सर्वसाधारण तथा यात्रुहरूलाई दु:ख हैरानी दिने कार्यमा संलग्न १७ जना पक्राउ
२०८३-०३-२५
- A
- A-
- A+
काठमाडौं, सर्वसाधारण तथा यात्रुहरूलाई दु:ख हैरानी दिने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं बल्खु बस्ने काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका-१ घर भएका ३५ वर्षीय सुमन लामा समेत १७ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
विगत लामो समय देखि बल्खु एरियामा हिँडिरहेका सर्वसाधारण तथा यात्रुहरूलाई जबरजस्ती गाडीमा हाल्ने, सामान तथा झोला तान्ने र दुःख हैरानी दिने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई बल्खु एरियाबाट पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।