प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
आसरा सुधार केन्द्र

 

वि.सं. २०५४ साल असारमा काठमाडौं उपत्यका भित्र विभिन्न प्रकारका अपराधिक गतिविधि बढ्दै गएको कारण नेपाल प्रहरीले त्यस्ता प्रकारका क्रियाकलापमा सम्बद्ध २७२ जना यूवाहरूलाई पक्राउ गरी छानविन गर्दा १११ जना यूवाहरू लागू औषध दुर्व्यसनमा फसेको पाइयो। उक्त दुर्व्यसनमा फसेका समूहलाई उपचारात्मक तथा सुधारात्मक उपायबाट असल तथा सभ्य नागरिक बनाउने लक्ष्य लिई नेपाल प्रहरीको पहल कदमीमा २०५४ साल आषाढ १ गते "लागू औषध दुर्व्यसनी सुधार शिविर" स्थापना भएको थियो । विभिन्न बाधा र अड्चनको वावजुद पनि नेपाल प्रहरीले उक्त समुहलाई ३ महिनासम्म निःशुल्क उपचार गरेको थियो । नेपाल प्रहरीको बृहत्तर जिम्मेवारी भएको कारण उक्त शिविर संचालन गर्ने जिम्मेवारी २०५४ साल आश्विन १ गतेदेखि नेपाल प्रहरी श्रीमती संघलाई हस्तान्तरण भई उक्त संघको सुपरिवेक्षणमा संचालन हुंदै आएको छ । उक्त शिविरको नाममा केही परिवर्तन गरी "आसरा सुधार केन्द्र" नामक एक मुनाफा रहित गैह्र सरकारी संस्थाको रुपमा २०५५ साल माघ १९ गते संस्था दर्ता ऐन २०३४ अनुसार काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता भई २०५७ माघ ३ गते देखि समाज कल्याण परिषदमा, २०६९।०४।११ गते गृह मन्त्रालयमा सुचिकृत र मिति २०७३।०१।०२ गते गृह-मन्त्रालयमा आवद्ध समेत भई सेवा प्रदान गर्दै आएको छ । यस  केन्द्रले स्थापनाकाल देखि आ.व. २०७९-०८० सम्ममा ५,८७८ (पाँच हजार आठ सय अठहत्तर) जनालाई उपचार सेवा प्रदान गरिसकेको छ ।

 

साथै यस केन्द्रको शाखाको रुपमा प्रदेश नम्बर १ अन्तर्गत समेत समाजमा लागू औषध प्रयोगकर्ताहरुलाई लक्षित गरि उपचार, परामर्श तथा समाजमा पुनर्स्थापित गर्ने उद्देश्य राखी धरान सुनसरीमा समेत मिति २०७५।१२।०१ गतेबाट आसरा सुधार केन्द्र पानवारी धरान शाखाको स्थापना गरी नेपाल प्रहरी श्रीमती संघको सुपरिबेक्षणमा संचालन हुदै आईरहेको छ । 

 

उद्देश्य:

  • लागूऔषध प्रयोगकर्तामा मनोवल र आत्मबल अभिवृद्धि गरी लागू पदार्थ प्रति वितृष्णा उत्पन्न गराउने ।
  • लागू पदार्थको नकारात्मक असर बारे जनजागरण कार्यक्रम संचालन गरी लागूऔषध प्रयोगकर्ताको कारणबाट उत्पिडित समाजलाई राहत दिलाउने ।
  • लागूऔषध प्रयोगकर्ताको कारणबाट हुने अपराधिक क्रियाकलापमा कमि ल्याई लागू औषधको ओसार पसार, सेवन र नियन्त्रण कार्यमा सहयोग गर्ने ।
  • लागूऔषध प्रयोगकर्ताहरूलाई उपचार गरि परिवार र समाजमा पुनःस्थापना गर्ने ।
  • सीप मूलक कार्यमा सहभागि गराई स्वावलम्बी बन्न सिकाउने ।
  • लागू औषध प्रयोगबाट श्रृजना हुने रोगहरूवारे सजग गराउने र अकाल मृत्युबाट बचाउने ।

 

