जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ
२०८३-०६-२४
- A
- A-
- A+
कैलाली, धनगढी उपमहानगरपालिका-४ शिव पुरीधाम बस्ने ५२ वर्षीय गणेश खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा गणेश समेत ७ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५१ हजार ८ सय ७५ रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो ।
झापा, मेचीनगर नगरपालिका-१ तिरिङ खोलास्थित गाई गोठमा जुवातास खेलिरहेको अवस्थामा सोही नगपालिका-४ बाहुँनडागी बस्ने ५८ वर्षीय भवनी प्रसाद गुरागाई समेत ५ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४४ हजार ३ सय ५५ रूपैयाँ र ७ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।