अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
२०८३-०६-३०
- A
- A-
- A+
काठमाडौं, ३१ असोज सुनसरी, इटहरी उपमहानगरपालिका-९ बसपार्कबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय २० मिलिग्राम सहित ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका-१८ बस्ने २० वर्षीय निश्चल खुलाल, ३० वर्षीय नजाम हुसेन र २५ वर्षीय मो. नजाम रहेका छन् । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
चितवन, भरतपुर महानगरपालिका-१२ सुकुम्बासी टोल बस्ने ३२ वर्षीय सुरज तामाङलाई नियन्त्रित लागूऔषध भोमिन १ सय २३ ट्याब्लेट, ट्रामाडोल २१ ट्याब्लेट र नगद ४ लाख ७ हजार रूपैयाँ सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गोन्द्राङबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका-४ न्यूरोड चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिन पदार्थ करिब २ ग्राम ४ सय ९० मिलिग्राम सहित जुम्ला चन्दननाथ नगरपालिका-१० घर भएकी ३२ वर्षीया सुमि थापालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
दाङ, घोराही उपमहानगरपालिका-४ गोग्ली अद्धैत टोल बस्ने २५ वर्षीय राजकुमार विश्वकर्मा समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले राजकुमारको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यसैगरी दाङ, घोराही उपमहानगरपालिका-१५ शहिद गेट बस्ने ५२ वर्षीय दिपक गिरीलाई अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ३ किलो ८ सय २५ ग्राम सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।
मोरङ, बेलबारी नगरपालिका-४ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १० ट्याब्लेट र डिकोलिक १० ट्याब्लेट सहित सोही ठाउँ बस्ने २० वर्षीय रिजन राईलाई गएराति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले बेलबारीबाट काकुमतर्फ जाँदै गरेको को.११ प ६३९ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
बारा, जीतपुर सिमरा उपमहानगरपालिका-१५ डुमरवाना टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित सोही उपमहानगरपालिका-७ बस्ने भारत विहार घर भएका २० वर्षीय आकाश कुमार गुप्तालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट डुमरवानाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
पर्सा, वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय २० मिलिग्राम सहित सर्लाही हरिवन नगरपालिका-४ घिरकौल टोल बस्ने ३२ वर्षीय बिजय महतोलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।