भर्ना प्रकृयाः

  • यस केन्द्रमा हाल १०० जना सम्मलाई उपचार गर्न सक्ने क्षमता रहेको छ ।
  • केन्द्रमा रिक्त स्थान भएमा प्रतिक्षा सूची अनुसार भर्ना लिइने छ ।
  • भर्ना लिनुभन्दा अगाडि कार्याधिकृत परामर्शदाता र स्वास्थ्य परिक्षक समेतको भर्ना समितिले सम्बन्धित व्यक्ति र परिवारसंग परामर्श लिए पछि मात्र केन्द्रको नियम अनुसार भर्ना लिइने छ ।
  • दुर्व्यसनबाट पूर्ण रूपमा मुक्त हुने समय लागूऔषध प्रयोगकर्ताहरूको शारीरिक, मानसिक र परिवारिक आदि अवस्थामा भरपर्ने हुँदा केन्द्रले प्रारम्भिक सुधारको लागी ४ महिनाको समय तोकेको छ । त्यसैले भर्ना हुने व्यक्ति र परिवारको ४ महिनासम्म बस्ने र राख्ने इच्छा हुनु आवश्यक हुन्छ ।
  • कुनै प्रकारका मानसिक तथा शारिरीक रुपले असक्षम भएका र गम्भिर प्रकृतिका रोग लागेका  व्यक्तिहरुलाई भर्ना लिइनेछैन  ।

 

वर्तमान शुल्क विवरण (२०७८ माघ १ गतेबाट लागू):

सि.नं. विवरण शुल्क
१. आवास, खाना र अध्ययन खर्च ७०,०००।-
२. सामान्य औषधि र उपचार खर्च २४५०।-
३. मर्मत तथा सुधार खर्च १०००।-
४. पोशाक तथा फुटकर खर्च ४०५०।-
५. पत्रपत्रिका तथा मनोरञ्जन खर्च ५००।-
कुल ४ महिनाको भर्ना शुल्क ७८,०००।-
चार महिना पश्चातको मासिक शुल्क १७,५००।-

उपचार अवधि :–
केन्द्रको न्युनतम उपचार अवधि ४ महिनाको हुने र थप उपचार अवधिको लागि उपचाररत सदस्यको सुधारको अवस्था संस्थाले मूल्याङ्कन गरी सम्बन्धित अभिभावक समेतको सुझाव अनुसार थप गर्दै लैजाने व्यवस्था रहेको छ ।

उपचार पद्धति:
आफ्नो कर्तव्यपथबाट विमुख भई लागू पदार्थ जस्तो प्राणघातक नशामा लागेका समाजका महत्वपूर्ण शक्तिको रूपमा रहेका युवाहरूलाई पुनर्जीवन प्रदान गर्न केन्द्रमा 'Holistic Approach' पद्धत्ति अपनाइएको छ । यस केन्द्रमा उपचाररत सदस्यहरुको स्वास्थ्यलाई ध्यानमा राखि उपचारको लागि मेडिकल युनिट तथा Detoxification Unit को ब्यबस्था गरिएको छ । यस केन्द्रको मेडिकल युनिटबाट हुन नसक्ने उपचारको लागि अभिभावकलाई बोलाई बाहिर पठाउने गरीन्छ ।

स्वास्थ्य परिक्षण तथा उपचार :–
केन्द्रमा भर्ना भएका प्रत्येक उपचाररत सदस्यहरुको स्वास्थ्य परिक्षण गरिने र उपचाररत अवधिमा नियमित रुपमा General Physician तथा Psychiatric Doctor द्धारा स्वास्थ्य परिक्षण तथा उपचारको व्यवस्था भएको ।

क) शारीरिक स्वस्थता प्रदान गर्नको लागि

  • शारीरिक उत्पिडन कम गर्न चिसो ग्लुकोज पानी, कागती पानी प्रशस्त मात्रामा खुवाउने, चीसो पानीमा नुहाउने विधि अपनाइएको छ ।
  • शारीरिक र मानसिक सन्तुलन ल्याउन योगाभ्यास गराइन्छ।
  • आवश्यकता अनुसार पौष्टिक आहार खुवाईन्छ।
  • विभिन्न खेलकुदका कार्यक्रमहरु गराईन्छ।
  • शारीरिक व्यायाम गराईन्छ।
  • जिम गर्न चाहनेहरुका लागि जिम हलको व्यवस्था छ ।

(ख) भावनात्मक परिवर्तन ल्याउनको लागि

लागूऔषध प्रयोगकर्ता हुनुमा शारीरिक भन्दा मनोवैज्ञानिक (Psychological) निर्भरता बढी भएको पाइएको छ । यस्तो निर्भरता हटाउनको लागि भावनात्मक र व्यवहारिक परिवर्तन गर्न अत्यन्त आवश्यक हुने हुँदा पुर्नस्थापना गर्ने कार्यको यो एउटा अत्यावश्यक पक्ष हो ।
भावनात्मक परिवर्तन ल्याउन व्यक्तिगत परामर्श, सामूहिक परामर्श, नैतिक शिक्षाका कक्षाहरु तथा प्रश्नोत्तर, इन्भेन्ट्रि लेखन, भूमिका निर्वाहको वारेमा प्रयोगात्मक कक्षाहरू संचालन गराइन्छ ।

