ने ३६ वर्षीया लालसरा घर्ती मगरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । झापा, मेचीनगर नगरपालिका-६ मेचीपुलबाट अवैध लागूऔषध हेरोईन जस्तो देखिने खैरो पदार्थ १ ग्राम ५ सय मिलिग्रामसहित सोही नगरपालिका-१० धुलाबारी बस्ने २४ वर्षीय खातिबुल महमदलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट संयुक्त रुपमा खटिएको प्रहरीले उनलाई जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।   चितवन, माडी नगरपालिका-५ दराई चोकबाट अवैध लागूऔषध गाँजा ८ सय ९० ग्रामसहित सोही ठाउँ बस्ने ३४ वर्षीया झमकिलया दराईलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय माडीबाट खटिएको प्रहरीले दराईलाई उनकै घरबाट उक्त परिमाणको लागूऔषध फेला पारी पक्राउ गरेको हो । म्याग्दी, बेनी नगरपालिका-८ डल्लेपिपलबाट नियन्त्रित लागूऔषध डाईजेपाम २ सय एम्पुल, फेनारगन २ सय १ एम्पुल र नुर्फिन २ सय एम्पुलसहित सोही नगरपालिका-९ घतान घर भएका ३२ वर्षीय प्रेम सार्कीसमेत २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

नेपाल प्रहरी श्रीमती संघद्वारा खाद्यान्न तथा लत्ताकपडा वितरण
२०७९-११-२४

काठमाडौं, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती कुसुम लता सिंहले काठमाडौं थापाथलीस्थित परोपकार प्रसुती गृह तथा स्त्री रोग अस्पताल र नेपाल प्रहरी अस्पताल महाराजगंजको प्रसुती गृहमा उपचाररत महिलाहरूलाई बुधबार विभिन्न खाद्यान्न तथा लत्ताकपडा वितरण गर्नुभएको छ । ११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपाल प्रहरी श्रीमती संघकोतर्फबाट संघकी अध्यक्ष सिंहले दुबै प्रसुती वार्डमा गरी जम्मा १ सय १५ जना महिलालाई विभिन्न खाद्यान्न तथा लत्ताकपडा वितरण गर्नुभएको हो । उक्त अवसरमा परोपकार प्रसुती गृह तथा स्त्री रोग अस्पताल थापाथलीमा सोही अस्पतालका उप-निर्देशक डा. सन्देश पौडेल, नर्सिङ प्रमुख आशा प्रजापति, ओसिएमसिका प्रमुख सुकुमाया तामाङ र नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । यसैगरी नेपाल प्रहरी अस्पताल महाराजगंजमा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, प्रहरी कर्मचारीहरू र अस्पतालमा कार्यरत कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट आठ जना पक्राउ
२०७९-११-२४

काठमाडौं महानगरपालिका-९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध गाँजा ६ किलो ९ सय ग्रामसहित ३ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत गुजरात मोती भावदी ठेगाना भएका ३० वर्षीय निमेश अशोकभाई दयानी, सर्लाही हरिहरपुर नगरपालिका-३ ठेगाना भएका २८ वर्षीय फैज आलम र गोरखा गण्डकी गाउँपालिका-४ ठेगाना भएका २३ वर्षीय रुपक अर्याल रहेका छन् । अमेरिकाबाट दुबई हुँदै काठमाडौंमा ‘चकलेट एण्ड चाइल्ड गेम आइटम’ उल्लेख गरिएको पार्सलमार्फत आएको उक्त गाँजामध्ये ४ किलो ५ सय ग्राम गाँजा बुझि लैजान लागेका निमेश र फैजलाई लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले गाँजा, भारतीय आधार कार्ड र ८० हजार नेपाली रूपैयाँ तथा निमेश र फैज बस्दै आएको काठमाडौं महानगरपालिका-२६ ठमेलस्थित होटलबाट १ लाख ४० हजार भारतीय रुपैयाँसमेत फेला पारी पक्राउ गरको हो । साथै अमेरिकाबाट दुबई हुँदै काठमाडौंमा पार्सलमार्फत आएको २ किलो ४ सय ग्राम गाँजा बुझ्ने अर्याललाई काठमाडौं नागार्जुन नगरपालिका-१ खरिबोटस्थित एक रेष्टुरेण्टबाट प्रहरीले पक्राउ गरेको हो । भक्तपुर, मध्यपुर ठिमी नगरपालिका-३ कौशलटारबाट अवैध लागूऔषध गाँजा करिब १ किलोग्रामसहित ललितपुर बालकुमारी बस्ने काभ्रे धुलिखेल नगरपालिका-१२ घर भएका २४ वर्षीय अजय श्रेष्ठलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो । झापा, झापा गाउँपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्रामसहित सोही गाउँपालिका-५ बस्ने २२ वर्षीय देवेन्द्र चौधरी (समिर)लाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कुमर्खोदबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

विभिन्न जडीबुटीसहित दुई जना पक्राउ
२०७९-११-२४

बागलुङ, ढोरपाटन नगरपालिका-१ देवचोकबाट सुनाखरी १ सय ३८ किलो ५ सय ग्राम, एक खुट्टे च्याउ २२ किलो ५ सय ग्राम र  वन लसुन ९ किलोसहित २ जनालाई  मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा निसिखोला गाउँपालिका-५ कारीगाउँ बस्ने २४ वर्षीय मिलन भण्डारी र सोही गाउँपालिका-४ कानाबगर बस्ने २१ वर्षीय रेशम बहादुर मल्ल रहेका छन् । ईलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरीले निसिखोला गाउँपालिकाबाट-४ कानाबगरबाट बुर्तिबाङतर्फ जादै गरेको लु.१ ज ४५२६ नम्बरको जिपमा ल्याउँदै गरेको उक्त जडिबुटीसहित फेला पारी जिप चालक मिलन र जिपमा सवार रेशमलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित पक्राउ
२०७९-११-२३

मोरङ, विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट नियन्त्रित लागूऔषध लुपिजेशिक ५० एम्पुल, एभिल ५०  एम्पुल, डाईजेपाम ५० एम्पुल र फेनारगन ५० एम्पुलसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा केराबारी गाउँपालिका-७ बस्ने १९ वर्षीय दिपेश मगर र झापा दमक नगरपालिका-४ बस्ने १९ वर्षीय राजन बिक रहेका छन् ।  भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।  कैलाली, गोदावरी नगरपालिका-१ महेन्द्रनगर रोडस्थित आश्रम टोल बस्ने २८ वर्षीय भरत बिकलाई अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ४ सय २० मिलिग्रामसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित १० जना पक्राउ
२०७९-११-२२

कैलाली, कैलारी गाउँपालिका-२ उजेली सिमराबाट अवैध लागूऔषध ब्राउनसुगर १८ ग्राम ६ सय ८० मिलिग्रामसहित  २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-७ डेरा गरी बस्ने २१ वर्षीय आशिष चौधरी र घोडाघोडी नगरपालिका-४ बस्ने २७ वर्षीय करन रावल रहेका छन् । ईलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त ब्राउनसुगरसहित फेला पारी पक्राउ गरेको हो । यसैगरी कैलाली, गोदावरी नगरपालिका-१ भरतबपुर बस्ने २७ वर्षीय दिनेश नाथ र गोदावरी नगरपालिका-४ बुढितोला बस्ने ३६ वर्षीय शेर बहादुर तामाङलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ३ सय ७० मिलिग्रामसहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले दिनेशको कोठाबाट ६ ग्राम १ सय ५० मिलिग्राम शेर बहादुरलाई गोदावरी नगरपालिका-२ दक्षिणकाली पेट्रोलपम्प नजिकबाट २ सय २० मिलिग्राम ब्राउनसुगरसहित फेला पारी पक्राउ गरेको हो । झापा, मेचीनगर नगरपालिका-६ मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४४ ग्रामसहित ईलाम नगरपालिका-१२ बस्ने २४ वर्षीय सुजन बाला राईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । यसैगरी झापा, दमक नगरपालिका-८ वालुवाटार टोलबाट अवैध लागूऔषध गाँजा १ किलो ५ सय मिलिग्रामसहित सोही ठाउँ डेरा गरी बस्ने भोजपुर पौवादुम्वा गाउँपालिका-४ घर भएका २७ वर्षीय लोकेन्द्र राईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अवैध लागूऔषध विक्री भइरहेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थसहित फेला पारी उनलाई पक्राउ गरेको हो । मकवानपुर, राक्सिराङ गाउँपालिका-५ चैनपुरबाट अवैध लागूऔषध गाँजा २ किलो ३ सय ग्रामसहित भारत मोतिहारी बिस्रामपुर ग्राम बस्ने ५५ वर्षीय राजेश्वर महतोलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरीले पैदल हिँडिरहेका उनलाई जाँच गर्ने क्रममा शरीरमा डोरीले बाँधी लुकाई ल्याएको उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो । बाँके, नेपालगंज उपमहानगरपालिका-२० भुजइगाउँस्थित सडकबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ९ ग्राम २ सय ८० मिलिग्रामसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-२१ बस्ने २१ वर्षीय धमेन्द्र राज सोनी र सोही उपमहानगरपालिका-१७ बस्ने २३ वर्षीय मोमद अमिन बागवान रहेका छन् । अवैध लागूऔषध ओसारपसार भइरहेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले यूपी ४० एल ३२५५ नम्बरको भारतीय मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।  धादिङ, बेनिघाट रोराङ गाउँपालिका-९ माझिमटारबाट अवैध लागूऔषध गाँजा करिब २ किलोग्रामसहित कास्की माछापुच्छ्रे गाउँपालिका-७ बस्ने ४१ वर्षीय युवराज गुरुङलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जोगिमाराबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा.२ ख १४१० नम्बरको माईक्रोबसलाई जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला पारी माईक्रोबसमा सवार उनलाई पक्राउ गरेको हो । सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका-१ कोशी ब्यारेजस्थित बालुवामा गाडी राखेको अवस्थामा अवैध लागूऔषध गाँजा करिब ६० किलोग्राम आइतबार साँझ प्रहरीले बरामद गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कंचनपुर र ईलाका प्रहरी कार्यालय भारदहबाट खटिएको प्रहरीले उक्त गाँजा फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ
२०७९-११-२२

डोटी, पूर्वीचौकी गाउँपालिका-१ छेप्लाडीमा निर्माणाधिन स्कुलको भवनमा लेबर काम गरी बस्ने कैलाली धनगढी उपमहानगरपालिका-१७ धुर्जना घर भएका ३५ वर्षीय रजि साउदको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३५ वर्षीय डबल सेट्टीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी भएको झगडामा डबलले कुटपिट गर्दा गम्भीर घाइते भएका रजिको उपचारको लागि धनगढीतर्फ पठाउने क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय लडागडा र जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरीले डबललाई पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका-२० भलाम कालिखोला बंगुर फर्ममा काम गरी बस्ने नुवाकोट सुर्यगढी गाउँपालिका-३ फलाटे घर भएका ५५ वर्षीय मसला दमैको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने उनकै सालो २० वर्षीय कमल नेपालीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनीहरुबीच सामान्य विवादको क्रममा कमलले कुटपिट गर्दा गम्भीर घाइते भएका मसलाको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

नेपाल प्रहरी-एभरेष्ट बैंक छात्रवृत्ति अक्षयकोष स्थापना सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
२०७९-११-२१

काठमाडौं, नेपाल प्रहरी र एभरेष्ट बैंक लिमिटेडबीच ‘नेपाल प्रहरी-एभरेष्ट बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना, सञ्चालन तथा व्यवस्थापनमा सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक कार्यक्रमबीच हस्ताक्षर भएको छ । सो अवसरमा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले अक्षय कोष स्थापनाका लागि २५ लाख रुपैयाँको चेक प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलाई हस्तान्तरण गर्नुका साथै समझदारीपत्र आदान प्रदानसमेत गर्नुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले सम्झौताको लागि एभरेष्ट बैंकलाई धन्यवाद दिँदै यसबाट बढी भन्दा बढी प्रहरी कर्मचारीका सन्ततीहरु लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो । एभरेष्ट बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल प्रहरीलाई विभिन्न सहयोग गर्दै आएको कारण प्रहरीको कार्य सञ्चालनमा सहजता ल्याउन थप टेवा पुगेको उहाँले उल्लेख गर्नुभयो । प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरीले बैंकहरुलाई कानुनबमोजिम पुर्‍याउने सुरक्षा र सहयोग निरन्तर प्रदान गर्दै आएको स्मरण गर्नुभयो । सम्झौताले तल्लो दर्जाका प्रहरी कर्मचारीहरूको मनोबल उच्च हुने चर्चा गर्दै आगामी दिनमासमेत नेपाल प्रहरी र बैंकबीच आपसी सहयोग आदान प्रदान हुने अपेक्षा उहाँले व्यक्त गर्नुभयो । उक्त अवसरमा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको चर्चा गर्दै अहोरात्र नागरिकको जिउधनको सुरक्षामा खटिने नेपाल प्रहरीलाई योगदान गर्न पाउँदा थप सन्तुष्टि प्राप्त भएको बताउनुभयो । सम्झैताबाट बढी भन्दा बढी विद्यार्थीहरू लाभान्वित हुने अपेक्षा गर्दै उत्पादित जनशक्तिबाट भविष्यमा देश निर्माणका लागि थप सहयोग हुने उहाँले उल्लेख गर्नुभयो । सम्झौता अनुसार नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाले नेपाल पुलिस स्कुलहरूमा अध्ययन गर्ने बहालवाला, अवकाश प्राप्त र अमर/शहीद एवम् अशक्त प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दार दर्जासम्मका उत्कृष्ट अंक प्राप्त गर्ने प्रहरी कर्मचारीका सन्ततीहरूलाई कम्तीमा २ जना जेहेन्दार विद्यार्थीलाई वार्षिक शुल्क, परीक्षा शुल्क, स्टेशनरी र आवासीय सुविधा भएको स्कुलमा आवास र खाना खर्च तथा आवासीय सुविधा नभएको स्कुलमा गाडी भाडासमेत निरन्तर उपलब्ध हुनेछ । छात्रवृत्ति प्रदान गर्नको लागि कम्तीमा २५ लाख रूपैयाँ एभरेष्ट बैंकले प्रहरी कल्याण कोषको नाममा ‘नेपाल प्रहरी-एभरेष्ट बैंक छात्रवृत्ति अक्षय कोष’ को स्थापना गर्ने र उक्त खाता संचालन तथा व्यवस्थापन प्रहरी कल्याण कोषले गर्नेछ । आगामी शैक्षिक सत्र २०८० वैशाखदेखि लागू हुने यो सम्झौता अनुसार नेपाल पुलिस स्कुलका कक्षा ४ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूलाई उपलब्ध हुने र नेपाल पुलिस स्कुलहरूले विद्यार्थीहरूको समयानुकूल शुल्क परिमार्जन भई बृद्धि भएको अवस्थामा छात्रवृत्ति अक्षय कोषबाट प्राप्त हुने ब्याज आम्दानी रकमबाट अपुग भएमा आपसी समन्वय र सहमतीमा समस्या समाधान गरिनेसमेत समझदारीपत्रमा उल्लेख गरिएको छ । उक्त समझदारीपत्रमा नेपाल प्रहरीको तर्फबाट नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक केदार ढकाल र एभरेष्ट बैंकको तर्फबाट बैंकका नायव महाप्रबन्धक केशव राज पौडेलले हस्ताक्षर गर्नुभएको थियो । उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षकहरू एवं वरिष्ठ प्रहरी अधिकृतहरू लगायत एभरेष्ट बैंक लिमिटेडका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।  

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-११-२१

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी मोरङ विराटनगर महानगरपालिका-१५ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-११ बस्ने ३५ वर्षीय आवास भन्ने आभाश अर्याललाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।  उच्च अदालत पाटनको २०७९ माघ ६ गतेको फैसलाले बैंकिङ कसूरमा ४ दिन कैद र ११ लाख रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं बागबजारबाट पक्राउ गरेको हो । अर्यालले नबिल बैंक लिमिटेड काठमाडौं सिनामंगल शाखामा रहेको आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी २०७७ चैत ११ गते दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो ।  उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय सुन्धारा काठमाडौं पठाइएको छ ।

छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित छ जना पक्राउ
२०७९-११-२१

 बाँके, नेपालगंज उपमहानगरपालिका-११ बिपि चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २१ ग्राम ५ सय मिलिग्राम सहित भारत नानपारा बस्ने ४५ वर्षीय महोमद आदिललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण व्यूरो नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।             यसैगरी बाँके, कोहलपुर नगरपालिका-१० बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ११ ग्रामसहित नेपालगंज उपमहानगरपालिका-१४ बस्ने २२ वर्षीय भूपेन्द्र पाठकलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले भे.४ प ८२७८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी मोटरसाइकल चालक पाठकलाई पक्राउ गरेको हो ।              झापा, अर्जुनधारा नगरपालिका-११ नयाँ बसपार्कस्थित  पशुपतिनगर होटल एण्ड लजबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय मिलिग्रामसहित ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शिवसताक्षी नगरपालिका-९ बस्ने २१ वर्षीय प्रेम सागर सावा, मेचिनगर नगरपालिका-१२ बस्ने २० वर्षीय मनिस बराल र मोरङ मिक्लाजुङ गाउँपालिका-४ बस्ने १९ वर्षीया तिलु राई रहेका छन् । अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । कैलाली, गोदावरी नगरपालिका-१ तरकारी बजार नजिक किराना पसल संचालन गरी बस्ने ५४ वर्षीया कुसुम भट्टलाई अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ३१ ग्राम सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनले लागूऔषध बिक्री गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उक्त पदार्थसहित फेला पारी उनलाई पक्राउ गरेको हो । 

छुट्टाछुट्टै स्थानबाट अवैध लागू औषधसहित सात जना पक्राउ
२०७९-११-२०

मकवानपुर, भिमफेदी गाउँपालिका-२ भैंसेबाट अवैध लागूऔषध चरेश जस्तो वस्तु करिब ८ केजीसहित थाहा नगरपालिका-७ महादेब खर्क बस्ने ३१ वर्षीय दिपक भन्ने राजकुमार स्याङतानलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भैसेबाट खटिएको प्रहरीले भैंसेस्थित चेकप्वाइन्टमा जाँच गर्ने क्रममा लुकाईछिपाई ल्याएको अवस्थामा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।   पर्सा, धोबिनी गाउँपालिका-१ आशवारीबाट अवैध लागूऔषध चरेश १० केजी ५ सय ग्रामसहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धोबिनी गाउँपालिका-४ लंगडी बस्ने ३८ वर्षीय संजय राउत कुर्मी र भारत बिहार पश्चिम चम्पारण बस्ने २३ वर्षीय अविनाश कुमार रहेका छन् । इलाका प्रहरी कार्यालय पोखरीया र प्रहरी चौकी आशवारीबाट खटिएको प्रहरीले बीआर २२ एम ३५९७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलको ट्याङ्की र सिटमुनि लुकाईछिपाई ल्याएको अवस्थामा उक्त लागूऔषध फेला पारी मोटरसाइकल चालक अविनाशलाई पक्राउ गरी थप अनुसन्धानको क्रममा संजयको पनि संलग्नता रहेको खुल्न आएपछि उनलाई समेत पक्राउ गरेको हो ।  सुनसरी, धरान उपमहानगरपालिका-१३ आपगाँछीबाट अवैध लागूऔषध गाँजा ४१ केजी ५० ग्रामसहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-१६ बस्ने ४० वर्षीय सुकेन्द्र लिम्वु र सोही  उपमहानगरपालिका-१७ बस्ने धनकुटा पाख्रिवास नगरपालिका-९ घर भएका २८ वर्षीय नविन राई रहेका छन् । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ जाँदै गरेको बा.१३ च २६८ नम्बरको कारलाई जाँच गर्ने क्रममा  कारमा लुकाईछिपाई ल्याउँदै गरेको अवस्थामा उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।   झापा, भद्रपुर नगरपालिका-५ नयाँबजारबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ३ ग्राम ६० मिलिग्रामसहित शिवसताक्षी नगरपालिका-९ बस्ने २८ वर्षीय मोहन शेर्पालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  उदयपुर, कटारी नगरपालिका-१ बेलसोत कालिखोलाबाट अवैध लागूऔषध गाँजा करिब २२ केजीसहित सिराहा मिर्चैया नगरपालिका-४ बस्ने २२ वर्षीय ललित सिंहलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त ठाउँमा लागूऔषध ओसार पसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकी बेलसोतबाट खटिएको प्रहरीले प्रदेश २-०१-००१ प १५२६ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।  धनकुटा, साँगुरीगढी गाउँपालिका-८ सिंखुलाबाट अवैध लागूऔषध गाँजा करिब १ सय ६ केजी गएराति प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीलाई देख्नासाथ को.१ ज १८११ नम्बरको पिकअप चालकले गाडी छोडी फरार भएपश्चात गाडी जाँच गर्ने क्रममा पिकअपमा लोड गरी राखेको ४ वटा बोराभित्र रहेको उक्त गाँजा प्रहरीले फेला पारी बरामद गरेको हो । हाल फरार पिकअप चालकको खोजी भइरहेको छ ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा दुई स्थानबाट १७ जना पक्राउ
२०७९-११-२०

ललितपुर, ललितपुर महानगरपालिका-१४ थसिखेलमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-१४ नख्खिपोट बस्ने ५० वर्षीया कान्छीमाया तामाङ समेत १२ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६० हजार १५ रूपैयाँ र ९ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।   कैलाली, जानकी गाउँपालिका-३ भगतपुरमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-१ दुर्गौली बस्ने ४९ वर्षीय चन्द्रभान बमलगायत ५ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको  प्रहरीले उनीहरूलाई नगद २४ हजार ३ सय ३५ रुपैयाँ र १ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-११-१९

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी गोरखा आरुघाट गाउँपालिका-५ स्थायी वतन भई हाल काठमाडौं महानगरपालिका-२६ सामाखुसी बस्ने २७ वर्षीय कृष्ण बहादुर गुरङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  उच्च अदालत पाटनको २०७९ माघ २४ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ५ दिन कैद र १५ लाख रुपैयाँ जरिवाना ठहर भई फरार भएका उनलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं सामाखुसीबाट पक्राउ गरेको हो । कृष्णले सिटिजन्स बैंक लिमिटेड काठमाडौं सामाखुसीको आफ्नो बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला गरेको थियो ।  उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय नख्खु ललितपुर पठाइएको छ । 

छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित आठ जना पक्राउ
२०७९-११-१९

झापा,  झापा मेचीनगर नगरपालिका-६ बाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ४ ग्राम ७ सय मिलिग्रामसहित दुई जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका गैरी गाउँ बस्ने २० वर्षीया सन्ध्या दर्जी र अर्जुनधारा नगरपालिका-११ बुट्टाबारी बस्ने ३६ वर्षीय सागर गिरी रहेका छन् । ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरुलाई जाँच गर्ने क्रममा सन्ध्याको साथबाट ३ ग्राम र सागरको साथबाट १ ग्राम ७ सय मिलिग्राम उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  बाँके, कोहलपुर नगरपालिका-९ झण्डहवाबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ ४ ग्राम २६० मिलिग्राम र डिजिटल तराजु १ थानसहित सोही ठाउँ बस्ने ३७ वर्षीय मोहमद साईलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले भे.१२ प ७७२१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।  कञ्चनपुर, पुनर्वास नगरपालिका-११ टाउके बजारस्थित नेपाल भारत सिमा नाकाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १८ ग्राम ३० मिलिग्रामसहित बेलौरी नगरपालिका-६ दुम्ली बस्ने ३५ वर्षीय उमेश सिंह विष्टलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी परासनबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । बारा, जितपुर सिमरा उपमहानगरपालिका-१ तिनकुने चोकबाट अवैध लागूऔषध गाँजा करिब १२ केजीसहित सोही उपमहानगरपालिका-२२ चकरी बस्ने २५ वर्षीय नरेश बमसमेत ३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले ना.२ ह ४९५० नम्बरको अटोमा सवार उनीहरुलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । मकवानपुर,  मनहरी गाउँपालिका-६ खैरधारीबाट अवैध लागूऔषध अफिम १ केजीसहित सोही ठाउँ बस्ने ४० वर्षीय  नरमान घिसिङलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले घिसिङलाई उनकै भान्सा कोठामा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयमा बैण्ड कन्सर्ट कार्यक्रम सम्पन्न
२०७९-११-१८

काठमाडौं, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहको प्रमुख आतिथ्यमा नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार बैण्ड कन्सर्ट कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरी संगीत विद्यालय र बैण्ड अफ द ब्रिगेड अफ गोर्खाज्‌बाट सामूहिक रुपमा उक्त कन्सर्ट सम्पन्न भएको हो । सो अवसरमा नेपाल प्रहरी संगीत विद्यालयका तर्फबाट प्रहरी नायव उपरीक्षक भुला राज खनाल समेतको टोली र बैण्ड अफ द ब्रिगेड अफ गोर्खाज्‌का तर्फबाट Music Director, Captain Esther Hayes एवं Assistant Music Director Captain Sunil Gurung समेतको टोलीद्वारा विभिन्न सुमधर धुन प्रस्तुत गरिएको थियो ।  उक्त अवसरमा प्रहरी महानिरीक्षक सिंहले Defence Attache, Colonel, Paul Smith, बैण्ड अफ द ब्रिगेड अफ गोर्खाज्‌का Music Director, Captain  Esther Hayes, बैण्ड अफ द ब्रिगेड अफ गोर्खाज्‌का Assistant Music Director Captain Sunil Gurung लाई कृतज्ञताको चिनो प्रदान गर्नुभयो । सोही अवसरमा Defence Attache, Colonel, Paul Smith र बैण्ड अफ द ब्रिगेड अफ गोर्खाज्‌को तर्फबाट Music Director, Captain  Esther Hayes ले प्रहरी महानिरीक्षक सिंहलाई समेत कृतज्ञताको चिनो प्रदान गर्नुभयो । वि.सं.२००९ सालमा शुरु भएको नेपाल प्रहरी संगीत विद्यालय बैण्डद्वारा विभिन्न राष्ट्रिय दिवस, खेलकुद, संगठनका विभिन्न कार्यक्रम एवं विभिन्न स्थलहरूमा समयसमयमा सहभागिता र कन्सर्टको आयोजना गर्ने गरेको छ । बैण्ड अफ द ब्रिगेड अफ गोर्खाज्‌ र नेपाल प्रहरी संगीत विद्यालयको सम्बन्ध सन् २००४ सालदेखि नै रहँदै आएको छ । संयुक्त रुपमा यी दुवै बैण्डहरूद्वारा समन्वय र सहकार्यमा संयुक्त तालिम र कन्सर्टहरू हुने गरेका छन् ।  कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, बैण्ड अफ द ब्रिगेड अफ गोर्खाज्‌का प्रतिनिधिहरू लगायत अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो । 

अफ्रिकी देश युगाण्डाकी महिलालाई वेश्यावृत्तिमा लगाउने महिला पक्राउ
२०७९-११-१८

काठमाडौं, पर्यटक भिसामा नेपाल आई ठमेलस्थित होटलमा बस्दै आएकी युगाण्डाकी महिलालाई वेश्यावृत्तीमा लगाएको अभियोगमा काठमाडौं महानगरपालिका-२९ ठमेलस्थित होटेल जर्नी होममा बस्ने युगाण्डा मासाका घर भएकी २५ वर्षीया NATASHA भनिने IMMACULATE NABASUMBA लाई सोमबार प्रहरीले पक्राउ गरेको छ । उनले नेपालमा क्लीनर, वेट्रेस लगायतको काममा मासिक ५ सय अमेरिकी डलर कमाई हुने तथा नेपाल आउने जाने हवाई टिकट, भिषालगायतको खर्च समेत कमाएर तिर्ने शर्तमा पीडितलाई नेपालमा बोलाई विभिन्न व्यक्तिसँग शारीरिक सम्पर्क गर्नुपर्ने, नत्र निज र पीडितको परिवारलाई मारीदिने सम्मको धम्की दिँदै शारीरिक सम्पर्क गर्न बाध्य पारेको, पीडित महिला बिरामी भई काम गर्न नसक्ने अवस्था भएपछि होटलबाट निकालेको र युगाण्डा फर्कन लागेकी पीडितलाई टिकट रद्द गरी दिएको उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । अभियुक्त आफै यौन व्यवसायमा संलग्न हुँदै आएको, पीडित लगायत अन्य युगाण्डाका महिलाहरुलाई समेत नेपाल झिकाई यौन कार्यमा लगाउने गरेको, ठमेलका बिभिन्न नाईट क्लवहरुमा गई ग्राहकहरु खोजी ल्याउने र पीडितलाई बेश्यावृत्तिमा लगाई ग्राहकबाट प्राप्त रकम समेत आफैले लिने गरेको अनुसन्धानबाट खुल्न आएको छ ।   उनी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

छुट्टाछुट्टै स्थानबाट लागूऔषध कारोबारमा संलग्न १८ जना पक्राउ
२०७९-११-१८

काठमाडौं , लागूऔषध कारोवारमा संलग्न रहेको अभियोगमा लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वर र मातहत शाखाबाट समेत खटिएको प्रहरीले १८ जनालाई विभिन्न मिति र छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको छ ।  विशेष सूचनाको आधारमा खटिएको प्रहरीले उनीहरुलाई अवैध लागूऔषध खैरो हेरोइन जम्मा ४ सय ६९ ग्राम ५१ मिलिग्राम, नियन्त्रित लागूऔषध डाईजेपाम, ब्रुपिनोर्फिन र फेनारगन गरी जम्मा ९ सय ४० एम्पुल, डिजिटल तराजु र नगदसहित पक्राउ गरेको हो ।  पक्राउ पर्नेहरुमा मुगु सोरू गाउँपालिकाका २७ वर्षीय बीरेन्द्र बहादुर मल्ल, कैलाली लम्किचुहा नगरपालिकाका ४० वर्षीय सुनिल शाही, सर्लाही पर्सा गाउँपालिकाका २३ वर्षीय निखिल कुमार मण्डल, भारत मोतिहारीका ३१ वर्षीय जगत शर्मा, कैलाली बर्दगोरीयाका २६ वर्षीय निरज चौधरी, कैलाली टिकापुर नगरपालिकाका २६ वर्षीय बालकृष्ण चौधरी, बाँके खजुरा गाउँपालिकाका २३ वर्षीय रोहित योगी, कैलाली टिकापुरका २८ वर्षीया साबित्री मगर शाही, ३० वर्षीय प्रकाश बुढा तथा २२ वर्षीया कल्पना चौधरी, झापा कचनकवल गाउँपालिकाका ३७ वर्षीय तोलपाल राजवंशी, भारतका २९ वर्षीय महमद नायम शेष, ईलामको ईलाम नगरपालिकाका २२ वर्षीय सुसन तामाङ, कास्की पोखरा महानगरपालिकाका २६ वर्षीय आशिष थकाली, स्याङ्जा पुतलीबजार नगरपालिकाका २७ वर्षीय सुमन गुरुङ, सिरहा सखुवान कर्कटी गाउँपालिकाका २० वर्षीय शिबशंकर यादब, सप्तरी राजबिराज नगरपालिकाका ३५ वर्षीय मोहमद नसिम र रोल्पा ऊवा गाउँपालिकाक २८ वर्षीय राज कुमार मगर रहेका छन् ।   उनीहरु उपर जिल्ला अदालतबाट लागूऔषध मुद्दामा म्याद थप गरी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित चार जना पक्राउ
२०७९-११-१८

मकवानपुर, राक्सिराङ गाउँपालिका-५ चैनपुरबाट अवैध लागूऔषध गाँजा करिब ४ केजी ६ सय ग्रामसहित भारत मोतिहारी बिश्रामपुर बस्ने २० वर्षीय बिक्की कुमार चौहान र १७ वर्षीय किशोरलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरीले ना.२ ह ५७०१ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोमा सवार उनीहरुलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।  पर्सा, वीरगञ्ज महानगरपालिका-३१ मिलन चोकबाट अवैध लागूऔषध गाँजा करिब १५ केजी मकवानपुर राक्सिराङ गाउँपालिका-६ बस्ने १८ वर्षीय र १५ वर्षीय २ जना किशोरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी चौकी मिलनचोकबाट खटिएको प्रहरीले ना.२ ह ६३८ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोमा सवार उनीहरुलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित सात जना पक्राउ
२०७९-११-१८

 बाँके, बैजनाथ गाउँपालिका-१ माथिल्लो करेलीबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ २ सय ५ मिलिग्राम र नगद ९७ हजार ९ सय ७२ रुपैयाँसहित सोही गाउँपालिका-१ चिसापानी बस्ने २२ वर्षीय दिपक खत्री समेत ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले उनीहरूलाई जाँच गर्ने क्रममा उक्त पदार्थ र नगदसहित फेला पारी पक्राउ गरेको हो ।  झापा, कन्काई नगरपालिका-३ कोटिहोमबाट अवैध लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ करिब २ ग्राम ३ सय ६० मिलिग्राम र नगद ४ हजार २ सय ७० रुपैयाँसहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ बस्ने ४१ वर्षीय बासुदेव भेटवाल र  शिवसताक्षी नगरपालिका-८ शित्तल चोक बस्ने २६ वर्षीय मदन विक रहेका छन् । इलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरीले उक्त पदार्थ र नगदसहित फेला पारी पक्राउ गरेको हो ।  यसैगरी झापा बिर्तामोड नगरपालिका-४ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १२ ग्रामसहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सप्तरी राजबिराज नगरपालिका-७ बस्ने ३५ वर्षीय महमद नसिम र सिरहा सखुवानकर्कटी गाउँपालिका-२ बस्ने २० वर्षीय शिब शंकर यादव रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-११-१८

