कटुवा पेस्तोल सहित एक जना पक्राउ
२०८३-०२-२७
- A
- A-
- A+
कैलाली, धनगढी उपमहानगरपालिका-५ सत्कार चोक डेरा गरी बस्ने भारत लखिमपुरखिरी घर भएका २४ वर्षीय साहिल खानलाई कटुवा पेस्तोल १ थान, चाँदीका गहना, डिजिटल काँटा, फलामको रड र खुकुरी १ थान सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पेस्तोल फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।