हत्या गरेको अभियोगमा पक्राउ
२०८३-०३-२५
- A
- A-
- A+
खोटाङ, दिप्रुङ चुइचुम्मा गाउँपालिका-१ मोरिया याम्खा बस्ने ३५ वर्षीय धुर्ब अधिकारीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ५३ वर्षीय तिलक बहादुर मग्रातीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
तिलकको घरमा उनीहरू बीच वादविवादको क्रममा तिलकले खुकुरी प्रहार गर्दा धुर्बको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय खोटाङ समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।