प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २१ जना पक्राउ

२०८३-०१-०९

  • A
  • A-
  • A+
Share

झापा, दमक नगरपालिका-८ किरात चोक बस्ने २२ वर्षीय एलिस राज खरेललाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ७ सय ३० मिलिग्राम सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । 

यसैगरी झापा, अर्जुनधारा नगरपालिका-११ बगानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २७ ग्राम ८ सय ३० मिलिग्राम सहित ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-११ बस्ने २५ वर्षीय संजोग राई, २५ वर्षीय रूपेश दर्जी र ३७ वर्षीय अमृत दर्जी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले बा.४० प ३९९४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी झापा, भद्रपुर नगरपालिका-५ मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ७ सय ४० मिलिग्राम सहित सोही नगरपालिका-६ बस्ने ५० वर्षीया खैरून खातुनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

सुनसरी, धरान उपमहानगरपालिका-१३ देवी मार्ग बस्ने २५ वर्षीय काले भन्ने बुद्ध राईलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ८ सय ५० ट्याब्लेट, स्पास्पेन ७ सय ५० ट्याब्लेट र डिकोलिक १ सय ट्याब्लेट सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  अस्थायी प्रहरी चौकी जोर संखुवाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । 

कपिलवस्तु, वाणगंगा नगरपालिका-३ चम्कीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ५० मिलिग्राम र नगद १० हजार रूपैयाँ सहित सोही नगरपालिका-४ डुगा बस्ने ३४ वर्षीय किशोर भन्ने जंग बहादुर दर्जीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

यसैगरी कपिलवस्तु, कृष्णनगर नगरपालिका-२ बसपार्कबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ १४ किलो ४ सय २७ ग्राम सहित ४ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बागलुङ निसीखोला गाउँपालिका-९  बस्ने ३७ वर्षीया दिलकुमारी घर्ती मगर, सोही गाउँपालिका-६ बस्ने ३७ वर्षीया मनिषा घर्ती मगर, रूकुम पूर्व भुमे गाउँपालिका-१ बस्ने ४० वर्षीया दिलकुमारी घर्ती र बागलुङ निसीखोला गाउँपालिका-६ बस्ने ३४ वर्षीय नकुल घर्ती मगर रहेका छन् । इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

        ललितपुर, ललितपुर महानगरपालिका-२ साचल सुन्दरी टोलबाट अवैध लागूऔषध गाँजा २ किलोग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ५ सय ४० ट्याब्लेट, नाइट्राजेपाम ७ सय ४९ ट्याब्लेट, टापेन्टाडोल १२ ट्याब्लेट र नगद ८३ हजार ४ सय रूपैयाँ सहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-२ सानेपा बस्ने धादिङ घर भएका २५ वर्षीय अनिल लामा, रामेछाप घर भएका ३२ वर्षीय श्याम श्रेष्ठ र ललितपुर महानगरपालिका-३ धोबिघाट बस्ने ३८ वर्षीय सुदिप राना रहेका छन् । प्रहरी प्रभाग सानेपाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषदध सहित पक्राउ गरेको हो ।  

यसैगरी ललितपुर, महालक्ष्मी नगरपालिका-५ टिकाथलीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ६ सय १० ट्याब्लेट सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने रामेछाप घर भएका २३ वर्षीय राजु श्रेष्ठ र  सोही ठाउँ बस्ने २२ वर्षीया ईशा सैजु रहेका छन् । प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

मोरङ, रतुवामाई नगरपालिका-५ सुनवर्षीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्राम सहित सुनवर्षी नगरपालिका-३ बस्ने ४० वर्षीय शान्त बहादुर तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले सुनवर्षीबाट गोबिन्दपुरतर्फ जाँदै गरेको मे.९ प ९५० नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

सिराहा, गोलबजार नगरपालिका-२ टुडकीया टोलबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब २० किलो ४ सय ग्राम सहित सोही ठाउँ बस्ने ४५ वर्षीया गीता कुमारी साहलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजार समेतबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । 

