प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ

२०८२-१२-२१

  • A
  • A-
  • A+
Share

काठमाडौं महानगरपालिका-६ सिमलटार बस्ने ५२ वर्षीय मैते तामाङको घरमा जुवातास खेलिरहेको अवस्थामा मैते समेत १९ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६ लाख २७ हजार ५ सय रूपैयाँ, ८ बुक तास र २८ थान कौडा सहित पक्राउ गरेको हो । 

कैलाली, धनगढी उपमहानगरपालिका-४ डेरा गरी बस्ने पाल्पा घर भएकी ३२ वर्षीया टेक कुमारी गाहामगरको कोठामा जुवातास खेलिरहेको अवस्थामा टेक कुमारी समेत ६ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २० हजार १ सय ४० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ
२०८३-०४-२२

चितवन, भरतपुर महानगरपालिका-२९ देवीटार बस्ने ६५ वर्षीय सुरज लामिछानेको घरमा जुवातास खेलिरहेको अवस्थामा सुरज समेत ७ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १६ हजार २ सय ६५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।  यसैगरी चितवन, भरतपुर महानगरपालिका-११ गोर्खालीटोल बस्ने बाला गुरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-११ बसेनी बस्ने ५० वर्षीय राजेश गुरूङ समेत ६ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८७ हजार ६ सय ७० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, भीमदत्त नगरपालिका-१८ मदन चोकस्थित ४२ वर्षीय देब बहादुर चन्दले संचालन गरेको देबु होटलमा जुवातास खलिरहेको अवस्थामा देब बहादुर समेत ८ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५५ हजार ८० रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा १८ जना पक्राउ
२०८३-०४-२१

भक्तपुर, चाँगुनारायण नगरपालिका-९ ताथली चुनदेवी हाइट नजिक भक्तपुर नगरपालिका-६ चोर्चायाछें बस्ने ३० वर्षीय रोशन देसेमरूले संचालन गरेको आरती खाजाघरमा जुवातास खेलिरहेको अवस्थामा रोशन समेत ७ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट ताथलीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १८ हजार ५ सय ५५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।  रूपन्देही, बुटवल उपमहानगरपालिका-११ देवीनगर रंगशाला शिवपथस्थित ६१ वर्षीय धुर्व श्रेष्ठले संचालन गरेको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा धुर्व समेत ११ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६१ हजार ८ सय ५ रूपैयाँ र ९ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ
२०८३-०४-१९

काठमाडौं, काठमाडौं महानगरपालिका-१० थापागाउँ धोबिखोला करिडोर नजिकै डेरा गरी बस्ने रामेछाप घर भएका ५३ वर्षीय रहर बहादुर मगरको कोठामा जुवातास खेलिरहेको अवस्थामा रहर बहादुर समेत ९ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त नयाँबानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २३ हजार रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो ।पाल्पा, माथागढी गाउँपालिका-३ सराई बस्ने ५० वर्षीय तुल्सी राम मश्राङगीको घरमा जुवातास खेलिरहेको अवस्थामा तुल्सीराम समेत ८ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७७ हजार ९ सय ६० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा ४७ जना पक्राउ
२०८३-०४-१७

कञ्चनपुर, भीमदत्त नगरपालिका-३ भाँसी बस्ने जगदिश भट्टको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१८ बस्ने ४० वर्षीय सुरेश चन्द समेत ८ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६१ हजार ९ सय ४० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । ललितपुर, ललितपुर महानगरपालिका-१४ नखिपोट बस्ने बागलुङ घर भएका ३१ वर्षीय संजय पुनको कोठामा जुवातास खेलिरहेको अवस्थामा संजय समेत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४३ हजार २ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यसैगरी ललितपुर, ललितपुर महानगरपालिका-१४ सुम्निमा मार्गस्थित ललितपुर नखिपोट बस्ने भोजपुर घर भएका ५६ वर्षीय सुबज राईले संचालन गरेको फर्निचर पसलमा जुवातास खेलिरहेको अवस्थामा सुबज समेत २१ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६८ हजार ७ सय ६० रूपैयाँ र ११ बुक तास सहित पक्राउ गरेको हो । चितवन, भरतपुर महानगरपालिका-१० अष्ठभुजा पेट्रोल पम्प पछाडी तनहुँ घर भएका ३७ वर्षीय कमल बहादुर न्यौपानेले संचालन गरेको विकल्प खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा कमल बहादुर समेत ११ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७१ हजार ५ सय १५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।