प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

हालै पदोन्नति भएका प्राविधिक प्रहरी अधिकृतहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित

२०७८-०९-२६

  • A
  • A-
  • A+
Share

काठमाडौं, नेपाल सरकार गृह मन्त्रालय मन्त्रीस्तरको २०७८ पुस २३ गतेको निर्णयले पुस २१ गतेबाट लागू हुनेगरी प्राविधिक प्रहरी नायव महानिरीक्षक र प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक तथा नेपाल सरकार सचिवस्तरको २०७८ पुस २५ गतेको निर्णयले प्राविधिक प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति भएका प्रहरी अधिकृतहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ । 

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले उक्त निर्णयबाट पदोन्नति भएका ४ जना प्राविधिक प्रहरी अधिकृतहरुलाई प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक कार्यक्रमबीच दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्नुभएको हो ।

दर्ज्यानी चिन्हबाट सुशोभित हुनेहरुमा प्राविधिक प्रहरी नायव महानिरीक्षक ई.फणिन्द्र बराल, प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकहरु डा. अभिमन्यु श्रेष्ठ तथा डा. बिपिन कुमार श्रेष्ठ र प्राविधिक प्रहरी नायव उपरीक्षक भुलाराज खनाल रहनुभएको छ ।  

उक्त अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रममा उपस्थित प्रहरी अधिकृतहरूलाई सम्बोधन गर्दै पदोन्नतिसँगै थपिएको उर्जा, जिम्मेवारी र कर्तव्य परायणतालाई प्रहरी कर्मचारीहरूले थप मजबुत एवं व्यावसायिक बनाई काम गर्ने विश्वास व्यक्त गर्नुभयो । कोभिड-१९ को बढ्दो सङक्रमण लगायतका अन्य चुनौतिको सामना गर्न सुरक्षाको उचित प्रवन्ध गरी काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले विगत पाँच महिनामा प्रहरीले गरेका कार्यहरूको समीक्षा गर्दै सो अवधिमा उल्लेख्य प्रगति भएको बताउनुभयो । प्राविधिक काम संगठनका लागि निकै महत्वपूर्ण हुने हुनाले संगठनको मूल्य, मान्यता र मापदण्डको पूर्ण पालना गर्दै पारदर्शी रुपमा काम गर्न प्रहरी कर्मचारीहरूलाई उहाँले निर्देशन दिनुभयो । 

उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तब्य व्यक्त गर्दै प्राविधिक प्रहरी नायव महानिरीक्षक ई. फणिन्द्र बरालले पदोनन्तिसँगै थपिएको जिम्मेवारी पूरा गर्न परिस्कृत र पारदर्शी ढंगले निष्ठाका साथ उत्कृष्ठ काम गर्ने प्रतिवद्धता व्यक्त  गर्नुभयो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो । 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित पक्राउ
२०७९-०४-३०

बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहाबाट ५ ग्राम १ सय ३० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिन खैरो धुलो पदार्थ सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरूमा बाँके कोहलपुर नगरपालिका-१५ बस्ने १९ वर्षीय अर्बिन थारु र सोही ठाउँ बस्ने २२ वर्षीय मन्सुर थारु रहेका छन् । उक्त ठाउँमा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  उक्त स्थानबाट भागी फरार रहेका १ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०४-३०

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-२३ स्थायी वतन भई हाल काठमाडौं महानगरपालिका-१७ ढल्कु बस्ने सोही महानगरपालिका-२७ असन कमलाक्षीस्थित लिनिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका उपाध्यक्ष ५८ वर्षीय रामेश्वर श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको २०७६ भदौ १ गतेको फैसलाले ३० दिन कैद र १० लाख रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौं कपनबाट पक्राउ गरेको हो । उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी ज्योति विकास वैंक लिमिटेड असन काठमाडौंमा रहेको बैंक खाताबाट जाहेरवालालाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गरी अदालतले उक्त फैसला गरेको थियो । उनलाई अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय डिल्लीबजार पठाईएको छ ।

अवैध लागूऔषध सहित पक्राउ
२०७९-०४-३०

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-४ भैरवस्थानबाट ४७ ग्राम ६ सय २० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने ३७ वर्षीय किरण गिरी र उनकी श्रीमती २६ वर्षीया सरला शाही थापालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट प्रदेश लागू औषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरीले उनीहरूलाई कोठाको विभिन्न ठाँउमा लुकाई राखेको उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  सिरहा, औरही गाउँपालिका-१ हनुमानचोकबाट ३० ट्याब्लेट नियन्त्रित लागूऔषध नाईट्राभेट सहित गोलबजार नगरपालिका-५ बस्ने २५ वर्षीय सुरेन्द्र कुमार महरालाई आइबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको ‘अनटेस्ट’ मोटरसाइकलमा सवार सुरेन्द्रलाई प्रहरी चौकी हर्कटीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  दाङ, तुलसीपुर उपमहानगरपालिका-१६ दक्षिण कुरुरिया बस्ने ५० वर्षीया पार्वती खत्रीलाई ५ किलोग्राम अवैध लागूऔषध गाँजा सहित आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पार्वतीले आफ्नै घरमा लागूऔषध गाँजा बिक्रीबितरण गरिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मलवार र ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनको घर खानतलासी गर्दा घरको बैकलमा बोराभित्र लुकाई राखेको उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । पर्सा, वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट १ सय २० ट्याब्लेट नियन्त्रित लागूऔषध नाईट्राभेट सहित काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका-१० बस्ने २५ वर्षीय आशिस शाहीलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय विर्ता पर्सा र लागूऔषध नियन्त्रण ब्यूरो वीरगंजबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा आशिसको साथबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०४-३०

 बर्दिया, अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी गुलरिया नगरपालिका -१० बस्ने कधही चमारलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत बर्दियाको फैसलाले ८ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बर्दियामा बुझाइएको छ । मोरङ, चोरी मुद्दाका फरार प्रतिवादी रामधुनी नगरपालिका-२ का २८ बर्षीय प्रतिक भनिने उमेश दाहाललाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत मोरङको २०७८ मंसिर २३ गतेको फैसलाले चोरी मुद्दामा ५ महिना ५ दिन २ दिन कैद र नगद १० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनकै गाउँघरबाट पक्राउ गरेको हो ।  दाहाललाई तोकिएको कैद तथा जरिवाना भुक्तानको लागि जिल्ला अदालत मोरङमा बुझाइएको छ ।

नेदरल्याण्ड पठाईदिन्छु भनि रकम ठगी गरेको अभियोगमा पक्राउ
२०७९-०४-३०

काठमाडौं, नेदरल्याण्ड पठाईदिन्छु भनि रकम ठगी गरेको अभियोगमा खोटाङ बाह्रपोखरी गाउँपालिका-५ देवथान घर भई हाल काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने मुन ह्‍युमन रिसोर्स प्रालिका सञ्चालक ३५ वर्षीय प्रकाश राईलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रकाशले १६ जना व्यक्तिहरूलाई वर्किङ भिषामा नेदरल्याण्ड जानको लागि प्रतिव्यक्ति १६ लाख रूपैयाँ लाग्छ, पानीजहाजको सिम्यानको रुपमा काममा लगाईदिन्छु, सुरूमा मासिक ७५ हजार रूपैयाँ तलव हुन्छ भन्ने प्रलोभन देखाई उनीहरूबाट १ करोड ३६ लाख ५० हजार रूपैयाँ रकम ठगी गरी सम्पर्क विहिन भएकोले पक्राउ गर्न वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई कोटेश्वरबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ ।