अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८२-०३-२२
- A
- A-
- A+
काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्राम सहित सिराहा गोलबजार नगरपालिका-७ बस्ने २७ वर्षीय जिबन साहलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले राजबिराजबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख ३०९८ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
कैलाली, लम्कीचुहा नगरपालिका-२ गणेशपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय शितल चौधरीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
धादिङ, बेनिघाट रोराङ गाउँपालिका-९ मझिम्टारबाट अवैध लागूऔषध गाँजा करिब १० किलो ५ सय ग्राम सहित गजुरी गाउँपालिका-७ किरान्चोक बस्ने ३६ वर्षीय राजेन्द्र खड्कालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जोगिमाराबाट खटिएको प्रहरीले आदमघाटबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ह २१२६ नम्बरको अटोलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी चालक राजेन्द्रलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।