जुवातास खेलिरहेको अवस्थामा २० जना पक्राउ
२०८३-०६-३०
- A
- A-
- A+
३१ असोज सुनसरी, इटहरी उपमहानगरपालिका-१८ नयाँटोलबाट जुवातास खेलिरहेको अवस्थामा सप्तरी सप्तकोशी नगरपालिका-२ सिद्धिपुर बस्ने ४० वर्षीय बिश्वास थापा मगर समेत ५ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ७१ हजार १० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
झापा, अर्जुनधारा नगरपालिका-५ ओमचोक बस्ने ५५ वर्षीय सिताराम थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा सिताराम समेत ६ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमानीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २२ हजार ६ सय ८० रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो ।
चितवन, रत्ननगर नगरपालिका-१० बगैंचा टोल बस्ने ४५ वर्षीय धन कुमार तामाङको घरमा जुवातास खेलिरहेको अवस्थामा धन बहादुर समेत ९ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १० हजार २ सय ५५ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।