प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नेपाल सरकारको उपसचिव हुँ भनी ठगी गर्ने महिला पक्राउ

२०८२-०१-०९

  • A
  • A-
  • A+
Share

काठमाडौं, नेपाल सरकारको उपसचिव हुँ भन्दै ठगी गरेको अभियोगमा दैलेख घर भई ललितपुर महानगरपालिका-२५ बस्ने ४० वर्षीया जानकी न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-११ त्रिपुरेश्वरबाट पक्राउ गरेको हो । 

जानकीले विभिन्न व्यक्तिलाई फरक फरक परिचय दिई आफू कानून मन्त्रालयको उपसचिव हुँ, हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत छु, तपाईलाई विमानस्थलको विभिन्न शीर्षकमा ठेक्का मिलाई दिन्छु सो प्रयोजनको लागि राजस्व र धरौटी रकम जम्मा गर्नुपर्छ भनी ७ लाख ६० हजार ८ सय रूपैयाँ लिएको र अन्य २ जना पीडितहरूलाई अनुदान तथा ठेक्का मिलाई दिन्छु भनी केही रकम लिई ठगी गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । 

उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ । 

सम्बन्धित समाचार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३-०४-०५

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा सुनसरी इटहरी उपमहानगरपालिका-१७ बस्ने ओखलढुंगा लिखु गाउँपालिका-३ घर भएका २८ वर्षीय प्रदिप कुमार श्रेष्ठ र कपिलवस्तु शिवराज नगरपालिका-१ घर भएकी २४ वर्षीया कविता वेल्वासे रहेका छन् ।  पक्राउ मध्ये प्रदिपले कम्बोडिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपैयाँ र कविताले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ८० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले प्रदिपलाई काठमाडौं महानगरपालिका-३ बाट आइतबार र कवितालाई काठमाडौं महानगरपालिका-१२ बाट सोमबार पक्राउ गरेको हो ।    उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

अनलाईन ठगीमा संलग्न दुई जना पक्राउ
२०८३-०४-०४

पर्सा, अनलाईन ठगीमा संलग्न रहेको अभियोगमा २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा प्रसौनी गाउँपालिका-१ बस्ने २० वर्षीय जस्मुदिन अन्सारी र पर्सा बहुदरमाई नगरपालिका-१ बस्ने २० वर्षीय बिशाल पटेल रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई वीरगंज महानगरपालिका-८ बाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले वीरगंज महानगरपालिका-१६ बस्ने बारा घर भएका ४९ वर्षीय शिव पुजन बैठाको घरमा डेरा गरी बस्ने रौतहट घर भएका पीडित हाल वैदेशिक रोजगारको सिलसिलामा युकेको लण्डनमा रहेकोमा निजको फोटो राखि फेक फेसबुक एकाउण्ट तथा म्यासेन्जर आईडी बनाई शिवपुजनलाई झुक्यानमा पारी नगद २ लाख ५० हजार रूपैयाँ ठगी गरेको खुल्न आएको छ । उनीहरू उपर ठगी सम्बन्धी कसुरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।