जुवा खेलिरहेको अवस्थामा १० जना पक्राउ
२०८३-०६-०२
- A
- A-
- A+
काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-२ तारेभिरस्थित जंगलमा जुवा (ओखर) खेलिरहेको अवस्थामा काभ्रे बनेपा बस्ने महाभारत गाउँपालिका-३ घर भएका ३१ वर्षीय राम बहादुर मोक्तान समेत १० जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८ हजार ४ सय रूपैयाँ र ओखर १४ थान सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।