जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ
२०८३-०५-२१
- A
- A-
- A+
रोल्पा, त्रिवेणी गाउँपालिका-२ त्रिवेणी बस्ने ३१ वर्षीय बिर बहादुर पौडेलको घरमा जुवातास खेलिरहेको अवस्थामा बिर बहादुर समेत ५ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय होलेरीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३८ हजार २ सय ५० रूपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।