जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ
२०८३-०६-२०
- A
- A-
- A+
सुनसरी, इटहरी उपमहानगरपालिका-१७ बाट जुवातास खेलिरहेको अवस्थामा धादिङ ज्वालामुखी गाउँपालिका-२ घर भएका २७ वर्षीय नारायण श्रेष्ठ समेत ५ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ३१ हजार १ सय ७० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।