(ग) पारिवारिक र सामाजिक समन्वयको लागि

सबैलाई थाहा भएकै कुरा हो कि लागू पदार्थको दुर्व्यसनमा फसे पछि त्यस व्यक्ति र परिवार बीचको सम्बन्ध विग्रिएको हुन्छ । त्यस्तै गरी समाजमा पनि त्यसको समन्वय राम्रो हुन सकेको हुदैन । जसले गर्दा व्यक्तिमा आत्म सम्मान हटेर गएको हुन्छ र सामाजिक समायोजनमा कमी हुन्छ । त्यसको लागि केन्द्रबाट निम्न क्रियाकलापहरू गरिन्छ ।

  • पारिवारिक परामर्श ।
  • प्रत्येक हप्ताको आईतबार पारिवारिक भेटघाट ।
  • सामाजिक कार्यक्रममा सहभागी ।
  • प्रत्येक महिनाको पहिलो र तेश्रो आइतवार पारिवारीक परामर्श तथा अन्तरक्रिया ।
  • परिवार तथा समाजमा पुनर्स्थापनाको लागि भर्ना भएको १ महिना पश्चात प्रत्येक आइतबार परिवारसंगको भेटघाट र तीन महिना पुगिसकेका व्यक्तिहरूलाई पारिवारिक सु-सम्बन्ध र सामाजिक समन्वयको लागि परिवार बोलाई घरमा (Outing) लैजाने ल्याउने व्यवस्था ।
  • यस केन्द्रबाट नियमानुसार डिस्चार्ज भै जाने पुनर्स्थापित सदस्यहरुलाई प्रत्येक महिनाको पहिलो शुक्रबार केन्द्रका परामर्शदाताहरुबाट Recovering कक्षा संचालन गर्दै आईरहेको ।
  • उपचाररत सदस्यहरु डिस्चार्ज हुँदा परिवारको सदस्य, सम्बन्धित परामर्शदाता तथा उपचाररत सदस्यहरुको सामूहिक उपस्थितिमा नशारहित जीवन बिताउने प्रतिवद्धता गराई डिस्चार्ज गर्दै आईरहेको ।
  • केन्द्रबाट डिस्चार्ज भई गएका उपचाररत सदस्यहरुलाई परामर्शदाताहरुबाट निरन्तर रुपमा Follow up गर्ने गरिएको ।
  • चार महिना अवधी सम्ममा पनि कुनै सदस्यहरुको मूल्याङकन गर्दा सन्तोषजनक नपाइएमा परिवार संग परामर्श गरी आवश्यकता अनुसार उपचार अवधी थप गर्ने गरिएको ।
  • पटक पटक अनुशासन भंग गर्ने, नियम तोड्ने, उपचारमा सहभागी नहुने, खैलावैला गरिरहने व्यक्तिलाई कुनै पनि समयमा अभिभावकलाई जिम्मा लगाई फिर्ता पठाउने गरिएको ।
  • लागू औषध तथा मद्यपानको कुलतमा फसेका आफ्नो परिवारका सदस्यहरुलाई अभिभावकहरुले आफ्नो साथम केन्द्रमा ल्याई केन्द्रका परामर्शदाताबाट प्रि काउन्सिलिङको व्यवस्था गरी नशारहित जीवन विताउने प्रतिवद्दता गराउन लगाई पुन:अभिभावकको जिम्मा लगाई फिर्ता पठाउने गरिएको ।

(घ) स्वावलम्बी र आत्म संयमी बनाउनको लागि

  • क्रियात्मक उपचार (वर्क थेरापी)
  • सीपमूलक प्रशिक्षण र तालिम
  • आपसी छलफल
  • व्यक्तिगत परामर्श
  • मनोवैज्ञानिक परामर्श
  • सांगितिक प्रशिक्षण
  • खेलकुद तथा लेख रचना प्रतियोगिताको संचालन

 

(ङ) आध्यात्मिक परिवर्तन ल्याउनको लागि

आध्यात्मिक परिवर्तन ल्याउन आध्यात्मिक प्रवचन, योग शिक्षा, राजयोगको प्रवचन, शान्तिको सन्देशका कक्षाहरू संचालनका साथै ध्यान तथा दर्शनको लागि केन्द्रको परिसरमा मन्दिर स्थापना गरिएको छ ।

 

