प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०७९-०७-०१

  • A
  • A-
  • A+
Share

 तनहुँ, १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कञ्चनपुर बेलौरी नगरपालिका-६ श्रीपुर हात्तीबजार घर भई  शुक्लागण्डकी नगरपालिका-२ हलेदी बस्ने २९ वर्षीय भगवत दास चौधरीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई चौधरीले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

बर्दिया, ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कैलाली टिकापुर नगरपालिका-९ बस्ने २४ वर्षीय सागर टमटालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । ती महिलालाई बर्दिया राजापुर नगरपालिका-४ अनन्तपुरमा सागरले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो  । सागरलाई आवश्यक कारवाहीका लागि ईलाका प्रहरी कार्यालय राजापुर बर्दियामा पठाइएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार