करिब १ हजार ४ सय ५४ किलोग्राम गाँजा सहित एक जना पक्राउ
२०८३-०६-०३
- A
- A-
- A+
सुनसरी, इनरूवा नगरपालिका-१० जाल्पापुर चम्राही टोलबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब १ हजार ४ सय ५४ किलो ८ सय ७० ग्राम सहित भोक्राहा नरसिंह गाउँपालिका-५ बस्ने ३० वर्षीय राम बहादुर यादवलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले को.१ च ८२७९ नम्बरको पिकअप गाडीमा लोड गर्दै गरेको ४७ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा जस्तो देखिने पदार्थ फेला पारी चालक राम बहादुरलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।