तनहुँ, सवारी ज्यान मुद्दाका फरार प्रतिवादी गोरखा शहिद लखन गाउँपालिका-३ घर भई तनहुँ आँबुखैरेनी गाउँपालिका-२ एक्लेफाँट बस्ने ३३ वर्षीय नविन थापालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला अदालत तनहुँको २०७८ पुस २५ गतेको फैसलाले सवारी ज्यान मुद्दामा ३ वर्ष कैद फैसला भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय आँबुखैरेनी र अस्थाई प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले आँबुखैरेनी गाउँपालिका -४ मुग्लिङ पुलजिपबाट पक्राउ गरेको हो ।  उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत दमौली तनहुँमा दाखिला गरिएको छ ।

जुवातास खेलीरहेको अवस्थामा २२ जना पक्राउ
२०७९-११-१८

ईलाम, देउमाई नगरपालोका-४ मंगलबारेस्थित मामाभान्जा होटल एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३८ वर्षीय कुमार चेम्जोङसमेत ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मंगलबारेबाट खटीएको प्रहरीले उनीहरूलाई नगद १३ हजार ८ सय रुपैयाँ र ६ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । झापा, अर्जुनधारा नगरपालिका-६ युनिक टोल बस्ने जनक पाण्डेको घरको आँगनमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३० वर्षीय सुनिल बेघासमेत १८ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५३ हजार २ सय रुपैँया र ६ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

नेपाल प्रहरी श्रीमती संघद्वारा शौचालय हस्तान्तरण
२०७९-११-१७

काठमाडौं, नेपाल प्रहरी श्रीमती संघद्वारा गोकर्णेश्वर नगरपालिका-६ स्थित वडा कार्यालय अगाडि सार्वजनिक स्थानमा जडान गरिएको प्रोटेवल सार्वजनिक शौचालय गोकर्णेश्वर नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।  नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती कुसुम लता सिंहले बुधबार आयोजित एक कार्यक्रमबीच गोकणेश्वर नगरपालिकाका प्रमुख दिपक कुमार रिसाललाई उक्त शौचालय हस्तान्तरण गर्नुभएको हो ।  कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख रिसालले शौचालयले पैदलयात्री तथा सेवाग्राहीलाई सहज हुने उल्लेख गर्दै शौचालयको संरक्षणमा नगरपालिकाले विशेष ध्यान दिने बताउनुभयो ।  कार्यक्रममा संघकी अध्यक्ष श्रीमती सिंहले सिभिल बैंकसँग समन्वय तथा सहकार्य गरी सार्वजनिक हितको लागि नागरिक जीवनमा सहजता होस् भन्ने हेतूले सर्वसाधरणको बढी आवतजावत हुने स्थानमा शौचालय संचालन गरिएको बताउनुभयो । सानो प्रयासले स्वच्छ वातावरणका लागि सरसफाइमा समेत सहयोग पुग्ने अपेक्षा उहाँले गर्नुभयो ।  गोकर्णेश्वर नगरपालिकाका उप-प्रमुख सान्नानी लामाले समेत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नवराज लामाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरू, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, स्थानीय बासिन्दा लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहको थियो । 

बैङिक कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-११-१७

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी नुवाकोट लिखु गाउँपालिका-५ घर भई काठमाडौं महानगरपालिका-१६ बालाजु बस्ने २८ वर्षीय रूवि खतिवडालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  उच्च अदालत पाटनको २०७९ भदौ २८ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ७ दिन कैद र ५० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं बसुन्धराबाट पक्राउ गरेको      हो । खतिवडाले प्रभु वैंक लिमिटेड काठमाडौं बबरमहल  शाखामा रहेको खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको मुद्दामा अदालतले उक्त फैसला गरेको थियो ।  उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय काठमाडौं सुन्धारा पठाइएको छ । 

सालकको खपटा र जिउँदो हुचिलसहित दुई जना पक्राउ
२०७९-११-१७

धादिङ, धुनिवेशी नगरपालिका-६ नौविसेबाट सालकको खपटा ५ किलो ३ ग्राम र जिउँदो हुचिल १ थानसहित थाक्रे गाउँपालिका-५ नयाँगाउँ बस्ने ४७ वर्षीय बिनोद लामा समेत दुई जनालाई  मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  विशेष सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र ईलाका प्रहरी कार्यालय खानीखोला धादिङबाट खटिएको प्रहरीले हाप्सेचौरबाट नौविसेतर्फ आउँदै गरेका उनीहरूलाई बोराभित्र लुकाई ल्याएको खपटा र कार्टुनभित्र लुकाई ल्याएको हुचिलसहित फेला पारी पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

औषधिको अवैध कारोबारमा संलग्न व्यक्ति पक्राउ
२०७९-११-१७

भक्तपुर, औषधि पसल दर्ता नगरी औषधिको अवैध कारोबारमा संलग्न रहेको अभियोगमा रौतहट देवाहिबोनाही नगरपालिका-१ घर भई भक्तपुर मध्यपुर ठिमी नगरपालिका-५ निकोशेरास्थित औषधि पसल संचालन गरी बस्ने २७ वर्षीय अरूण कुमार शाहलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  लागूऔषध प्रयोगकर्ताले विकल्पको रूपमा प्रयोग गर्ने गरेको विभिन्न औषधिहरू अवैध रूपमा बिक्री भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले मध्यपुर ठिमी नगरपालिका-५ निकोसेरास्थित दर्ता नगरेको औषधि पसल खोली संचालन गर्ने उनलाई विभिन्न औषधिसहित पक्राउ गरेको हो ।  उनलाई आवश्यक कारवाहीका लागि औषधि विभाग काठमाडौं पठाइएको छ ।   

छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित आठ जना पक्राउ
२०७९-११-१७

  काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्रामसहित रोल्पा बस्ने २८ वर्षीय राज कुमार मगरलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले रोल्पाबाट काठमाडौंतर्फ आउँदै गरेको लु.१ ख ८८२१ नम्बरको बसलाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी बसमा सवार उनलाई पक्राउ गरेको हो ।  मोरङ, बेलबारी नगरपालिका-१ गुम्बा लाईन डेरा गरी बस्ने २९ वर्षीया हिरा राईलाई अवैध लागूऔषध गाँजा १० किलो ३ सय ४४ ग्रामसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनले लागूऔषध गाँजा बिक्री गरिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा र ५२ हजार ५ सय रूपैयाँसहित फेला पारी पक्राउ गरेको हो ।  यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाँटाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २८ मिलिग्रामसहित ताप्लेजुङ घर भएका ३३ वर्षीय कालु सिंह लिम्बुलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.१८ प १०९५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।  म्याग्दी, बेनी नगरपालिका-८ कालिपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ५ मिलिग्रामसहित भारत पश्चिम बंगाल घर भई कास्की पोखरा बस्ने २८ वर्षीय अलेमुन हकलाई मंगलाबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।  मकवानपुर, मनहरी गाउँपालिका-९ ढकाल खोल्सीबाट अवैध लागूऔषध गाँजा करिब १५ किलोग्रामसहित सोही ठाउँ बस्ने २५ वर्षीय सुमन प्रजालाई  मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले बोरामा उक्त गाँजा बोकी हिँडिरहेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो ।  बारा, बिश्रामपुर गाउँपालिका-१ कल्याणपुर सिमाबाट नियन्त्रित लागूऔषध नुर्फिन ७२ पिस, डाइजेपाप ७० पिस र फेनारगन ७१ पिस सहित भारत बस्ने २७ वर्षीय सहजाद अंसालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । सिमा प्रहरी चौकी छतबाट र एफओबि छतवाबाट संयुक्त रुपमा खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा  उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।  पर्सा, वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ग्रामसहित भारत घर भएका २९ वर्षीय महमद नाएम शेखलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंज र वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको छ ।  सुनसरी, ईटहरी उपमहानगरपालिका-८ बाट अवैध लागूअवैध गाँजा करिब ६ सय ग्रामसहित भारत घर भई सोही ठाउँस्थित होटल एण्ड खाजा घर संचालन गरी बस्ने ३२ वर्षीया आशा कामदलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । उनले लागूऔषध गाँजा बिक्री गरिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले उक्त गाँजासहित फेला पारी उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा ३८ जना पक्राउ
२०७९-११-१७

काठमाडौं, महानगरपालिका-१४ कुलेश्वर गैरीशंकर बस्ने बसन्त सापकोटाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-१२ टेकु बस्ने ४२ वर्षीया दिलमाया देउलासमेत २३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख ३८ हजार २ सय रुपैयाँ र ५ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।  यसैगरी, काठमाडौं, महानगरपालिका-९ शम्भुमार्ग बस्ने जमुना पौडेलको घरको अण्डर ग्राउण्डमा जुवातास खेलिरहेको अवस्थामा काभ्रे घर भई हाल काठमाडौं महानगरपालिका-७ मित्रपार्क बस्ने ३६ वर्षीय जित नारायण श्रेष्ठसमेत ६ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त गौशालाबाट खटीएको प्रहरीले उनीहरूलाई नगद ४६ हजार रुपैयाँ र ३  बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।  यसैगरी, काठमाडौं, चन्द्रागिरी नगरपालिका-१२ बलम्बु बस्ने ५८ वर्षीय पूर्ण महर्जनको घरमा तास खेलिरहेको अवस्थामा महर्जन समेत ९ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बलम्भुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६७ हजार ९ सय १० रुपैयाँसहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

अवैध लागूऔषधसहित पक्राउ
२०७९-११-१६

कैलाली, गोदावरी नगरपालिका-९ बल्मीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ८० मिलिग्रामसहित सोही नगरपालिका-६ बस्ने २४ वर्षीय जयकिशन चौधरीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले यूपी २० बीएम ६८०७ नम्बरको भारतीय कार जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी चालक चौधरीलाई पक्राउ गरेको हो ।  यसैगरी कैलाली, गोदावरी नगरपालिका-५ बिजैरा बस्ने ३२ वर्षीय ओकेन्द्र चौधरी र सोही नगरपालिका-६  भुयरा बस्ने ३१ वर्षीय विष्णु चौधरीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ३० मिलिग्रामसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले ओकेन्द्रलाई उनकै घर अगाडिबाट करिब २ सय ६० मिलिग्राम र विष्णुलाई आफ्नै घरमा लुकाई छिपाई राखेको १ ग्राम ५ सय ७० मिलिग्राम उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित छ जना पक्राउ
२०७९-११-१६

सिरहा, गोलबजार नगरपालिका-१ गागन खोलाबाट अवैध लागूऔषध गाँजा करिब ३ किलोग्रामसहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४५ वर्षीय नथुनी ठाकुर र अर्नामा गाउँपालिका-३ लालपुर बस्ने ४० वर्षीय सुरज ठाकुर रहेका छन् । प्रहरी चौकी मुक्सारबाट खटिएको प्रहरीले उनीहरूलाई जाँच गर्दा उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-९ त्रिबेणीघाटबाट अवैध लागूऔषध ब्राउनसुगर  २ ग्राम ३ सय ९० मिलिग्रामसहित सोही उपमहानगरपालिका-८ धनगढीगाउँ बस्ने २६ वर्षीय राजेश रानालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको   छ । अस्थाई प्रहरी पोष्ट जुगेडा र सशस्त्र प्रहरी बल बीओपी बङग्राकटानबाट संयुक्त रुपमा खटिएको प्रहरीले साइकलमा आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा उक्त ब्राउनसुगरसहित फेला पारी पक्राउ गरेको हो । सुनसरी, धरान उपमहानगरपालिका-१६ पार्वतीमार्ग डेरा गरी बस्ने धनकुटा साँघुरीगढी गाउँपालिका-३ का ५० वर्षीय लाल बहादुर लिम्वुलाई अवैध लागूऔषध गाँजा करिब ८  किलोग्रामसहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र र इलाका प्रहरी कार्यालय धरान सुनसरीबाट खटिएको प्रहरीले उनलाई कोठामा लुकाई राखेको उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।  सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-६ खोर्के लाईन सदभावना टोल डेरा गरी बस्ने झापा दमक उपमहानगरपालिका-९ घर भएका २५ वर्षीय सन्दीप बराइलीलाई अवैध लागूऔषध ब्राउनसगुर जस्तो  देखिने पदार्थ १ ग्राम ४ सय २० मिलिग्रामसहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो शाखा सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनको कोठामा तलासी गर्दा उक्त पदार्थ र नगद ३ हजार ६ सय ४५ रूपैयाँसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।  यसैगरी सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-६ तारातालबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ३० मिलिग्रामसहित सोही नगरपालिका-२ फलाटे बस्ने २२ वर्षीय आषिश सुनारलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा लागूऔषध व्यूरो शाखा सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी उनलाई पक्राउ गरेको ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०७९-११-१६

भक्तपुर, १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दोलखा मेलुङ गाउँपालिका-५ घर भई भक्तपुर मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थली बस्ने २३ वर्षीय जय थापा भन्ने श्री थापालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको   छ । ती किशोरीलाई थापाले आफ्नै कोठामा फागुन ७ गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई मध्यपुर ठिमी नगरपालिका-६ पुरानो ठिमिबाट पक्राउ गरेको हो ।  भोजपुर, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा षडानन्द नगरपालिका-७ भदौरे बस्ने  २६ वर्षीय हरि कुमार भन्ने हरि श्रेष्ठलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोही नगरपालिका-६ मठेटारस्थित कच्ची बाटो नजिक श्रेष्ठले ती किशोरीलाई शनिबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय दिङलाभोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  

हेभी सवारी चालक तालिम सुरू
२०७९-११-१५

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा १३औं समूहको हेभी सवारी चालक तालिम सोमबारबाट सुरु भएको छ । जम्मा ३० कार्यदिन अवधि रहेको उक्त तालिममा प्रहरी हवल्दार १ जना, प्रहरी सहायक हवल्दार १४ जना र प्रहरी जवान १५ जना गरी जम्मा ३० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ । सवारीसँग सम्बन्धित विभिन्न ऐन, नियम तथा कानुनको बारेमा जानकारी गराउनु, सेफ्टी र डिफेन्सीभ ड्राइभिङ सम्बन्धी ज्ञान तथा टेक्निक प्रदान गर्नु, लेन अनुसाशन तथा ट्राफिक चिन्हहरुका बारेमा जानकारी गराउनु, हेभी सवारी साधन चलाउन, सामान्य मर्मत सम्भार गर्न र आवश्यकता अनुसार निरीक्षक गर्न सक्ने बनाउनु, विभिन्न  परिस्थिति तथा मौसम अनुसार हेभी साधन चलाउँदा ध्यान दिनुपर्ने कुराहरुको बारेमा ज्ञान प्रदान गर्ने तालिमको उद्देश्य रहेको छ । 

यूकेमा रोजगारी मिलाई दिन्छु भन्दै अनलाईनमार्फत ठगी गर्ने पक्राउ
२०७९-११-१५

काठमाडौं, यूकेमा रोजगारी मिलाई दिन्छु भन्दै अनलाईनमार्फत नगद २३ लाख रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा भारत बिहार मोतिहारी रामपुर ग्राम पञ्चायत थाना दारपा घर भई काठमाडौं कालीमाटी बस्ने २५ वर्षीय सुदिश कुमार साह र काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-११ घर भई काठमाडौं कालीमाटी बस्ने २७ वर्षीया सुनिता परियार रहेका छन् ।  उनीहरूले सामाजिक सञ्जाल फेसबुक, वाट्यएप, ईन्टारग्राम, भाइबर र टिकटक मार्फत पीडितलाई साथी बनाई आफू मलेसियाको नागरिक भएको र हाल यूके मा डेन्टिस डाक्टर पेशा गर्छु भनि पीडितहरुसँग मोबाईल नम्बर लिई वाट्यएपमार्फत कुराकानी गरी प्रलोभनमा पारेका थिए । तत्पश्चात यूकेमा हेल्थकेयर असिस्टेनटमा नोकरी लगाई दिन्छु भन्दै व्यक्तिगत विवरण पठाउन लगाई कागजात लिएपश्चात बिभिन्न ब्यक्तिहरुलाई  पार्सल, आकर्षक गिफ्ट, डलरलगायतको सामान पठाएको र त्यसको लागि कस्टम चार्ज, क्लिरियन्स, ईन्सुरेन्स, डेलिभरी चार्ज जस्ता प्रयोजनमा रकम तिर्नुपर्छ भन्दै पीडितहरूबाट सुनिताको बैंक खातामा उक्त रुपैयाँ पठाउन लगाई ठगी गरेको खुल्न आएपछि उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।  उनीहरूलाई ठगी कसूरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर टकु काठमाडौं पठाइएको   छ । 

बाल यौन शोषण कार्यमा संलग्न चिनियाँ नागरिक पक्राउ
२०७९-११-१५

ललितपुर, बाल यौन शोषण कार्यमा संलग्न रहेको अभियोगमा चिनियाँ नागरिक ४९ वर्षीय याङ लि मिङलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । ललितपुर महानगरपालिका-२२ वुंगमतीस्थित कोका न्यू प्युरी एण्ड म्याट्रेस कम्पनी संचालन गरी बस्दै आएका उनले फेसबुकमार्फत नाबालिकाहरुसँग चिनजान गरी साथी बनाई काठमाडौं बोलाई बिभिन्न मनोरञ्जनात्मक गतिबिधिहरुमा संलग्न गराउनुका साथै आर्थिक प्रलोभन देखाई यौन शोषण गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका-२२ वुंगमतीबाट पक्राउ गरेको हो ।  उनले १४ देखि १७ वर्षका ६ जना नाबालिकहरुमध्ये २ जनालाई बुङमतीस्थित निजको अपार्टमेन्टमा लगि यौन शोषण गरिसकेको तथा अन्य ४ जना बालिकाहरुलाई ठमेलस्थित होटलमा ललाईफकाई राखिएको अवस्थामा प्रहरीले ती बालिकाहरूको उद्वार गरेको छ । उनी उपर जबरजस्ती करणी शीर्षक मुद्दामा जिल्ला अदालतबाट ३ दिनको म्याद अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

नाबालिकाको तस्बिरमा अश्लिलता जोडी हैरानी गर्ने व्यक्ति पक्राउ
२०७९-११-१५

काठमाडौं, नाबालिकाको तस्बिरमा अश्लिलता जोडी हैरानी दिएको अभियोगमा ओखलढुङ्गा सुनकोसी गाउँपालिका-४ घर भएका २७ वर्षीय मुगाधन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जालको प्रोफाइलमा नाम र तस्बिर महिलाको राखी नाबालिकासँग वार्तालाप गरेको तथा वार्तालापको क्रममा नाबालिकाको प्रोफाइलबाट तस्बिरहरू डाउनलोड गरी सोही तस्बिरमा अन्य अश्लील तस्बिरहरू जोडी मेसेन्जरमार्फत पठाई हैरानी दिने गरेको खुल्न आएपछि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको सहयोगमा साइबर व्युरो भोटाहिटिबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनी उपर विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।  

छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित ६ जना पक्राउ
२०७९-११-१५

कैलाली, धनगढी उपमहानगरपालिका-२ ट्राफिक चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम २ सय मिलिग्रामसहित टिकापुर नगरपालिका-१ बस्ने ३० वर्षीय प्रकाश बुढासमेत ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । रूपन्देही, बुटवल उपमहानगरपालिका-११ स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्रामसहित सोही ठाउँ बस्ने २१ वर्षीय बिबेक लामालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । दाङ, घोराही उपमहानगरपालिका-१४ शिव मन्दिर टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्रामसहित सोही ठाउँ बस्ने २६ वर्षीय पोषण कुमार श्रेष्ठलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।सिरहा, भगवानपुर गाउँपालिका-१ ठाडीबाट नियन्त्रित लागूऔषध डाईजेल्याब ४४ एम्पुल, फेनारगन ४४ एम्पुल, बुप्रोनोर्फिन ४४ एम्पुल र २ थान सिरिन्जसहित उदयपुर त्रियुगा नगरपालिका-१२ ईन्द्रेणी बस्ने ३३ वर्षीय राजेश कार्कीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट भगवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

मुद्रासम्बन्धी आपराधिक षड्यन्त्र गरेको अभियोगमा पक्राउ
२०७९-११-१५

सर्लाही, मुद्रासम्बन्धी आपराधिक षड्यन्त्र गरेको अभियोगमा मलंगवा नगरपालिका-९ स्थित सीमाक्षेत्रबाट धादिङ गल्छी गाउँपालिका-९ बस्ने ३२ वर्षीय गोपाल खनाल समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सर्लाहीका सीमावर्ती क्षेत्रमा ठगी तथा आपराधिक षड्यन्त्र गर्ने उद्देश्यले ३ गुणा बढी पैसा दिन्छु भन्दै लोभ लालच तथा प्रलोभनमा पारी लुटपाट गर्ने गरेको घटना दोहरिदै गएपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा उनीहरूलाई नेपाली नोटहरूसँग मिल्ने कागजका गडी ९९ बण्डल, पैसा आकारको कागज काट्ने मेसिन १ थान, डायरी २ थान र मोबाइल ४ थानसहित फेला पारी पक्राउ गरेको हो ।  यसअघि २०७५ भदौ ३० गते सर्लाही गोडैता नगरपालिका-३ मधुवनी गाउँबाट सोही प्रकारको ठगीमा संलग्न भारत बिहार सितामढी ग्राम पंचायतका शत्रुधन कुमार भगतसमेत २ जनालाई प्रहरीले पक्राउ गरेको थियो । साथै सोही स्थानबाट २०७६ कात्तिक ५ गते प्रलोभनमा पारी ४२ लाख ७५ हजार रूपैयाँ ठगी गरेको, २०७९ भदौ १७ गते गोडैता नगरपालिका-३ मा १ हजार दरको नोटको बीचमा कागज राखेको ६९ बण्डल फेला परेको थियो भने २०७९ पुस ३० गते मंलगवा नगरपालिका-८ सिमाक्षेत्रबाट नक्कली जस्तो देखिने एक हजार दरको नोट १ सय १५ थान फेला परेको थियो । यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ । 

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-११-१४

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी नुवाकोट लिखु गाउँपालिका-३ घर भइ काठमाडौं टोखा नगरपालिका-४ बस्ने ५२ वर्षीय डुण्डराज पाण्डेलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७९ पुस १८ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ७ दिन कैद र २० लाख २० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं नयाँबानेश्वरबाट पक्राउ गरेको हो ।  उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएकोमा अदातलको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय सुन्धारा काठमाडौंमा पठाइएको छ ।                                                                                                     

भरूवा बन्दुकसहित दुई जना पक्राउ तथा बरामद
२०७९-११-१४

पाल्पा, रिब्दिकोट गाउँपालिका-६ ठिमुरेस्थित जंगलबाट एकनाले भरुवा भन्दुक १ थान, करिब १ सय ग्राम बारुद, फलाम र सिसाका टुक्राहरुसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा  तिनाउ गाउँपालिका-६ बस्ने ५७ वर्षीय निर बहादुर सारु र उनकै छोरा २८ वर्षीय टिकाराम सारु रहेका छन् । उनीहरू उक्त जंगलमा सिकार खेल्न गएको भन्ने सूचनाको आधारमा प्रहरी चौकी हार्थोकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त हातहतियारसहित फेला पारी पक्राउ गरेको हो ।  धनुषा, गणेशमान चारनाथ नगरपालिका-५ सेलारस्थित जंगलमा बेवारिसे अवस्थामा रहेको बाह्रबोर भरुवा बन्दुक १ थान  शनिबार दिउँसो प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी चिसापानीबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित १३ जना पक्राउ
२०७९-११-१४

काठमाडौं, नागार्जुन नगरपालिका-४ सितापाइला चोकबाट अवैध लागूऔषध गाँजा १ किलो २ सय २ ग्रामसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दार्चुला मालिकार्जुन गाउँपालिका-३ घर भएका रबिन्द्र धामी र चितवन पर्साखैरेनी घर भएका २७ वर्षीय राजेन्द्र मगर रहेका छन् । प्रहरी बिट सितापाइलाबाट खटिएको प्रहरीले बाग्मती प्रदेश ०२-०३७ प २२४२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला पारी मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।  मकवानपुर, राक्सीराङ गाउँपालाका-८ गोठडाडाँ बस्ने ४८ वर्षीय ठाकुराम मोक्तान र २५ वर्षीय प्रेम घलानलाई अवैध लागूऔषध गाँजा ३ सय ४५ किलो ४ सय ग्रामसहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । अवैध लागूऔषध गाँजाको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनीहरूको घर जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।  यसैगरी मकवानपुर, मनहरी गाउँपालिका-९ ज्यामिरेस्थित सडक किनाराबाट अवैध लागूऔषध गाँजा १५ किलो प्रहरीले गएराति बरामद गरेको छ ।  ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उक्त गाँजा झाडीमा प्लाष्टिकले बेरेको अवस्थामा फेला पारी बरामद गरेको हो ।कपिलवस्तु, शिवराज नगरपालिका-९ बिचगौरी बस्ने २७ वर्षीय मेघराज घर्ति मगरलाई अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ १६ किलोग्रामसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको घरमा लागूऔषध रहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सुन्दरीडाडा र वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले उनको कोठामा तलासी गर्दा झोला र सुटकेसमा लुकाई राखेको उक्त पदार्थसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।  सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-३ गण्डकी लाईन बस्ने १९ वर्षीय श्याम बैगारलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय २० मिलिग्रामसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यसैगरी सुर्खेत, भेरिगंगा नगरपालिका-१० तोलीखोलास्थित सडकबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ  १ ग्राम १० मिलिग्रामसहित सिम्ता गाउँपालिका-१ खनेटा घर भई बीरेन्द्रनगर नगरपालिका-१० खजुरा बस्ने २० वर्षीय आर्यन रानालाई शुनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले बा.४ ख ५३२८  नम्बरको फोर्स गाडीलाई जाँच गर्दा गाडीमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।  कैलाली, गोदावरी नगरपालिका-२ पहाड रोडस्थित नेचुरल होटल नजिकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ३ ग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा डोटी जोरायल गाउँपालिका-४ बस्ने ३१ वर्षीय भिम बहादुर मडै र सोही गाउँपालिका-२ बस्ने २५ वर्षीय उद्धव बहादुर विक रहेका छन् । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई जाँच गर्दा भिम बहादुरको साथबाट १ ग्राम ७ सय मिलिग्राम र उद्धव बहादुरको साथबाट १ ग्राम ३ सय  मिलिग्रामसहित फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।   मोरङ, सुनवर्षी नगरपालिका-२ पिपल चोकबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ३० मिलिग्राम, नगद ४२ हजार ६ सय रूपैयाँ र डिजिटल तराजु १ थानसहित सोही नगरपालिका-५ टकुवा बस्ने २८ वर्षीय उपेन्द्र साहलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी अमरदहबाट खटिएको प्रहरीले प्र.०१-०२-०४८ प ३९४३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक साहले खल्तीमा लुकाई ल्याएको ब्राउनसुगरसहित फेला पारी उनलाई पक्राउ गरेको हो । रूपन्देही, देवदह नगरपालिका-४ पिपरैया बस्ने २९ वर्षीय दुर्योधन चौधरीलाई अवैध लागूऔषध गाँजा करिब ९ किलोग्राम र नगद १२ हजार ३ सय ६० रुपैयाँसहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनले आफ्नै  घरमा गाँजा बेचबिखन गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजासहित फेला पारी उनलाई पक्राउ गरेको   हो ।  बारा, निजगढ नगरपालिका-११ स्थित वन कार्यालय अगाडिबाट अबैध लागूऔषध गाँजा करिब ८ किलोग्रामसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कलैया उपमहानगरपालिका-२१ बस्ने २६ वर्षीय सन्तोष चौधरी र ३१ वर्षीय फयास मिया रहेका छन् । अस्थाई प्रहरी प्रोष्ट रतनपुरबाट खटिएको प्रहरीले डम्मरपुरबाट रतनपुरतर्फ आउँदै गरेको ना.१ ह ६९०१ नम्बरको अटोलाई जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला पारी अटोमा सवार उनीहरुलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

विभिन्न हातहतियार तथा अवैध लागूऔषधसहित पाँच जना पक्राउ
२०७९-११-१३

मकवानपुर, कैलाश गाउँपालिका-६ दुम्सीखर्कबाट कटुवा पेस्तोल १ थान, सोही पेस्तोलको गोली ६ राउण्ड, भरुवा बन्दुक १ थान, अवैध लागूऔषध गाँजा १ हजार ५ सय १५ केजी र चरेश १३ केजीसहित ५ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाश गाउँपालिका-६ दुम्सीखर्क बस्ने ७६ वर्षीय जित बहादुर मोक्तान, २८ वर्षीय बिजय मोक्तान, ४० वर्षीय रत्न घले, २२ वर्षीय अशोक घले र २२ वर्षीय शिखर घले रहेका छन् । जित बहादुरको घरमा लागूऔषध रहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त हातहतियार तथा घर नजिकै रहेको गोठबाट उक्त परिमाणको अवैध लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषधसहित पक्राउ तथा बरामद
२०७९-११-१३

बाँके, कोहलपुर नगरपालिका-१२ चप्परगौडीबाट अवैध लागूऔषध खैरो हेरोईनजस्तो देखिने पदार्थ १ सय १६ ग्रामसहित सोही नगरपालिका-११ बस्ने १८ वर्षीय किशोरसमेत दुई जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । सिरहा, धनगढी नगरपालिका-४ जयपुरस्थित मुस्हरनियाबाट अवैध लागूऔषध गाँजा करिब २० केजी शनिबार बिहान प्रहरीले बरामद गरेको छ । मुस्हरनियाबाट सुखीपुर जाने बाटोमा स.७ प ७३१६ नम्बरको मोटरसाइकलमा सवार २ जना व्यक्तिलाई स्थानीयले रोक्न खोज्दा उनीहरूको साथमा रहेको बोराको पोका फाली मोटरसाइकलसहित फरार भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले बोरा जाँच गर्दा उक्त लागूऔषध फेला परेको हो । हाल फरार व्यक्तिहरूको  खोजी भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०७९-११-१३

रोल्पा, ५२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनछहरी गाउँपालिका-७ जेलबाङ बस्ने ४० वर्षीय धनिमान रोकालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । रोकाले ती महिलालाई गत माघ २८ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी जेल्वाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  झापा, २९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गौरादह नगरपालिका-५ बस्ने ३६ वर्षीय चन्द्र बहादुर चेम्जोङलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । चेम्जोङले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी महारानीझोडा र ईलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

स्रोत नखुलेको रकमसहित पक्राउ
२०७९-११-१३

सप्तरी, तिलाठी कोईलाडी गाउँपालिका-१ भन्सार कार्यालय अगाडिबाट स्रोत नखुलेको ६ लाख ८३ हजार ३ सय नेपाली रूपैयाँ र ५० हजार भारतीय रूपैयाँसहित भारत सुपौल कुनौली ग्राम पंचायत कमलपुर बिहार घर बताउने ३१ वर्षीया अस्मिता कुमारी साहलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र भन्सार कार्यालयका कर्मचारीसहित संयुक्त रूपमा खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेकी उनलाई उक्त रकमसहित फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीको लागि आन्तरिक राजस्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी पठाइएको छ ।

चोरी तथा डाँकासम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-११-१३

काठमाडौं, चोरी तथा डाँकासम्बन्धी कसूर मुद्दामा संलग्न फरार प्रतिवादी नागार्जुन नगरपालिका-१० स्यूचाटर बस्ने कालीकोट महावै गाउँपालिका-४ घर भएका २३ वर्षीय यवराज शाहीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-३ बसुन्धारास्थित मधुर बिक्रम खनालको घरमा २०७९ कात्तिक २८ गते साँझ ११/१२ जनाको संख्यामा आएका अज्ञात हतियारधारी समूहले खनालकी श्रीमतीलगायत घरमा भएका अन्य मानिसहरुलाई नियन्त्रणमा लिई बन्धक बनाई धारिलो हतियार खुकुरी, हतौडा तथा रड प्रहार गरी सख्त घाइते बनाई नगद, सुन तथा हिराका बहुमूल्य गरगहना तथा नगदसमेत गरी करिब ५ करोड रुपैयाँ बराबरको धनमाल लुटपाट गरी फरार भएका थिए ।  सोही घटनामा संलग्न रही फरार रहेका उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले काठमाडौं स्यूचाटरबाट पक्राउ गरेको हो । यसअघि सोही घटनामा संलग्न १० जना व्यक्तिलाई पक्राउ गरी जिल्ला अदालत काठमाडौंको २०७९ पुस १ गतेको आदेशले पुर्पक्षका लागि केन्द्रीय कारागार जगन्नाथदेवल चलान गरिएको थियो । 

नेपाल पुलिस स्कुल साँगाको ३९औं स्थापना दिवस तथा वार्षिक खेलकुद दिवस सम्पन्न
२०७९-११-१२

