अवैध लागूऔषध सहित पक्राउ
२०७९-०१-२७
- A
- A-
- A+
धादिङ, गजुरी गाउँपालिका-६ मिलनटारबाट करिब २० किलो अवैध लागूऔषध अफिम जस्तो देखिने वस्तु सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गजुरी गाउँपालिका-८ बस्ने ३० वर्षीय केशब तामाङ र सोही ठाउँ बस्ने २६ वर्षीय थल बहादुर तमाङ रहेका छन् । किरानचोकबाट आदमघाटतर्फ आँउदै गरेको बा.८५ प ३७७० नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी मोटरसाइकल चालक केशव र मोटरसाइकलमा सवार थल बहादुरलाई पक्राउ गरेको हो ।
मोरङ, सुनवर्षी नगरपालिका-८ हरिश्चन्द्रगडीबाट सुनवर्षी नगरपालिका-६ बस्ने २५ वर्षीय उमेश ऋषिदेवलाई विभिन्न लागूऔषध सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । साइकलमा आउँदै गरेका उनलाई प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा साथमा रहेको अवैध लागूऔषध १ ग्राम ८ सय १० मिलिग्राम ब्राउनसुगर, ४ सय ७० मिलिग्राम चरेस, नियन्त्रित लागूऔषध १० पत्ता ट्रमाडोल र ३ पत्ता स्पास्मो प्रोक्सिभन सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।