प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

२०८३-०५-२७

  • A
  • A-
  • A+
Share

संखुवासभा, चैनपुर नगरपालिका-१० खराङ बजार बस्ने दिनेश राईको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३४ वर्षीय दुर्गा रायमाझी समेत ५ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५७ हजार २ सय ७० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार