जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ
२०८२-०३-२२
- A
- A-
- A+
काठमाडौं महानगरपालिका-१ सेतोढोकाबाट जुवातास खेलिरहेको अवस्थामा काठमाडौं स्वयम्भू बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-४ घर भएका ४५ वर्षीय चेन्जे शेर्पा समेत ९ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त दरवारमार्गबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७१ हजार २ सय ६५ रूपैयाँ, ८ बुक तास र ११ थान मोबाइल सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।