नेपाल प्रहरीको पुरूष हक्की टिमको विजयी सुरूवात
२०७९-०६-२८
- A
- A-
- A+
कास्की, पोखरामा आयोजित नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत शुक्रबार भएको पुरूष हक्की खेलमा नेपाल पुलिस क्लबले समूह चरणको पहिलो खेल खेल्दै विजयी सुरूवात गरेको छ ।
पोखरास्थित गौरीशंकर खेल मैदान ह्याम्जामा भएको खेलमा नेपाल पुलिस क्लबले आफ्नो पहिलो खेलमा कर्णाली प्रदेशलाई ६-० गोल अन्तरले पराजित गरेको हो । नेपाल पुलिस क्लबको लागि नरेन्द्र कार्की ३ गोल, गणेश सिंह ठगुन्ना १ गोल, महेश धामी १ गोल र शशी दर्लामी १ गोल गरेका थिए ।
दुई समूहमा विभाजित पुरूष हक्की प्रतियोगितामा नेपाल पुलिस क्लब समूह 'बि' मा रहेको छ । जसमा कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेश रहेका छन् । नेपाल पुलिस क्लबले समूह चरणको अर्को खेल बागमती प्रदेश सँग असोज ३० गते खेल्नेछ ।