काभ्रेपलाञ्चोक, नेपाल प्रहरी श्रीमती सङ्घकी अध्यक्ष श्रीमती कुसुम लता सिंहको प्रमुख आतिथ्यमा शुक्रबार आयोजित एक कार्यक्रमबीच नेपाल पुलिस स्कुल साँगाको ३९औं स्थापना दिवस तथा वार्षिक खेलकुद दिवस सम्पन्न भएको छ । उक्त अवसरमा सङ्घकी अध्यक्ष सिंहले विद्यालयको वार्षिक म्यागजिन ‘दीपिका’ ३२औं अङकको लोकार्पण गर्नुका साथै विद्यालयमा स्थापित २३ वटा अक्षयकोषको उद्देश्य अनुरूप विभिन्न विधामा ६४ जना विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्नुभयो । साथै उहाँले विद्यालयको स्थापना दिवसमा आयोजित विविध अतिरिक्त क्रियाकलापका विजेताहरु, उत्कृष्ट शिक्षकहरू तथा उत्कृष्ट प्रहरी कर्मचारीहरुलाई नगद, शिल्ड, मेडल, पुरस्कार तथा प्रशंसापत्र वितरण गर्नुभयो । साथै उहाँले विद्यार्थीहरुले निर्माण गरी प्रदर्शनीमा राखेका विभिन्न विज्ञान तथा कला प्रदर्शनीको अवलोकनसमेत गर्नुभयो ।  कार्यक्रममा सङ्घकी अध्यक्ष सिंहले देश भरिका विद्यालय शिक्षाको क्षेत्रमा नेपाल प्रहरी विद्यालयको छुट्टै स्थान र गरिमा रहेको चर्चा गर्दै नेपाल पुलिस स्कुल साँगाले किताबी ज्ञानमा मात्रै सीमित नभई अतिरिक्त क्रियाकलाप र सह-शिक्षात्मक क्रियाकलापहरूलाई नियमित रूपमा संचालन गरी विद्यार्थीहरूको चौतर्फी विकासमा जोड दिँदै आएको बताउनुभयो । प्रतिभावान् र कर्मठ नागरिक उत्पादन गरी मुलुकको विकासमा टेवा पुर्‍याउन विद्यालयले ठूलो भूमिका खेल्ने उल्लेख गर्दै उहाँले प्रहरी विद्यालयले पनि आफ्नो भूमिकालाई अझ बढी गतिशील र प्रभावकारी बनाउदै जाने विश्वास व्यक्त गर्नुभयो । नेपाल पुलिस स्कुल साँगाका प्राचार्य मोहन पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सो कार्यक्रममा विद्यालयका समादेशक प्रहरी नायव उपरीक्षक फणिन्द्र प्रसाईले धन्यबाद ज्ञापन गर्नुभएको थियो । सोही अवसरमा विद्यार्थीहरुले मार्चपास, जुडो, कराते, तेक्वान्दो, जिम्न्यास्टिक तथा विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । उक्त अवसरमा नेपाल प्रहरी श्रीमती सङ्घका पदाधिकारीहरु, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, स्थानीय जनप्रतिनिधिहरु, अभिभावकहरुसमेतको उपस्थिति रहेको थियो ।

अवैध लागूऔषधसहित पक्राउ
२०७९-११-१२

कालीकोट, तिलागुफा नगरपालिका-१ नाग्मा बजारबाट अवैध लागूऔषध सेतो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय ३० मिलिग्रामसहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा खाँडाचक्र नगरपालिका-६ दाँहा बस्ने २९ वर्षीय लोकेन्द्र बम र २१ वर्षीय भरत बहादुर शाही रहेका छन् । प्रहरी चौकी नाग्मागार्डबाट खटिएको प्रहरीले प्र.०२-०३०१५ प १२७० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । धादिङ, थाक्रे गाउँपालिका-२ समानटारस्थित सडकबाट अवैध लागूऔषध गाँजाको धुलो करिब ४ केजीसहित  मकवानपुर थाहा नगरपालिका-८ बस्ने २९ वर्षीय विजय घलानलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महादेववेशीबाट खटिएको प्रहरीले महादेववेशी बजारतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-११-१२

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी भक्तपुर सूर्यविनायक नगरपालिका-८ बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका-६ विसिङखर घर भएका २८ वर्षीय पविन तामाङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  उच्च अदालत पाटनको २०७८ माघ २ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ४ दिन कैद र १३ लाख ३० हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले भक्तपुर कौशलटारबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुरमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय डिल्लीबजार काठमाडौंमा पठाइएको छ । 

छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित नौ जना पक्राउ
२०७९-११-१२

रूपन्देही, बुटवल उपमहानगरपालिका-१२ ढवाहा पिसपार्कस्थित खाजा घरबाट अवैध लागूऔषध चरेश १४ केजीसहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उक्त खाजा घरका संचालक ६५ वर्षीय काशी प्रसाद छन्त्याल, .बाग्लुङ निस्ती गाउँपालिका-६ घर भएकी ५० वर्षीया बिरमा बुढा र ३० वर्षीया जेनी घर्तिमगर रहेका छन् । विशेष सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।   सिरहा, सिरहा नगरपालिका-१६ स्थित माडर मिलनचोक जाने सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ सय ४० मिलिग्रामसहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कल्याणपुर नगरपालिका-३ बस्ने २३ वर्षीय प्रमोद कुमार मण्डल, १९ वर्षीय जितेन्द्र कुमार महरा र १९ वर्षीय बीरेन्द्र कुमार मण्डल रहेका छन् । ईलाका प्रहरी कार्यालय माडर सिरहाबाट खटिएको प्रहरीले स.१० प ४३९८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।  सुर्खेत, बीरेन्द्रनगर नगरपालिका-३ मुलपानी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९० मिलिग्रामसहित सोही नगरपालिका-२ बस्ने २१ वर्षीय अशोक बुढालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालयबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।  कैलाली, जानकी गाउँपालिका-९ कटासेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६० मिलिग्रामसहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँस्थित कुन्ती टोल बस्ने २९ वर्षीय हर्क परियार र १८ वर्षीय किशोर रहेका छन् । प्रहरी चौकी अमरावतीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको नवनिर्मित कार्यालय भवन उद्‍घाटन
२०७९-११-११

बिराटनगर, १ नम्बर प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको नवनिर्मित कार्यालय भवनको बिहीबार आयोजित कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको छ । उद्‍घाटन पश्चात मुख्यमन्त्री कार्कीले उक्त भवनको निरीक्षणसमेत गर्नुभयो ।  उद्‍घाटन कार्यक्रममा मुख्यमन्त्री कार्कीले भवन निर्माणमा उल्लेख्य योगदान पुर्‍याउने निर्माण कम्पनी तथा १ नम्बर प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक ढुण्डीराज गिरी र महेश भट्टराईलाई प्रशंसापत्र प्रदान गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले भौतिक पूर्वाधारको अभाव र अपर्याप्तताले प्रहरी सेवाका कार्यहरुमा प्रत्यक्ष असर पर्ने उल्लेख गर्नुभयो । सुविधा सम्पन्न भवन प्राप्त भएसँगै नागरिक सेवामा बिगतका दिनहरु भन्दा प्रभावकारी ढंगले अगाडि बढ्न नवनिर्मित भवनको योगदान रहने उहाँले बताउनुभयो । साथै उहाँले सुरक्षाकर्मी सुरक्षित भएमा मात्र आम नागरिकले सुरक्षाको प्रत्याभूति पाउने हुँदा सुरक्षाकर्मीको सुरक्षामा प्रदेश सरकार सदैव तत्पर रहेको बताउनुभयो । कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले शान्ति सुरक्षा सबैको साझा जिम्मेवारी रहेको उल्लेख गर्नुभयो । प्रदेश सरकारबाट प्रदेश प्रहरीलाई प्राप्त नयाँ भवनसँगै कार्यरत प्रहरी कर्मचारीहरुमा थप मनोवल उच्च हुनुका साथै प्रदेश प्रहरी कार्यालयबाट आम नागरिकमा प्रदान हुने सेवा समेत समयानुसार स्तरीय हुँदै जाने धारणा उहाँले ब्यक्त गर्नुभयो । प्रहरी महानिरीक्षक सिंहले सुन्दर भवनमा बस्ने प्रहरी कर्मचारहरुले जनमैत्री प्रहरी सेवा प्रदान गर्नेमा आफू बिश्वस्त रहेको चर्चा गर्दै  कानूनको परिधिमा रही जन चाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशनसमेत दिनुभयो ।  कार्यक्रममा स्वागत मन्तब्य व्यक्त गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले सुबिधा सम्पन्न भवन प्राप्त भएसँगै थप मनोवल बढ्ने र कार्यक्षेत्रमा अनुकूल वातावरण सिर्जना हुने भएकोले थप जोश र उर्जाका साथ प्रहरी काम कारवाही गर्न प्रेरणा मिलेको बताउनुभयो । उक्त अवसरमा प्रहरी उपरीक्षक अनिल रानाले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै १ नम्बर प्रदेश आन्तारिक मामिला तथा कानुन मन्त्रालयबाट वजेट विनियोजित भई कुल १९ करोड १४ लाख १ हजार ६ सय ६३ रुपैयाँको लागतमा जम्मा ७५ वटा कोठा भएको ५ तले कार्यालय भवन निर्माण कार्य सम्पन्न भएको जानकारी दिनुभयो ।  उद्‍घाटन कार्यक्रममा उच्च अदालत बिराटनगरका मुख्य न्यायाधीश सत्य मोहन जोशी थारु, प्रदेश सरकारका मन्त्रीहरु, निमित्त प्रदेश प्रमुख सचिव, स्थानीय जनप्रतिनिधिहरु, अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु, बिभिन्न सरकारी कार्यालय तथा गैह्र सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, पूर्व प्रहरी कर्मचारीहरु, संचारकर्मीहरु, उद्योगी, व्यवसायीहरुको उपस्थिति रहेको थियो ।  

छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित २१ जना पक्राउ
२०७९-११-११

सिन्धुली, मरिण गाउँपालिका-४ चुरे जंगलबाट अवैध लागूऔषध गाँजा करिब १ सय १५ किलोग्राम, मोटरसाइकल ३ थान र खुकुरी २ थानसहित हरिहरपुरगढी गाउँपालिका-७ बस्ने ५१ वर्षीय चन्द बहादुर वाईबा समेत ४ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । हरिहरपुरगढी गाउँपालिका-७ हरलाभरला हुँदै लालबन्दीतर्फ मोटरसाइकलमा लैजाँदै गरेको गाँजा जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटीएको प्रहरीले फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ ३ ग्राम ७३ मिलिग्रामसहित सुनसरी ईटहरी उपमहानगरपालिका-४ बस्ने २४ वर्षीय अमिर राईसमेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १-०२-०४४ प १९१४ नम्बरको मोटरसाइकललाई लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।  यसैगरी मोरङ, पथरीशनिश्चरे नगरपालिका-१ सुन्दरबस्तीबाट नियन्त्रित लागूऔषध स्पाईस्पेन १ सय ७५ ट्याब्लेट ट्रामाटोल १ सय ७५ ट्याब्लेट र नगद ४ हजार ४० रुपैयाँसहित सोही ठाउँ बस्ने ३३ वर्षीय पदम तामाङसमेत ७ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । बाँके, नेपालगंज उपमहानगरपालिका-१८ राझा चोकबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ १० ग्रामसहित जानकी गाउँपालिका-६ बस्ने २५ वर्षीय बेनिधर बाहुन तिवारीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो  । सर्लाही, लालबन्दी नगरपालिका-१३ लखनदेहीबाट अवैध लागूऔषध गाँजा करिब १ सय ९० ग्रामसहित सोही ठाउँ बस्ने २१ वर्षीय विशाल थिङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पत्थरकोटबाट खटिएको प्रहरीले प्र २-०३ -०१ प ६१०० नम्बरको स्कुटर चालक थिङलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । सुनसरी, ईटहरी उपमहानगरपालिका-४ डेरा गरी बस्ने झापा कन्काई नगरपालिका-३ घर भएका २४ वर्षीय राजिव अधिकारी लगायत ३ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने बस्तु ४२ ग्रामसहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । उनको कोठामा लागूऔषधको कारोबार भईरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले कोठा जाँच गर्ने क्रममा उक्त बस्तुसहित फेला पारी तीनै जनालाई पक्राउ गरेको हो । झापा, विर्तामोड नगरपालिका-३ स्थित होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय १० मिलिग्रामसहित सोही नगरपालिका-१ बस्ने २३ वर्षीय नितेश राज उप्रेती समेत ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहबाट १ नम्बर प्रदेश प्रहरी अस्पतालको उद्‌घाटन
२०७९-११-१०

बिराटनगर, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले मोरङ बेलबारी नगरपालिका-३ स्थित पुरानो ईलाका प्रहरी कार्यालयको भवनमा संचालित १ नम्बर प्रदेश प्रहरी अस्पतालको बुधबार आयोजित कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको छ । उद्‍घाटन पश्चात प्रहरी महानिरीक्षक सिंहलगायत अन्य अथितिहरुले अस्पतालको साथै उपलब्ध स्वास्थ्य उपकरणहरुको अवलोकन गर्नुभयो । अस्पताल उद्‍घाटन कार्यक्रमलाई सम्वोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले १ नम्बर प्रदेश प्रहरी अस्पतालको सुभारम्भले यस प्रदेशमा रहेका पूर्व प्रहरी कर्मचारी, अमर/अशक्त प्रहरी कर्मचारी तथा बहालवाला प्रहरी कर्मचारीका साथै आश्रित परिवार समेतको स्वास्थ्य सेवामा पहुँच पुग्ने बताउनुभयो । साथै प्रहरी अस्पतालको निर्माण र सेवा सुभारम्भले स्थानीयवासीलेसमेत सेवा पाउने हुँदा सबै किसिमका बिरामीहरुलाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन कार्यरत प्रहरी कर्मचारीहरूलाई उहाँले निर्देशन दिनुभयो । उक्त अवसरमा नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाडौंका मेडिकल डाईरेक्टर प्राबिधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले सीमित श्रोत र साधनकाबीच प्रदेश प्रहरी अस्पतालको अवधारणा ल्याई सेवा सुभारम्भ गरिएको बताउँदै अबका दिनमा सेवा संचालनमा हरेक क्षेत्रको सहयोग अपरिहार्य रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा बेलवारी नगरपालिकाका प्रमुख दिल प्रसाद राईले नगर क्षेत्रमा प्रहरी अस्पतालको निर्माणले नगरवासीहरु उत्साहित रहेको बताउँदै हरेक नागरिकको स्वास्थ्य सेवामा प्रहरी अस्पतालको अहम् भूमिका रहने र अस्पतालको स्तरोन्नति लगायतका क्षेत्रमा सहयोग र समन्वयको लागि नगरपालिका सदैव तत्पर रहेको उल्लेख गर्नुभयो । उक्त कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले स्वागत मन्तब्य व्यक्त गर्दै अस्पतालबाट प्रभावकारी स्वास्थ्य सेवा प्रदान हुनेमा बिश्वस्त रहेको बताउनुभयो । उक्त अस्पतालका प्रहरी नायव उपरीक्षक डा. सरोज सिंहले अस्पतालको सेवा सम्वन्धि प्रतिवेदन प्रस्तुत गर्दै तत्काल ३ जना बिशेषज्ञ चिकित्सकसहित १० जनाको प्राबिधिक टोलीले ओपिडि तथा ईमरजेन्सी लगायतका सेवा प्रदान गर्ने जानकारी दिनुभयो । उद्‍घाटन कार्यक्रममा जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई, प्रदेशस्थित अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु, स्थानीय तहका जनप्रतिनिधिहरु, बिभिन्न सरकारी तथा गैह्रसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, पूर्व प्रहरी कर्मचारीहरु, संचारकर्मी तथा  स्थानीयबासी लगायतको उपस्थिति रहेको थियो ।

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहबाट निरीक्षण तथा अवलोकन
२०७९-११-१०

बिराटनगर, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र गोठगाउँ मोरङको बुधबार निरीक्षण भ्रमण गर्नुभएको छ । मोरङको सुन्दरहरैचा नगरपालिका-८ गोठगाउँमा अवस्थित उक्त तालिम केन्द्रको भ्रमणको क्रममा उहाँले तालिम केन्द्रको आवास, मेश तथा भौतिक पुर्वाधारको अवलोकन गर्नुभएको हो । निरीक्षण तथा अवलोकन पश्चात कार्यरत प्रहरी कर्मचारीहरुलाई उहाँले आवश्यक निर्देशन दिनुभयो । उक्त अवसरमा तालिम केन्द्रका सह-समादेशक प्रहरी नायव उपरीक्षक चतुर्भुज ओझाले तालिम केन्द्रको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।  यसैगरी प्रहरी महानिरीक्षक सिंहले आसरा सुधार केन्द्र पानवारी धरानकोसमेत आजै निरीक्षण भ्रमण गर्नुभएको छ । भ्रमणको क्रममा उहाँले केन्द्रको भौतिक संरचना, मेश, उपचाररत सदस्यहरुको आवास र सरसफाईको अवस्थाको समेत निरीक्षण गर्नुभयो । निरीक्षणको क्रममा उहाँले उपचाररत सदस्यहरुलाई लागूऔषधबाट मुक्त हुन मनैबाट प्रयास गर्नुपर्ने लगायत उत्प्रेरणात्मक सन्देश दिनुभयो । साथै उहाँले केन्द्रमा उपचाररत सदस्यहरूलाई सौहार्दपूर्ण वातावरणमा उपचार गरी समाजमा पुनर्स्थापना गर्नु केन्द्रको मुख्य लक्ष्य रहेको हुँदा उच्च स्तरीय उपचार पद्धतिद्वारा उपचार गर्न परामर्शदाताहरुलाई अनुरोध गर्नुभयो । आसरा सुधार केन्द्रमा कार्यरत प्रहरी कर्मचारीहरुलाई दत्तचित्त भै सुधार केन्द्रमा कार्यरत रहन समेत उहाँले निर्देशन समेत दिनुभयो ।

ईजाजतपत्र नलिई बित्तिय कारोबार गर्ने कार्यमा संलग्न पक्राउ
२०७९-११-१०

काठमाडौं, ईजाजतपत्र नलिई बित्तिय कारोबार गर्ने (हुण्डी) कार्यमा संलग्न रहेको अभियोगमा भारत हिमाञ्चल सिमलाथाना घर भई काठमाडौं महानगरपालिका-१४ कुलेश्वर बस्ने माँ चामुण्डा फ्रुट सेन्टरका सञ्चालक ४९ वर्षीय विजय कुमार गुप्तालाई सोमबार  साँझ प्रहरीले पक्राउ गरेको   छ ।  काठमाडौंको कुलेश्वर एरियामा केही व्यक्तिले नेपाल राष्ट्र बैकले जारी गरेको आदेश/निर्देशन विपरीत हुने गरी ईजाजतपत्र नलिई बित्तिय कारोवार (हुण्डी) गर्दै आएको भन्ने सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई काठमाडौं कुलेश्वरबाट हुण्डी गर्ने प्रयोजनको लागि संकलन गरेको नगद  ५७ लाख रूपैयाँ र १४ लाख ८० हजार रकम बराबरको ३ थान चेकसहित पक्राउ गरेको हो ।    उनले  फलफूल व्यवसायको आवरणमा विगत लामो समयदेखि अवैध हुण्डीको कारोबार गर्दै आएको र यस अघि पनि २०७५ साउन ७ गते भारतीय रुपैया २ लाख र नेपाली ३१ लाख रुपैयाँ रकमसहित पक्राउ परेको अनुसन्धानबाट खुल्न आएको      छ ।  उनलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ । 

अमेरिकी डलर देखाई लुटपाट तथा ठगी गर्ने व्यक्ति पक्राउ
२०७९-११-१०

काठमाडौं, अमेरिकी डलर देखाई  लुटपाट र ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा सिन्धुपाल्चोक गाती घर भई भक्तपुर पुरानो ठिमी बस्ने ३२ वर्षीय दावा डुण्डुप तामाङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा सस्तो दररेटमा अमेरिकी डलरसँग नेपाली रुपैँया साटिदिने प्रलोभनमा पारी ठगि गर्ने कार्यमा संलग्न रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं गोकर्णबाट पक्राउ गरेको हो । साथै तामाङले २०७९ माघ २६ गते काठमाडौं साँखुमा अमेरिकी डलर देखाई ४ लाख रुपैयाँ  लुटपाट गरी फरार रहेको अनुसन्धानबाट खुल्न आएको छ । उनलाई ठगी मुद्दामा आवश्यक कारवाही तथा थप अनुसन्धानको लागि प्रहरी बृत बौद्व, काठमाडौं पठाइएको छ ।

दुबई पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ
२०७९-११-१०

काठमाडौं, दुबइ पठाइदिन्छु भन्दै नगद ६ लाख रुपैयाँ ठगी गरेको अभियोगमा रुकुम सानीभेरी गाउँपालिका-२ स्थाई वतन भई काठमाडौं सामाखुसी बस्ने ३१ वर्षीय दलविर विकलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  रुकुम(पश्चिम) चौरजहारी नगरपालिका-८ बस्ने ३० वर्षीय पुरूष समेतलाई दुबईमा मासिक ६० हजार रुपैयाँ तलव हुने गरी सेक्युरिटीगार्डमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट उक्त रुपैयाँ ठगी गर्ने कार्यमा संलग्न उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२६ सामाखुसीबाट पक्राउ गरेको हो ।  उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।               

नक्कली सवारी चालक अनुमतीपत्र बनाउने कार्यमा संलग्न पक्राउ
२०७९-११-१०

काठमाडौं, नक्कली सवारी चालक अनुमतीपत्र बनाउने कार्यमा संलग्न रहेको अभियोगमा रोल्पा त्रिवेणी गाउँपालिका-७ घर भई ललितपुर गोलभट्टा बस्ने २८ वर्षीय प्रकाश घर्ति मगरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौं उपत्यकामा केही व्यक्तिहरुले लिखत किर्ते गरी विभिन्न बर्गका नक्कली सवारी चालक अनुमतिपत्र बनाई प्रयोग गर्दै आइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न मगरलाई 'बी' बर्गको सवारी चालक अनुमतीपत्रलाई ‘ए, बी, एफ र जी’ बर्गको नक्कली सवारी चालक अनुमतीपत्र बनाई प्रयोग गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।  उनलाई लिखतसम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर जावलाखेल ललितपुरमा पठाइएको छ । 

बैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-११-१०

काठमाडौं, बैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोक लिसंखु गाउँपालिका-५ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-६ बस्ने ५० वर्षीय नवराज भण्डारीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७९ मंसिर ११ गतेको फैसलाले बैंकिङ् कसूर मुद्दामा २ दिन कैद र १३ लाख ६० हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं नयाँबानेश्वरबाट पक्राउ गरेको हो ।  उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय नख्खु ललितपुरमा पठाइएको छ । 

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ
२०७९-११-१०

काठमाडौं, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी रौतहट गरुडा नगरपालिका-९ सिसवा बस्ने २७ वर्षीय शिव शंकर कुमार यादवलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  सोही ठाउँस्थित सार्वजानिक सडकमा यादव समेतका ब्यक्तिहरुले ५२ वर्षीय छबिलाल शाहलाई २०७९ असोज २६ गते  कुटपिट गरेको र गम्भीर घाइते भएका शाहको नारायणी बयोधा शिक्षण अस्पतालमा उपचार क्रममा २०७९ कात्तिक १८ गते मृत्यु भएको घटनामा संलग्न रही फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले ललितपुर ग्वार्कोबाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक कानूनी कारवाहीका लागि ईलाका प्रहरी कार्यालय गरुडा रौतहट पठाइएको छ ।

छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित पाँच जना पक्राउ
२०७९-११-१०

दाङ, तुलसीपुर उपमहानगरपालिका-६ स्टार बोर्डिङ चोकबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ४ सय ४० मिलिग्रामसहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका-१२ जसपुर बस्ने २३ वर्षीय संदिप वली र १९ वर्षीय निराजन बस्नेत रहेका छन् । ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले बा.८२ प ७८५७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरुलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर १ सय मिलिग्रामसहित सोही उपमहानगरपालिका-३ बस्ने २४ वर्षीय निश्चल कार्कीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले जाँच गर्दा उनलाई उक्त ब्राउनसुगरसहित फेला पारी पक्राउ गरेको हो । तनहुँ, आबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट अवैध लागूऔषध गाँजा करिब ७ केजी ५ सय ग्रामसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्वत मधुपुवा गाउँपालिका-८ बस्ने २९ वर्षीय दिवश गुरङ र २४ वर्षीय बिशाल सुनार रहेका छन् । अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरीले ग.१३ प ६३६४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार दिवश गुरङले बोकेको झोलाभित्र लुकाई छिपाई ल्याएको अवस्थामा उक्त गाँजासहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । सर्लाही, लालबन्दी नगरपालिका-१३ स्थित भित्री सडकबाट अवैध लागूऔषध गाँजा करिब २ केजी ५  ग्राम मंगलबार साँझ प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी पत्थरकोटबाट खटिएको प्रहरीलाई देख्नासाथ बा.३१ प २६४४ नम्बरको मोटरसाइकल चालकले मोटरसाइकल छोडी फरार भएपश्चात मोटरसाइकल जाँच गर्ने क्रममा उक्त लागूऔषध बरामद भएको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ
२०७९-११-१०

झापा, दमक नगरपालिका-५ गुम्बा चोकस्थित  सोही नगरपालिका-२ बस्ने ५० वर्षीय सुरेश मगरको हरियाली होटलमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक सुरेश मगरसमेत ७ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त होटलमा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २८ हजार ४ सय ५० रुपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।  यसैगरी झापा, दमक नगरपालिका-५ स्थित सुदेश बस्नेतको चिया पसलमा जुवातास खेलिरहेको अवस्थामा सुदेश बस्नेत समेत ८ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पसलमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २८ हजार ७० रुपैयाँ र १ बुक ताससहित फेला पारी पक्राउ गरेको   हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित ५ जना पक्राउ
२०७९-११-०९

झापा, भद्रपुर नगरपालिका-५ मेचीपुलस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम २२ मिलिग्रामसहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विर्तामोड नगरपालिका-५ बस्ने २९ वर्षीय सुरज कुंवर र ३४ वर्षीय सुरेश श्रेष्ठ रहेका छन् । अस्थायी प्रहरी बिट मेचीपुलबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.६ प ६२ नम्बरको मोटरसाइकललाई जाँच गर्दा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  कपिलवस्तु, महाराजगंज नगरपालिका-६ स्थित कन्चनिया पुल नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४५ ग्रामसहित शिवराज नगरपालिका-४ बस्ने २६ वर्षीय दुर्गा जैसवाललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले लु.३७ प ५०७४ नम्बरको मोटरसाइकल जाँच गर्दा मोटरसाइकल चालक जैसवाललाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  दाङ, घोराही उपमहानगरपालिका-४ सोनपुर चोकबाट अवैध लागूऔषध गाँजा २ सय ग्रामसहित घोराही उपमहानगरपालिका-२ बलामपुर घर भई सोही उपमहानगरपालिका-३ भानपुर चोक डेरा गरी बस्ने २२ वर्षीय श्याम बिश्वकर्मालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गोग्लीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  यसैगरी दाङ, तुलसीपुर उपमहानगरपालिका-१३ दमारगाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्रामसहित सोही उपमहानगरपालिका-९ बेलुवा बस्ने २३ वर्षीय रुपक सिंह सुनारलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुर, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत केन्नाईन उप-शाखा (हाल कोहलपुर बाँके)  र ट्राफिक  प्रहरी सहितको संयुक्त टोलीले अमिलियाबाट तुलसीपुरतर्फ जाँदै गरेको रा.१ ख २८७२ नम्बरको हाईसलाई जाँच गर्दा हाईसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०७९-११-०९

काठमाडौं, १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा धादिङ गंगाजमुना गाउँपालिका-९ घर भई काठमाडौं नागार्जुन नगरपालिका-४ सितापाईला बस्ने ३४ वर्षीय सुरज अधिकारीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । अधिकारीले ती किशोरीलाई काठमाडौं महानगरपालिका-१५ कारखाना चोकस्थित होटलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  पर्सा, १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ठोरी गाउँपालिका-१ दिपकनगर बस्ने ५९ वर्षीय रामचन्द्र क्षेत्रीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । क्षेत्रीले ती किशोरीलाई सोही ठाउँस्थित सिंङगे खोलाको बगरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  

अवैध लागूऔषधसहित पक्राउ
२०७९-११-०८

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध नाइट्राभेट १ हजार ५ सय ट्याब्लेट र नगद २५ हजार ५ सय रुपैयाँसहित झापा अर्जुनधारा नगरपालिका-२ बस्ने २८ वर्षीय अभिषेक शिवाकोटीलगायत ३ जनालाई सोमबार विहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरीले सप्तरी राजबिराजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.८ ख ६४९६ नम्बरको बसलाई जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी बसमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।  मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७२ मिलिग्रामसहित सुनसरी धरान उपमहानगरपालिका-५ बस्ने २९ वर्षीय उज्वल हल्वाईलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १-०४-००१ प ८६५१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रहरीलाई हातपात तथा गाली गलौज गरेको अभियोगमा पाँच जना पक्राउ
२०७९-११-०८

रौतहट, गौर नगरपालिका-६ स्थित गौर बसपार्कमा ड्युटीमा खटिएको प्रहरीलाई हातपात तथा गाली गलौज गरेको अभियोगमा चपुर नगरपालिका-४ बस्ने २० वर्षीय सुदर्शन साहलगायत ५ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  अस्थाई प्रहरीले पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उक्त बसपार्कमा छरिएर रहेका सवारी साधनहरू व्यवस्थापन गर्ने क्रममा ग.१ ख ६१०७ नम्बरको बसको कन्डक्टर साहले प्रहरीमाथि अपशब्द प्रयोग गरी गाली गलौज गरेकोले नियन्त्रणमा लिएको बिषयलाई लिएर अन्य व्यक्तिहरूले प्रहरीमाथि गाली गलौज, हातपात तथा कुटपिट गरेपछि थप ४ जनालाई समेत प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  

अवैध लागूऔषधसहित पक्राउ
२०७९-११-०८

सिरहा, मिर्चैया नगरपालिका-६ कटारी चोकबाट अवैध लागूऔषध गाँजा १० किलो ५ सय ग्रामसहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कल्याणपुर नगरपालिका-९ डुमरी घर भई मिर्चैया नगरपालिका-६ बस्ने ४६ वर्षीय कुशेश्वर यादव र धनगढीमाई नगरपालिका-१४ सरेअम्वास बस्ने ३६ वर्षीय गौरब शाही रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो सिरहा र ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले अन टेष्ट लेखिएको मोटरसाइकलाई जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला पारी मोटरसाइकलमा सवार कुशेश्वर र गौरबलाई पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा गाँजा ओसारपसारमा संलग्न गोलबजार नगरपालिका-१ मुक्सार टोल घर धनगढी नगरपालिका-१४ सरेअम्बास टोल बस्ने २४ वर्षीय काले भन्ने भुपेन्द्र बहादुर ठकुरीलाई समेत मिर्चैया नगरपालिका-९ घुर्मी पुलबाट बागमती प्रदेश ०२-०२६ प०१९७ नम्बरको मोटरसाइकलसहित प्रहरीले पक्राउ गरेको हो । रौतहट, फतुवाबिजयपुर नगरपालिका-९ लक्ष्मिनिया बकैया खोलाको बाँधबाट अवैध लागूऔषध गाँजा करिब ५ किलोग्रामसहित कटहरिया नगरपालिका-१ भसेढवा टोल बस्ने १९ वर्षीय बिकाश कुमार दासलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय लक्ष्मिनीया र सशस्त्र प्रही बल नेपाल सुरक्षा बेस लक्ष्मिनियाबाट संयुक्तमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला पारी उनलाई पक्राउ गरेको हो ।  चितवन, राप्ती नगरपालिका-१ लोथरबाट अवैध लागूऔषध गाँजा करिब ५६ किलोग्रामसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका-१६ बस्ने ३० वर्षीय अर्जुन दर्जी र राप्ती नगरपालिका-१ बस्ने १५ वर्षीय किशोर रहेका छन् । अस्थाई प्रहरी पोष्ट लोथरबाट खटिएको प्रहरीले बा.३ च २५०४ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-७ थारु छत्राबास नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन ८ ग्रामसहित सोही उपमहानगरपालिका-४ बस्ने २६ वर्षीय अछय चौधरीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त खैरो हेरोइनसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मोटरसाइकल चोरी गरेको अभियोगमा दुई जना पक्राउ
२०७९-११-०८

सुनसरी, इटहरी उपमहानगरपालिका-२ मा पार्किङ गरी राखेको प्रदेश १-०२-०४० प ३३१८ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका-२ का दुर्गेस चौधरी र धनकुटा धनकुटा नगरपालिका-१ का सौगात थापा रहेका छन् । गत माघ २५ गते इटहरी उपमहानगरपालिका-२ का बिक्रम खडकाको उक्त मोटरसाइकल चोरी भएको घटनाको थप अनुसन्धानको क्रममा उनीहरू मोटरसाइकल चोरीमा संलग्न रहेको खुल्न आएपछि बिराटनगर महानगरपालिका-११ बाट दुवै जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरु उपर जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ । 

छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित १० जना पक्राउ
२०७९-११-०७

जुम्ला, चन्दननाथ नगरपालिका-६ बसपार्कस्थित होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ८ सय ५० मिलिग्राम, नाईट्रोभेट ३४ ट्याब्लेट र नगद २० हजार ५ सय १० रुपैयाँसहित सोही नगरपालिका-२ भण्डारीवाडा बस्ने २८ वर्षीय तिलक भण्डारीसमेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । स्याङजा, फेदीखोला गाउँपालिका-२ बौद्ध गुम्बास्थित सडकबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ४० ट्याब्लेट, फेनारगन १ सय ८३ एम्पुल, डाईजेपाम १ सय ८६ एम्पुल र नुर्फिन १ सय ८५ एम्पुलसहित धादिङ गजुरी गाउँपालिका-९ घर भएका २६ वर्षीय राजन बराईलीसमेत २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी फेदिखोलाबाट खटिएको प्रहरीले वालिङबाट पोखरातर्फ जाँदै गरेको ग.२ ख १२२५ नम्बरको हाईस गाडीलाई जाँच गर्दा गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । भक्तपुर, मध्यपुर ठिमी नगरपालिका-४ नयाँठिमी आकाशे पुल नजिकबाट अवैध लागूऔषध गाँजा करिब १ सय ग्रामसहित काभ्रे धुलिखेल नगरपालिका-३ बस्ने १८ वर्षीय किशोरसमेत ४ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो । झापा, दमक नगरपालिका-५ बाट नियन्त्रित लागूऔषध डाईजोपाम ४० एम्पुल, लुपिजेसिक ४० एम्पुल र फेनारगन ४० एम्पुलसहित सोही ठाउँ बस्ने ५० वर्षीया खुद्धी मुखियालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । कञ्चनपुर, बेतकोट नगरपालिका-५ पोलखरी घर भई सोही ठाउँमा किराना पसल गरी बस्ने ६५ वर्षीय दल बहादुर बोहरालाई अवैध लागूऔषध चरेश ३ सय ९८ ग्रामसहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनको पसलबाट उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित १२ जना पक्राउ
२०७९-११-०६

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५९ ग्रामसहित रोल्पा परिवर्तन गाउँपालिका-५ बस्ने ३१ वर्षीय चन्द्र प्रकाश बुढालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले धादिङदेखि काठमाडौंतर्फ आउँदै गरेको बा.४ ख ७४५२ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । मोरङ, बिराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १० मिलिग्रामसहित धनकुटा साँगुरीगढी गाउँपालिका-३ बस्ने ३४ वर्षीय मदन लिम्बुलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । बाँके, नेपालगंज उपमहानगरपालिका-९ त्रिभुवन चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय मिलिग्रामसहित दाङ लमही नगरपालिका-६ बस्ने ३२ वर्षीय राजेश राईलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१८ कारकादो चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १२ ग्राम ९ सय २० मिलिग्रामसहित सुर्खेत वीरेन्द्रनगर नगरपालिका-४ बस्ने ३४ वर्षीया माया गिरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल बाँके र लागूऔषध नियन्त्रण व्यूरो नेपालगंज बाँकेबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । कञ्चनपुर, कृष्णपुर नगरपालिका-४ त्रिवेणी चोक बस्ने ३५ वर्षीय कमल दौल्याललाई अवैध लागूऔषध चरेश १ किलो ६२ ग्रामसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गुलरीयाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । कैलाली, टिकापुर नगरपालिका-५ दौलतपुरघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३३ ग्राम ३ सय मिलिग्रामसहित सोही नगरपालिका-५ मनिकापुर बस्ने २८ वर्षीय रामचन्द्र चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको संयुक्त  टोलीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-८ क्याम्पस चोकबाट अवैध लागूऔषध खैरो हेरोइन करिब १५ ग्राम सहित सोही ठाउँ बस्ने ३१ वर्षीय सुरज चौधरीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । यसैगरी कैलाली, बर्दगोरिया गाउँपालिका-१ टिन बजारबाट नियन्त्रित लागूऔषध ट्रमाडोल १ सय ९० ट्याब्लेट, एभिल १ सय ९९ ट्याब्लेट, नगद १३ हजार ५ सय रूपैयाँ र १ थान खुकुरीसहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दगोरिया गाउँपालिका-४ बस्ने ४० वर्षीय लाल बहादुर विक र लम्किचुहा नगरपालिका-४ बस्ने २५ वर्षीय मिन बहादुर धामी रहेका छन् । ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । दाङ, घोराही उपमहानगरपालिका-१६ सर्रा चोकबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम १ सय ७० मिलिग्रामसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-३ झिङ्नी बस्ने २७ वर्षीय सुशन बस्नेत र २३ वर्षीय कृष्ण बहादुर बुढामगर रहेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङ र अस्थायी प्रहरी षोष्ट सर्दाबाट खटिएको प्रहरीले सुशनको साथबाट ८ सय मिलिग्राम र कृष्णको साथबाट ३ सय ७० मिलिग्राम उक्त लागूऔषध फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । नवलपरासी(पश्चिम), रामग्राम नगरपालिका-१२ शान्तीचौरबाट नियन्त्रित लागूऔषध फेनारगन ४ एम्पुल, नुफिन ५ एम्पुल र डाईजेपाम ५ एम्पुलसहित रूपन्देही देवदह नगरपालिका-२ ढेकाहरी बस्ने २७ वर्षीय धर्मेन्द्र यादवलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम)बाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सेवानिवृत्त प्रहरी अतिरिक्त महानिरीक्षक पूजा सिंहको बिदाइ
२०७९-११-०५

काठमाडौं, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रहरी सेवाबाट हालै सेवानिवृत्त हुन लाग्नु भएकी प्रहरी अतिरिक्त महानिरीक्षक पूजा सिंहलाई शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमबीच बिदाइ गर्नुभएको छ । बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले आफ्नो अविछिन्न लामो सेवाद्वारा नागिरक र संगठनलाई गर्नुभएको योगदानको प्रशंसा गर्नुको साथै अवकाश पछिको व्यवासयिक एवम् सुखमय पारिवारिक जीवनको शुभकामना व्यक्त  गर्नुभयो । विभिन्न कालखण्डमा सफल महिला कमाण्डरको रूफमा निर्वाह गरेको भूमिकाको स्मरण गर्दै प्रहरी महानिरीक्षक सिंहले सेवानिवृत्त हुन लाग्नु भएकी प्रहरी अतिरिक्त महानिरीक्षकबाट सेवानिवृत्त जीवन पश्चातपनि रचनात्मक सहयोगको अपेक्षा राखेको र आगामी दिनमा संगठनको श्रीवृद्धिका लागि आवश्यक सल्लाह, सुझाव एवम् सहकार्य निरन्तर प्राप्त हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।  सो अवसरमा प्रहरी महानिरीक्षक सिंहले सेवानिवृत्त हुनु भएकी प्रहरी अतिरिक्त महानिरीक्षक सिंहलाई मायाको चिनो प्रदान गर्नुभयो ।  कार्यक्रममा सेवानिवृत्त हुनु भएकी प्रहरी अतिरिक्त महानिरीक्षक सिंहले आफ्नो सेवा अवधिमा गरेका अनुभव समेटी आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । उहाँले सेवा निवृत्त हुने क्रममा एक पटकको प्रहरी सधै प्रहरी रहने भएकोले वर्दियुक्त जीवनबाट मात्र अवकास हुन लागेको बताउनुभयो । प्रहरी सेवामा रहने क्रममा संगठनका सदस्यबाट प्राप्त सद्भाव प्रति सधै ऋणी रहने बताउँदै उहाँले यो अवस्थासम्म आइपुग्ने क्रममा नेतृत्व विकासमा मार्ग दर्शन गर्नुहुने अग्रज प्रहरीप्रति सम्मान व्यक्त गर्नुहुँदै उहाँले भन्नुभयो, “नेपाल प्रहरीको प्रशासनतर्फको पहिलो महिला प्रहरी अत्तिरिक्त महानिरीक्षक हुने क्रममा तालुक गृह मन्त्रालय र प्रहरी महानिरीक्षकको भूमिकाप्रति आभार एवम् कृतज्ञता व्यक्त गर्न चाहन्छु ।”   सो अवसरमा उहाँले करिब ३० वर्ष लामो सेवाअवधिमा संगठनमा रहने क्रममा सहकर्मी एवम् मातहत प्रहरी कर्मचारीबाट प्राप्त निरन्तर साथ र सहयोगका लागि हार्दिक आभार एवम् कृतज्ञता व्यक्त गर्नुभयो ।  सेवानिवृत्त हुनु भएकी प्रहरी अतिरिक्त महानिरीक्षक सिंह वि.सं. २०४९ चैत ११ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गर्नुभएको थियो । प्रहरी अतिरिक्त महानिरीक्षक प्रहरी नियमावली २०७१ बमोजिम ५६ वर्षीय उमेर हदको कारण फागुन ७ गते अवकास हुन लाग्नु भएको हो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो । 

महिला विरुद्ध अपमानजनक तथा अमर्यादित कार्य गर्ने व्यक्ति पक्राउ
२०७९-११-०५

काठमाडौं,  महिला विरूद्ध अपमानजनक तथा अमर्यादित कार्य गर्ने कार्यमा संलग्न रहेको अभियोगमा झापा दमक नगरपालिका-५ मनकामना टोल घर भई काठमाडौं महानगरपालिका-३२ तिनकुने गैरीगाउँ बस्ने ४६ वर्षीय डिल्लीराम खनाललाई प्रहरीले पक्राउ गरेको छ ।  विद्युतिय सञ्चार माध्यमद्वारा पीडित महिला विदेश रहँदा बस्दाको सम्बन्धमा शिष्टाचार विरुद्धका घृणा एवम् द्वेष फैलाउने गरी अमर्यादित शब्द सामाग्रीहरू अभिव्यक्त गर्ने कार्यमा संलग्न उनलाई साइबर व्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले काठमाडौं नयाँबानेश्वरबाट पक्राउ गरेको हो ।  उनी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

झुट्ठा बहाना बनाई अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न दुई जना पक्राउ
२०७९-११-०५

काठमाडौं, झुट्ठा बहाना बनाई अनलाई मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा झापा भद्रपुर नगरपालिका-१० चन्द्रगढी लेखनाथचोक घर भई काठमाडौं महानगरपालिका-२२ खिचापोखरी बस्ने ३२ वर्षीया दिपाञ्जली थापा भन्ने उषा कार्की  र चितवन कालिका नगरपालिका-४ की २० वर्षीया निकिता सुवेदी रहेका छन् ।  पिडितको मोबाईल नम्बरमा फोन सम्पर्क गरी उच्च पदस्थ कर्मचारीको छोरी हुँ भनी काठमाडौं बाँसबारीमा घर रहेको साथै यूनिभर्सिटिबाट एमबिबिस टपर डाक्टर हुँ भनी बताएको र हाल बिद्यालय सम्बन्धी शैक्षिक कार्यक्रम लगायत बिद्यार्थीहरुलाई खेलकुद सामाग्री वितरण गर्ने काम गर्छु भन्दै पिडितसँग झुट्ठा बहाना बनाई पीडितको साथी बनेर पिडितलाई ई-सेवा वालेटमा रकम पठाउन लगाई अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।  उनीहरूलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागी जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको छ ।

नेपाली सेनाका तालिमरत अधिकृतहरूबाट नेपाल प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण
२०७९-११-०५

काठमाडौं, सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीमा संचालित कमाण्ड एण्ड स्टाफ सि.सं.२९ का तालिमरत ९२ जना अधिकृतहरूबाट नेपाल प्रहरी प्रधान कार्यालयको शुक्रबार अवलोकन भ्रमण सम्पन्न भएको छ । अवलोकन भ्रमणमा सहभागीहरूलाई  प्रहरी वरिष्ठ उपरीक्षक दिपेन्द्र जिसीले स्वागत मन्तव्य व्यक्त गर्दै भम्रण कार्यक्रम सम्बन्धी जानकारी गराउनुभएको थियो ।  सो क्रममा सहभागी सैनिक अधिकृतहरूले नेपाल प्रहरी प्रधान कार्यालयस्थित डाटा सेन्टर, पोलिग्राफ शाखा, डिजिटल फरेन्सिक ल्याब र सङ्ग्राहलय समेतको अवलोकन गर्नुभयो । अवलोकन पश्चात आयोजित कार्यक्रममा प्रहरी उपरीक्षक दिप शम्शेर राणाले नेपाल प्रहरीको परिचय, विकासक्रम, काम, कर्तव्य र वर्तमान अवस्थाबारे प्रस्तुतीकरण गर्नुभएको थियो । साथै उहाँले अन्तरक्रियाको क्रममा तालिमरत अधिकृतहरूले नेपाल प्रहरी सम्बन्धी विविध विषयमा राखेका जिज्ञासाहरुको निरुपण गर्दै समाजमा शान्ति सुरक्षा कायम गर्न दुवै संगठन बिच सूचनाको आदान प्रदान, आपसी सहयोग र समन्वय भइरहेको एवं आउँदा दिनमा समेत अझ प्रभावकारी ढंगले यसको निरन्तरता हुने बताउनुभयो ।  नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले नेपाल प्रहरीकोतर्फबाट मायाको चिनो प्रदान गर्नुभएको उक्त कार्यक्रममा सेनानी दिल बहादुर गुरूङले भ्रमणमा सहभागी तालिमरत अधिकृतहरुको तर्फबाट धन्यवाद सहितको मन्तव्य व्यक्त गर्नुभएको थियो ।  तालिमरत अधिकृतहरूमा ३ जना महिला र ८९ जना पुरूषको सहभागिता रहेको थियो । जसमध्ये अमेरिका, बेलायत, भारत, पाकिस्तान, श्रीलंका, माल्दिभ्स, बंगलादेश, केन्या र नाईजेरीयाका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका अधिकृतहरूकोसमेत सहभागिता रहेको थियो । 

महिलाको चरित्र हत्या गरेको अभियोगमा पक्राउ
२०७९-११-०५

काठमाडौं, विदेश बसेर महिलाको चरित्र हत्या गरेको अभियोगमा रौतहट देवाही गोनही नगरपालिका-५ टिकुलिया घर भएका २२ वर्षीय हरिहर प्रसाद यादवलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पीडित महिलाको बहिनी समेत भएको तस्विर प्रयोग गरी सामाजिक सञ्जालमा चरित्रहत्या हुने अश्लील शब्दहरू लेखी प्रसारण गर्नुका साथै पीडितका परिवारलाई समेत मानसिक तनाव, दु:ख हैरानी दिने गरेको घटनामा संलग्न रहेका उनलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय समन्वय र सहयोग वैदेशिक रोजगारीको सिलसिलामा मलेसियाबाट नेपाल फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरबाट साइबर व्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप भई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

नेपाल प्रहरी र ग्लोबल आईएमई बैंकबीच छात्रवृत्ति अक्षयकोष स्थापनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
२०७९-११-०५

काठमाडौं, नेपाल प्रहरी र ग्लोबल आईएमई बैंक लिमिटेडबीच ‘नेपाल प्रहरी-ग्लोबल आईएमई बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना, सञ्चालन तथा व्यवस्थापनमा सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रमबीच हस्ताक्षर भएको छ । सो अवसरमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले अक्षय कोष स्थापनाका लागि २५ लाख रुपैयाँको चेक प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलाई हस्तान्तरण गर्नुका साथै समझदारीपत्र आदानप्रदानसमेत गर्नुभयो ।   कार्यक्रममा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले तल्लो दर्जाका प्रहरी कर्मचारीका सन्ततीलाई छात्रवृत्ति प्रदान गर्ने समझौताको लागि ग्लोबल आईएमई बैंकलाई धन्यवाद दिँदै सम्झौताले तल्लो दर्जाका प्रहरी कर्मचारीहरूको मनोबल उच्च हुने विश्वास व्यक्त गर्नुभयो । उक्त अवसरमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले नेपाल प्रहरीले आम नागरिकलाई सेवा प्रदान गर्न पुर्‍याएको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै प्रहरी कर्मचारीका सन्ततीलाई सहयोग गर्न पाएकोमा आत्मसन्तुष्टी प्राप्त भएको बताउनुभयो । समझौताअनुसार नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाले नेपाल पुलिस स्कुलहरूमा अध्ययन गर्ने बहालवाला, अवकाश प्राप्त र अमर/शहीद एवम् अशक्त प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दार दर्जासम्मका उत्कृष्ट अंक प्राप्त गर्ने प्रहरी कर्मचारीका सन्ततीहरूलाई कम्तीमा २ जना जेहेन्दार विद्यार्थी छात्रवृत्ति वार्षिक शुल्क, परीक्षा शुल्क, स्टेशनरी र आवासीय सुविधा भएको स्कुलमा आवास र खाना खर्च तथा आवासीय सुविधा नभएको स्कुलमा गाडी भाडासमेत निरन्तर उपलब्ध हुनेछ । छात्रवृत्ति प्रदान गर्नको लागि कम्तीमा २५ लाख रूपैयाँ ग्लोबल आईएमई बैंकले प्रहरी कल्याण कोषको नाममा ‘नेपाल प्रहरी- ग्लोबल आईएमई बैंक छात्रवृत्ति अक्षय कोष’ को स्थापना गर्ने र उक्त खाता संचालन तथा व्यवस्थापन प्रहरी कल्याण कोषले गर्नेछ । आगामी शैक्षिक सत्र २०८० वैशाखदेखि लागू हुने यो सम्झौताअनुसार नेपाल पुलिस स्कुलका कक्षा ४ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूलाई उपलब्ध हुने र नेपाल पुलिस स्कुलहरूले विद्यार्थीहरूको समयानुकूल शुल्क परिमार्जन भई बृद्धि भएको अवस्थामा छात्रवृत्ति अक्षय कोषबाट प्राप्त हुने ब्याज आम्दानी रकमबाट अपुग भएमा आपसी समन्वय र सहमतीमा समस्या समाधान गरिने समेत समझदारीपत्रमा उल्लेख गरिएको छ । उक्त समझदारीपत्रमा नेपाल प्रहरीकोतर्फबाट नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक केदार ढकाल र ग्लोबल आईएमई बैंकको तर्फबाट बैंकका प्रमुख मार्केटिङ अधिकृत दिलिप पोखरेलले हस्ताक्षर गर्नुभएको थियो । उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, ग्लोबल आईएमई बैंक लिमिटेडका प्रतिनिधिहरू, प्रहरी नायव महानिरीक्षकहरू एवं वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।         

क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०७९-११-०५

   काठमाडौं, क्यानडा  पठाइदिन्छु भन्दै नगद १९ लाख ९० हजार रुपैयाँ ठगी गरेको अभियोगमा सर्लाही लालबन्दी नगरपालिका-३ घर भई काठमाडौं महानगरपालिका-३२ नरेफाँट बस्ने २९ वर्षीय लक्ष्मण थापालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  थापाले पीडितलाई वैदेशिक रोजगारीको लागि क्यानडा जानको लागि २३ लाख रुपैयाँ लाग्छ र त्यहाँ पुगेपछि मासिक ३ लाख रुपैयाँ हुने काममा लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी उक्त रूपैयाँ ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागको पत्राचारको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं बानेश्वरबाट उनलाई पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ ।               

कम्बोडिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०७९-११-०५

          कम्बोडिया पठाइदिन्छु भन्दै नगद १२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा दैलेख भगवतीमाई गाउँपालिका-२ घर भई काठमाडौं नयाँ बसपार्क बस्ने २३ वर्षीय तोपेन्द्र सिंहलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  विभिन्न व्यक्तिहरूलाई वैदेशिक रोजगारीको लागि कम्बोडियामा मासिक १ लाख ३० हजार रूपैयाँ तलबमा क्यासिनोको सेक्युरिटी गार्डको काम लगाई दिने प्रलोभनमा पारी पीडितहरूबाट पटकपटक गरी उक्त रुपैयाँ ठगी गरेको उजुरीको आधारमा उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२६ गोंगबु बिजिमहलबाट पक्राउ गरेको हो ।  उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको छ ।   

छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित १५ जना पक्राउ
२०७९-११-०५

धनुषा, जनकपुर उपमहानगरपालिका-२३ बेलापुलबाट नियन्त्रित लागूऔषध कोरेक्स एकसय एमएलको ९९ पिस र नाईट्राभेट ६ सय ट्याब्लेटसहित भारतीय नागरिक २० वर्षीय निजान नदाफ समेत दुई जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र प्रहरी चौकी जिरोमाईलबाट  खटिएको प्रहरीले बीआर ३२ एच १४६५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  कञ्चनपुर, भिमदत्त नगरपालिका-३ भाँसीबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ३ ग्राम ५६ मिलिग्राम र  खैरो हेरोईन जस्तो देखिने पदार्थ १४ मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने १९ वर्षीय बिवेक बोहरा समेत २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । झापा, बुद्धशान्ति गाउँपालिका-४ जुनेली बस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय १० मिलिग्राम र स्पास्पेन ट्याब्लेट ५५ पत्ता,  ट्रामाडोल हाइड्रोक्लोराइड ५५ पत्ता सहित सोही ठाउँ बस्ने २० वर्षीय सुरज मगर जर्गा समेत २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी झापा, मेचीनगर नगरपालिका-६ स्थित पुरानो मेचीपुल अगाडि सडकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ५ ग्राम सहित अर्जुनधारा नगरपालिका-३ बस्ने २४ वर्षीय ऐतराज इवा समेत २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रित ब्यूरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । पर्सा, वीरगंज महानगरपालिका-१६ शंकाराचार्य गेटबाट नियन्त्रित लागूऔषध डाईजेपाम १ सय ८८ एम्पुल, बुप्रोनोर्फिन ७० एम्पुल, प्रोमिथाजाइन १ सय ७० एम्पुल र लेबल नभएको ईन्जेक्शन १ सय १५ थान सहित सोही महानगरपालिका-१६ बस्ने २६ वर्षीय रिहाजुल साफी समेत २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो र प्रहरी चौकी ईनर्वाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  यसैगरी पर्सा, वीरगंज महानगरपालिका-१६ बसपार्क भानुचोकबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम २ सय ८० ट्याब्लेट, डाईजेपाम १५ एम्पुल, फेनारगन १५ एम्पुल र नोर्फिन १५ एम्पुल सहित चितवन भरतपुर महानगरपालिका-१० बस्ने २० वर्षीय सुजन ठकुरीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० बसपार्कस्थित होटलबाट नियन्त्रित लागूऔषध कोडिविल एकसय एमएलको ५० बोतल सहित बारा निजगढ नगरपालिका-७ बस्ने २८ वर्षीया सुस्मा तिमल्सिना समेत २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त होटलमा लागूऔषध बिक्री बितरण भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले तलासी गर्दा उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको ना.३७ प ६७०३ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । उदयपुर, कटारी नगरपालिका-४ कटारीबाट नियन्त्रित लागूऔषध नाईट्राभेट २ सय ६५ ट्याब्लेट, लुपिजेसिक ४० एम्पुल, डाईजेपाम ४२ एम्पुल र एल्जिक ७ एम्पुल सहित सोही ठाउँ बस्ने ३७ वर्षीय हरिकृष्ण सुनुवार समेत २ जनालाई  बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी उदयपुर, उदयपुरगढी गाउँपालिका-७ दमाईकोटेबाट अवैध लागूऔषध गाँजा करिब २० केजी बिहीबार दिउँसो प्रहरीले बरामद गरेको छ । अस्थायी प्रहरी पोष्ट नेपालटारबाट खटिएको गस्ती टोलीलाई देख्नसाथ नेपालटारतर्फ आउँदै गरेको स.१० प ७१५३ र स.७ प १५२३ नम्बरका मोटरसाइकल छोडी मोटरसाइकलमा सवार व्यक्तिहरू फरार भएपश्चात मोटरसाइकल जाँच गर्दा उक्त लागूऔषध फेला पारी बरामद गरेको हो । फरार व्यक्तिहरुको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

नेपाल प्रहरी र प्रभु बैंकबीच छात्रवृत्ति अक्षय कोष स्थापनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
२०७९-११-०४

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखा, प्रहरी कल्याण कोष र प्रभु बैंक लिमिटेडबीच ‘नेपाल प्रहरी-प्रभु बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना, सञ्चालन तथा व्यवस्थापनमा सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो अवसरमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले अक्षय कोष स्थापनाका लागि २५ लाख रुपैयाँको चेक प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलाई हस्तान्तरण गर्नुका साथै समझदारीपत्र आदानप्रदानसमेत गरियो ।  समारोहमा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले तल्लो दर्जाका प्रहरी कर्मचारीका सन्ततीलाई छात्रवृत्ति प्रदान गर्ने यस पुण्य कामको लागि प्रभु बैंकलाई धन्यवाद दिँदै सम्झौताले तल्लो दर्जाका प्रहरी कर्मचारीहरूको मनोबल बढ्ने विश्वास व्यक्त गर्नुभयो । सिसिटिभि जडानलगायत विभिन्न कार्यक्रममा नेपाल प्रहरीले प्रभु बैंकसँग सहकार्य गर्दै आएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक सिंहले आगामी दिनमासमेत आपसी समन्वय र सहकार्यलाई निरन्तरता दिने बताउनुभयो । साथै पछिल्लो समयमा बढ्दो डिजिटल ठगी नियन्त्रणका लागि नेपाल प्रहरीले बैंकिङ क्षेत्रसँग सहकार्य गर्दै जानेमा उहाँले जोड दिनुभयो । उक्त अवसरमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले नेपालको एउटा व्यवस्थित संगठन नेपाल प्रहरीमा कार्यरत  प्रहरी कर्मचारीका सन्ततीलाई सहयोग गर्ने पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा समेत नेपाल प्रहरी र बैंकबीच सहयोग र सहकार्य आदानप्रदान हुने बताउनुभयो ।  नेपाल प्रहरी कार्ययोजना, २०७९ को प्रहरी हवल्दार तथा जवान लक्षित कार्यक्रम अन्तर्गत नेपाल पुलिस स्कुलमा अध्ययन गर्ने बहालवाला, अवकाश प्राप्त र अमर/शहीद एवम् अशक्त परिवारका प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दारका सन्ततीहरूलाई सबल, सक्षम, योग्य र कर्मठ नागरिक बनाउने उद्देश्यका साथ यो सम्झौता भएको हो ।  समझौताअनुसार नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाले नेपाल पुलिस स्कुलहरूमा अध्ययन गर्ने बहालवाला, अवकाश प्राप्त र अमर/शहीद एवम् अशक्त प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दार दर्जासम्मका उत्कृष्ट अंक प्राप्त गर्ने प्रहरी कर्मचारीका सन्ततीहरूलाई कम्तीमा २ जना जेहेन्दार विद्यार्थी छात्रवृत्ति वार्षिक शुल्क, परीक्षा शुल्क, स्टेशनरी र आवासीय सुविधा भएको स्कुलमा आवास र खाना खर्च तथा आवासीय सुविधा नभएको स्कुलमा गाडी भाडा समेत निरन्तर उपलब्ध हुनेछ । छात्रवृत्ति प्रदान गर्नको लागि कम्तीमा २५ लाख रूपैयाँ प्रभु बैंक लिमिटेडले प्रहरी कल्याण कोषको नाममा ‘नेपाल प्रहरी-प्रभु बैंक छात्रवृत्ति अक्षय कोष’ को स्थापना गर्ने र उक्त खाता संचालन तथा व्यवस्थापन प्रहरी कल्याण कोषले गर्नेछ । आगामी शैक्षिक सत्र २०८० वैशाखदेखि लागू हुने यो सम्झौताअनुसार नेपाल पुलिस स्कुलका कक्षा ४ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूलाई उपलब्ध हुने र नेपाल पुलिस स्कुलहरूले विद्यार्थीहरूको समयानुकूल शुल्क परिमार्जन भई बृद्धि भएको अवस्थामा छात्रवृत्ति अक्षय कोषबाट प्राप्त हुने ब्याज आम्दानी रकमबाट अपुग भएमा आपसी समन्वय र सहमतीमा समस्या सामाधान गरिने समेत समझदारीपत्रमा उल्लेख गरिएको छ । उक्त समझदारीपत्रमा नेपाल प्रहरीकोतर्फबाट नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक केदार ढकाल र प्रभु बैंक लिमिटेडको तर्फबाट बैंकका मुख्य प्रबन्धक मञ्जय राज पाण्डेले नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच बिहीबार हस्ताक्षर गर्नुभएको थियो । उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रभु बैंकका प्रतिनिधिहरू, प्रहरी नायव महानिरीक्षकहरू एवं वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

बालाजु, लोत्से मलमा आगजनी, तोडफोड र लुटपाटमा संलग्न थप १५ जना पक्राउ
२०७९-११-०४

काठमाडौं,  काठमाडौं महानगरपालिका-१६ माछापोखरी चोकमा प्रहरी भ्यान, प्रहरी विट, ट्राफिक आईल्याण्ड तोडफोड तथा आगजनी र ल्होत्से मलमा तोडफोड गरी मोवाइल पसलमा लुटपाट समेत भएको घटनामा संलग्न रहेको अभियोगमा १५ जनालाई बुधबार काठमाडौंका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमध्ये लोत्से मलमा भएको घटनामा संलग्न काभ्रे पाँचखालका १९ वर्षीय सुरज मगर, उदयपुरका ३० वर्षीय रितेश बस्नेत र मोरङका ३० वर्षीय यमन राई रहेका छन् ।  यसैगरी उक्त आगजनी तथा तोडफोडमा संलग्नहरूमा नुवाकोटका १९ वर्षीय केशर राई, धादिङका २६ वर्षीय ईलाराज गुरूङ, उदयपुरका २७ वर्षीय राजन राउत, काभ्रेका २८ वर्षीय हरिशरण तामाङ, चितवनका २७ वर्षीय संविधान परियार, काठमाडौं तार्केश्वरका १९ वर्षीय कविन खड्गी, काठमाडौं माछापोखरी बस्ने २२ वर्षीय रोमन नगरकोटी र ३३ वर्षीय माधव शाही रहेका छन् । यसैगरी पक्राउ पर्नेमा नुवाकोटका २ जना १८ वर्षीय किशोर, धादिङका १८ वर्षीय किशोर र सिन्धुलीका १८ वर्षीय किशोर रहेका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघका यातायात व्यवसायिहरूले ट्राफिक कारवाहीको विषय लगायत विभिन्न १० वुँदे माग राखी गरेको विरोध प्रदर्शनमा भएको उक्त घटनामा संलग्न उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । साथै पक्राउ  परेकामध्ये अधिकांश व्यक्तिहरू चालक, सहचालक तथा यसअघि विभिन्न आपराधिक घटनामा संलग्न रहेको अनुसन्धानबाट खुल्न आएको छ ।  उनीहरू उपर आपराधिक उपद्रव गर्न नहुने कसूर र चोरी सम्बन्धि कसूर मुद्दामा थप अनुसन्धान तथा कारवाहिको लागि प्रहरी वृत्त बालाजु र महाराजगंज पठाइएको छ । यसअघि सोही घटनामा संलग्न १० जनालाई समेत प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।

प्रतिबन्धित भारतीय रुपैयाँसहित पक्राउ
२०७९-११-०४

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्डव्यागेज चेकिङ एरियाबाट नेपालमा प्रतिबन्धित २ हजार दरको २ लाख ४० हजार भारतीय रुपैयाँ सहित भारतीय नागरिक ४६ वर्षीय टुकाराम मल्हारी गडधेलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  एयर इन्डियाको उडानद्वारा काठमाडौंबाट भारतको कलकत्ता प्रस्थान गर्न लागेका उनलाई जाँच गर्ने क्रममा उक्त भारतीय रुपैयाँ बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।  बरामद भारतीय रुपैयाँ सहित उनलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्‍व अनुसन्धान विभाग, हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ । 

२ नाल भरूवा बन्दुक सहित दुई जना पक्राउ
२०७९-११-०४

रूकुम(पूर्व), सिस्ने गाउँपालिका-२ तुवाङस्थित खौरे भन्ने ठाउँबाट विभिन्न हातहतियारसहित दुई जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ६९ वर्षीय कमरा रोका र २३ वर्षीय सुरेश घर्ती रहेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय प्वाङबाट खटिएको प्रहरीले कमरा रोकाको घरबाट भरुवा बन्दुक १ नाल, फलामको छर्रा टुक्रा २ थान,  केप १९ थान, बारुद तथा सुरेश घर्तीको घरबाट भरुवा बन्दुक १ नाल, फलामको छर्रा टुक्रा ७ थान, केप ८ थान र बारुद फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित चार जना पक्राउ
२०७९-११-०४

रुपन्देही, बुटवल उपमहानरगपालिका-१० योगीकुटीबाट नियन्त्रित लागूऔषध नुफिन १८ एम्पुल, फेनारागन १८ एम्पुल, डाईजेपाम १८ एम्पुल सहित तनहुँ घिरिङ गाउँपालिका-२ घर भई रुपन्देही बुटवल उपमहानगरपालिका-१७ रानीगंज बस्ने २४ वर्षीय सुनिल परियारलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।  मकवानपुर, मनहरी गाउँपालिका-८ दारिमबासबाट अवैध लागूऔषध गाँजा ५ किलो ५ सय ७० मिलिग्राम सहित  ३ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहारका २५ वर्षीय सम्सोदिन अंसारी, ४५ वर्षीय श्याम किशोर सिंह र १९ वर्षीय दुर्लब कुमार रहेका छन् । ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले शंकास्पद अवस्थामा हिँडिरहेका उनीहरूलाई जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

