जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ
२०८३-०७-०८
- A
- A-
- A+
दार्चुला, शैल्यशिखर नगरपालिका-९ गाजरी बस्ने ४८ वर्षीय केशव विकको घरमा जुवातास खेलिरहेको अवस्थामा केशव समेत ८ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७१ हजार ७ सय ७५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।