प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा ३७ जना पक्राउ

२०७९-०७-०८

  • A
  • A-
  • A+
Share

पर्सा, वीरगंज महानगरपालिका-१७ अलौमा जुवातास खेलिरहेका अवस्थामा सोही ठाउँ बस्ने २८ वर्षीय लक्ष्मी सहनी समेत ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय  र प्रहरी चौकी सिर्सियाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १८ हजार १ सय ९० रूपैयाँ  र १ सेट कौडा सहित पक्राउ  गरेको हो । 

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११ नवलपुर बस्ने बैकुण्ठ बलामीको घरमा रहेको ग्यारेजमा जुवातास  खेलिरहेको अवस्थामा ३३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त ग्यारेजाम जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुर र अस्थाई प्रहरी पोष्ट थानाभर्‍याङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७३ हजार रुपैयाँ, कौडा १३ थान र तास १३ बुक सहित पक्राउ गरेको हो । साथै प्रहरीलाई अभद्र व्यवहार गर्ने १ जना महिलालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा १७ पक्राउ
२०८२-०३-२३

कास्की, पोखरा महानगरपालिका-१० रक्षा मार्ग बस्ने ३९ वर्षीय दिपेन पुनको घरमा जुवातास खेलिरहेको अवस्थामा दिपेन समेत ९ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २२ हजार ८० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।  यसैगरी कास्की, पोखरा महानगरपालिका-१५ घलेचोक डेरा गरी बस्ने पर्वत घर भएका ४२ वर्षीय हिमाल गुरूङको कोठामा जुवातास खेलिरहेको अवस्थामा गुरूङ समेत ८ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ९० हजार ९ सय ८५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।