जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ
२०८३-०३-०९
- A
- A-
- A+
अछाम, साँफेबगर नगरपालिका-४ छिपेखोलास्थित अस्मिता होटलमा जुवातास खेलिरहेको अवस्थामा होटल सञ्चालक सोही नगरपालिका-५ घर भएका ४८ वर्षीय चक्र चाड समेत ५ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय साँफेबगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २९ हजार ६ सय ७० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।