केन्द्रको भावी योजना तथा कार्यक्रमहरु

केन्द्रबाट गरिदै आएका कार्यक्रमहरु जस्तै जनचेतनामुलक कार्यक्रम अन्तर्गत बिद्यालय सम्पर्क सामुदायिक सेवा केन्द्रसँग सहकार्य, पर्चा तथा ब्रोसर प्रकासन तथा बितरण, विभिन्न सीपमूलक तालिमहरु, बिविध खेलकुद प्रतियोगिता सन्चालन, टेलिसामाग्री निर्माण तथा प्रशारण तथा केन्द्रलाई खोज केन्द्रका रुपमा बिकसित गर्ने आदिलाई अझ बिस्तारित गर्दै लैजाने तथा केन्द्रमा उपचाररत सदस्यहरुको उपचारमा अझ बढी दिगोपन होस् भन्ने उद्धेश्यले उनीहरुका निम्ति समय र शैक्षिकस्तर सुहाउँदो तालिम तथा बिशेष कक्षाहरु सञ्चालन गर्ने तथा केन्द्रलाई अझ बढी सुविधा सम्पन्न, सेवामूखी, आत्मनिर्भर र समय सापेक्ष बनाई समाजमा सशक्त पहिचान कायम गर्ने उद्धेश्य अनुरुप हाल भएका पुर्वाधारमा बृद्धि बिकास गर्दै लैजानुको साथै सात वटै प्रदेशहरुमा लागू औषध पुनर्स्थापन केन्द्रको स्थापना गर्ने क्रममा प्रदेश नं. १ धरान सुनसरीमा आसरा सुधार केन्द्र पानबारी धरान शाखा स्थापना भै संचालनमा रहेको र बाँकी प्रदेशहरुमा समेत शाखा बिस्तार गर्ने भावी योजना रहेको ।

 

अपिल

लागूऔषध बिरुद्धमा यस केन्द्रले गर्दै आएको प्रयासलाई अझ सशक्त र प्रभावकारी बनाउन परिवार, समाज, सरकारी तथा गैरसरकारी सँस्थाका विभिन्न निकायहरु, विभिन्न राजनैतिक दलहरु, नागरिक समाज, प्रहरी, सञ्चारकर्मीहरु, निजि क्षेत्र एवम लागूऔषधसँग सम्बन्धीत बिज्ञहरु तथा स्वयं प्रयोगकर्ताहरुको सहयोग एवम महत्वपूर्ण भूमिकाको अपेक्षा राख्दै निरन्तर रुपमा सवैको साथ पाईरहने अपेक्षा गर्दछौँ ।

 

सवैले लागूऔषधको समस्यालाई संवेदनशिल रुपमा लिई निम्नानुसार गर्नु हुन हार्दिक अपिल समेत गर्दछौ :–

  • आफ्नो घर परिवार एवम छरछिमेकमा लागूऔषध प्रयोगकर्ता भए ढिला नगरी सुधार केन्द्रमा सम्पर्क गर्न ।
  • लागूऔषध सम्बन्धी समस्यहरुमा कुनै कुरा नलुकाई खुलेर कुरा राख्न ।
  • लागूऔषधको समस्या र यसका समाधानका उपायहरु सम्बन्धमा आफूलाई जानकारी भएका कुराहरु अरुलाई समेत जानकारी गराउनु हुन ।
  • र अन्तमा रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्न नदिनु नै बेश (Precaution is better than cure) भन्ने मान्यतालाई आत्मसाथ गर्दै लागूऔषधको रोग लाग्न नदिने प्रयासमा सल्लाह र सुझाव प्रस्तुत गरीदिई सहयोग पुर्याईदिन हुन समेत हार्दिक अपिल गर्दछौँ ।

 

आसरा सुधार केन्द्र, रानीबारी, काठमाडौं- सम्पर्क नम्बर :- ०१-४९८४८८१, ९८५१२८४८८१
ईमेल :- aasara97@gmail.com
आसरा सुधार केन्द्र, पानबारी धरान शाखा, सुनसरी- सम्पर्क नम्बर:- ०२-५५५२०५५, ९८५२०६२०८० ईमेल :- aasaradharan@gmail.com

 

केन्द्रको सांगठनिक स‌ंरचना


आसरा क्यालेण्डर २०८० 

"आसरा दर्पण २०८०" 


मिति २०८० साल असोज ०७ गते केन्द्रको २७ औं वार्षिकोत्सवको अवसरमा प्रमुख अतिथि श्रद्धेय श्रीमान प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरज्यूबाट केन्द्रबाट प्रकाशित आसरा दर्पण २०८० को बिमोचन गर्नु हुँदै ।