लमजुङ, राईनास नगरपालिका-६ पाँचभाइ चौतारा बस्ने २१ वर्षीय बवुल मियालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ सय मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल १०  ट्याब्लेट र एनारगन १० ट्याब्लेट सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी विट धमिलिकुवाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४० ट्याब्लेट सहित कैलाली लम्किचुहा नगरपालिका-४ बस्ने २२ वर्षीय लोकेश परियारलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जुमनाहबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  

यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-६ बस्ने २५ वर्षीया बिटिया भन्ने सुमिता खटिकलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम २ सय मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले  पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो  शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनको घुम्ती पसल तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २५ जना पक्राउ
२०८३-०४-०९

बाँके, नेपालगंज उपमहानगरपालिका-१६ जयसपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्राम सहित अछाम घर भएका २३ वर्षीय प्रेम बहादुर बुढालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जयसपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । धनकुटा, साँगुरीगढी गाउँपालिका-२ मान्दवा टोलबाट अवैध लागूऔषध गाँजा करिब ७१ किलो ३५ ग्राम सहित सोही गाउँपालिका-२ गैरीगाउँ बस्ने ३१ वर्षीय शिखर लिम्बु समेत २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले को.२ ह १२५ नम्बरको अटो तलासी गर्दा उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।कैलाली, धनगढी उपमहानगरपालिका-७ जिपी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ३८ मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय बिकास जेठारा र २८ वर्षीय बिबेक राज उपाध्यायलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१७ पथरी पुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ३५ मिलिग्राम सहित सोही ठाउँ बस्ने २६ वर्षीय राजेश राना समेत २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-८ क्याम्पस चोक डेरा गरी  बस्ने कैलारी गाउँपालिका-२ घर भएका २५ वर्षीय श्रीमल चौधरी समेत ४ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ३ सय २३ मिलिग्राम सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले श्रीमलको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यसैगरी कैलाली, टीकापुर नगरपालिका-१ समितीपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने २८ वर्षीय सागर खत्री समेत २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, कानेपोखरी गाउँपालिका-५ माने चोक बस्ने २५ वर्षीय अमित धिमाल समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ७० मिलिग्राम सहित गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रमाइलोबाट खटिएको प्रहरीले अमितको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट नियन्त्रित लागूऔषध डाइजेपाम १८ एम्पुल बुप्रेनोर्फिन १८ एम्पुल र फेनारगन १८ एम्पुल सहित लमजुङ सुन्दरबजार नगरपालिका-९ बस्ने ३९ वर्षीय मिन बहादुर बानिया समेत २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङपुल जिपबाट खटिएको प्रहरीले मुग्लिङबाट डुम्रेतर्फ जाँदै गरेको ग. १७ प १२६३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । झापा, बिर्तामोड नगरपालिका-२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने  पदार्थ २ ग्राम ८ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय प्रवेश सहनी समेत २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सप्तरी, सुरूङगा नगरपालिका-२ बाट नियन्त्रित लागूऔषध ओपिडोल ८५ ट्याब्लेट, स्पास्मो ७५ ट्याब्लेट र डिकोलिक १० ट्याब्लेट सहित उदयपुर त्रियुगा नगरपालिका-९ रातमाटे बस्ने १९ वर्षीय अशोक भन्ने ताराचन्द्र भुजेललाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भेडेटारबाट उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।सुनसरी, ईनरूवा नगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ ग्राम ३ सय ६० मिलिग्राम सहित मोरङ उर्लाबारी नगरपालिका-४ बस्ने २४ वर्षीय बुद्दिमान साह समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल सुनसरी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । धनकुटा, धनकुटा नगरपालिका-१ हिले तुम्बाचोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ३ ट्याब्लेट र स्पास्पेन १ सय ३० ट्याब्लेट सहित पाख्रिबास नगरपालिका-९ बस्ने ३० वर्षीय रियल मगर समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ‍। प्रहरी चौकी हिलेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-१ खानेपानी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम ८ सय ४० मिलिग्राम सहित सोही नगरपालिका-१० नदवा बस्ने ३० वर्षीय सुरज मल्ललाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८३-०४-०९

