कटुवा पेस्तोलसहित एक जना पक्राउ
२०८१-०३-१३
- A
- A-
- A+
झापा, बिर्तामोड नगरपालिका-७ फक्तालुङ टोल बस्ने ३० वर्षीय सुरेश पराजुलीलाई १ थान कटुवा पेस्तोलसहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
सुरेशले आफ्नै भाउजुसँग झगडा गरेको भन्ने सूचनाको आधारमा अस्थायी प्रहरी चौकी गरामनी र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले सोधपुछ तथा अनुसन्धानको क्रममा घर नजिकै निबुवाको बोटमुनि लुकाई राखेको अवस्थामा उक्त पेस्तोल फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।