प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

करिब ७२ किलोग्राम गाँजा सहित दुई जना पक्राउ

२०८३-०७-०२

  • A
  • A-
  • A+
Share

सप्तरी, बलान बिहुल गाउँपालिका-६ मौवहा पुवारी टोल नजिक सडकबाट अवैध लागूऔषध गाँजा करिब ७२ किलो ५ सय ५ ग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सिराहा भगवापुर गाउँपालिका-४ कल्याणपुर बस्ने ४८ वर्षीय राम नारायण ठाकुर र सोही गाउँपालिका-१ बस्ने ३७ वर्षीय मनोज कुमार मण्डल रहेका छन् । इलाका प्रहरी कार्यालय कडरबोना समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
२०८३-०७-०२

काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङ बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७२ हजार ८० ट्याब्लेट सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा कलैया उपमहानगरपालिका-२३ कोयरिया टोल घर भएका २७ वर्षीय सुदिप पटेल र पर्सा वीरगंज महानगरपालिका-१७ अलौ घर भएका २७ वर्षीय सुनिल सहनी रहेका छन् । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको बा.२० च ७५८८ नम्बरको कार जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी कारमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।   बर्दिया, बाँसगढी नगरपालिका-५ शान्तिचोकस्थित ऋतु होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बढैयाताल गाउँपालिका-४ बस्ने २५ वर्षीय रबिन थारू र बाँके कोहलपुर नगरपालिका-१२ बस्ने २६ वर्षीया पुतली पुन रहेका छन् । इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले थप अनुसन्धानको लागि १ जनालाई नियन्त्रणमा लिएको छ ।  बाँके, जानकी गाउँपालिका-४ ढुडुवारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ५ मिलिग्राम सहित सोही ठाउँ बस्ने २९ वर्षीय तिलक विकलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय खजुरा खुर्दबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१ वाटरपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६ सय १० मिलिग्राम सहित भारत उत्तर प्रदेश बहराईज तहशिल नानपारा घर भएका २७ वर्षीय साबिर अलि अंसारीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, शिवसताक्षी नगरपालिका-११ दुधे डेरा गरी बस्ने बाह्रदशी गाउँपालिका-६ घर भएका ४८ वर्षीय बम बहादुर लिम्बुलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम २ सय ३० मिलिग्राम र नगद ८९ हजार ७ सय रूपैयाँ सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले बम बहादुरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।   सर्लाही, मलंगवा नगरपालिका-११ बाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम १ सय ६९ ट्याब्लेट सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१० बस्ने २५ वर्षीय पप्पु यादव र सोही नगरपालिका-११ बस्ने २७ वर्षीय अरूण कुमार यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाही समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले पप्पुले प्रयोग गरेको बिआर ३० एच ६०९८ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।  कञ्चनपुर, भीमदत्त नगरपालिका-९ ब्रह्म्देब जिरो पोइन्टबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम ४ सय २० मिलिग्राम सहित सोही नगरपालिका-१८ सालघारी बस्ने ३३ वर्षीय राज चौधरीलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ६ सय ३० मिलिग्राम, नियन्त्रित लागूऔषध स्पास्मो ७२ ट्याब्लेट र नाइट्राजेपाम ९० ट्याब्लेट सहित सोही ठाउँ बस्ने ४३ वर्षीय अर्सद अन्सारीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भोक्राहा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको बिआर ३८ एजे ७३१२ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

करिब ९ सय १५ किलो गाँजा सहित ४ जना पक्राउ
२०८३-०७-०१

सुनसरी, इनरूवा नगरपालिका-४ ज्ञानोदय टोलबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ९ सय १५ किलो ६ सय ८० ग्रामसहित ४ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३६ वर्षीय बुलबुल यादव, २३ वर्षीय सन्तोष यादव, ३० वर्षीय आशिष यादव र दुहवी नगरपालिका-१० बस्ने २२ वर्षीय कुन्दन यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले बुलबुल यादवको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  साथै प्रहरीले उक्त स्थानबाट प्र.१-०२-००१ प ९१९९ नम्बरको मोटरसाइकल समेत बरामद गरेको   छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८३-०७-०१

बारा, गढीमाई नगरपालिका-९ बाट अवैध लागूऔषध गाँजा ४ किलो ५ सय ग्राम सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट चरमोहनाबाट खटिएको प्रहरीले भे.३ प ३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० भुटनदेवीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ५० ट्याब्लेट, डिजिटल तारजु १ थान र नगद ९१ हजार ४ सय ५ रूपैयाँ सहित सोही उपमहानगरपालिका-११ डाङडुङे बस्ने २७ वर्षीय उज्वल चौलागाईलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर समेतबाट खटिएको प्रहरीले बा. प्र.०३-००१ प ३१८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-४ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ट्याब्लेट र भोमिन ८० ट्याब्लेट सहित सोही उपमहानगरपालिका-११ थानाभर्‍याङ बस्ने २७ वर्षीय प्रवेश बानिया समेत ४ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उक्त स्थानबाट बा. प्र.०३-००५प ६९११ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।  मोरङ, पथरीशनिश्चरे नगरपालिका-५ त्रिवेणी चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९ सय ९० ट्याब्लेट र नाइट्राजेपाम ४८ ट्याब्लेट सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ बस्ने २२ वर्षीय दुर्गा ऋषिदेव र सुनसरी धरान उपमहानगरपालिका-६ पानमारा बस्ने २७ वर्षीय पुरन मगर रहेका छन् । अस्थायी प्रहरी पोष्ट हसन्दहबाट खटिएको प्रहरीले भैराहाबाट सुगातर्फ आउँदै गरेको को. २० प ४७२३ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कञ्चनपुर, भीमदत्त नगरपालिका-४ चम्मचोकस्थित न्यू तहल्का होटल एण्ड लजबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम सहित बेदकोट नगरपालिका-७ बस्ने ३४ वर्षीय मनोज राज भट्टलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ
२०८३-०६-३०

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८ सय ४८ ट्याब्लेट सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन राप्ती नगरपालिका-१ बस्ने ३२ वर्षीय गोबिन्द तामाङ र मकवानपुर मनहरी गाउँपालिका-३ लामिटार बस्ने २४ वर्षीय सफल बिक्रम राणा रहेका छन् । बागमती प्रदेश प्रहरी गण हेटौंडा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   ललितपुर, ललितपुर महानगरपालिका-१८ वाइवाई चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १८ ट्याब्लेट सहित ललितपुर चुनिखेल बस्ने धादिङ निलकण्ठ नगरपालिका-५ घर भएका २२ वर्षीय नविन आले मगर समेत २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बुंगमतीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   उदयपुर, बेलका नगरपालिका-८ कोठुबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ८० ट्याब्लेट सहित सोही नगरपालिका-४ प्रगति टोल बस्ने २१ वर्षीय सरोज बर्देवालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, बेलौरी नगरपालिका-१ फटैया खल्लाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ८० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पुनर्वास नगरपालिका-११ डोकेबजार बस्ने ३० वर्षीय बिशाल विक र कैलाली जोशीपुर गाउँपालिका-९ घर भएका २२ वर्षीय कुशल चौधरी रहेका छन् । प्रहरी चौकी फटैया समेतबाट खटिएको प्रहरीले से.२ प ९६९५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   झापा, मेचीनगर नगरपालिका-२ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ४ सय ५० मिलिग्राम सहित सोही नगरपालिका-८ बस्ने ३९ वर्षीय मिलन मेचे समेत ४ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी  तिरिङखोलाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, इटहरी उपमहानगरपालिका-१ हलगडा चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ट्याब्लेट र डाइक्लोमाइन २ सय ट्याब्लेट सहित सुन्दरहरैँचा नगरपालिका-५ सिक्किमे चोक बस्ने ३१ वर्षीय पर्शुराम गुरूङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले इटहरी उपमहानगरपालिका-२ बरगाछीबाट सोही ठाउँ बस्ने २८ वर्षीय उज्ज्वल बुढाथोकीलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ३० ट्याब्लेट र डाइक्लोमाइन ३० ट्याब्लेट सहित पक्राउ गरेको छ । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको प्रदेश १-०२-०५३ प ५१ नम्बर र बा.२३ प २४७३ नम्बरको मोटरसाइकलहरू समेत बरामद गरेको छ ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
२०८३-०६-३०

काठमाडौं, ३१ असोज सुनसरी, इटहरी उपमहानगरपालिका-९ बसपार्कबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय २० मिलिग्राम सहित ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका-१८ बस्ने २० वर्षीय निश्चल खुलाल, ३० वर्षीय नजाम हुसेन र २५ वर्षीय मो. नजाम रहेका छन् । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   चितवन, भरतपुर महानगरपालिका-१२ सुकुम्बासी टोल बस्ने ३२ वर्षीय सुरज तामाङलाई नियन्त्रित लागूऔषध भोमिन १ सय २३ ट्याब्लेट, ट्रामाडोल २१ ट्याब्लेट र नगद ४ लाख ७ हजार रूपैयाँ सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गोन्द्राङबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । बाँके, नेपालगंज उपमहानगरपालिका-४ न्यूरोड चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिन पदार्थ करिब २ ग्राम ४ सय ९० मिलिग्राम सहित जुम्ला चन्दननाथ नगरपालिका-१० घर भएकी ३२ वर्षीया सुमि थापालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । दाङ, घोराही उपमहानगरपालिका-४ गोग्ली अद्धैत टोल बस्ने २५ वर्षीय राजकुमार विश्‍वकर्मा समेत २ जनालाई  अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले राजकुमारको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यसैगरी दाङ, घोराही उपमहानगरपालिका-१५ शहिद गेट बस्ने ५२ वर्षीय दिपक गिरीलाई अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ३ किलो ८ सय २५ ग्राम सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । मोरङ, बेलबारी नगरपालिका-४ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १० ट्याब्लेट र डिकोलिक १० ट्याब्लेट सहित सोही ठाउँ बस्ने २० वर्षीय रिजन राईलाई गएराति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले बेलबारीबाट काकुमतर्फ जाँदै गरेको को.११ प ६३९ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । बारा, जीतपुर सिमरा उपमहानगरपालिका-१५ डुमरवाना टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित सोही उपमहानगरपालिका-७ बस्ने भारत विहार घर भएका २० वर्षीय आकाश कुमार गुप्तालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट डुमरवानाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।पर्सा, वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय २० मिलिग्राम सहित सर्लाही हरिवन नगरपालिका-४ घिरकौल टोल बस्ने ३२ वर्षीय बिजय महतोलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।