प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा २६ जना पक्राउ

२०८३-०४-३१

  • A
  • A-
  • A+
Share

कपिलवस्तु, कृष्णनगर नगरपालिका-३ बस्ने ३२ वर्षीय बिनोद हेलाको घरमा जुवातास खेलिरहेको अवस्थामा बिनोद समेत १५ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ७५ हजार रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । 

भक्तपुर, मध्यपुर थिमी नगरपालिका-८ बोडे डायमण्ड चोकस्थित सिन्धुपाल्चोक घर भएका ४६ वर्षीय ढकल बहादुर तामाङको डेरा कोठामा जुवातास खेलिरहेको अवस्थामा ढकल बहादुर समेत ११ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ५४ हजार रूपैयाँ र २५ बुक तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ
२०८३-०५-१५

काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-१२ कपन फुलबारी टोल डेरा गेरी बस्ने सर्लाही इश्वरपुर नगरपालिका-१२ घर भएकी ३६ वर्षीया साबित्रा कुमारी थिङको कोठामा जुवातास खेलिरहेको अवस्थामा साबित्रा समेत ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६८ हजार ३ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।  भक्तपुर, सूर्यविनायक नगरपालिका-८ सिपाडोलस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा चाँगुनारायण नगरपालिका-६ नगरकोट बस्ने ५९ वर्षीय ज्ञानबहादुर तामाङ समेत १० जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २३ हजार ३ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।