चोरीका सामानहरू सहित पक्राउ
२०७९-०४-१५
- A
- A-
- A+
काठमाडौं, ललितपुर बालकुमारीस्थित कवाड पसलका संचालक भारत मोतिहारी घोडासान घर भएका २९ वर्षीय सुनिल कुमार जैसवाललाई चोरी गरी खरिद गरेका विभिन्न सामानहरू सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-१० बुद्ध नगरस्थित रोशन भण्डारीको कोठाबाट साउन ९ गते राति मोवाईल, ल्यापटप सहितका सामानहरु चोरी गरी लगेको घटना अनुसन्धानको सिलसिलामा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा सुनिलले कवाडी संकलन गर्ने व्यक्तिहरूबाट चोरी गरेका सामान जानी जानी खरिद गरेको खुलेपश्चात उनलाई पक्राउ गरेको हो ।
उनलाई बरामद भएका २ सय ९१ तोल चाँदीका विभिन्न गहना, ९ ग्राम सुनका गहना, ३ थान टिभी, पानी तान्ने पम्म, ब्याट्री लगायत बिभिन्न सामान सहित थप कानुनी कारबाहीका लागि प्रहरी वृत्त बानेश्वर पठाइएको छ ।