जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ
२०८३-०३-२१
- A
- A-
- A+
ललितपुर, गोदावरी नगरपालिका-११ कुश्लेचौरस्थित मिलमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-११ शेराफाँट बस्ने कोन्ज्योसोम गाउँपालिका-२ शङ्खु घर भएका ३६ वर्षीय श्याम प्रसाद चौलागाई समेत ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६१ हजार ३ सय ९५ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।