जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ
२०८३-०३-१६
- A
- A-
- A+
झापा, मेचीनगर नगरपालिका-१० स्थित लक्ष्मी कोल्ड स्टोरमा जुवातास खेलिरहेको अवस्थामा कोल्ड स्टोरका संचालक ४२ वर्षीय रामपत राजवंशी समेत ४ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५२ हजार ४ सय ५० रूपैयाँ र ११ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।