जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ
२०८३-०६-२९
- A
- A-
- A+
काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-११ कपन लसुनटारबाट जुवा (ओखर) खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ओखलढुङ्गा घर भएका ५० वर्षीय हिमाल कुमार दाहाल समेत ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६१ हजार रूपैयाँ र ११ थान ओखर सहित पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-२६ बिजयपुरबाट जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३६ वर्षीय तिलक थापा समेत ७ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५७ हजार रूपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो ।
मोरङ, पथरी शनिश्चरे नगरपालिका-२ बिष्णु चोक बस्ने सन्तोष कुमार ढकालको घरमा जुवातास खेलिरहेको अवस्थामा सन्तोष कुमार समेत ५ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २० हजार ९ सय ३० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।