जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
२०८३-०३-२५
- A
- A-
- A+
कञ्चनपुर, भीमदत्त नगरपालिका-३ ब्रह्मदेव चोक जिरो प्वाइन्ट नजिक शुक्लाफाँटा नगरपालिका-५ बस्ने २१ वर्षीय सुरेन्द्र प्रसाद जोशीले संचालन गरेको चिया नास्ता पसलमा जुवातास खेलिरहेको अवस्थामा सुरेन्द्र समेत ६ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २२ हजार ५ सय ९० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।