अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८३-०६-०५
- A
- A-
- A+
नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-४ बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३५ ट्याब्लेट, एनारगन ३५ ट्याब्लेट र नाइट्राजेपाम १६ ट्याब्लेट सहित नवलपरासी पूर्व गैंडाकोट नगरपालिका-५ ओमशान्तिटोल बस्ने ३५ वर्षीय ओमकार चालिसेलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सुर्खेत, सिम्ता गाउँपालिका-६ स्थित जामुने बजारबाट अवैध लागूऔषध गाँजा १ सय २० ग्राम सहित सल्यान बनगाड कुपिण्डे नगरपालिका-७ मैदुपोखरा बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बादेपिपलबाट खटिएको प्रहरीले कर्णाली प्रदेश ०२-००१ प १५२० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।