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १७ ग्राम सहित खोटाङ रावा बेशी गाउँपालिका-४ बस्ने ३६ वर्षीय डिल्ली निरौलालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले काँकरभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०१-००६ ख ९८५५ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मकवानपुर, भीमफेदी गाउँपालिका-२ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५ सय ५३ ट्याब्लेट सहित काठमाडौं कीर्तिपुर नगरपालिका-९ बस्ने २६ वर्षीय प्रिन्स सिंह समेत २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-६ ईश्रायल कामतबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ८ ग्राम १० मिलिग्राम सहित इटहरी उपमहानगरपालिका-४ डेरा गरी बस्ने धनकुटा, धनकुटा नगरपालिका-१ हिले घर भएका ३५ वर्षीय मन बहादुर थापालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी नरसिंहटप्पुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित सात जना पक्राउ
२०८३-०४-०८

मोरङ, विराटनगर महानगरपालिका-४ लालीगुराँस टोलबाट अवैध लागूऔषध खैरो हेरोइन १ सय ४ ग्राम सहित दुवही नगरपालिका-१२ बस्ने २१ वर्षीय धन कुमार यादवलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   धनुषा, मिथिला नगरपालिका-६ बाट अवैध लागूऔषध खैरो हेरोइन ९५ ग्राम ५ सय ९० मिलिग्राम सहित २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत मधुवनी घर भएका २८ वर्षीय सन्तोष कुमार महत्तो र ४५ वर्षीय मिथिलेश साहु रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   कैलाली, कैलारी गाउँपालिका-५ गोबरैला घाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ४७ मिलिग्राम र नगद ११ हजार ५ सय रूपैयाँ सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-७ भुईयाफाँटा बस्ने २३ वर्षीय अमन चौधरी र भजनी नगरपालिका-९ पचमुडिया बस्ने २७ वर्षीय निराजन चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय हसुलिया समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी कैलाली, मोहन्याल गाउँपालिका-७ पितमारीस्थित कर्णाली एडभेन्चर रिसोर्टबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय विनोद बिष्ट र लम्कीचुहा नगरपालिका-३ चिसापानी टुक्कीबजार बस्ने कालिकोट रास्कोट नगरपालिका-४ घर भएका २५ वर्षीय गोविन्द्र शाही रहेका छन् । इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २४ जना पक्राउ
२०८३-०४-०८