 

मिति २०८० साल असोज ०७ गते प्रमुख अतिथि श्रद्धेय श्रीमान प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको आसरा सुधार केन्द्र रानीबारीको २७ औं वार्षिकोत्सव कार्यक्रमको केही झलकहरु ।

 

मिति २०८० साल भदौ १० गते केन्द्रको २५ औं वार्षिक साधारण सभाको केही झलकहरु ।

 

नेपाल प्रहरीको प्रहरी महानिरीक्षक पदमा नियुक्त हुनु भएका श्रद्धेय श्रीमान प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरज्यूलाई नेपाल प्रहरी प्रधान कार्यालयमा आसरा परिवारको तर्फबाट बधाई एवं शुभकामना प्रदान गर्नु हुदै केन्द्रकी आदरणीय सचिव श्रीमती सिता ज्ञवालीज्यू ।

 

नेपाल प्रहरीको प्रहरी महानिरीक्षक पदमा नियुक्त हुनु भएका श्रद्धेय श्रीमान प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरज्यूलाई नेपाल प्रहरी प्रधान कार्यालयमा आसराको तर्फबाट बधाई एवं शुभकामना प्रदान पश्चात संगठन प्रमुखज्यू संग केन्द्रका कार्यकारिणी समितिका पदाधिकारीज्यूहरुको सामुहिक तस्वीर ।

 

यस केन्द्रकी समादरणीय नव अध्यक्ष श्रीमती लक्ष्मी कुँवरज्यूलाई केन्द्रमा स्वागत अभिवादन गर्नु हुँदै केन्द्रकी आदरणीय उपाध्यक्ष श्रीमती रुपा थापाज्यू एवं आदरणीय सचिव सिता ज्ञवालीज्यू ।

 

यस केन्द्रकी समादरणीय नव अध्यक्ष श्रीमती लक्ष्मी कुँवरज्यूबाट केन्द्रको अध्यक्षको पदभार ग्रहण गर्नु हुँदै ।

 

यस केन्द्रमा केन्द्रकी समादरणीय नव अध्यक्ष श्रीमती लक्ष्मी कुँवरज्यूको स्वागत एवं समादरणीय निवर्तमान अध्यक्ष श्रीमती कुशुम लता सिंहज्यूको बिदाई कार्यक्रम तथा नव वर्ष २०८० सालको शुभकामना आदान प्रदान कार्यक्रमका केही झलकहरु ।

 

केन्द्रको अवलोकन भ्रमण गर्नु हुँदै केन्द्रकी समादरणीय नव अध्यक्ष श्रीमती लक्ष्मी कुँवरज्यू ।

 

केन्द्रकी समादरणीय अध्यक्ष श्रीमती लक्ष्मी कुँवरज्यूको प्रमुख आतिथ्यतामा लागूऔषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस जुन २६, २०२३ को अवसरमा मिति २०८०।०३।०८ गते आसरा सुधार केन्द्र रानीबारीमा आयोजित कार्यक्रमको झलक ।

 

केन्द्रका उपचाररत सदस्यहरुलाई Psychiatric उपचार गर्नु हुँर्दै  पूर्व प्र.ना.म.नि. डा. अजित कुमार गुरुङज्यू ।

 

केन्द्रका उपचाररत सदस्यहरुलाई चेकजाँच गर्नु हुँर्दै General Physician प्र.नि. डा. सक्षम के.सी. ज्यू ।

 

आसरा सुधार केन्द्रका विभिन्न गतिविधिहरु । 

 

यस केन्द्रद्धारा बिभिन्न कलेज तथा बिद्यालयहरुमा आयोजना गरिएको लागूऔषध विरुद्धको सचेतनामूलक कार्यक्रमहरुको केही झलकहरु ।

 

अल्का अस्पताल प्रा.लि. जावलाखेलबाट यस केन्द्रको अवलोकन भ्रमणमा आउनु भएका  Bachelor in Nursing मा अध्ययनरत विद्यार्थीहरुसंग केन्द्रको अवलोकन तथा कक्षा संचालन पश्चात केन्द्रका कर्मचारीहरुसंगको सामूहिक तस्वीर ।

नेपाल प्रहरी विद्यालय साँगा काभ्रेपलाञ्चोक, नेपाल पुलिस स्कुल सामाखुशी, बिश्वामित्र गणेश माद्यामिक विद्यालय लुभू लामाटार ललितपुरमा यस केन्द्रद्वारा आयोजना गरिएको लागूपदार्थ विरुद्धको सचेतनामूलक कार्यक्रमको झलकहरू  ।