चोरी तथा डाँका सम्बन्धी कसूरमा तीन जना पक्राउ
२०७९-११-०४

काठमाडौं,चोरी तथा डाँका सम्बन्धी कसूरमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बैतडी दोगडा केदार गाउँपालिका-२ घर भई काठमाडौं कालिमाटी बस्ने २१ वर्षीय निराजन महरा, काठमाडौं माईतीघरस्थित युएममि मोवाइल ग्यालरीका संचालक तेह्रथुम अठराई गाउँपालिका-२ घर भएका २४ वर्षीय शिशिर लिम्बु र काठमाडौं न्यूरोडस्थित ल्यापटप सर्भिस नेपालका संचालक कपिलवस्तु बाडगंगा नगरपालिका-१ घर भएका ३४ वर्षीय बिनोद पौडेल रहेका छन् ।  काठमाडौं महानगरपालिका-२९ घट्टेकुलोस्थित दिपक भण्डारीको डेरा कोठाबाट ल्यापटप २ थान, मोवाइल २ थान, नगद ७ हजार समेत भएको ब्याग माघ २६ गते चोरी भएको घटनाको अनुसन्धानको क्रममा प्रहरी वृत्त सिंहदरवारबाट खटिएको प्रहरीले फागुन २ गते निराजनलाई पक्राउ गरेको थियो । थप अनुसन्धान गर्दा दिपकको कोठाबाट चोरी गरेको ल्यापटप र अन्य स्थानमा समेत चोरी गरेको जम्मा ४ थान ल्यापटपहरु शिशिर लिम्बुको मोवाइल ग्यालरीमा बिक्री गरेको खुल्न आएपछि लिम्बुको पसलबाट चोरीको ल्यापटप २ थान, मोवाइल १ थान र ब्याग १ थान फेला पारी उनलाई पक्राउ गरेको हो । साथै लिम्बुलाई थप सोधपुछ गर्दा २ थान ल्यापटप बिनोद पौडेलको पसलमा बिक्री गरेको खुल्न आएपछि पौडेलको पसलबाट चोरीको ल्यापटप २ थान फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको हो ।  उनीहरू उपर चोरी तथा डाँका सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ । 

छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषध सहित ११ जना पक्राउ
२०७९-११-०४

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९ बस्तिपुरस्थित सडकबाट अवैध लागूऔषध गाँजा सहित ५ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बसामाडी लेवटबाट खटिएको प्रहरीले बा.२१ च ९३२६ नम्बरको गाडीबाट करिब ४० केजी अवैध लागूऔषध गाँजा फेला पारी गाडीका चालक बारा बौदिमाई नगरपालिका-४ बस्ने २० वर्षीय राज कुमार राम सहित ४ जना र ना.२१ प १०९० नम्बरको मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका-१९ बस्ने १९ वर्षीय नबराज थिङलाई अवैध लागूऔषध गाँजा करिब ६० ग्राम सहित फेला पारी प्रहरीले गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारलबाट अवैध लागूऔषध ब्राउनसुगर ३ ग्राम ७० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका-३ बस्ने २३ वर्षीय आषिस ओली र २९ वर्षीय बसन्त ओली रहेका छन् । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले सु.प.प्र.०१-००१० प ७९९९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  कञ्चनपुर, पुनर्वास नगरपालिका-११ अमरबस्ती बस्ने ३२ वर्षीय सविन महर्जन र सोही ठाउँ बस्ने २६ वर्षीय राजु विकलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम, नगद ४ हजार ४ सय २० भारतीय रूपैयाँ, ६ हजार ४ सय ९० नेपाली रूपैयाँ, विभिन्न देशका सिक्का ७ थान र डिजिटल तराजु १ थान सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर कञ्चनपुर र ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको संयुक्त टोलीले सविनको घरमा लागूऔषधको कारोबार गरिरेहेको अवस्थामा उक्त लागूऔषध, नगद र डिजिटल तराजु सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  बाँके, बैजनाथ गाउँपालिका-२ माथिल्लो पितमारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय सुरेश रानालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  झापा, झापा गाउँपालिका-६ भृकुटी चौक बस्ने ३० वर्षीय हेम नारायण चौधरीलाई अवैध लागूऔषध गाँजा ५ सय ६५ ग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको घरमा लागूऔषध सेवन तथा बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी शरणामतीबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।  चितवन, खैरहनी नगरपालिका-९ बैरहनी चोकबाट करिब ११ केजी अवैध लागूऔषध गाँजा बुधबार राति प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ पैदलयात्रीले झोला फाली फरार भएपछि झोला तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला परेको हो । हाल फरार व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बिचौलियाको काम गरेको अभियोगमा तीन जना पक्राउ
२०७९-११-०४

काठमाडौं, काठमाडौं महानगरपालिका-११ बबरमहलस्थित वाणिज्य विभाग बबरमहल काठमाडौंमा आउने सेवाग्राहीहरुलाई काम छिटो छरितो गरी दिन्छु भनि रकम माग गरी बिचौलियाको काम गरी सर्वसाधारणलाई दुखः हैरानी दिने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा उदयपुर ताप्लिङ गाउँपालिका-५ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ बस्ने ५१ वर्षीय क्षेत्र बहादुर खड्का, रामेछाप रामेछाप नगरपालिका-९ घर भई भक्तपुर सूर्यबिनायक नगरपालिका-२ बस्ने ३४ वर्षीय राज लामा र उदयपुर ताप्लिङ गाउँपालिका-५ घर भई भक्तपुर मधयपुर ठिमी नगरपालिका-१ बस्ने २९ वर्षीय निरज बुढाथोकी रहेका छन् । विशेष सूचनाको आधारमा प्रहरी वृत्त सिंहदरबारबाट खटिएका प्रहरीले सोधपुछ गर्ने क्रममा उल्टै प्रहरी कर्मचारीसँग विवाद तथा हो-हल्ला गरी अशान्ति सिर्जना गरे पछि उनीहरूलाई पक्राउ गरेको हो ।  उनीहरू उपर अभद्र व्यवहार गर्न नहुने सम्बन्धी कसूरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरी वृत्त सिंहदरवारबाट थप अनुसन्धान भइरहेको छ । 

प्रहरीको गाडी, प्रहरी विट तथा ट्राफिक आइल्याण्ड तोडफोड गरी आगजनी गर्ने छ जना पक्राउ
२०७९-११-०३

काठमाडौं, काठमाडौं महानगरपालिका-१६ माछापोखरी चोकमा प्रहरी गाडी, प्रहरी विट तथा ट्राफिक आइल्याण्ड तोडफोड गरी आगजनी गरेको अभियोगमा ६ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उदयपुर बलमता गाउँपालिका-२ घर भई काठमाडौं तार्केश्वर नगरपालिका-१० मनमैजु बस्ने ४० वर्षीय बिक्रम राई, नुवाकोट पञ्चकन्या गाउँपालिका-३ घर भई काठमाडौं टोखा नगरपालिका-३ बानियाँटार बस्ने ३० वर्षीय रामहरि भण्डारी, लमजुङ वेशीशहर नगरपालिका-५ घर भई काठमाडौं तार्केश्वर नगरपालिका-१० बस्ने २३ वर्षीय विवेक श्रेष्ठ, काभ्रेपलाञ्चोक मानेडाँडा गाउँपालिका घर भई काठमाडौं महानरगपालिका-१६ बस्ने ३१ वर्षीय राजेश तामाङ, प्युठान कडी गाउँपालिका-१ घर भई काठमाडौं गोंगवु बस्ने १८ वर्षीय किशोर र काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका-२ घर भई काठमाडौं महानगरपालिका-१६ गंगाहल बस्ने २०  वर्षीय आशिष खड्का रहेका छन् । काठमाडौं महानगरपालिका-१६ माछापोखरी चोकमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघका यातायात व्यवसायीहरूले ट्राफिक कारवाहीको विषय लगायत विभिन्न १० वुँदे माग राखी गरेको विरोध प्रदर्शन कार्यक्रममा प्रहरी वृत्त बालाजु, काठमाडौंबाट सुरक्षाका लागि खटिएका प्रहरी कर्मचारीहरू लिई गएको प्रहरी वृत्त बालाजुको बा.२ झ १४४ र बा.१ झ ७२२४ नम्बरको गाडीमा आगजनी, माछापोखरीस्थित प्रहरी विटमा समेत प्रदर्शनकारीहरूले ढुङ्गामुढा तथा आगजनी र सोही ठाउँमा रहेको ट्राफिक आईल्याण्डमा समेत तोडफोड तथा आगजनी गरेको घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीहरु उपर जिल्ला अदालत काठमाडौंबाट ३ दिन म्याद थप गरी आवश्यक अनुसन्धान गर्नुका साथै वारदातमा संलग्न अन्य व्यक्तिहरूलाई नियन्त्रणमा लिई सोधपुछ तथा छानविन कार्य भइरहेको छ । 

लुटपाटमा संलग्न रहेको अभियोगमा चार जना पक्राउ
२०७९-११-०३

काठमाडौं, काठमाडौं महानगरपालिका-२६ गोंगबु नयाँबसपार्कस्थित लोत्से महलमा सञ्चालित मोबाइल पसलहरूमा प्रवेश गरी मोबाईल, चार्जर, रिचार्ज कार्ड, एयरफोन लगायतका सामानहरु लुटपाट गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दैलेख भगवती गाउँपालिका-३ घर भई काठमाडौँ तारकेश्वर बस्ने २४ वर्षीय चिरन रेग्मी, काठमाडौं महानगरपालिका-२६ सामाखुसी बस्ने ३५ वर्षीय नविन खड्गी, रुपन्देही खैरेनी नगरपालिका-५ घर भई काठमाडौं महानगरपालिका-२६ बस्ने २२ वर्षीय सुजन खत्री र झापा शिवसताक्षी नगरपालिका-४ घर भई काठमाडौँ महानगरपालिका-१५ स्वयम्भू बस्ने १८ वर्षीय किशोर रहेका छन् । काठमाडौं महानगरपालिका-२६ गोंगबु नयाँबसपार्कस्थित ट्राफिक प्रहरीले ट्राफिक जरिवाना बढाएकोमा घटाउनुपर्ने, माईक्रोबस व्यवस्थापन लगाएतको माग राखी विभिन्न यातायात मजदुर संगठनहरुले गरेको आन्दोलनको क्रममा सोही ठाउँस्थित लोत्से महलमा प्रवेश गरी अर्जुन चालिसेको एसिडिसी मोबाईल प्रालि, डायमण्ड मोबाईल प्रालि तथा गजेन्द्र न्यौपानेको काठमाडौँ सुपर मार्केटमा तोडफोड गरी पसलभित्र रहेका मोबाईल, चार्जर, रिचार्ज कार्ड, एयरफोन लगायतका सामानहरु लुटपाट गरेको घटनाको थप अनुसन्धानको लागि प्रहरी वृत्त महाराजगंज र जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । साथै उनीहरुबाट घडी, घडीको चार्जर, एयरफोन, मल्टिप्लग, मोबाइल २ थान, ४ हजार रुपैयाँ बराबरको एनटिसि र एनसिएलको रिचार्ड कार्ड लगायतका सामानहरू प्रहरीले बरामद गरेको छ । उनीहरु उपर चोरी तथा डाँका सम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौं ४ दिनको म्याद थप अनुमती प्राप्त गरी आवश्यक अनुसन्धान भइरहेको छ । साथै घटनामा संलग्न अन्य व्यक्तिहरुलाई नियन्त्रणमा लिई थप स्क्रिनिङ्ग गर्ने कार्य भइरहेको छ । 

मानव बेचबिखन कसूरमा संलग्न एक जना पक्राउ
२०७९-११-०३

काठमाडौं, मानव बेचबिखन कसुरमा संलग्न रहेको अभियोगमा काठमाडौं सिनामंगलस्थित डिएचएन शुभयात्रा ट्राभल्स एण्ड टुरका सञ्चालक सिन्धुपाल्चोक पाचँपोखरी थङपाल गाउँपालिका-५ घर भएका चिरन्जी गिरीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  कुवेतको रोयल रेष्टुरेन्टमा काममा लगाइ दिने र त्यहाँ राम्रो काम गरे युरोप तथा अमेरिका समेतका देशहरीमा पठाइ दिने प्रलोभन देखाई प्रतिवादी डिम्बर मगर भन्ने डम्बर बहादुर दर्लामी समतले पीडितलाई कुवेत पठाई कुवेतमा १ हजार ३ सय केडीमा बिक्री गरेको अवस्थामा मानवबेचबिखन व्यूरो अनुसन्धान व्यूरोको पहलमा कुवेतस्थित नेपाली राजदुतावास समेतको सहयोगमा पुस ४ गते पीडितको उद्दार गरिएको थियो ।  सोही घटनाको थप अनुसन्धानको क्रममा चिरन्जीले प्रतिवादीहरूसँग रकम लिई पीडितको भिषा, टिकट लगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्मको बन्दोबस्त गरेको खुल्न आएपछि उक्त व्यूरोबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-२६ पानीपोखरीबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

नक्कली सवारी चालक अनुमतिपत्र बनाउने कार्यमा संलग्न तीन जना पक्राउ
२०७९-११-०३

काठमाडौं, लिखत किर्ते गरी नक्कली स्मार्ट सवारी चालक अनुमतिपत्र बनाउने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका-१ घर भई ललितपुर नखिपोट बस्ने ३४ वर्षीया कञ्चन गुरूङ, नुवाकोट लिखु गाउँपालिका-४ घर भई काठमाडौं टोखा बस्ने ३८ वर्षीय अनिल राई र नुवाकोट लिखु गाउँपालिका-४ घर भई काठमाडौं तारकेश्वर बस्ने ३६ वर्षीय राजन तामाङ रहेका छन् ।  विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्नमध्ये कञ्चन गुरुङलाई माघ २९ गते काठमाडौं रामशाहपथबाट तथा अनिल राईलाई सामाखुशीबाट र राजन तामाङलाई बालाजु पैयाँटारबाट सोमबार पक्राउ गरेको हो ।  कञ्चनले आफ्नो फोटो, अर्कै व्यक्तिको सक्कली सवारी चालक अनुमतिपत्र र ५ हजार रूपैयाँ अनिललाई दिएकोमा अनिलले उक्त फोटो, कागजात र ३ हजार ५ सय रूपैयाँ राजनलाई दिएको र राजनले उक्त सवारी चालक अनुमतिपत्रमा कञ्चनको फोटो टाँसी नक्कली स्मार्ट सवारी चालक अनुमतिपत्र बनाई दिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । यसअघि लिखत सम्बन्धि कसूरमा जिल्ला प्रहरी परिसर ललितपुरबाट पक्राउ भई मुद्दा चलेका राजनेले अन्य व्यक्तिलाई समेत नक्कली सवारी चालक अनुमतिपत्र उपलब्ध गराएको खुल्न आएको छ । उनीहरू उपर लिखत सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको   छ ।

प्रभावकारी प्रहरी परिचालन र अझै बढि सक्रिय भूमिकासहित कार्यसम्पादन गर्नुपर्ने- प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह
२०७९-११-०३

काठमाडौं, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले कुनै पनि अपराधका घटना हुन नदिन प्रभावकारीरूपमा प्रहरी परिचालन गर्नुका साथै अझै बढि सक्रिय भई आ-आफ्नो जिम्मेवारी वहन गर्दै कार्यसम्पादन गर्नुपर्ने बताउनुभएको छ ।  प्रहरी महानिरीक्षक सिंहले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी एवम् सोही कार्यालय अन्तर्गतका प्रहरी कार्यालयका प्रमुखहरूलाई बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा निर्देशन सम्बोधनको क्रममा उक्त कुरा बताउनुभएको हो ।  आमनागरिकलाई राज्यको उपस्थितिको अनुभूति दिने संस्था भनेको प्रहरी नै भएको बताउँदै प्रहरी महानिरीक्षक सिंहले भन्नुभयो, ‘हालैका घटनाको समीक्षा गर्दै आगामी दिनमा हुनसक्ने घटनाको पुर्वानुमान गरी तयारी हालतमा रहन र आवश्यकता अनुरूप कानूनसम्मत तरिकाले बल प्रयोग गर्न नहिच्किचाउनु ।’ साथै घटनालाई गम्भिरताका साथ लिएर संलग्नको पहिचान गरी कानूनी दायरामा ल्याउन समेत उहाँले निर्देशन दिनुभयो ।  प्रहरी महानिरीक्षक सिंहले ट्राफिक चेकजाँचलाई अझ व्यवस्थित गराउनुपर्ने उल्लेख गर्दै आर्थिक पारदर्शीतामा शून्य सहनशीलताको नीतिलाई अबलम्बन गरी सबै प्रहरी कर्मचारीले अत्यन्तै व्यवसायिक भएर जिम्मेवारी वहन गर्नुपर्ने बताउनुभयो । फरार अभियुक्त पक्राउलाई अभियानकै रूपमा संचालन गर्नुपर्ने तथा अपराध अनुसन्धानमा अझ बढी केन्द्रित र गम्भीर भएर कार्य गर्नुपर्ने समेत उहाँले बताउनुभयो ।  सो अवसरमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिवेश लोहनीले संगठन प्रमुखबाट प्राप्त निर्देशन कार्यान्वयनका लागि उपत्यका प्रहरी कार्यालय रानीपोखरी एवम् सोही कार्यालय अन्तर्गतका प्रहरी कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारी प्रतिवद्ध रहेको बताउनुभयो । यस आर्थिक वर्षमा फरार अपराधी पक्राउमा उल्लेखनीय प्रगती भएको चर्चा गर्दै उहाँले उपत्यकास्थित प्रहरी वृत्त एवम् प्रभागहरूको सुधारको लागि उपत्यका प्रहरी कार्यालयबाट आवश्यक जनशक्ति परिचालन गरिएको र हालैका घटनामा संलग्नलाई कानूनी दायरमा ल्याइने बताउनुभयो ।  कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी एवम् सोही कार्यालय अन्तर्गतका प्रहरी कार्यालयका प्रमुखहरूको उपस्थिति रहेको थियो ।

छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषध सहित नौ जना पक्राउ
२०७९-११-०३

कैलाली, गोदावरी नगरपालिका-१ बस्ने २४ वर्षीय सुमन थापालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ३ सय ९० मिलिग्राम सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनको घरबाट उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१० खप्तड इँटाभट्टा नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय ५० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१५ बस्ने २३ वर्षीय हुकुम राना र उनकै श्रीमती २३ वर्षीया निलु चौधरी रहेका छन् । अस्थायी प्रहरी पोष्ट जुगेडाबाट खटिएको प्रहरीले सु.प.प्र.०१-००९प २५८३ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । चितवन, भरतपुर महानगरपालिका-९ पारस बसपार्कबाट अवैध लागूऔषध गाँजा करिब ४ केजी सहित सोही महानगरपालिका-१३ बस्ने २८ वर्षीय सन्तोष गुरुङलाई गएराति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी नारायणगढबाट खटिएको प्रहरीले ना.२१ प १७२७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक गुरुङलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  मोरङ, सुन्दरहरैचा नगरपालिका-१० खोर्साने चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ २ ग्राम २८ मिलिग्राम सहित सोही ठाउँ बस्ने २८ वर्षीय सुरज थापा मागरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित            फास्टफुड संचालन गरी बस्ने मगरले लागूऔषध बिक्री वितरण गरिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय विराटचोकबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  जुम्ला, चन्दननाथ नगरपालिका-७ बाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्राम  र नगद २६ हजार १ सय रुपैयाँ सहित सोही नगरपालिका-९ उमखोला बस्ने १९ वर्षीय कविन्द्र रावललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले क.१ ज ४८ नम्बरको ईको भ्यानमा बसिरहेका उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । नवलपरासी (पूर्व), मध्यबिन्दु नगरपालिका-१५ बडर खोलास्थितबाट फेनारगन १ सय १० एम्पुल, डाईजेपाम १ सय १० एम्पुल समेतका नियन्त्रित लागूऔषध सहित नवलपरासी (पश्चिम) सरावल गाउँपालिका-४ बस्ने १८ वर्षीय किशोर समेत ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) बाट खटिएको प्रहरीले लु.१ ख ८५९६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । धनकुटा, साँगुरीगढी गाउँपालिका-६ कोलबोटेबाट अवैध लागूऔषध गाँजा करिब ७० केजी मंगलबार साँझ प्रहरीले बरामद गरेको छ । ईलाका प्ररही कार्यालय भेडेटारबाट खटिएको गस्ती प्रहरीलाई देख्नासाथ मोटरसाइकलहरु राखी भेलाजम्मा भई बसेका करिब ७ जना मानिसहरु जंगलतर्फ भागेपश्चात उनीहरुलाई खोजी गर्ने क्रममा उक्त स्थानदेखि करिब ५० मिटर तल जंगलमा बोरा तथा जेब्रा झोलामा लुकाई छिपाई राखेका उक्त लागूऔषध र ४ थान मोटरसाइकल फेला पारी प्रहरीले बरामद गरेको हो । हाल फरार व्यक्तिहरुको खोजी भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

चितुवाको छाला सहित दुई जना पक्राउ
२०७९-११-०२

धादिङ, थाक्रे गाउँपालिका-२ बाट संरक्षित वन्यजन्तु चितुवाको छाला १ थान सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाश गाउँपालिका-१ चापाखर्क बस्ने ३० वर्षीय दिपक मोक्तान र ४५ वर्षीय सुविन्द्र मोक्तान रहेका छन् ।  उक्त ठाउँमा बाघको छालाको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट समेत खटिएको प्रहरीले शिरदेखि पुच्छरसम्मको चितुवाको छाला सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक कानुनी कारवाहीको लागि डिभिजन वन कार्यालय धादिङमा बुझाइएको । 

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-११-०२

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरारा प्रतिवादी दोलखा भीमेश्वर नगरपालिका-८ घर भई काठमाडौं महानगरपालिका-४ बस्ने ३५ वर्षीय सुमन बस्नेतलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  उच्च अदालत पाटनको २०७९ माघ ६ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा २ महिना कैद र ३ करोड ७५ लाख रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले ललितपुर झम्सिखेलबाट पक्राउ गरेको हो ।  उनले हिमालय बैंक लिमिटेडमा रहेको आफ्नै बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको मुद्दामा अदालतले उक्त फैसला गरेको थियो ।  उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । 

छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषध सहित १४ जना पक्राउ
२०७९-११-०२

काठमाडौं, काठमाडौं महानगरपालिका-२१ दलाछी टोलबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन, डाइजेपाम र फेनारगन २० हजार ३ सय एम्पुल, नाईट्राभेट १२ हजार ९ सय ५० ट्याब्लेट र  नगद ४ लाख ५ हजार रुपैयाँ सहित सोलुखुम्बु माप्यदुधकोशी गाउँपालिका-४ ठेगाना भएका ३५ वर्षीय लाक्पा शेर्पालाई माघ २४ गते लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।  निज शेर्पा २०७० असार  ७ गते हातहतियार मुद्दामा ३ वर्ष कैद भुक्तान गरी छुटेको खुल्न आएको छ । थप अनुसन्धानको क्रममा उक्त लागूऔषध कारोबारमा संलग्न भारत बिहार राज्य मधुवनीका ३८ वर्षीय फैज अहमदलाई काठमाडौं महानगरपालिका-२२ सुन्धाराबाट माघ २५ गते, धनुषा औरही गाउँपालिका-३ कपटोल ठेगाना भएका २९ वर्षीय रिहासद भन्ने अयान रेजा तथा औरही गाउँपालिका-३ कपटोल ठेगाना भएका ४५ वर्षीय जाकिर नदाफलाई सोही टोलबाट माघ २६ गते, काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका-४ ठेगाना भएका २४ वर्षीय दिपक तामाङलाई काठमाडौं महानगरपालिका-१६ बालाजुबाट नगद ६ हजार रुपैयाँ सहित माघ २७ गते, नुवाकोट शिवपुरी गाउँपालिका-८ ठेगाना भएका २९ वर्षीय लक्ष्मण बखतीलाई काठमाडौं महानगरपालिका-२२ काठमाडौं मलबाट नगद ६ हजार रूपैयाँ सहित माघ २७ गते सोही व्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यसैगरी काठमाडौं महानगरपालिका-९ गौचरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको डिपार्चर कक्षबाट अवैध लागूऔषध चरेश २३ किलो ८ ग्राम सहित ४ जना थाइ नागरिकलाई माघ २८ गते प्रहरीले पक्राउ गरेको  । पक्राउ पर्नेहरुमा ४८ वर्षीया YAOWALUK JUABSRI, ४२ वर्षीया  PARICHART PUMPRUK, २५ वर्षीय NATTAPOL TREECHAIYA र १९ वर्षीया NATNAREE TREECHAIYA रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले थाई एअरलाईन एयरलाईन्सको उडानद्वारा काठमाडौंबाट थाईल्याण्डको बैंकक जान लागेका उनीहरूलाई जाँच गर्ने क्रममा लगेजभित्र फल्स वटम बनाई ल्याएको उक्त चरेश सहित फेला पारी पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित एक होटलबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम र डिजिटल तराजु १ थान सहित मोरङ लेटाङ नगरपालिका-२ ठेगाना भएका ३४ वर्षीय रोशन रिसाललाई माघ २७ गते प्रहरीले पक्राउ गरेको छ । थप अनुसन्धानको क्रममा उक्त लागूऔषध बिक्री गर्ने कार्यमा संलग्न मोरङ केराबारी गाउँपालिका-३ ठेगाना भएका ३५ वर्षीय अमित श्रेष्ठलाई काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित अर्को होटलबाट अवैध लागूऔषध खैरो हेरोईन ३८ ग्राम सहित लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । यसैगरी काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित एक होटलवाट अवैध लागूऔषध खैरो हेरोइन १२ ग्राम, डिजिटल तराजु १ थान र नगद ६ हजार रूपैयाँ सहित भारत बिहार मधुवनी जयनगर हथलेटेवा-४ ठेगाना भएका ३२ वर्षीय श्रवण कुमार महरालाई माघ २९ गते लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।    नवलपरासी(पूर्व), गैंडाकोट नगरपालिका-२ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम २ सय मिलिग्राम र १ लाख रुपैयाँ सहित दाङ घोराही उपमहानगरपालिका-१० बस्ने १८ वर्षीय किशोरलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गैडाकोटबाट खटिएको प्रहरीले ना.८ ख १९९८ नम्बरको बसलाई जाँच गर्ने क्रममा उक्त पदार्थ र नगद सहित फेला पारी बसमा सवार उनलाई पक्राउ गरेको हो । उनीहरू उपर लागूऔषध मुद्दामा थप अनुसन्धान भइरहेको छ ।

स्रोत नखुलेको १७ लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
२०७९-११-०२

महोत्तरी, मटिहानी नगरपालिका-८ मस्जिद टोलबाट स्रोत नखुलेको १७ लाख भारतीय रुपैयाँ सहित सोही ठाउँ बस्ने २९ वर्षीय महेश यादवलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी मटिहानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको महेश सवार ज.०६ प ६६६४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलको ट्याङ्कीभित्र लुकाई राखेको ५ सय दरको १००/१०० थानका ३४ बन्डल गरी उक्त भारतीय रूपैयाँ र मोटरसाइकल सहित उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषध सहित १० जना पक्राउ
२०७९-११-०२

ललितपुर, ललितपुर महानगरपालिका-२४ धापाखेलबाट अवैध लागूऔषध गाँजा ८ केजी र नगद ३५ हजार रुपैयाँ सहित सोही ठाउँ डेरा गरी बस्ने मकवानपुर गढि गाउँपालिका-७ गढि घर भएका ३५ वर्षीय बहादुर सिंह घलानलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको  छ । घलानको कोठामा लागूऔषध गाँजा कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी प्रभाग धापाखेलबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध र नगद सहित फेला पारी पक्राउ गरेको हो ।  मोरङ, पथरीशनिश्चरे नगरपालिका-६ स्थितबाट अवैध लागूऔषध गाँजा करिब ८ केजी ५ सय ग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३४ वर्षीय बज्र मोहन यादब  र ४१ वर्षीय सुरेन यादव रहेका छन् । उक्त ठाउँमा लागूऔषध गाँजा बिक्रिवितरण भइरहेको भन्ने विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट हसन्दहबाट खटिएको प्रहरीले मोहन यादबको घरबाट करिब ८ केजी र सुरेन यादवको साथबाट ५ सय  ग्राम लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहा चेक पोष्टबाट अवैध लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ करिब २ ग्राम ४ सय ५० मिलिग्राम सहित सोही गाउँपालिका-२ जमुनि बस्ने १९ वर्षीय बबि सुनारलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा प्लाष्टिकमा बेरेको अवस्थामा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  झापा, गौरीगंज गाउँपालिका-३ बाट अवैध लागूऔषध गाँजा करिब २ केजी ६ सय २० ग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गौरादह नगरपालिका-८ बैराति बस्ने २४ वर्षीय बबि राजबंशी र  गौरिगंज गाउँपालिका-३ गौरिगंज बस्ने १९ वर्षीय संन्जिब रौनियार रहेका छन् । ईलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरीले राजबंशीलाई करिब ७ सय मिलिग्राम गाँजा सहित फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा राजबंशीले उक्त लागूऔषध गाँजा संन्जिव रौनियारबाट किनेको खुल्न आएपछि रौनियारको घरमा तलासी गर्दा करिब १ किलो ९ सय २० ग्राम लागूऔषध गाँजा फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-९ बङ्ग्राकटानबाट अवैध लागूऔषध ब्राउन सुगर २ सय १० मिलिग्राम सहित ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका-८ बुद्ध चोक बस्ने २१ वर्षीया मनिका वुढा, सोही उपमहानगरपालिका-८ धनगढीगाँउ बस्ने २६ वर्षीय महेश राना र २० वर्षीय रामलखन राना रहेका छन् । अस्थायी प्रहरी पोष्ट जुगेडाबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, जानकी गाउँपालिका-६ जगतपुर घर भई टिकापुर नगरपालिका-१ ब्लक नम्बर १४ बस्ने २४ वर्षीय नुतन कडायतलाई अवैध लागूऔषध १ सय मिलिग्राम खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले नुतनले संचालन गरेको नमस्ते होटलमा बसिरहेको अवस्थामा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  

अवैध लागूऔषध सहित पक्राउ
२०७९-११-०१

सुनसरी, देवानगंज गाउँपालिका-६ स्थित सडकमा को.१ ज १६६१ नम्बरको पिकअप गाडीबाट अवैध लागूऔषध गाँजा करिब ३ सय ५० केजीसहित गाडी चालक धरान उपमहानगरपालिका-१६ सरस्वती चोक बस्ने २७ वर्षीय पूर्ण बहादुर राई र सहचालक विजय राईलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय देवानगंज, प्रहरी चौकी कप्तानगंज र अस्थायी प्रहरी चौकी रासीबाट खटिएको संयुक्त टोलीले उक्त गाडी तलासी गर्दा लुकाई छिपाई ल्याएको उक्त परिमाणको लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।        भक्तपुर, भक्तपुर नगरपालिका-२ सानोव्यासीबाट अवैध लागूऔषध पोल्यान्ड करिब १ केजीसहित काभ्रे रोशी गाउँपालिका-१० घर भई हाल भक्तपुर सल्लाघारी बस्ने २४ वर्षीय पेम्बा छेयफेल तामाङसमेत २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले सल्लाघारीबाट व्यासीतर्फ आउँदै गरेको बागमती प्रदेश-०२-०१९ प  ८८२० नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-६ गौरीटारबाट अवैध लागूऔषध गाँजा करिब २ केजी ९ सय ग्राम र नियन्त्रित लागूऔषध नाईट्राभेट ३० ट्याब्लेटसहित सोही ठाउँ बस्ने ३२ वर्षीय भिम राउतलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी चौघडाबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।नवलपरासी (पूर्व), मध्यबिन्दु नगरपालिका-१५ गडारखोलास्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर २ सय ७० मिलिग्रामसहित कपिलबस्तु वाणगंगा नगरपालिका-७ बस्ने २३ वर्षीय लक्ष्मण थारुसमेत २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले लु.२ ख ४७७० नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बिमा दाबी गर्ने मनासयले आफै गाडीमा आगजनी गर्ने चालक पक्राउ
२०७९-११-०१

बर्दिया, बिमा दाबी गर्ने मनासयले आफै लु.२ ख २०८४ नम्बरको फोर्स गाडीमा आगजनी गरेको अभियोगमा गाडीका चालक मधुबन नगरपालिका-२ गंगापटुवा बस्ने रामु चौधरीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।मधुबन नगरपालिका-४ बसन्तास्थित माचड चोकदेखि भुरिगाउँ जोड्ने पक्की सडकमा गएराति उक्त गाडीमा आगलागी भई पूर्ण रूपमा जलेर नष्ट भएको थियो । ईलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले घटनाको अनुसन्धान गर्ने क्रममा उक्त गाडीका चालक चौधरीलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उनको संलग्नता रहेको खुल्न आएको हो । माघ २० गते उक्त गाडी बिग्रिएकोले मर्मतको लागि ग्यारेजमा लगेको र मर्मत गर्न बढी रकम लाग्ने हुँदा चौधरीले बिमा दाबी गर्ने मनसायले गाडीलाई आइतबार राति उक्त स्थानमा लगेर डिजल छर्की आगो लगाएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

