जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
२०८३-०३-२०
- A
- A-
- A+
प्युठान, स्वर्गद्वारी नगरपालिका-४ बाझीपुरस्थित मुनलाईट होटलमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक सोही ठाउँ बस्ने ३७ वर्षीय पुर्ण बहादुर खड्का समेत ११ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय प्युठानबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८५ हजार १ सय १२ रूपैयाँ र २४ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।