प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
नेपाल प्रहरी श्रीमती संघ - परिचय

 

कार्यसमिति पदाधिकारीहरु :

 

अध्यक्ष -                                 श्रीमती लक्ष्मी कुँवर
महासचिव -                             श्रीमती अनुश्री पाख्रीन
कोषाध्यक्ष -                             श्रीमती कल्पना गिरी
सचिव (कार्यक्रम) -                   श्रीमती सन्ध्या जोशी
वरिष्ठ सल्लाहकार -                   श्रीमती अनिता गुरुङ
सचिव (प्रशासन) -                    श्रीमती अजिता  देवकोटा बास्तोला
सह-कोषाध्यक्ष -                       श्रीमती कमला खनाल
सह-सचिव (कार्यक्रम) -             श्रीमती तृप्ता शाह
सह-सचिव (प्रशासन) -              श्रीमती अनिता  ढकाल अधिकारी
सदस्य -                                 श्रीमती प्रेक्ष्यमा गोगल
सदस्य -                                 श्रीमती संगिता लम्साल
सदस्य -                                 श्रीतमी  बरुणा थपलिया
सदस्य -                                 श्रीमती चेतना  चन्द शाही
सदस्य -                                 श्रीमती सिता हमाल विष्ट
सदस्य -                                 श्रीमती अनिता ढकाल पौडेल
सदस्य -                                 श्रीमती राधा खतिवडा पोखरेल
सदस्य -                                 श्रीमती अरिना राई


 

परिचय

         ''सेवा नै धर्म हो'' भन्ने भावनाले अभिप्रेरित नेपाल प्रहरीमा कार्यरत राष्ट्र सेवकहरुका परिवार (श्रीमती) लाई सामाजिक सेवाको लागि अभिप्रेरित गरी राष्ट्रसेवाको पुनित कार्यको लागि संगठित गर्न, राष्ट्रमा समय–समयमा आईपर्ने विभिन्न प्रकारका दैवि प्रकोपहरु लगायत मानविय सेवाका विविध क्षेत्र जस्तो शिक्षा, स्वास्थ्य, खेलकुद र आर्थिक क्षेत्रहरुको सुधार, विकास र उन्नतिको लागि आफुहरुमा अन्तर्निहित साधन, श्रोतको उपयोग वा विभिन्न माध्यमहरु मार्फत सहयोग पुर्‍याई लोक कल्याणकारी सेवा उपलव्ध गराउने पवित्र उद्देश्य लिई राष्ट्र र समस्त नेपालीको उन्नति, प्रगति एवं विकासको वृहत्तर सोचका साथ मिति २०४१ साल भाद्र ४ गते यस नेपाल प्रहरी श्रीमती संघ (Nepal Police Wives Association) नामक मुनाफा रहित संस्थाको स्थापना भएको हो । यस संघको प्रधान कार्यालय भृकुटीमण्डप काठमाण्डौंमा रहेको छ । संघले स्थापना काल देखि नै प्रहरी परिवारका महिलाहरुको मात्र नभएर समग्र महिलाहरुको सीप विकास, आय आर्जन, क्षमता अभिवृद्धि, विभिन्न विषयहरुमा सचेतनाको लागि कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ । साथै अमर प्रहरी, घाईते, दीर्घ रोगी आदिका सन्ततीहरुलाई छात्रवृत्ति, आर्थिक सहयोग, सहाराविहिन वृद्ध, वृद्धाहरुलाई राहत सहयोग तथा स्वास्थ्य शिविरहरु पनि संचालन गर्दै आईरहेको छ । तल उल्लेखित उदेश्यहरु प्राप्तीको लागि संघ प्रतिवद्ध रहेको छ ।

 

उद्देश्य

  • अमर प्रहरी, घाईते, दीर्घ रोगी प्रहरीका सन्ततीहरुलाई शैक्षिक छात्रवृत्ति प्रदान गर्ने ।
  • वहालवाला, सेवा निबृत्त, घाईते, अमर प्रहरी कर्मचारीहरुका परिवार तथा एकल महिलाहरुको बृत्तिविकास एवं आय आर्जनको लागि सिप तथा रोजगार मुलक तालिमहरुका साथै समसामयिक चेतनामूलक कार्यक्रम समेत संचालन गर्ने ।
  • प्रहरी कर्मचारीका परिवारलाई स्त्रीरोग लगायत अन्य विभिन्न स्वास्थ्य सम्बन्धी परामर्श, परिक्षण तथा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने ।
  • समाज सेवाका विविध क्षेत्रमा मानविय सेवाका विभिन्न चेतनामूलक कार्यक्रमहरु संचालन गर्ने ।
  • घरबारबिहीन वृद्ध–वृद्धाहरुलाई सहयोग उपलव्ध गराउने ।
  • बाढी पहिरो, भुकम्प, आगलागी जस्ता दैवि प्रकोप पीडितहरुलाई आर्थिक सहयोग तथा राहत सामाग्री प्रदान गर्ने ।
  • दुर्ब्यसनीमा फसेका युवाहरुलाई कुलतबाट हटाई सुमार्गमा ल्याउनका लागि सुधार गृह सञ्चालन गर्ने ।
  • प्रहरी कर्मचारीका बालबालिकाहरुलाई हेरचाह तथा शैक्षिक विकासको लागि दिवा शिशु स्याहार केन्द्रको संचालन गर्ने ।

 

भावी योजना तथा कार्यक्रमहरु

  • संस्थाको उद्देश्यहरुको प्राप्ती तथा मुर्तरुप दिनको लागि पदाधिकारी तथा सदस्यहरुलाई जिम्मेवारीको बाँडफाँड गरी विषयगत रुपमा सबैलाई क्रियाशील गराउने र बिचबिचमा आ–आफ्नो उप–समितिहरुको प्रगति विवरण वुझाउनु पर्ने परम्पराको थालनी गर्ने ।
  • संघद्वारा संचालित दिवा शिशु स्याहार केन्द्रको आवश्यकता अनुसार विस्तार गर्दै जाने ।
  • संघको राहत कोषको अभिवृद्धिको लागि आर्थिक सहायता जुटाउन काठमाण्डौ लगायत सातै प्रदेशमा विभिन्न कार्यक्रमहरु संचालन गर्ने ।
  • विगतका बाँकी रहेका बिभिन्न कार्यहरुलाई निरन्तरता दिई पुरा गर्ने ।

अपील

नेपाल प्रहरी श्रीमती संघ विशुद्ध सामाजिक र मुनाफा रहित संस्था भएको कारण उद्देश्य अनुरुपका लोक कल्याणकारी कार्यक्रम तथा क्रियाकलाप संचालनको लागि साधन, श्रोतको आवश्यकता सर्वविदितै छ । जसको व्यवस्था संघ आफैले गर्न सक्दैन । यस्तो अवस्थामा सबै क्षेत्र, संघ-संस्था वा व्यक्तिहरुबाट सक्दो योगदानको अपेक्षा राख्दछ । साथै संघलाई प्रभावकारी र उर्जाका साथ अगाडी बढाउनको लागि आफ्ना सुझाव र सल्लाहहरु संघको केन्द्रीय कार्यालय, भृकुटीमण्डप स्थित कार्यालयमा स्थापित सुझाव पेटिकामा राखिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ ।
 
 
नेपाल प्रहरी श्रीमती संघको संशोधित विधान
सम्पर्क नं. ०१-५३२७०३८
ई-मेल ठेगाना - npwa@nepalpolice.gov.np (अध्यक्ष), policenpwa@gmail.com (कार्यालय)


Card image cap
लक्ष्मी कुँवर

"अध्यक्ष"