स्रोत नखुलेको नगद सहित पक्राउ
२०७९-११-०१

पर्सा, वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको नगद ८ लाख २० हजार रूपैयाँसहित सोही महानगरपालिका ईनर्वागाउँ बस्ने २५ वर्षीय ओम कुमार साहलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरीले रक्सौलबाट वीरगंजतर्फ आउँदै गरेको ना.३५ प ८४३४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक साहले लगाएको हेल्मेटभित्र लुकाई छिपाई ल्याएको उक्त नगद फेला पारी पक्राउ गरेको हो । मोरङ, रंगेली नगरपालिका-७ रंगेली बजारबाट स्रोत नखुलेको नगद ४ लाख १२ हजार ८ सय ५५ रूपैयाँसहित सोही नगरपालिका-४ चोप्राह बस्ने ४१ वर्षीय भवानी शंकर साहसमेत २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो । साथै उनीहरूको साथबाट बैंकको चेक २ थान, विभिन्न बैंकमा पैसा जम्मा गरेका भौचरहरू, मोवाइल ३ थान र उनीहरू सवार को.३९ प १६९१ नम्बरको मोटरसाइकलसमेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-११-०१

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१३ कालिमाटी बस्ने ५७ वर्षीय राम श्रेष्ठलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७७ चैत २३ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ४ लाख रूपैयाँ बिगो तथा जरिवाना, ७ दिन कैद र ८ हजार रूपैयाँ क्षतिपूर्ति शुल्क भराउने सजाय ठगर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं सुन्धाराबाट पक्राउ गरेको हो ।उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालत बबरमहल पठाइएको छ ।

इन्टरपोलको २४औं एसियाली क्षेत्रीय सम्मेलनमा सहभागी भई प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह स्वदेश फिर्ता
२०७९-१०-२९

काठमाडौं, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह संयुक्त अरब इमिरेट्सको अबुधाबीमा २०७९ माघ २४ देखि २६ गतेसम्म संचालन भएको इन्टरपोलको २४औं एसियाली क्षेत्रीय सम्मेलनमा नेपालको तर्फबाट सहभागी भई आइतबार स्वदेश फर्कनुभएको छ । प्रहरी महानिरीक्षक सिंहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले हार्दिक स्वागत गर्नुभयो । विमानस्थलमा कुराकानी गर्दै प्रहरी महानिरीक्षक सिंहले उक्त सम्मेलनमा एसियाली राष्ट्रका प्रहरी संगठन मजबुत बनाउने र  इन्टरपोललाई थप सक्रिय बनाउने विषयमा छलफल भएको बताउँदै एसियाली देशहरुबाट आतंकवाद निर्मूल पार्ने, मानव बेचबिखन नियन्त्रण तथा पछिल्लो समयमा विश्वव्यापी समस्याको रुपमा देखापरेको साइबर अपराध र साइबर सुरक्षामा एकतावद्ध भएर प्रभावकारी तरिकाले कसरी काम गर्ने सकिन्छ भन्ने विषयमा समेत छलफल भएको बताउनुभयो । कुनै पनि अपराधी अर्को देशमा गएर लुक्न नपाओस् भन्ने विषयमा समेत सम्मेलनमा सदस्य राष्ट्रहरुले जोड दिएको उहाँले जानकारी दिनुभयो ।   इन्टरपोल स्थापना भएको सय वर्ष पूरा भएको अवसरमा सदस्य राष्ट्रले यसलाई विशेष रुपमा मनाउने निर्णय गरिएको र नेपाल सयौं सदस्य राष्ट्र समेत भएकोले सोही अवसरमा नेपाल प्रहरीले आइजिपी रनिङ शील्ड फुटबल प्रतियोगिता आयोजना गरिसकेको बताउँदै प्रहरी महानिरीक्षक सिंहले आगामी दिनमा अन्य विविध कार्यक्रम आयोजना गरिने समेत बताउनुभयो ।  हाल इन्टरपोलको प्रतिनिधित्व गर्दै नेपाल प्रहरीका दुई जना अधिकृतहरु सिंगापुर र लियोनमा कार्यरत रहेकोले यो नेपाल प्रहरीकै लागि गौरवको विषय भएको बताउँदै महानिरीक्षक सिंहले नेपाल प्रहरी इन्टरपोलको सदस्य भएकै कारण गल्फ लगायत विभिन्न देशमा लुकेर रहेका अभियुक्तहरुलाई इन्टरपोलको सहायताबाट पक्राउ गरेर ल्याउन सफल भएको समेत सो अवसरमा स्मरण गर्नुभयो ।    सम्मेलनको दौरानमा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले इन्टरपोलका अध्यक्ष मेजर जनरल अहमद नासिर अल-रइसी र महासचिव जर्गन स्कटलगायत इन्टरपोलका पदाधिकारीहरुसँग भेटघाट गर्नुभएको थियो । भेटघाटको क्रममा नेपालले इन्टरपोलको सदस्य राष्ट्रको रुपमा देखाएको सक्रियताको प्रशंसा भएको र नेपाल प्रहरीका अधिकृतहरुको क्षमता अभिबृद्धिको लागि विभिन्न तालिममा सहभागी गराउने विषयमा छलफल भएको बताउनुभयो । साथै सम्मेलनको क्रममा अपराध नियन्त्रणलाई प्रभावकारी बनाउन भारत, चीन र दक्षिण कोरियालगायतका मुलुकका प्रहरी प्रमुखसँग छुट्टाछुट्टै भेटवार्ता एवम् औपचारिक र अनौपचारिक छलफल समेत निकै फलदायी भएको उहाँले उल्लेख गर्नुभयो ।नेशनल सेन्ट्रल ब्यूरो (एनसिबि) काठमाडौं नेपालका प्रमुख समेत रहनुभएका प्रहरी महानिरीक्षक सिंहको नेतृत्वमा नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका प्रहरी उपरीक्षक अनुपम शमशेर जबरा समेत उक्त सम्मेलनमा सहभागी हुनुभएको थियो ।  त्रिदिवसीय उक्त सम्मेलनमा एसियाली मुलुकका प्रहरी प्रमुखहरू, इन्टरपोलका प्रतिनिधि मण्डल तथा विभिन्न सरोकारवाला निकायहरुबीच आर्थिक अपराध, मानव बेचबिखन, साइबर अपराध र आतंकवाद जस्ता अन्तरदेशीय अपराधहरुको नियन्त्रणका लागि आवश्यक प्रहरी समन्वय लगायतका विषयहरुमा बृहत छलफल भएको थियो । यस अघि इन्टरपोलको २३औँ एसियाली सम्मेलन सन् २०१७ मा काठमाडौंमा सम्पन्न भएको थियो । 

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको ६७ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न
२०७९-१०-२९

काठमाडौं, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहको प्रमुख आतिथ्यमा आइतबार आयोजित एक समारोहबीच राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको ६७औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक सिंहले अनवरत रुपमा उक्त प्रतिष्ठान र नेपाल प्रहरीको प्रशिक्षण विकासमा विशेष योगदान पुर्‍याउनु हुने अवकाश प्राप्त प्रहरी नायव निरीक्षक तेज बहादुर थापालाई ‘लाईफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गर्नुभयो । यसैगरी उहाँले प्रतिष्ठानलाई सहयोग गर्ने प्राध्यापक रत्नराज निरौला, सडक विभागका महानिर्देशक अर्जुन जंग थापा, काठमाडौं महानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष प्रेम थापा, कोरियन तक्वान्दो प्रशिक्षक कोन यियोङ डल र पूर्व प्रहरी नायव निरीक्षक प्रदिप थापालाई कदरपत्र समेत प्रदान गर्नुभयो । साथै उहाँले प्रतिष्ठानलाई सहयोग गर्ने व्यक्तित्वहरूलाई सम्मानपत्र प्रदान गर्नुका साथै रस्साकस्सी खेलका विजेतालाई पुरस्कार प्रदान गर्नुभयो ।  सोही अवसरमा प्रहरी महानिरीक्षक सिंहले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजद्वारा प्रकाशित ‘प्रेरणा-२०७९’ को लोकार्पण समेत गर्नुभयो । समारोहमा प्रहरी महानिरीक्षक सिंहले अपराध नियन्त्रण तथा अनुसन्धान  र शान्ति सुरक्षा कायम राख्ने दायित्व निर्वाह गर्न मुलुक र नागरिकप्रति जवाफदेही, समर्पित र व्यवसायिक बन्ने उन्नत मावन संशाधनको उत्पादन र विकासमा प्रतिष्ठानको योगदान सराहनीय रहेको उल्लेख गर्नुभयो । वैज्ञानिक, व्यवस्थित र प्रविधियुक्त प्रशिक्षणको दिशामा प्रतिष्ठानलाई समयसापेक्ष ढंगले परिस्कृत गर्दै लैजानुपर्ने आवश्यकता अनुरुप आवश्यक सहयोग गर्न प्रहरी संगठन प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । प्रहरी निरीक्षक आधारभूत तालिममा समावेश भएको ‘पिजिडिपिएस’ कार्यक्रममा त्रिभुवन विश्वविद्यालयले पुर्‍याएको योगदानप्रति आभार प्रकट गर्दै उहाँले अब छिट्टै ‘मास्टर ईन पुलिस साइन्स’ कार्यक्रम संचालन गर्ने सम्बन्धमा छलफल गरी सार्थक निष्कर्ष आउने विश्वास व्यक्त गर्नुभयो । प्रशिक्षण कार्यक्रमलाई व्यवस्थित र सफल तवरले संचालन गर्न प्रतिष्ठान परिवारको अथक मेहनत प्रशंसनीय रहेको उल्लेख गर्दै समय अनुकूल प्रशिक्षार्थीहरुको बहुआयामिक विकास केन्द्रित प्रशिक्षण गतिविधि संचालनमा दत्तचित्त भएर लाग्न उहाँले निर्देशन समेत दिनुभयो ।   उक्त अवसरमा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापाले धन्यवाद ज्ञापन गर्दै नेपाल प्रहरीले सम्पादन गर्नुपर्ने जटिल एवं वहुआयामिक जिम्मेवारी बहन गर्नसक्ने योग्य, सक्षम, व्यावसायिक र प्रतिबद्ध अधिकृत उत्पादन गर्न मुख्य ध्येयका साथ गतिशील रहँदै आएको बताउनुभयो । साथै उहाँले प्रतिष्ठानले सीमित स्रोत साधनका बावजुद प्रशिक्षणको गुणस्तरमा सुधार तथा एकरूपता ल्याउन प्रशिक्षण पूर्वाधारको विकास, प्रशिक्षण मापदण्डको विकास, प्रशिक्षण पाठ्य सामग्री निर्माण र समयानुकूल परिमार्जन, प्रशिक्षण विकास योजना, प्रशिक्षणमा प्रविधिको प्रयोग जस्ता क्षेत्रमा प्रतिष्ठानले सक्रियता बढाउँदै आएको बताउनुभयो । सोही प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक नल प्रसाद उपाध्यायले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै वार्षिकोत्सव सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । समारोहमा संगीत विद्यालयबाट ब्यान्ड डिस्प्ले, लाइभ म्युजिक विथ डान्स तथा सांगीतिक धुन समेत प्रस्तुत भएको थियो । समारोहमा पिजिडिपिएस कार्यक्रमका सल्लाहकार प्रा.डा. राजीव विक्रम राणा, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, राष्ट्रिय सशस्त्र प्रहरी वल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

४०औं आइजिपि रनिङ शिल्ड फुटबल प्रतियोगिता सम्पन्न
२०७९-१०-२९

काठमाडौं, नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहको प्रमुख आतिथ्यमा आइतबार आयोजित एक कार्यक्रमबीच राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा संचालन भएको ४०औं आइजिपि रनिङ शील्ड फुटबल प्रतियोगिता २०७९ सम्पन्न भएको छ ।   कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले बिजयी खेलाडी, विभिन्न विधामा उत्कृष्ट खेलाडी तथा टीमलाई ट्रफी, नगद पुरस्कार तथा प्रमाणपत्र एवं म्याच रेफ्री र अफिसियलहरुलाई प्रमाणपत्र प्रदान गर्नुभयो । आज भएको फाइनल खेलमा १ नम्बर प्रदेश प्रहरीले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजलाई ३-१ गोल अन्तरले पराजित गरेको थियो । प्रतियोगितामा १ नम्बर प्रदेश प्रहरी टीम विजेता र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टीम उपविजेता भएको छ । प्रतियोगितामा प्रथम हुने टिमले १ लाख १ हजार रुपैयाँ र  द्वितीय हुने टिमले ५१ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टीमका प्रहरी जवान विवेक पाण्डे सर्वोत्कृष्ट खेलाडी, १ नम्बर प्रदेश प्रहरी कार्यालय टिमका प्रहरी जवान सन्देश बि.क. सर्वाधिक गोलकर्ता र गण्डकी प्रदेश प्रहरी कार्यालय टीमले फेयर प्ले अवार्ड प्राप्त गरी १०/१० हजार रूपैयाँ पुरस्कार प्राप्त गरेका थिए । माघ २० गतेबाट संचालन भएको उक्त प्रतियोगितामा नेपाल प्रहरी प्रधान कार्यालय नक्साल, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको साथै सातवटै प्रदेश प्रहरी कार्यालयको टीम गरी जम्मा १० टीमको सहभागिता रहेको थियो ।   कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, प्रहरी अधिकृतहरु, स्थानीय तहका जनप्रतिनिधिहरु, सञ्चारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।     

आइपिएस तालिममा सहभागी प्रहरी निरीक्षक सागर तिमिल्सिना पुरस्कृत
२०७९-१०-२९

काठमाडौं, मित्रराष्ट्र भारतको हैदराबादस्थित सरदार बल्लभभाइ पटेल राष्ट्रिय पुलिस एकेडेमीमा सञ्चालित आइपिएस तालिममा सहभागी नेपाल प्रहरीका प्रहरी निरीक्षक सागर तिमिल्सिना पुरस्कृत भएका छन् । प्रहरी निरीक्षक तिमिल्सिनालाई Tonk Cup for Equitation उपाधी सहित पुरस्कृत गरिएको हो । सरदार वल्लभभाइ पटेल राष्ट्रिय पुलिस एकेडेमीमा शनिबार सम्पन्न दीक्षान्त समारोहमा भारत सरकारका गृहमन्त्री अमित शाहले प्रहरी निरीक्षक तिमिल्सिनालाई पुरस्कार प्रदान गर्नुभएको हो । दीक्षान्त समारोहमा नेपाल प्रहरीको तर्फबाट प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहको समेत उपस्थिति रहेको थियो । समारोहमा सरिक भई आइतबार स्वदेश फिर्ता भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा कुराकानी गर्दै प्रहरी महानिरीक्षक सिंहले उक्त तालिमको दौरन नेपाल प्रहरीका अधिकृतहरुले देखाएको कला, कौशल र प्रशिक्षार्थीहरुले देखाएको व्यवसायिकता  र दक्षताप्रति एकेडेमीका प्रमुखबाट उच्च प्रशंसा भएको बताउनुभयो । तालिम समापन पश्चातको छलफलको क्रममा हाल आधारभूत तालिममा मात्रै सहभागिता रहँदै आएकोमा साइबर अपराध, मानव बेचबिखन, क्रिप्टोकरेन्सीलगायतका विभिन्न किसिमका उन्नत तालिममा समेत संयुक्त रुपमा सहभागी हुने विषयमा समझदारी भएको बताउनुभयो । हाल नेपाल प्रहरीका ५ जना अधिकृतहरुले सहभागिता जनाउँदै आएकोमा यो संख्यालाई वृद्धि गर्ने विषयमा समेत छलफल भएको उहाँले जानकारी दिनुभयो ।  २०७८ चैत १४ गतेदेखि सुरू भएको उक्त तालिममा नेपाल प्रहरीबाट प्रहरी निरीक्षकहरु प्रवेश कार्की, एल्जिना राई, रविन्द्र चन्द, निर बहादुर बानियाँ र सागर तिमिल्सिना गरी ५ जना प्रहरी अधिकृतहरुको सहभागिता रहेको थियो ।

एटिएम मेसिन तोडफोड तथा धनमाल चोरी गरेको अभियोगमा पक्राउ
२०७९-१०-२९

ललितपुर, एटिएम मेसिन तोडफोड तथा धनमाल चोरी गरेको अभियोगमा चार जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धादिङ घर भई हाल ललितपुर महानगरपालिका-९ च्यासल बस्ने २३ वर्षीय सन्तोष तामाङ, मकवानपुर भिमफेदी घर भई हाल ललितपुर च्यासल बस्ने २३ वर्षीय कान्छा राम तामाङ, महोत्तरी बर्दिबास घर भई हाल ललितपुर महानगरपालिका-२८ सुनाकोठी बस्ने २० वर्षीय बिश्वास मगर र ललितपुर कोञ्ज्योसोम गाउँपालिका चौघरे घर भई हाल गोदावरी नगरपालिका ठेचो बस्ने २५ वर्षीय कुशल लामा रहेका छन् ।  ललितपुर महानगरपालिका एकान्तकुनास्थित ग्लोबल आईएमई बैंकको एटिएम मेसिन तोडफोड गर्दै गरेको भन्ने खवर प्राप्त हुनासाथ प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले एटिएम मेसिन तोडफोड गरी भाग्दै गरेका २ जनालाई सोही महानगरपालिका-१४ महालक्ष्मीस्थान चोकबाट पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उनीहरु सहित ४ जनाले सोही महानगरपालिका-१५ ताल्चिखेलमा रहेको यम हासिका फोटो स्टुडियोमा चोरी गरेको खुल्न आएपछि उनीहरुलाई समेत च्यासल भोलढोकास्थित कोठाबाट प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट चक्कु १ थान, क्यामेरा १ थान, फलामको रड १ थान, खुकुरी १ थान, हम्बर १ थान र एयरफोन १ थान बरामद गरेको छ ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

अवैध लागूऔषध सहित पक्राउ
२०७९-१०-२९

मोरङ, विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट अवेध लागूऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ ४ ग्राम १५ मिलिग्राम सहित सुनसरी ईटहरी उपमहानगरपालिका-३ बस्ने ३३ वर्षीय दिपेश राईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  धनकुटा, सहिदभूमि गाउँपालिका-४ पिप्लेबाट अवैध लागूऔषध गाँजा करिब ४ सय केजी शनिबार राति प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरीले को.१ ज ३११८ नम्बरको पिकअप चेकजाँच गर्न खोज्दा उक्त पिकअप भागेपछि प्रहरीले पछ्याउदै जाँदा सोही ठाउँस्थित सडक छेउमा पिकअप छाडी चालक फरार भएको थियो । उक्त पिकअप जाँच गर्ने क्रममा त्रिपालले छोपेको अवस्थामा उक्त परिमाणको लागूऔषध फेला पारी प्रहरीले बरामद गरेको हो । फरार चालकको खोजी भइरहेको  छ ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

सुन जस्तो देखिने धातु सहित दुई जना भारतीय नागरिक पक्राउ
२०७९-१०-२९

काठमाडौं, काठमाडौं महानगरपालिका-९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेट नजिकैबाट सुनजस्तो देखिने धातु ५ सय ग्राम सहित २ जना भारतीय नागरिकलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतीय नागरिक ३१ वर्षीय गिरिश चन्देरलाल थडानी र ३४ वर्षीय मुकेश कुंदन आठवाणी रहेका छन् ।  ईन्डिगो एयरलाईन्सको उडानद्वारा मुम्बईबाट काठमाडौं आएका थडानीको साथबाट २ सय ५० ग्राम र आठवाणीको साथबाट २ सय ५० ग्राम सुनजस्तो देखिने धातु अवैध रुपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको अवस्थामा फेला पारी प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित पक्राउ
२०७९-१०-२९

बर्दिया, गुलरिया नगरपालिका-९ खल्लिपुरुवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ करिब १० ग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय शाह बुद्धिन सेखलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मथुराहरिद्वारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  भक्तपुर, सूर्यविनायक नगरपालिका-४ सिरुटार चारदोबाटोबाट अवैध लागूऔषध गाँजा करिब ५ सय ५५ ग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ललितपुर महालक्ष्मी नगरपालिका-९ लामाटार बस्ने २६ वर्षीय सुमित पौडेल र २६ वर्षीय सनम तित्तल रहेका छन् । प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले बा.९० प ८७९२ नम्बरको स्कुटर जाँच गर्ने क्रममा स्कुटरमा  सवार उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित पक्राउ
२०७९-१०-२८

मकवानपुर, मनहरी गाउँपालिका-७ मनहरी बजारबाट अवैध लागूऔषध गाँजा २० केजी सहित राक्सिराङ गाउँपालिका-२ बस्ने ४३ वर्षीय जगत बहादुर ठोकर समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  बारा, निजगढ नगरपालिका-११ तपसीबाट अवैध लागूऔषध गाँजा करिब २ केजी सहित सोही नगरपालिका-१२ रामथली बस्ने ४९ वर्षीय गोपाल थोक्करलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट रतनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  सिरहा, लहान नगरपालिका-३ स्थित सडकबाट नियन्त्रित लागूऔषध डाईलेक्स डिसि एकसय एमएलको ४० बोतल सहित सोही नगरपालिका-८ बस्ने ३० वर्षीय सुमित चन्द्र देव समेत २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले स.१० प २६५४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  कैलाली, गोदावरी नगरपालिका-१ धनगढी रोड बस्ने २४ वर्षीय राजन हमाललाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ४० मिलिग्राम सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनको घरबाट उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।  यसैगरी कैलाली, गोदावरी नगरपालिका-१ बाँसबारी डेरा गरी बस्ने चुरे गाउँपालिका-३ घर भएकी २३ वर्षीया निर्मला कुमारी रावतलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम १ सय ६० मिलिग्राम सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  यसैगरी कैलाली, गोदावरी नगरपालिका-४ बेल्पानीबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ४ केजी सहित सोही नगरपालिका-४ गौरीगडा बस्ने बझाङ घर भएका ६२ वर्षीय गगने धामीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०७९-१०-२८

भक्तपुर, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोलुखुम्बु सोलु दुधकुण्ड नगरपालिका-३ घर भई हाल काठमाडौं कोटेश्वर बस्ने १९ वर्षीय लाक्पा ग्याल्जेन तामाङले शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  तामाङले ती बालिकालाई गत आइतबार भक्तपुर, भक्तपुर नगरपालिका-९ ब्रह्मायणीस्थित होटलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै उक्त होटलकी संचालिकालाई प्रहरीले आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

इन्टरपोलको २४औं एसियाली क्षेत्रीय सम्मेलन सम्पन्न
२०७९-१०-२७

काठमाडौं, संयुक्त अरब इमिरेट्सको अबुधाबीमा २०७९ माघ २४ देखि २६ गतेसम्म संचालन भएको इन्टरपोलको २४औं एसियाली क्षेत्रीय सम्मेलन बिहीबार सम्पन्न भएको छ । नेशनल सेन्ट्रल ब्यूरो (एनसिबि) काठमाडौं नेपालका प्रमुख समेत रहनुभएका प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहको नेतृत्वमा नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका प्रहरी उपरीक्षक अनुपम शमशेर जबरा समेत उक्त सम्मेलनमा सहभागी हुनुभएको   थियो ।  त्रिदिवसीय उक्त सम्मेलनमा एसियाली मुलुकका प्रहरी प्रमुखहरू, इन्टरपोलका प्रतिनिधि मण्डल तथा विभिन्न सरोकारवाला निकायहरुबीच आर्थिक अपराध, मानव बेचबिखन, साइबर अपराध र आतंकवाद जस्ता अन्तरदेशीय अपराधहरुको नियन्त्रणका लागि आवश्यक प्रहरी समन्वय लगायतका विषयहरुमा बृहत छलफल भएको थियो । 

प्रहरी कार्यालय सहयोगी पदमा नयाँ भर्ना आव्हान
२०७९-१०-२७

काठमाडौं, नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी कार्यालय सहयोगी पदमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न कूल १ सय ३७ जनाको लागि नयाँ भर्ना दरखास्त आव्हान गरिएको छ । जसमध्ये भान्छेतर्फ ८२ जना, हजामतर्फ १५ जना, सिलाई/बुनाईतर्फ १० जना र कुचिकारतर्फ ३० जनाका लागि दरखास्त आव्हान गरिएको हो ।उक्त पदका लागि जिल्ला प्रहरी परिसरहरु काठमाडौं, भक्तपुर र ललितपुर, ७ वटै प्रदेश प्रहरी तालिम केन्द्रहरु विराटनगर, जनकपुर (हाल राजविराज सप्तरी), दुधौली सिन्धुली, पोखरा, बुटवल, सुर्खेत (हाल नेपालगंज बाँके) र दिपायल तथा सबै जिल्ला प्रहरी कार्यालयहरुमा दरखास्त फारम पाइने र बुझाउन सकिने छ ।नयाँ भर्ना हुन इच्छुक नागरिकहरुले फागुन १ गतेदेखि ३० गतेसम्म सम्बन्धित कार्यालयहरुमा कार्यालय समयभित्र दरखास्त फारम लिन तथा बुझाउन सक्नेछन् ।उक्त भर्ना सम्बन्धी विस्तृत विवरण सहितको सूचना नेपाल प्रहरीको वेबसाइटमा समेत  राखिएको छ । 

अमेरिका बस्ने नेपालीको सामाजिक सञ्जाल प्रोफाईल ह्‍याक गरी रकम ठगी गर्ने पक्राउ
२०७९-१०-२७

काठमाडौं, अमेरिकामा बस्ने नेपालीको सामाजिक सञ्जाल प्रोफाईल ह्‍याक गरी रकम ठगी गरेको अभियोगमा कास्की पोखरा महानगरपालिका-१९ लामाचौर घर भएका २३ वर्षीय आशिष परियारलाई प्रहरीले पक्राउ गरेको छ ।प्राविधिक सबुत, प्रमाण र ह्‍यूमन इन्टेलिजेन्सको आधारमा प्रोफाईल ह्‍याक गरी सोही प्रोफाईल मार्फत सरसहयोगको विभिन्न बरबहाना बनाई डिजिटल वालेटहरुमा रकम पठाउन लगाई एक पीडितको साथबाट नगद ५० हजार रूपैयाँ ठगी गर्ने कार्यमा संलग्न उनलाई नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनी उपर साइबर अपराध सम्बद्ध ठगी अपराध अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट २ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

‘हिडौं साथ साथ’ (Let us Walk Together) वाकाथोन कार्यक्रम सम्पन्न
२०७९-१०-२७

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको ६७औं वार्षिकोत्सवको अवसरमा पुनर्मिलन, भातृत्व र सहकार्यको भाव सहित आयोजित हिडौं साथ साथ (Let us Walk Together) वाकाथोन कार्यक्रम कानून न्याय तथा संसदीय मामिला मन्त्री ध्रुब बहादुर प्रधानको प्रमुख आतिथ्यतामा शुक्रबार सम्पन्न भएको छ ।उक्त वाकाथोनको मन्त्री प्रधान र निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापाले बेलुनमा बाँधिएको "Let us Walk Together" “हिडौं साथ साथ” लेखिएको ब्यानर संयुक्त रुपमा उडाएर शुभारम्भ गर्नुभएको थियो ।उक्त अवसरमा निमित्त प्रहरी महानिरीक्षक सहकुल बहादुर थापाले धन्यवाद ज्ञापन गर्दै वितगका राम्रो कामलाई अनुशरण गर्दै प्रतिष्ठानको वृहत क्रियाकलापलाई अझ उर्जा प्राप्त होस् भन्ने हेतूले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । यस्ता क्रियाकलापले अग्रजहरूबाट विचारको आदान प्रदान गर्न महत्वपूर्ण सहयोग पुग्ने उहाँले उल्लेख गर्नुभयो । कानून न्याय तथा संसदीय मामिला मन्त्री ध्रुब बहादुर प्रधान, निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक थापा, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका पूर्व समादेशकहरू, प्रहरी नायब महानिरीक्षकहरु तथा प्रहरी अधिकृतहरु, प्रहरी निरीक्षक आधारभूत तालिमका प्रशिक्षार्थी एवम् प्रतिष्ठानका कर्मचारीहरुको सहभागितामा प्रतिष्ठानबाट सुरु भएको पदयात्रा बालुवाटार, भाटभटेनी, नेपाल प्रहरी प्रधान कार्यालय नक्साल, गैरी धारा, बालुवाटार हुँदै पुनः प्रतिष्ठानमा पुगेर समापन समारोहमा परिणत भएको थियो ।

अवैध लागूऔषध सहित छुट्टाछुट्टै स्थानबाट १८ जना पक्राउ
२०७९-१०-२७

बाँके, नेपालगंज उपमहानगरपालिका-१ वाटर पार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ ५० ग्राम सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रूकम(पश्चिम) सानोभेरी नगरपालिका-१० बस्ने २८ वर्षीय तिलक डाँगी, सोही नगरपालिका-५ बस्ने बिनोद कुमार गौतम र ३३ वर्षीय सोनिराम केसी रहेका छन् । विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  कैलाली, गोदावरी नगरपालिका-६ बड्याहाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम १ सय २० मिलिग्राम सहित गोदावरी नगरपालिका-६ बस्ने २५ वर्षीय गोपाल चौधरी समेत ६ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  यसैगरी कैलाली, टिकापुर नगरपालिका-१ साथी अस्पताल चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ३० मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जानकी गाउँपालिका-२ डाँडा बस्ने १९ वर्षीय सागर काफ्ले र लम्की चुहा नगरपालिका-१ पूर्व लम्की बस्ने १९ वर्षीय लोकेश शाही रहेका छन् । ईलाका प्रहरी कार्यालय टिकारपुरबाट खटिएको प्रहरीले प्रदेश ३ -०२ ००६ प ६४१२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी मोटरसाइकलमा सवार दुवै जनालाई पक्राउ गरेको हो ।  यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१० घुईयाघाटबाट अवैध लागूऔषध ब्राउनसुगर ५ सय मिलिग्राम सहित धनगढी उपमहानगरपालिका-७ बस्ने १८ वर्षीय किशोर र गोदावरी नगरपालिका-५ बस्ने १८ वर्षीया किशोरीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट जुगेडाबाट खटिएको प्रहरीले सु.प.प्र.१-१०प ४३९१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त ब्राउनसुगर सहित फेला पारी  उनीहरूलाई पक्राउ गरको हो । यस्तै धनगढी उपमहानगरपालिका-१० घुईयाघाटबाट अवैध लागूऔषध ब्राउनसुगर १ सय मिलिग्राम सहित सोही उपमहानगरपालिका-६ बस्ने २० वर्षीय रामभजन राना र २४ वर्षीय प्रकाश रानालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट जुगेडाबाट खटिएको प्रहरीले प्रदेश ०३०२-००१ प ११४४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त ब्राउनसुगर सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको  । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१३ राजपुर चोकबाट अवैध लागूऔषध ब्राउनुसुगर ७ मिलिग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-११ बस्ने २६ वर्षीय किरण जोशी र सोही ठाउँ बस्ने २२ वर्षीय रविन चौधरी रहेका छन् । सु.प.प्र.०१००९ प २४०१ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा उक्त ब्राउनुसुगर सहित फेला पारी मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।  बारा, निजगढ नगरपालिका-११ पूर्व टोलबाट अवैध लागूऔषध गाँजा करिब २ किलो सहित सोही नगरपालिका-१२ बुङ्जोर बस्ने २३ वर्षीय बिजय गोलेलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट रतनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

हत्यामा संलग्न रहेको अभियोगमा एक जना पक्राउ
२०७९-१०-२७

काठमाडौं, टोखा नगरपालिका-३ बस्ने पर्सा वीरगंज महानगरपालिका-१५ घर भएका ५७ वर्षीय ध्रुव बहादुर खड्काको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा मोरङ शुन्दरहरैचा नगरपालिका-७ घर भएका ३२ वर्षीय राम बहादुर थापालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-९ रुद्रनगर शान्तीमार्गस्थित सडकमा मंगलबार बिहान ध्रुव बहादुर मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा राम बहादुरले हत्या गरेको खुल्न आएपछि जिल्ला प्रहरी परिसर काठमाडौं, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन र प्रहरी वृत्त गौशालाबाट संयुक्त रुपमा खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-६ सरस्वतीनगरबाट पक्राउ गरेको हो । उनले खड्कालाई कुटपिर गरी हत्या गर्नुको साथै मृतको साथमा रहेको मोबाइल तथा धनमाल लुटपाट गरेको अनुसन्धानबाट खुल्न आएको छ । साथै थापाको साथबाट लुटपाट गरिएको धनमालमध्ये मृतकको फोटो, सिम कार्ड लगायतका कागजात र झोला काठमाडौं महानगरपालिका-४ धुम्बाराहीस्थित बासको झाडीमा फेला पारी प्रहरीले बरामद गरेको छ ।  उनी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी ज्यान सम्बन्धी कसूरमा प्रहरीबाट थप अनसुन्धान भइरहेको छ । 

नक्कली कागजातहरू बनाई कीर्ते गर्ने व्यक्ति पक्राउ
२०७९-१०-२७

काठमाडौं, शैक्षिक प्रमाणपत्र तथा बिभिन्न तालिमका नक्कली कागजातहरू बनाई कीर्ते गरेको अभियोगमा तेह्रथुम म्याङलुङ नगरपालिका-१ घर भई काठमाडौं महानगरपालिका-१६ माछापोखरी बस्ने ३४ वर्षीय सोनाम नेपाललाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौं महानगरपालिका-१६ बसन्तनगरस्थित युनाइटेड इन्टरप्राइजेज एण्ड ट्रेनिङ सेन्टरमार्फत सरकारी जागिरमा आबद्ध रहेको अनुभवको नक्कली प्रमाणपत्र बनाउने गरेको सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो । साथै उक्त ट्रेनिङ सेन्टरबाट १ थान ल्यापटप, कम्प्युटरको सिपियु १ थान, विभिन्न संघसंस्था एवम् सरकारी कार्यालयका खाली लेटरप्याडहरू तथा छापहरू र विभिन्न संघसंस्थाका प्रमाणपत्रहरू फेला पारेको हो । उनी उपर लिखत सम्बन्धि कसूरको (किर्ते गर्न नहुने ) कसूरमा थप अनुसन्धान भइरहेको छ ।

संरक्षित वन्यजन्तु गैंडाको खाग ओसारपसार तथा खरिद बिक्री गर्ने १५ जना पक्राउ
२०७९-१०-२७

काठमाडौं, संरक्षित वन्यजन्तु गैंडाको खाग अवैध रूपमा चोरी शिकारी, ओसार पसार तथा खरिद बिक्री कार्यमा संलग्न रहेको अभियोगमा १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौं महानगरपालिका-७ सरस्वतीनगर टोलबाट गत पुस १९ गते झापा भद्रपुर नगरपालिका-१० बस्ने ४५ वर्षीय ईन्द्रमणी आचार्य र बाँके कोहलपुर नगरपालिका-११ बस्ने ४१ वर्षीया जमुना कुमारी शर्मालाई संरक्षित वन्यजन्तु गैंडाको खाग ५ सय २२ ग्राम सहित केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो ।  थप अनुसन्धानको क्रममा उक्त कारोबारमा संलग्न रहेका पाल्पा भुवनपोखरीका ६२ वर्षीय बाबुलाल भट्टराई,  कैलाली घोडाघोडी नगरपालिका-१० पहलमानपुरका ३६ वर्षीय प्रताप चौधरी, कैलाली मसुरियाका ६१ वर्षीय गणेश भनिने गजाधर सापकोटा, भोजपुर अरुण गाउँपालिका-२ घर भएका ४५ वर्षीय डम्बर कुमार आले मगर, गोरखा पालुङटार नगरपालिका-२ ठाँटीपोखरी बस्ने ४७ वर्षीय दान बहादुर राना, स्याङ्जा पुतलीबजार नगरपालिका-१ का ४६ वर्षीय निर्मल शाही,  स्याङजा वालिङ नगरपालिका-८ जैसीपधेँराका ३८ वर्षीया हरिमाया राना, चितवन भरतपुर महानगरपालिका-८ की ४० वर्षीया सम्झना चेपाङ भन्ने कमला तामाङ, चितवन कालिका नगरपालिका-९ शेरबास बस्ने ३९ वर्षीय राजु भन्ने सोम बहादुर चेपाङ तथा ३० वर्षीय राधाकृष्ण चेपाङ, चितवन इच्छाकामना गाउँपालिका-७ पदमपुरकी ३० वर्षीया तुलसी चेपाङ, सोही गाउँपालिका-७ सुन्दरबस्तीका  ३९ वर्षीय बिरमान वाइबा र चितवन भरतपुर महानगरपालिका-८ गौरीगंज सल्यानी बस्ने ५२ वर्षीय आइत बहादुर तामाङ समेत गरी १३ जनालाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले विभिन्न मिति र स्थानबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक कानूनी कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तिसार काठमाडौंमा पठाइएको छ । 

अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रा सहित एक जना पक्राउ
२०७९-१०-२७

काठमाडौं, अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर ३ हजार ६ सय ४१ र कतारी रियाल १८ हजार ३ सय २४ सहित सिरहा, सिरहा नगरपालिका-१२ घर भएका ४० वर्षीय मोहम्मद अब्बास राईनलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।  नेपाल एयरवेजको उडानद्वारा काठमाडौंबाट दोहा जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा शरीर तलासी गर्ने क्रममा उनको साथबाट उक्त विदेशी मुद्रा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धानको लागि प्रहरी वृत्त गौशला पठाइएको छ ।

अपहरणमा परेको भन्दै नाटक गर्ने छ जना पक्राउ
२०७९-१०-२६

काठमाडौं, अपहरणमा परेको भन्दै नाटक गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ६ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा काठमाडौं चन्द्रागिरी नगरपालिका-१३ बस्ने ४७ वर्षीय बिदुर बस्नेत, चितवन भण्डारा राप्ती नगरपालिका-५ घर भई हाल काठमाडौं नैकाप बस्ने ३३ वर्षीय दिलिप बिक, सर्लाही बर्हथवा नगरपालिका-६ घर भई काठमाडौं बालाजु बस्ने ४७ वर्षीय भोला महतो नुनिया, काभ्रे खानिखोला गाउँपालिका-१ बस्ने ४२ वर्षीय जगत बहादुर भोलान, काभ्रे बनेपा नगरपालिका-६ घर भएका ५३ वर्षीय कान्छामान जिम्वा र धादिङ् थाक्रे गाउँपालिका-५ घर भई काठमाडौं कालिमाटी बस्ने ४४ वर्षीय आशमान लामा रहेका छन् ।  चन्द्रागिरी नगरपालिका-१३ पुरानो नैकापस्थित कंकाली पिस ब्याम्बो रिसोर्टको अगाडि मानिस अपहरण भएको भन्ने सूचनाको आधारमा तत्काल काठमाडौं उपत्यका अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा उनीहरूले अपहरणको नाटक गरेको खुल्न आएपछि उनीहरूलाई पक्राउ गरेको हो । साथै उक्त घटना अपहरण नभई लेनदेन कारोबार रहेको अनुसन्धानबाट खुल्न आएको छ ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ । 

ट्राफिक प्रहरीलाई ट्राफिक ब्यवस्थापन सामग्री हस्तान्तरण
२०७९-१०-२६

काठमाडौं, नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपालले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथलाई ट्राफिक ब्यवस्थापनका लागि प्रयोग गरिने सामग्रीहरू हस्तान्तरण गरेको छ ।  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा बुधबार आयोजित एक कार्यक्रमकाबीच एशोसिएसनको तर्फबाट अध्यक्ष ध्रुव थापाले ट्राफिक ब्यवस्थापनका लागि प्रयोग गरिने १ सय थान फ्लोरोसेन्ट ज्याकेट तथा सिसिटिभि मोनिटरिङलाई थप प्रभावकारी रुपमा सन्चालन गर्न ५ थान कम्प्युटर र ५ थान माउस काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक मीरा चौधरीलाई हस्तान्तरण गर्नुभएको हो ।  कार्यक्रममा प्रहरी नायव महानिरीक्षक चौधरीले उक्त एशोसिएसनलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा समेत काठमाडौं उपत्यकाका ट्राफिक व्यवस्थापनमा एशोसिएसन र ट्राफिक कार्यालयबीच सहकार्य रहने बताउनुभयो ।  सो अवसरमा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष थापाले ट्राफिक जनचेतना अभिवृद्धिका साथै सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीसँग निरन्तर रुपमा सहकार्य गर्दै आगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले  बढ्दो ट्राफिक समस्या समाधान तथा न्यूनिकरणको लागि नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल तथा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच भबिष्यमा पनि थप योजनाहरु बनाई समन्वयात्मक रुपमा अगाडि बढ्ने सहमति समेत भएको जानकारी दिनुभयो ।  

हराएको २० थान दुई पाङग्रे सवारी साधन फेला पारी सम्बन्धितलाई हस्तान्तरण
२०७९-१०-२६

काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हराएका २० थान दुई पाङग्रे सवारी साधन फेला पारी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बुधबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।  दुई पाङ्ग्रे सवारी साधन हराएको भनि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त भएका निवेदनको आधारमा सो कार्यालयबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा हराएका १३ वटा मोटरसाइकल र ७ वटा स्कुटर फेला पारी सम्बन्धितलाई हस्तान्तरण गरेको हो ।  गत साउनदेखि दुई पाङ्ग्रे सवारी साधन हराएको भनि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा ९ सय ९७ वटा निवेदन प्राप्त भएका थिए । प्राप्त निवेदनको आधारमा चोरी भएका सवारी साधन ट्राफिक प्रहरीले खोजी गर्ने क्रममा ३ सय १४ थान  सवारी साधन अनुसन्धानका लागि ल्याएको थियो । जसमध्ये साउनमा ७३ थान, भदौमा ४० थान, असोजमा ३० थान, कात्तिकमा १४ थान, मंसिरमा ३७ थान र पुसमा ५१ थान सवारी साधन सम्बन्धित धनीलाई जिम्मा लगाइएको थियो । साथै माघ महिनामा मात्र ४३ थान सवारी साधन सम्बन्धित धनीलाई ट्राफिक प्रहरीले हस्तान्तरण गरेको छ ।  साथै यस आर्थिक वर्षमा २४ थान चोरीका मोटरसाइकल सहित पक्राउ परेका २६ जनालाई थप अनुसन्धान र आवश्यक कारवाहीका लागि विभिन्न प्रहरी वृत्तहरूमा पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएता पनि स्वयं सवारी धनी पनि बिशेष चनाखोका साथै सजक हुनुपर्ने र सवारी चालक थप जिम्मेवार बनि सुरक्षित स्थानमा मात्र पार्किङ गर्न, अतिरिक्त लक तथा सुरक्षाका उपायहरुको प्रयोग गर्न अनुरोध समेत गर्नुभएको छ । 

अवैध लागूऔषध सहित पक्राउ
२०७९-१०-२६

काठमाडौं, काठमाडौं महानगरपालिका-२१ दलाचीबाट नियन्त्रित लागूऔषध नाइट्राभेट १२ हजार ९ सय ५० ट्याब्लेट, फेनारगन ७ हजार ३ सय एम्पुल, डाईजेपाम ७ हजार २ सय एम्पुल, नुर्फिन ५ हजार ८ सय एम्पुल र नगद ४ लाख ५ हजार रूपैयाँ सहित सोही ठाउँ डेरा गरी बस्ने सोलुखम्बु माप्यदुधकोशी गाउँपालिका-४ घर भएका ३५ वर्षीय लाक्पा शेर्पालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले शेर्पाको डेराकोठा तलासी गर्ने क्रममा उक्त परिमाणको लागूऔषध र नगद फेला पारी उनलाई पक्राउ गरेको हो ।   मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब १ केजी २ सय ग्राम सहित सोही ठाउँ बस्ने १९ वर्षीय सरोज भोलन समेत २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले भोर्लेबाट रातोमाटे हाईवेतर्फ जाँदै गरेको ना.४० प ४१७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-८ राधस्वामी मन्दिर नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ४ सय ५० मिलिग्राम सहित सोही उपमहानगरपालिका-८ बस्ने २२ वर्षीय सिरु राना समेत २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-१०-२६

झापा, जबरजस्ती करणी उद्योग मुद्दाका फरार प्रतिवादी गौरादह नगरपालिका-३ बस्ने ४५ वर्षीय युवराज भन्ने यामनाथ पौडेललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  उच्च अदालत बिराटनगर इलाम इजलासबाट २०७९ बैशाख २१ गतेको फैसला अनुसार जबरजस्ती करणी उद्योग मुद्दामा ३ महिना कैद र ३ हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।  उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा चन्द्रगढीमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको छ ।

स्लोभाकिया पठाइदिन्छु भन्दै नगद ठगी गर्ने पक्राउ
२०७९-१०-२५

काठमाडौं, वैदेशिक रोजगारीको लागि स्लोभाकिया पठाइदिन्छु भन्दै नगद ८ लाख ५० हजार रुपैयाँ ठगी गरेको अभियोगमा लमजुङ मर्स्याङ्दी गाउँपालिका-९ सिम्पानी घर भई काठमाडौं महानगरपालिका-४ सुकेधारा बस्ने ३९ वर्षीया मधु माया थापालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  वैदेशिक रोजगारीको लागि स्लोभाकियाको प्रतिष्ठित कम्पनीमा पठाईदिन्छु भन्दै पीडितहरूबाट पटकपटक गरी उक्त नगद ठगी गरेको खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-४ सुकेधाराबाट पक्राउ गरेको हो ।  उनलाई  थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाइएको छ ।

अवैध लागूऔषध सहित पक्राउ
२०७९-१०-२५

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन ५० मिलिग्राम र नियन्त्रित लागूऔषध नाइट्राभेट ८४ ट्याब्लेट सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा झापा हल्दीबारी गाउँपालिका-१ बस्ने २३ वर्षीय केवल कार्की र गौरादह नगरपालिका-१ बस्ने २३  वर्षीय दुर्गाराज राजबंशी रहेका छन् । प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले बा.प्र.०१-००६ ख ४५८८ नम्बरको बसलाई जाँच गर्ने क्रममा कार्कीको साथबाट खैरो हेरोइन र राजबंशीको साथबाट नाइट्राभेट सहित फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।  कैलाली, टीकापुर नगरपालिका-२ मुलपानीबाट अवैध लागूऔषध खैरो हेरोइन ६ सय ७० मिलिग्राम सहित टीकापुर नगरपालिका-५ नक्कलीपुर बस्ने २३ वर्षीय साजन चौधरीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले अन टेष्ट लेखिएको मोटरसाइकलमा सवार उनलाई जाँच गर्ने क्रममा उक्त खैरो हेरोइन सहित फेला पारी पक्राउ गरेको हो ।  पर्सा, वीरगंज महानगरपालिका-१६ बसपार्कबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ट्याब्लेट ३ सय पिस,  नुर्फिन १० एम्पुल, फेनारगन १० एम्पुल र डाइजेपाम १० एम्पुल सहित नुवाकोट बिदुर नगरपालिका-९ बस्ने २७ वर्षीय रमेश नेपालीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

निमित्त प्रहरी महानिरीक्षक सहकुल बहादुर थापाबाट प्रहरी निरीक्षक आधारभूत तालिम उद्‍घाटन
२०७९-१०-२५

काठमाडौं, निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापाले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा संचालित ‘Post Graduate Diploma In Police Sciences (PGDPS)’ कार्यक्रम समावेश भएको प्रहरी निरीक्षक आधारभूत तालिम १-१८२औं समूह(PGDPS १३औं ब्याच) को सोही प्रतिष्ठानमा बुधबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभयो ।  उद्‍घाटन कार्यक्रमलाई सम्बोधन गर्दै निमित्त प्रहरी महानिरीक्षक थापाले प्रहरी निरीक्षक आधारभूत तालिम अन्तर्गत संचालित यो कोर्सबाट सामाजिक उत्तरदायी, सिर्जनशील र परिणाममुखी व्यावसायिक प्रहरी अधिकृतहरूको विकास गरी नेपाल प्रहरीको दक्ष जनशक्ति परिपूर्ति गर्ने लक्ष्य रहेको उल्लेख गर्नुभयो ।  प्रहरी निरीक्षक दर्जा नेपाल प्रहरीको मेरूदण्ड भएकोले प्रहरीलाई नागरिकसँग प्रत्यक्ष रूपमा जोड्न अहम भूमिका  निर्वाह गर्ने चर्चा गर्दै निमित्त प्रहरी महानिरीक्षक थापाले प्रशिक्षार्थीहरूले यस्तो महत्वपूर्ण जिम्मेवारीलाई हृदयङ्गम गर्दै भविष्यमा कुशल प्रहरी अधिकृतको रूपमा व्यावसायिक कार्यसम्पादन गरी संगठन तथा राष्ट्रको लागि महत्वपूर्ण योगदान दिन सक्ने काबिल अधिकृतको रूपमा रुपान्तरणका लागि पूर्ण वफादारिताका साथ तालिम सम्पादन गर्ने विश्वास लिएको बताउनुभयो । अहिलेको बद्लिदो परिस्थितिमा पुलिसिङ ज्यादै चुनौतिपूर्ण रहेको बताउँदै वर्तमान समयमा प्रहरी शान्ति सुरक्षाका साथै सामाजिक विकासका हरेक पक्षहरूसँग सरोकार राख्ने भएकोले प्रहरी अधिकृतहरू बौद्धिक रूपमा रचनात्मक कार्य अघि बढाउन सक्ने हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।   प्रहरी निरीक्षक आधारभूत तालिम प्रहरी संगठनको सबै भन्दा माथिल्लो प्रवेश विन्दुमा दिईने आधारभूत प्रहरी तालिम भएकोले  प्रतिष्ठानले विशेष अभिरूचि र प्रभामिकताका साथ हेर्ने गरेको बताउँदै निमित्त प्रहरी महानिरीक्षक थापाले तालिम मापदण्ड बमोजिम सरल, सहज र प्रभावकारी ढंगबाट प्रशिक्षण संचालनको व्यवस्थापन मिलाउन तथा अथक मेहनत, परिश्रम र लगावका साथ कटिवद्ध हुन प्रतिष्ठानमा कार्यरत प्रशिक्षक वर्गहरूलाई आग्रह गर्नुभयो । साथै प्रशिक्षण अवधिभर उच्च अनुशासन, कडा मेहनत, लगनशिलता र व्यावसायिक निष्ठाका साथ हरेक प्रशिक्षण क्रियाकलापमहरूमा सहभागी भई सफलतापूर्वक तालिम सम्पन्न गर्न प्रशिक्षार्थीहरूलाई उहाँले निर्देशन दिनुभयो ।  कार्यक्रममा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्रा.डा. डिल्लीराज शर्माले नेपाल प्रहरी निस्वार्थ रूपमा सेवा प्रदान गर्ने संगठन भएको चर्चा गर्दै व्यवहार एवम् आफ्नो चरित्रलाई अझै राम्रो बनाउँदै आफ्नो कमि कमजोरीलाई आफैले औल्याउँदै सुधार गर्न प्रतिबद्ध भएर लाग्नुपर्ने बताउनुभयो ।  सोही प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक नल प्रसाद उपाध्यायले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा तालिम संयोजक प्रहरी उपरीक्षक रमेश थापाले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै तालिम सम्बन्धी जानकारी दिनुभएको थियो । उक्त तालिममा खुल्ला प्रतिस्पर्धाबाट उत्तीर्ण विभागीयतर्फका प्रहरी निरीक्षक १ सय १० जना र खुल्लातर्फबाट नवनियुक्त प्रहरी निरीक्षक ३९ जना गरी कूल १ सय ४९ जना प्रशिक्षार्थी प्रहरी निरीक्षकहरुको सहभागिता रहेको छ । PGDPS सम्बन्धि वृत्तचित्र समेत प्रदर्शन गरिएको उक्त कार्यक्रममा PGDPS कार्यक्रमका सल्लाहकार प्रा.डा.राजीव विक्रम राणा, प्रहरी नायब महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी कर्मचारीहरु समेतको उपस्थिति रहेको थियो ।

फेक आईडी खोली आर्थिक कारोबार गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ
२०७९-१०-२५

काठमाडौं, आफ्नै केटी साथीको नाममा फेक आईडी खोली आर्थिक कारोबार गर्ने कार्यमा संलग्न रहेको अभियोगमा सुनसरी रामधुनी गाँउपालिका-४ घर भई काठमाडौं नयाँबस्ती बस्ने २० वर्षीया युनिसा भन्ने स्वस्तिका श्रेष्ठलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  उनले फेसबुक, इन्स्ट्राग्राम जस्ता सामाजिक संजालहरुको दुरुपयोग गरी अष्ट्रेलियामा रहेकी केटी साथीको नाममा फेक फेसबुक एकाउन्ट खोली पीडितको फोटो, स्टाटस अपलोड गरी केटा साथीहरुलाई म्यासेन्जर मार्फत विभिन्न बहानामा आफ्नो बैंक तथा ईसेवा वालेटहरुमा रकम पठाउन लगाई ठगी गरेको खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  उनी उपर विद्युतिय कारोवार कसूर अन्तर्गत आवश्यक अनुसन्धान एवं कारवाहीको लागि नेपाल प्रहरी प्रधान कार्यालय साईबर ब्यूरो भोटाहिटि काठमाडौं पठाइएको छ ।

अवैध लागूऔषध सहित पक्राउ
२०७९-१०-२५

  सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-३ पाथिभरा मन्दिर नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १५ ग्राम ९ मिलिग्राम सहित सोही नगरपालिका-३ बस्ने २४ वर्षीय प्रितम शाही समेत ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  कर्णाली प्रदेश ब्यूरो शाखा सुर्खेत, लागूऔषध नियन्त्रण ब्यूरो शाखा सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । मकवानपुर, भिमफेदी गाउँपालिका-२ भैसेबाट अवैध लागूऔषध गाँजा करिब ९ केजी सहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भिमफेदी गाउँपालिका-८ कमाने बस्ने ४५ वर्षीय सूर्य बिश्वकर्मा, बैतडी रिम गाउँपालिका-६ का ३० वर्षीय कृष्ण जोशी र मकवानपुर मनहरी गाउँपालिका-९ खरङ्गा बस्ने २९ वर्षीय होमलाल मोक्तान रहेका छन् । प्रहरी चौकी भैसेबाट खटिएको प्रहरीले चुनियाबाट हेटौंडा बजारतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ह १४९१ नम्बरको अटोलाई जाँच गर्ने क्रममा प्लाष्टिकको बोराभित्र लुकाई छिपाई ल्याएको उक्त गाँजा फेला पारी अटो चालक बिश्वकर्माको साथै अटोमा सवार जोशी र मोक्तानलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रतिबन्धि भारतीय रूपैयाँ सहित तीन जना पक्राउ
२०७९-१०-२५

काठमाडौं, नेपालमा प्रतिबन्धित भारतीय रूपैयाँ ५ सय दरको ४ सय ४० थान गरी जम्मा २ लाख २० हजार सहित २ जनालाई काठमाडौं महानगरपालिका-९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा भारतीय नागरिक ४३ वर्षीय बसारूद्दीन कामरूद्दीन अन्सारी र सुनसरी इनरुवा नगरपालिका-३ ठेगाना भएका २९ वर्षीय मधुकर सेठ साह रहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित क्यान्टिन नजिकै उनीहरूले उक्त भारतीय रूपैयाँ लेनदेन गरी कारोबार गरिरहेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।  यसैगरी नेपालमा प्रतिबन्धित भारतीय रूपैयाँ ५ सय दरको ४ सय ५६ थान गरी जम्मा २ लाख २८ हजार सहित अमेरिकी नागरिक ६२ वर्षीय काल्साङ वाङचुकलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट दिल्ली जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाको एक्सरे मेसिनमा जाँच गर्ने क्रममा उनको हाते झोलाभित्र उक्त भारतीय रुपैयाँ फेला परेको हो ।  पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ । 

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-१०-२४

काठमाडौं, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ताप्लेजुङ मैवाखोला गाउँपालिका-१ बस्ने सेत/लाख बहादुर तामाङ भन्ने ३४ वर्षीय सुगम तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला अदालत ताप्लेजुङको २०७६ जेठ २६ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं कपन आकासेधाराबाट पक्राउ गरेको हो । लाख बहादुर समेतका ६ जनाको समूहले ताप्लेजुङ ढुङ्गेसाघुका २४ वर्षीय राजेन्द्र वेनम (लिम्बु)लाई परस्त्रीसंग लागेको भन्ने रिसिईवीका कारण केटीको आवाजमा फोन गरी २०६६ पुस २ गते  राति स्थानीय खानी टोलमा बोलाई धारिलो हतियार प्रहार गरी हत्या पश्चात अलैची घारीमा फालेको घटनामा अदालतले उक्त फैसला गरेको थियो । घटनापश्चात मलेशिया गई पुन: नेपाल फर्की लुकिछिपि बसेको अवस्थामा फेला पारी उनलाई प्रहरीले पक्राउ गरको हो ।  उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमार्फत जिल्ला अदालत ताप्लेजुङमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय ताप्लेजुङमा पठाइएको छ । 

सिङ्गापुर, अफगानिस्तान र घाना पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०७९-१०-२४

काठमाडौं, सिङ्गापुर, अफगानिस्तान र घानामा वैदेशिक रोजगारीका लागि पठाइदिन्छु भन्दै नगद ५७ लाख ५० हजार रुपैयाँ ठगी गरेको अभियोगमा टोखा नगरपालिका-३ बस्ने सोलुखुम्बु सोलु दुधकुण्ड नगरपालिका-७ घर भएका ३० वर्षीय अनिल श्रेष्ठलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  अनिल श्रेष्ठले विभिन्न ७ जना व्यक्तिहरूलाई वैदेशिक रोजगारीको लागि सिङ्गापुर, अफगानिस्तान तथा घाना जानको लागि प्रतिव्यक्ति १० लाख रुपैयाँ लाग्छ, सम्बन्धित देशहरूमा पुगेपछि पानीजहाज लगायतका कम्पनीहरूमा काम लगाइदिन्छु र मासिक १ लाख रूपैयाँ भन्दा बढी तलव हुन्छ भनी प्रलोभनमा पारी पीडितहरूबाट पटक-पटक गरी उक्त रुपैयाँ ठगी गरेको खुल्न आएपछी उनलाई काठमाडौं उपत्यका अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२६ गोंगबुबाट पक्राउ गरेको    हो ।  उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।  

चोरीमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ
२०७९-१०-२४

काठमाडौं, काठमाडौं महानगरपालिका-२६ सामाखुसी टाउन प्लानिङ बस्ने रबिन गुरूङको घरबाट नगद ९ लाख रुपैयाँ चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका-११ भण्डारीटोल बस्नेहरू सुनसरी इटहरी उपमहानगरपालिका-१८ पकली घर भएका २० वर्षीय इकरामुल मिया र सुनसरी इनरुवा नगरपालिका-१० जलपापुर घर भएका १९ वर्षीय सेहेबुब आलम रहेका छन् । गुरूङको घरबाट माघ २३ गते नगद चोरी भएको घटनाको थप अनुसन्धानको क्रममा उनीहरूको संलग्नता रहेको खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यायल मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२६ सामाखुशी टाउन प्लानिङबाट चोरी भएको नगदमध्ये ४ लाख ५० हजार रूपैयाँ सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत महाराजगंज पठाइएको छ । 

मानव बेचबिखनमा संलग्न फरार प्रतिवादी पक्राउ
२०७९-१०-२४

काठमाडौं, मानव बेचबिखनमा संलग्न फरार प्रतिवादी सिन्धुपाल्चोक गाउँपालिका-५ बस्ने कविता घिमिरेलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला अदालत सिन्धुपाल्चोकको २०६९ मंसिर ११ गतेको फैसलाले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा समेत गरी १३ वर्ष ७ महिना २० दिन कैद र ५० हजार रुपैयाँ जरिवाना ठहर भई फरार भएकी उनलाई नेपाल प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-३२ जडिबुट्टीबाट पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत सिन्धुपाल्चोक बुझउनका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक पठाइएको उक्त व्यूरोले जनाएको छ ।

विभिन्न हातहतियार सहित पक्राउ
२०७९-१०-२४

झापा, मेचीनगर नगरपालिका-६ स्थित भन्सार गेट छेउबाट विभिन्न हातहतियार सहित भारत घर भएका २० वर्षीय ओम साह समेत ४ जना भारतीय नागरिकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र सशस्त्र प्रहरी बलको बिओपी काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई फलाम र काठले बनेको एयर गन जस्तो देखिने बन्दुक २ थान, फलाम र काठले बनेको एयर पेस्तोल जस्तो देखिने गन १ थान, गोली जस्तो देखिने वस्तु १ सय ७० राउण्ड  र छर्रा गोली ५० राउण्ड सहित फेला पारी पक्राउ गरेको हो ।सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिका-१ स्याउलेबाट भरूवा बन्दुक १ थान सहित सोही ठाउँ बस्ने ६० वर्षीय फुल बहादुर लामालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  

कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ
२०७९-१०-२४

सिरहा, नवराजपुर गाउँपालिका-४ नयाँ नहरनिया टोल बस्ने ७० वर्षीय सुभकलाल यादवको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने १९  वर्षीय राधेश्याम यादवलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।  सुभकलालको नाती र राधेश्याम यादवबीच भएको झै-झगडा छुट्याउने क्रममा राधेश्याम यादवले कुटपिट गर्दा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय झाझपट्टी र ईलाका प्रहरी कार्यालय महेशपुरपतारबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न राधेश्यामलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह इन्टरपोलको २४औं एसियाली क्षेत्रीय सम्मेलनमा सहभागी हुन संयुक्त अरब इमिरेट्स प्रस्थान
२०७९-१०-२३

काठमाडौं,  प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह संयुक्त अरब इमिरेट्सको अबुधाबीमा २०७९ माघ २४ देखि २६ गतेसम्म संचालन हुने इन्टरपोलको २४औं एसियाली क्षेत्रीय सम्मेलनमा सहभागी हुन सोमबार त्यसतर्फ प्रस्थान गर्नुभएको छ । National Central Bureau (NCB) काठमाडौं नेपालका प्रमुख समेत रहनुभएका प्रहरी महानिरीक्षक सिंहको नेतृत्वमा नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका प्रहरी उपरीक्षक अनुपम शमशेर जवरा समेत त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।    उहाँहरुलाई प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापा, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा शुभकामना सहित हार्दिक विदाइ गर्नुभयो ।त्रिदिवसीय उक्त सम्मेलनमा एसियाली मुलुकका प्रहरी प्रमुखहरू, इन्टरपोलका प्रतिनिधि मण्डल तथा विभिन्न सरोकारवाला निकायहरुबीच आर्थिक अपराध, मानव बेचबिखन, साइबर अपराध र आतंकवाद जस्ता अन्तरदेशीय अपराधहरुको नियन्त्रणका लागि आवश्यक प्रहरी समन्वय लगायतका विषयहरुमा बृहत छलफल हुने कार्यक्रम रहेको छ ।   प्रहरी महानिरीक्षक सिंहको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापाले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नु हुनेछ ।

प्रतिबन्धित भारतीय रूपैयाँ सहित पक्राउ
२०७९-१०-२३

काठमाडौं, नेपालमा प्रतिबन्धित भारतीय रूपैयाँ २ हजार दरको ४० थान र ५ सय दरको १ सय १४ थान गरी जम्मा २ लाख ८७ हजार सहित भारतीय नागरीक ४७ वर्षीय महेशभाई रुगनाथभाई कुंडारीयालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । बुद्ध एयरको उडानद्वारा काठमाडौंबाट विराटनगर जान लागेका कुंडारीयालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक  उडानतर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियाको एक्सरे मेसिनमा जाँच गर्ने क्रममा उनको ह्याण्ड व्यागभित्र उक्त प्रतिबन्धित भारतीय रूपैयाँ फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक, ललितपुर पठाइएको छ । 

अवैध लागूऔषध सहित पक्राउ
२०७९-१०-२३

सुनसरी, धरान उपमहानगरपालिका-१७ चतरा मार्गबाट अवैध लागूऔषध गाँजा करिब ४ किलो १ सय ८० ग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बराहक्षेत्र नगरपालिका-१ बस्ने ३२ वर्षीय योगराज राई र ३४ वर्षीय दुर्गा राई रहेका छन् । अस्थायी प्रहरी पोष्ट रेल्वेबाट खटिएको प्रहरीले को.१४ प ९३४३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  पर्सा, वीरगञ्ज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट प्रतिबन्धित लागूऔषध वनरेक्स एकसय एमएलको ३ सय ५८ बोतल सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जगरनाथपुर गाउँपालिका-१ बिसुनपुर्वा बस्ने २० वर्षीय अबु अयुव असरफ र वीरगञ्ज महानगरपालिका-२ छप्कैया बस्ने २८ वर्षीय ईजहार आलम रहेका छन् । वडा प्रहरी कार्यालय विर्ता र लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगञ्जबाट खटिएको संयुक्त टोलीले ना.२ च ७९०५ नम्बरको टाटा सुमो गाडीलाई जाँच गर्ने क्रममा गाडीको बर्नटमा सेतो प्लाष्टिकको २ वटा बोराभित्र लुकाई छिपाइ ल्याएको उक्त लागूऔषध फेला पारी गाडीमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहद्वारा हालै सरूवा भई आफ्नो कार्यक्षेत्रमा जान लाग्नु भएका प्रहरी अधिकृतहरूलाई निर्देशन
२०७९-१०-२२

काठमाडौं, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले हालै सरूवा भई आफ्नो कार्यक्षेत्रमा जान लाग्नु भएका प्रहरी अधिकृतहरूलाई आइतबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन दिनुभएको छ ।   प्रहरी महानिरीक्षक सिंहले तस्करी तथा सीमा अपराध नियन्त्रण एवम् जघन्य अपराधको सफल अनुसन्धानमा केन्द्रित रहेर काम गर्न प्रहरी अधिकृतहरू थप सक्रिय हुनुपर्ने बताउनुभएको छ । उहाँले भन्सार नाकाबाट भित्रिएका सामानहरूको चेकजाँचमा कडाई गरी राजश्व संकलनलाई बढोत्तरी गर्न स्थानीय निकाय तथा अन्य सरोकारवाला निकायसँग समन्वय र सहकार्य गरी तस्करी नियन्त्रणमा अझ बढी आक्रमक भई काम गर्नुपर्नेमा जोड दिनुभयो । प्रहरी महानिरीक्षक सिंहले कार्यालय प्रमुखको रूपमा खटिदा आफ्नो मातहतमा रहेका सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई समसामायिक विषयहरुमा निर्देशन दिनुपर्नेमा जोड दिँदै उहाँले गलत काम गर्नेलाई कारवाही तथा असल प्रहरीलाई पुरस्कृत गर्दै प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाउनु पर्ने बताउनुभयो । फरार अपराधी पक्राउ, गुण्डागर्दी, मिटर व्याजीविरुद्ध अझ बढी आक्रामक भएर काम गर्नुपर्ने उल्लेख गर्दै विगतमा भएका पुराना घटनाहरूको अनुसन्धानलाई उच्च प्राथमिकतामा राखेर काम गर्न उहाँले निर्देशन दिनुभयो ।  प्रहरी महानिरीक्षक सिंहले प्रहरी अधिकृतहरूले आफ्नो क्षेत्रमा नागरिकले अनुभूति गर्ने गरी प्रहरीका दैनिक काम कारवाहीहरू थप नागरिकमैत्री बनाउँदै लैजानु पर्ने उल्लेख गर्नुभयो । प्रहरी अधिकृतहरुले आफ्नै क्षेत्रमा हुने विभिन्न अपराधहरूको समयमा नै पहिचान गरी त्यसको नियन्त्रणका लागि आवश्यक योजना बनाई आवश्यकता अनुसार अन्य निकायसँग समन्वय र सहकार्य गर्दै आगाडि बढ्न उपस्थित प्रहरी अधिकृतहरूलाई उहाँले निर्देशन दिनुभयो । यसअघि नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागका प्रहरी नायव महानिरीक्षक उमेश राज जोशी र कार्य विभागका प्रहरी नायव महानिरीक्षक सन्दिप भण्डारीले समेत सरूवा भई जान लागेका प्रहरी अधिकृतहरूलाई समसामयिक विषयमा निर्देशन दिनुभएको थियो ।    

नेपाल टेलिकमद्वारा नेपाल प्रहरीलाई प्रशंसापत्र प्रदान
२०७९-१०-२२

काठमाडौं, नेपाल टेलिकमले आफ्नो १९औं बार्षिकोत्सवको अवसरमा नेपाल प्रहरीलाई प्रशंसापत्रद्वारा सम्मान गरेको छ । २०७८ माघ १ गतेदेखि २०७९ पुस ३० गते सम्मको अवधिमा नेपाल टेलिकमको सबैभन्दा बढी सियूजी सेवा प्रयोग गरेकोले नेपाल प्रहरीलाई प्रशंसापत्रद्वारा सम्मान गरेको हो ।  नेपाल टेलिकमको १९औं वार्षिकोत्सवको अवसरमा आयोजित एक कार्यक्रमबीच सूचना तथा संचार प्रविधि मन्त्री रेखा शर्माले प्रदान गर्नुभएको उक्त प्रशंसा-पत्र नेपाल प्रहरीकोतर्फबाट नेपाल प्रहरी प्रधान कार्यालय संचार निर्देशनालयका प्रहरी बरिष्ठ उपरीक्षक ई.गोपाल बहादुर रेग्मीले ग्रहण गर्नुभएको हो । 

मोटरसाइकल आउटराइडर्स तालिम समापन
२०७९-१०-२२

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा संचालित २२औं समूहको मोटरसाइकल आउटराइडर्स तालिम आइतबार समापन भएको छ ।  उक्त अवसरमा सोही महाशाखाका प्रहरी उपरीक्षक ई. कमलेन्द्र लाल कर्णले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्दै प्रशिक्षार्थीले आफ्नो कार्य क्षेत्रमा गई संगठनले निर्दिष्ठ गरेको लक्ष्य प्राप्तिका लागि आफूलाई दिएको जिम्मेवारी त्रुटिरहित ढंगबाट कार्यसम्पदान गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक ई. अशोक केसीले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत पुस ५ गतेदेखि संचालित उक्त तालिममा प्रहरी नायव निरीक्षक १ जना, प्रहरी सहायक निरीक्षक ३ जना र प्रहरी जवान २५ जना गरी कुल २९ जना प्रशिक्षार्थीहरु सहभागिता रहेको जानकारी दिनुभयो ।

रोमानिया, स्लोभाकिया लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्तिहरू पक्राउ
२०७९-१०-२२

काठमाडौं, रोमानिया, स्लोभाकिया लगायतका देशहरूमा पठाइदिन्छु भन्दै नगद ३१ लाख ९० हजार रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा खोटाङको खोटेहाङ गाउँपालिका-९ घर भई काठमाडौं टोखा नगरपालिका-१० बस्ने ४० वर्षीय हरि बस्नेत र प्युठान गौमुख नगरपालिका-७ घर भई काठमाडौं तारकेश्वर नगरपालिका-११ शेषमती बस्ने ४२ वर्षीय हेमलाल पुन मगर  रहेका छन् ।  काठमाडौं महानगरपालिका-४ सुकेधारास्थित ग्लोबल भिलेज सोर्स प्रालिका सञ्चालकहरूले विभिन्न ९ जना व्यक्तिहरूलाई वैदेशिक रोजगारीको लागि रोमानिया, स्लोभाकिया तथा अरबियन मुलुकहरूमा प्रतिष्ठित Agriculture Company मा Fruits packing लगायतको काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट उक्त रूपैयाँ ठगी गर्ने कार्यमा संलग्न उनीहरूलाई काठमाडौं उपत्यका अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं तारकेश्वर नगरपालिका-११ शेषमतीबाट पक्राउ गरेको हो ।  उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।                                    

विभिन्न हातहतियार सहित पक्राउ
२०७९-१०-२२

धनुषा, जनकपुर उपमहानगरपालिका-१ बस्ने ४१ वर्षीय दिलिप साहलाई कटुवा पेस्तोल १ थान, म्यागनममा लाग्ने गोली १ थान  र सोको खोका १ थान र ३०३ राईफलमा लाग्ने गोली ४ थान सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  उनी उपर मिटर ब्याज सम्बन्धी उजूरी परेपछि थप अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनको घर तथा पसलमा तलासी गर्दा उक्त हतियार र पीडितको नाममा जग्गा रोका रहेको फारम ५ थान, कपाली तमसुक १५ थान र रकम उल्लेख नगरी दस्तखत भएको चेक १ थान समेत फेला पारी उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
२०७९-१०-२२

झापा, आफ्नै श्रीमती ४५ वर्षीया कल्पना पोखरेल (बस्नेत)को हत्या गरेको अभियोगमा उदयपुर घर भई हाल झापा अर्जुनधारा नगरपालिका-८ नयाँखसी बजार बस्ने ३३ वर्षीय मनोज बस्नेतलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  ईलाका प्रहरी कर्यालय अनारमनी र प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । अनुसन्धानको क्रममा बस्नेतले कल्पनालाई ४ दिन अगाडी आफ्नै घरमा हत्या गरी आफ्नै घरदेखि करिब २ सय मिटर टाढा खाली चौरमा खाल्डो खनी गाडेको अवस्थामा प्रहरीले शव फेला पारेको थियो ।   यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषध सहित आठ जना पक्राउ
२०७९-१०-२२

कैलाली, भजनी नगरपालिका-३ कुसमघाटबाट अवैध लागूऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ ३० ग्राम ५७ मिलिग्राम सहित टिकापुर नगरपालिका-८ बटमपुर बस्ने २५ वर्षीय आकाश चौधरी समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय भजनी र प्रहरी चौकी जनकपुरबाट संयुक्त रुपमा खटिएको प्रहरीले से.५ प २०८९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-२ रामजानकी टोलबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ६ सय ९० मिलिग्राम सहित डोटी आदर्श गाउँपालिका-२ घर भएकी १९ वर्षीया आयुसा उपाध्याय समेत २ जनालाई सनिबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  झापा, गौरीगंज गाउँपालिका-१ भाङडाँडाबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ ५ ग्राम  र नगद २ हजार २ सय रुपैयाँ सहित शिवसताक्षी नगरपालिका-६ बस्ने ३० वर्षीय सन्तोष ताजपुरिया समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय शिवगंजबाट खटिएको प्रहरीले मे.३ प ६५३६ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-३ शिवगंजबाट नियन्त्रित लागूऔषध ट्रमाडोल हाईड्रोक्लोराईड ४ सय क्याप्सुल, डाईजोपाम १९ पिस  र सिरिन्ज १ थान सहित उदयपुर बेलका नगरपालिका-५ बस्ने २८ वर्षीय मिलन राई समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भोक्राहाबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।     मोरङ, सुनवर्षी नगरपालिका-७ बरडंगाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल क्याप्सुल ९ हजार ६ सय पिस शनिबार दिउँसो प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी बरडंगाबाट खटिएको प्रहरीलाई देख्नासाथ बीआर ३९ एल १०८२ नम्बरको मोटरसाइकल छाडी चालक फरार भएको उक्त मोटरसाइकलमा बाँधेको बोरा खोली हेर्दा उक्त लागूऔषध फेला पारी प्रहरीले बरामद गरेको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित छुट्टाछुट्टै स्थानबाट ११ जना पक्राउ
२०७९-१०-२१

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ६ सय ११ ट्याबलेट र कोरेक्स ४७ बोतल सहित सुनसरी कोशी गाउँपालिका-६ घर भएका १८ वर्षीय किशोरलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो समेतबाट खटिएको प्रहरीले झापाबाट काठमाडौं आउँदै गरेको बा.प्र.०२-०३-००१ ख १०१० नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार ती किशोरलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  कैलाली, गोदावरी नगरपालिका-२ बसपार्कस्थित होटलबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ १ किलो ५ ग्राम सहित बझाङ छबिसपाथिभेरा गाउँपालिका-६ बस्ने २९ वर्षीय सत्य नारायण फुलारालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको संयुक्त टोलीले होटल तलासी गर्दा सत्य नारायणलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-७ मनेहराबाट अवैध लागूऔषध चरेश १ किलो ६ सय ३२ ग्राम सहित सोही उपमहानगरपालिका-१२ बस्ने २८ वर्षीय तुलाराम खत्रीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यालबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ४ सय ३० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१३ बस्ने २३ वर्षीय सन्तोष रानालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१० बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ४० मिलिग्राम र नगद २ लाख २२ हजार ८ सय ६५ रूपैयाँ सहित सोही नगरपालिका-१० बस्ने २२ वर्षीय रहिस कबडियालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत, लागूऔषध नियन्त्रण ब्यूरो सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थ र नगद सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-७ फुलबारी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय २० मिलिग्राम र नगद १ लाख १ हजार रूपैयाँ सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-७ बस्ने २९ वर्षीय प्रेम दमाई र २७ वर्षीय सुनिल थापा रहेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत, लागूऔषध नियन्त्रण ब्यूरो सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त पदार्थ र नगद सहित फेला पारी पक्राउ गरेको हो ।  कञ्चनपुर, भिमदत्त नगरपालिका-४ बसपार्कबाट अवैध लागूऔषध चरेश ३ ग्राम ५ मिलिग्राम सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाजुरा बुढीगंगा नगरपालिका-३ घर भई हाल कञ्चनपुर भिमदत्त नगरपालिका-२ भाँसी बस्ने २५ वर्षीय दिपेन्द्र शाह र दार्चुला मालिकार्जुन नगरपालिका-५ डाँडाकोट घर भई हाल कञ्चनपुर भिमदत्त नगरपालिका-१५ गोवरिया डेरा गरी बस्ने २० वर्षीय नविन अवस्थी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । नवलपरासी(पूर्व), मध्यबिन्दु नगरपालिका-१४ चोरमारा जंगलस्थित सडकबाट नियन्त्रित लागूऔषध फेनारगन १ सय ६१ एम्पुल, डाईजेपाम १ सय ६१ एम्पुल र नुर्फिन १ सय ६१ एम्पुल सहित कास्की पोखरा महानगरपालिका-१९ बस्ने २५ वर्षीय आशिष हिताङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले ना.६ ख ७८७० नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार आशिषलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  झापा, कमल गाउँपालिका-३ बस्ने ३५ वर्षीय राज कुमार लावतीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय मिलिग्राम र नगद १० हजार ९ सय १० रूपैयाँ सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । उनको घरमा लागूऔषध बेचबिखन भईरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी केर्खाबाट खटिएको प्रहरीले तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ईन्टरपोलको १००औं वर्ष मनाउने कार्यक्रमको विधिवत रुपमा सुरुवात
२०७९-१०-२०

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा शुक्रबारबाट संचालन भएको ४०औं आइजिपि रनिङ शिल्ड फुटबल प्रतियोगिता २०७९ को उद्‍घाटन खेलमा सोही प्रतिष्ठान कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापाले “INTERPOL Centenary” इंकित् फुटबल प्रदान गर्दै ईन्टरपोलको १००औँ वर्ष मनाउने कार्यक्रमको विधिवत् रुपमा सुरुवात गर्नुभएको छ ।ईन्टरपोल स्थापना गरिएको १०० वर्षको यात्रामा यस वर्षलाई विशेष उत्सवको रुपमा मनाउन सदस्य राष्ट्रहरूले विभिन्न कार्यक्रमको आयोजना र्नहुन भनी ईन्टरपोल महासचिवालयबाट अनुरोध भए बमोजिम नेपाल प्रहरीले उक्त प्रतियोगितामा ईन्टरपोलको १००औँ वर्ष मनाउने कार्यक्रमको सुरुवात गरेको हो ।अर्को १०० वर्षमा प्रहरी सामु आउने नयाँ चुनौतिहरुको सामना गरी "सुरक्षित संसार निर्माणका" लागी ईन्टरपोल सदस्यतालाई सशक्त बनाउन र यस शताब्दिको अनुभवलाई निरन्तरता दिन यो वर्ष नेपाल प्रहरीले पनि साहसिक, क्षमता अभिवृद्धी, खेलकुद, सामाजिक तथा अन्य विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै मनाउने National Central Bureau (NCB)ले बताएको    छ । सन् १९२३ मा अष्ट्रियाको भियनामा १९ राष्ट्रहरुद्वारा अन्तर्राष्ट्रिय रुपमा बढ्दो अपराध नियन्त्रण गर्ने उद्देश्यका साथ विभिन्न देशका प्रहरीहरुबीच समन्वय र सहयोगको लागि तत्काल देखिएको आवश्यक्तालाई मध्यनजर गर्दै ईन्टरपोलको स्थापना गरिएको   थियो । सन् १९६७ मा जापानको क्योटोमा भएको महासभाबाट नेपालले १०० औँ सदस्य राष्ट्रको रुपमा सद्स्यता प्राप्त गरी नेपाल प्रहरी प्रधान कार्यालयमा स्थापित National Central Bureau(NCB)ले विभिन्न कानून कार्यान्वयन गर्ने ईकाइहरुसँगको सहकार्यमा अन्तर्राष्ट्रिय प्रहरी समन्वयका लागि कार्य सम्पादन गर्दे आएको छ ।

४०औं आइजिपि रनिङ शिल्ड फुटबल प्रतियोगिता उद्‍घाटन
२०७९-१०-२०

काठमाडौं, नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा संचालन हुने ४०औं आइजिपि रनिङ शिल्ड फुटबल प्रतियोगिता २०७९ शुक्रबार उद्‌घाटन भएको छ ।   राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापाले नेपाल प्रहरी इन्टरपोल को १००औं सदस्य भएको र इन्टरपोल को १००औं वार्षिक उत्सवको अवसरमा प्राप्त भएको फुटबल रेफ्रीलाई हस्तान्तरण गरी उक्त प्रतियोगिताको उद्‍घाटन गर्नुभयो । उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक थापाले खेलकुदले मानिसको शारीरिक र मानसिक विकासमा टेवा पुर्‍याउने चर्चा गर्दै मानव जिवनमा खेलकुद अतिनै महत्वपूर्ण रहेको बताउनुभयो । यस्ता प्रतियोगिताले एक कुसल खेलाडीको पहिचान गर्न, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा आफ्नो कुसलता प्रदर्शन गर्ने सक्ने क्षमतावान खेलाडी उत्पादन गर्न थप सहयोग पुर्‍याउने उहाँले बताउनुभयो ।  प्रहरी अतिरिक्त महानिरीक्षक थापाले संगठनभित्र आफ्नै व्यवसायिकतामा अहोरात्र खटिने जनशक्ति केवल प्रहरीको रूपमा मात्र नभई खेलकुदको माध्यमबाट पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा आफ्नो देशको पहिचान बनाउन सफल हुने बताउनुभयो ।   कार्यक्रममा प्रहरी नयाव उपरीक्षक रूकेश तण्डुकारले स्वागत मन्तव्य तथा प्रतियोगिता सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभयो ।  माघ २९ गते सम्म संचालन हुने उक्त प्रतियोगितामा नेपाल प्रहरी प्रधान कार्यालय नक्साल, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको साथै सातवटै प्रदेश प्रहरी कार्यालयको टिम गरी जम्मा १० टिमको सहभागिता रहेको छ ।        

मानव बेचबिखन ओसार पसारमा परेका १२ जना महिलाहरू तथा १ जना बालिकाको भारतबाट उद्दार
२०७९-१०-२०

काठमाडौं,  मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलको पहलमा भारतको राजस्थान,जयपुर अन्तराष्ट्रिय विमानस्थलबाट ईथोपिया लैजानका लागी उक्त एयरपोर्टको अध्यागमन कार्यालयमा पुर्‍याइएको अवस्थामा मानव बेचबिखन ओसारपसारमा परेका १२ जना महिलाहरूको भारतबाट उद्दार गरिएको छ । नेपालका विभिन्न नाकाहरुबाट २०७९ सालको मंसिर र पुष महिनामा भारत पुर्‍याई दुवई हुदै भिजीट भिसामा ईथोपिया मा बैदेशिक रोजगारीको लागी लैजाने प्रलोभन देखाई नेपाली महिलाहरुलाई भारतको जयपुरमा लगी राखिएको र ती महिलाहरु मानव बेचबिखन ओसारपसार अपराधको उच्च जोखिममा रहेको भन्ने सूचनाको आधारमा उक्त व्यूरोबाट खटिएको प्रहरीले भारतको नयाँदिल्लीमा रहेको नेपाली राजदूतावास, भारतीय प्रहरी, भारतिय संस्था HELP TRUST CROSS INDIA  र नेपालस्थित शान्ति पुनस्थार्पना गृहको सहकार्यमा उनीहरूको उद्दार गरिएको हो ।उनीहरुलाई नेपालबाट भारत पुर्‍याई भिजीट भिसामा दुवई हुदै ईथोपिया लैजाने कार्यमा नेपाली तथा भारतीय नागरिकहरुको संलग्नता रहेको पाइएकोमा नेपालबाट भारत लैजाने क्रममा जोगमनी, काँकडभिट्टा, जमुनाहा, सुनौली लगाएतका नाकाहरु प्रयोग हुने गरेको र मानव बेचबिखन ओसारपसार अपराधको जोखिममा रहेका पीडितबाट रकम नलिई पीडकलेनै खर्च गर्ने गरेको पाइएको छ । यसै गरी ईथोपिया लैजाने भनि भिजिट भिसामा दुबई लगी त्याँबाट घरायसी कामदारको रुपमा कार्य गर्ने गरी ओमान र कुवेतमा तस्करी गर्ने गरेको र विदेश जानको लागी राहदानी समेत पीडितहरुलेनै बनाउने गरेको अनुसन्धानबाट खुल्न आएको छ । यसैगरी मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलको पहलमा मानवबेचबिखनमा परेकी १ जना बालिकाको भारतको रनहोला थानाको वडा एरिया अन्तरगतको मंगलबजार गल्ली नम्बर २ बापरुल्ला बिहार दिल्लीमा रहेको एक घरबाट  मंगलबार उद्दार गरिएको छ । आफ्नो मामाघरबाट ती बालिका गत पुस १८ गते सम्पर्क विहीन भएको घटनाको थप अनुसन्धान गर्ने मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले ती बालिकलाई  भारतको नयाँदिल्लीमा लगिएको खुल्न आएपछि उक्त व्यूरोको पहलमा नेपाली राजदूतावास, भारतिय प्रहरी, भारतिय संस्था KIN INDIA को समन्वय तथा सहकार्यमा खोजी गरी ती बालिकाको उद्दार गरिएको हो । पीडकले ती बालिकालाई मामाघरबाट ल्याई काठमाडौंमा बन्धक बनाई राखेपश्चात नेपाल भारत सिमा सुनौलि हुँदै भारतमा पुर्‍याएपछि भारतको विभिन्न स्थानमा रहेका ३ जना फरक तान्त्रिक बाबा समक्ष लगिएपछि बालिकालाई उक्त स्थानमा राखिएको अवस्थामा फेला पारी उद्दार गरिएको हो । साथै उक्त घटनामा संलग्न ६ जना प्रतिवादीहरूलाई पक्राउ गरी घटनाको थप अनुसन्धान कार्य भइरहेको छ ।   

अवैध लागूऔषध सहित पक्राउ
२०७९-१०-२०

काठमाडौं, काठमाडौं महानगरपालिका- १४ टेकुस्थित सडक किनारबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन २ हजार २ सय एम्पुल, डाईजेपाम २ हजार २ सय एम्पुल र फेनारगन २ हजार २ सय एम्पुल सहित सर्लाही हरिवन नगरपालिका-८ स्थायी ठेगाना भएका ३९ वर्षीय कैलाश बिकलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले ना.१ ज ५५२४ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी गाडी चालक कैलाशलाई पक्राउ गरेको हो । यसैगरी काठमाडौं महानगरपालिका-३२ कोटेश्वरबाट अवैध लागूऔषध खैरो हेरोइन १० ग्राम ५ मिलिग्राम र १ थान डिजिटल तराजु सहित सिन्धुली कमलामाई नगरपालिका-११ का ३२ वर्षीय बिमल चौहानलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उक्त खैरो हेरोइन सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं महानगरपालिका-७ गौरीघाटस्थित सडक किनारबाट अवैध लागौषध खैरो हेरोइन २ ग्राम र नगद १ लाख ६७ हजार ५ सय रुपैयाँ सहित २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुली कमलामाई नगरपालिका-४ का ३५ वर्षीय मनोज थापा मगर र ३३  वर्षीय राम कुमार श्रेष्ठ रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले मनोजको साथबाट २ ग्राम र राम कुमारको साथबाट उक्त नगद फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा राम कुमारको काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ स्थितमा रहेको कोठाबाट थप खैरो हेरोइन २५ ग्राम र डिजिटल तराजु १ थान बरामद गरेको हो । साथै उनीहरूलाई उक्त लागूऔषध खैरो हेरोईन बिक्री गर्ने सिरहा गोलबजार नगरपालिकाका ३५ वर्षीय सिकेन्द्र साफीलाई बुद्द एयरको उडानद्दारा जनकपुरबाट काठमाडौं आएको अबस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचर काठमाडौंको आन्तरिक टर्मिनल कक्षतर्फको ट्याक्सी पार्किङबाट अवैध लागूऔषध खैरो हेरोईन ५० ग्राम सहित पक्राउ प्रहरीले पक्राउ गरेको हो ।  मोरङ, बिराटनगर महानगरपालिका-१५ बाट अबैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५६ मिलिग्राम सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका-५ बस्ने २२ वर्षीय अमन अछामे र २२ वर्षीय संजिव बिक रहेका छन् । लागूऔषध ब्युरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित पक्राउ
२०७९-१०-२०

काठमाडौं, मोरङ, विराटनगर महानगरपालिका-१५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५२ मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उदयपुर कटारी नगरपालिका-५ का ३० वर्षीय घनश्याम लाखे र  ईलाम माङ्सेबुङ गाउँपालिका-२ बस्ने २३ वर्षीय मनोज अधिकारी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १-०३-००१ प १३५९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । सुनसरी, दुहबी नगरपालिका-३ स्थित सडकबाट अवैध लागूऔषध गाँजा १७ केजी सहित ईटहरी उपमहनगरपालिका-११ बस्ने ३७ वर्षीय महमद हजरत अली समेत ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र सिआरभी दुहबीबाट खटिएको संयुक्त टोलीले ईटहरीबाट विराटनगरतर्फ जाँदै गरेको को.२ ह ३०४४ नम्बरको अटो जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध फेला पारी चालक अली समेत ३ जनालाई पक्राउ गरेको हो ।    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

स्रोत नखुलेको नगद सहित पक्राउ
२०७९-१०-२०

काठमाडौं,  पर्सा, वीरगञ्ज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको नगद २० लाख रूपैयाँ सहित बारा बिश्रामपुर गाउँपालिका-४ बस्ने २७ वर्षीय श्याम किशोर प्रसाद साहलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले प्रदेश २-०३-०११ प ६३४३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक साहको साथबाट उक्त नगद फेला पारी पक्राउ गरेको हो । उनी उपर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिमको कसूरमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । कपिलवस्तु, कपिलवस्तु नगरपालिका-२ जमुवारपुल चोकबाट स्रोत नखुलेको भारतीय नगद २१ लाख ७ हजार १ सय रूपैयाँ सहित भारत घर भई कपिलवस्तु मायादेवी गाउँपालिका-१ ईमिलिया बस्ने २८ वर्षीय हमिद मुसलमान समेत ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले भैरहवाबाट तौलिहवातर्फ आउँदै गरेको युपि ५५ एएम ०४५९ नम्बरको कार जाँच गर्ने क्रममा उक्त नगद फेला पारी कारका चालक मुसलमान समेत ३ जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मानव बेचविखन तथा ओसारपसार गर्ने कार्यमा संलग्न दुई जना पक्राउ
२०७९-१०-१९

काठमाडौं, मानव बेचविखन तथा ओसारपसार गर्ने कार्यमा संलग्न रहेको अभियोगमा दुई जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा उदयपुर उदयपुरगढी गाउँपालिका-२ घर भई टोखा नगरपलिका-३ बस्ने ४४ वर्षीय रबि थापा मगर भन्ने लाल बहादुर मगर र ईलाम फाकफोकथुम गाउँपालिका-५ घर भई काठमाडौं महानगरपालिका-९ बस्ने ४१ वर्षीय डम्बर मगर भन्ने डम्बर बहादुर दर्लामी रहेका छन् । उनीहरुमध्ये रविलाई काठमाडौं महानगरपालिका-३ र डम्बरलाई काठमाडौं महानगरपालिका-९ शम्भुमार्गस्थित न्यू लक्ष्मीमार्ग गेष्ट हाउसबाट प्रहरीले पक्राउ गरेको हो ।  कुवेतमा रहेको रोयल रेष्टुरेन्टमा वेट्रेसको काममा मासिक पारिश्रमिक १ सय २० कुवेती दिनार तलब हुने गरी लगाई दिने र सो रेष्टुरेन्टमा राम्रो काम गरेमा पोर्चुगल र अमेरिकामा रहेको रेष्टुरेन्टमा समेत पठाईदिन्छु भन्ने प्रलोभन देखाई गत मंसिर २६ गते भिजिट भिसामा दुबई हुँदै कुवेत लागी त्यहाँ रहेका अन्य एजेन्टहरु मार्फत १ हजार ३ सय कुवेती दिनारमा बिक्री गरी पीडितलाई दैनिक १८ घण्टा सम्म काममा लगाई श्रम शोषण गरेको भन्ने उजुरीको आधारमा मानव बेचविखन अनुसन्धान ब्यूरो बबरमहलले कुवेतमा रहेको नेपाली राजदुतावास सँगको समन्वयमा पीडितलाई कुवेतबाट उद्दार गरी नेपाल ल्याएको हो । कुवेतमा बस्ने प्रतिवादीले पीडितको मोबाइल नियन्त्रणमा लिई फेसबुक लगायतका सामाजिक संजालहरु प्रयोग गरी विभिन्न व्यक्तिहरुसँग अश्लिल कुराकानी गर्ने र सो कुराकानी गरेको रेकर्ड पीडितको श्रीमान लगायतका आफन्तलाई पठाईदिने धम्की दिने गरेको  र विभिन्न धाकधम्की दिई कुवेतमा आफू राजीखुसी आएको हुँ बेचबिखनमा परेको छैन भन्ने भिडियो बनाई नेपाल गएपश्चात कोहीकसैलाई उजुरी गर्दिन भन्ने व्यहोराको कागज समेत गराएको अनुसन्धानबाट खुल्न आएको छ । घटनामा संलग्न फरार व्यक्तिहरुको खोजी गर्ने साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-१०-१९

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी सिन्धुली कमलामाई नगरपालिका-१७ घर भई काठमाडौं महानगरपालिका-३१  शान्तिनगर बस्ने ४३ वर्षीय भुवन बहादुर माझीलाई प्रहरीले पक्राउ गरेको छ ।  उच्च अदालत पाटन ललितपुरको २०७९ भदौ २८ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा १ करोड १९ लाख ७३ हजार ६ सय रूपैयाँ  विगो भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका नयाँबानेश्वरबाट पक्राउ गरेको हो ।   उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौं उपस्थित गराइएको छ ।

कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ
२०७९-१०-१९

सिरहा, आफ्नै बुवा ४३ वर्षीय रामबाबु सहनीको कुटपिट गरी हत्या गरेको अभियोगमा कल्याणपुर नगरपालिका-११ मलहाटोल बस्ने २२ वर्षीय राकेश सहनीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । राकेशले आपसी झै-झगडामा कुटपिट गर्दा रामबाबु गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनसाथ ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कुटपिटबाट गम्भीर घाइते भएका रामबाबुको स्थानीय क्लिनिकमा सामान्य उपचार पश्चात थप उपचारको लागि सिरहातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित पक्राउ
२०७९-१०-१९

काठमाडौं, झापा, दमक नगरपालिका-२ नयाँ आम्दा खरखरेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १९ ग्राम, मोबाइल ४ थान र नगद ९७ हजार ६ सय रूपैयाँ सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दमक नगरपालिका-८ शान्ति टोल बस्ने ३७ वर्षीय तेज कुमार खवास, सोही नगरपालिका-२ बस्ने ३५ वर्षीय सुनिल श्रेष्ठ र २२ वर्षीय बिजय धिमाल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उक्त स्थानमा प्र.१-०२-०४८ प ६६५७, ज.१२ प ५५५७ नम्बरको मोटरसाइकल र को.२८ प ३१४६ नम्बरको स्कुटर रोकी बसिरहेको उनीहरूलाई शंका लागि जाँच गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  कञ्चनपुर, भिमदत्त नगरपालिका-४ सव्जीमण्डीबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ १ किलो ८ सय ३१ ग्राम सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भिमदत्त नगरपालिका-४ बस्ने ४२ वर्षीय लोक बहादुर साउद, सोही नगरपालिका-२ बस्ने २४ वर्षीय डम्मर शाह र सोही नगरपालिका-१८ बस्ने ३० वर्षीया रेखा बडु रहेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले लोक बहादुर र डम्मर शाहको साथबाट १ किलो ६ सय ६४ ग्रमा तथा रेखाको साथबाट १ सय ६७ ग्राम चरेशजस्तो देखिने पदार्थ फेला पारी पक्राउ गरेको हो ।  पर्सा, वीरगंज महानगरपालिका-१६ शंकरार्चाय गेटबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ६ सय ट्याब्लेट सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरगंज महानगरपालिका-१२ मुर्ली बस्ने २० वर्षीय नितेश कुमार गुप्ता र भारत बिहार पुर्वी मटिया ग्राम पञ्चायत दुब्लिया बस्ने २१ वर्षीय मन्दिप कुमार यादव रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो वीरगंज र प्रहरी चौकी इनर्वाबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

३० जना प्रहरी कर्मचारीलाई विपद व्यवस्थापन आधारभूत तालिम प्रदान
२०७९-१०-१८

काठमाडौ, नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशीले ३० जना प्रहरी कर्मचारीहरूलाई विपद् व्यवस्थापन आधारभूत तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही कार्यालयमा संचालित २८ औं समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।  उक्त तालिम समापनका अवसरमा बुधबार आयोजित कार्यक्रममा सोही कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले तालिम समापन गर्दै प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुभयो । उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक कडायतले तालिमले प्रशिक्षार्थीको व्यवसायिक जिवनमा निपुर्णता ल्याएको विश्वास व्यक्त गर्दै दैविक प्रकोप तथा विपदको समयमा खोजी तथा उद्दार कार्यमा नागरिकले अपेक्षा गरे अनुरुप सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।  कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक प्रल्हाद कार्कीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुहुँदै गत मंसिर १८ गतेदेखि संचालित  ४५ कार्यदिन अवधि रहेको उक्त तालिममा प्रहरी नायव निरीक्षक १ जना, प्रहरी सहायक निरीक्षक २ जना, प्रहरी हवल्दार १ जना र प्रहरी जवान ३६ जना गरी जम्मा ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो । कार्यक्रममा विपद व्यवस्थापन सम्बन्धि श्रव्यदृश्य समाग्री प्रस्तुत गरिएको थियो ।