सिराहा, लहान नगरपालिका-३ हस्पिटल चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ४३ ग्राम सहित ६ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार घर भएका २२ वर्षीय बिद्यानन्द यादव, सप्तरी रूपनी गाउँपालिका-१ घर भएका ४० वर्षीय मो. नसिर, बोदेबसाईन गाउँपालिका-२ घर भएका २८ वर्षीय शम्भु प्रसाद यादव, २४ वर्षीय बैधनाथ प्रसाद यादव, डाक्नेश्‍वरी गाउँपालिका-२ घर भएका २८ वर्षीय मो. जमाहिर आलम र ३२ वर्षीय मो. ईमामुदिन रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडौं समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । प्रहरीले उनीहरूलाई नियन्त्रण लिने क्रममा प्रहरी माथी आक्रमण गरेपश्‍चात प्रहरीले आत्मरक्षाको लागि गोली प्रहार गर्दा  घाइते भएका मो. नसिर र विद्यानन्दको प्रादेशिक अस्पताल लहानमा उपचार भइरहेको छ । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको स.३ प ९१८५ नम्बर र स.११ प ८०५ नम्बरको मोटरसाइकलहरू समेत बरामद गरेको छ । दार्चुला, मालिकार्जुन गाउँपालिका-८ धामिगडा बस्ने ६० वर्षीय गगन सिंह बोहरालाई अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ १ सय ३० ग्राम र गाँजा करिब १ सय ५१ ग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले उनले संचालन गरेको पसल तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।   कैलाली, धनगढी उपमहानगरपालिका-८ कान्तिपुर टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ६ सय १४ मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने कैलारी गाउँपालिका-७ घर भएकी १७ वर्षीया किशोरी समेत २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ फेला सहित पक्राउ गरेको हो ।   यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-४ बोराडाडीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६५ मिलिग्राम सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-४ डेरा गरी बस्ने बैतडी सुर्नया गाउँपालिका-३ घर भएका २८ वर्षीय दिपक ऐरी, बैतडी दोगडाकेदार गाउँपालिका-६ घर भएका ३१ वर्षीय हेमन्त कार्की र कैलाली गोदावरी नगरपालिका-१ बस्ने ३२ वर्षीय शम्भू भट्ट रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   झापा, भद्रपुर नगरपालिका-५ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ९४ मिलिग्राम सहित ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका-५ बस्ने भारत किसनगंज-१२ घर भएका ३० वर्षीय मोहित आलम, उनकै श्रीमती ३२ वर्षीया जेनेतुन खातुन र ३८ वर्षीय मोहमद तजरूल रहेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.१ ह ५०११ नम्बरको अटो जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी अटो चालक मोहित, अटोमा सवार उनकै श्रीमती जेनेतुन र मोहमदलाई पक्राउ गरेको हो । सुनसरी, इनरूवा नगरपालिका-४ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २२ ग्राम ४ सय ५० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ सुन्दरहरैंचा नगरपालिका-१० बस्ने २७ वर्षीय राजन उराव र उर्लाबारी नगरपालिका-४ बस्ने ३४ वर्षीय प्रकाश उराव रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका-१३ बाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ३२ ट्याब्लेट सहित सुनसरी घर भएका २५ वर्षीय रोहित उराउलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । सिआरभि पोष्ट जतुवाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१६ दरैयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ९१ मिलिग्राम सहित उर्लाबारी नगरपालिका-२ बस्ने २२ वर्षीय जंगे लिम्बुलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी मोरङ, बेलबारी नगरपालिका-५ सोमबारे चोकबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम १० ट्याब्लेट, ट्रामाडोल १ सय ८५ ट्याब्लेट, स्पास्मो १ सय ७५ ट्याब्लेट र नगद २६ हजार ३ सय ९० रूपैयाँ सहित सोही नगरपालिका-६ बस्ने १९ वर्षीय उमेश मगर समेत ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट सोमबारेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   नवलपरासी पूर्व, देवचुली नगरपालिका-१७ कुलेनीबाट अवैध लागूऔषध गाँजा करिब २५ ग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल २० ट्याब्लेट र ऐनारगन १० ट्याब्लेट सहित सोही नगरपालिका-१७ बटटाँडी बस्ने २७ वर्षीय एलिया वाग्ले क्षेत्रीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रजहरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  रूपन्देही, तिलोत्तमा नगरपालिका-९ मंगलापुर चोकबाट  अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २६ ग्राम ३ सय ५० मिलिग्राम सहित रोहिणी गाउँपालिका-७ पर्सा बस्ने ४६ वर्षीय अकवाल देवानलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ‍लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

करिब ६ सय ५२ किलो गाँजा सहित तीन जना पक्राउ
२०८३-०४-०७

सिराहा, लहान नगरपालिका-३ बाट अवैध लागूऔषध गाँजा करिब ६ सय ५२ किलोग्राम गाँजा सहित ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३८ वर्षीया श्याम कुमारी साह, १९ वर्षीय शिवम साह र भारत घर भएका ३८ वर्षीय गौरव महतो रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सिराहाबाट खटिएको प्रहरीले श्याम कुमारीको घरको कम्पाउण्डमा पार्किङ गरी राखेको बा.२१ च ५८६६ नम्बरको पिकअप गाडी तलासी गर्दा गाडीको पछाडीको भागमा फलफूलले छोपेर राखेको उक्त परिमाणको गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८३-०४-०७

सुनसरी, इनरूवा नगरपालिका-४ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ९० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा महालक्ष्मी नगरपालिका-९ बस्ने २३ वर्षीय उज्वल मादेन र भोजपुर हतुवागढी गाउँपालिका-५ बस्ने ३२ वर्षीय रोशन राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले को.३८ प २३८९ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको   हो । दाङ, घोराही उपमहानगरपालिका-१५ रतनपुरबाट नियन्त्रित लागूऔषध डाइजेपाम ८ एम्पुल, बुप्रेनोर्फिन ७ एम्पुल र प्रोमेथाजाइन ८ एम्पुल सहित सोही उपमहानगरपालिका-१६ रावतगाउँ बस्ने २२ वर्षीय महेश वलीले बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले लु.प्र.०२-००२ प ०३७८ नम्बरको स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।