चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०५-०६
- A
- A-
- A+
स्याङ्जा, चोरी मुद्दाका फरार प्रतिवादी तनहुँ शुक्लागण्डकी नगरपालिका-२ कोत्रे बस्ने ३२ वर्षीय सन्तोष परियारलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत स्याङ्जाको २०८२ भदौ ३१ गतेको फैसला र उच्च अदालत पोखरा कास्कीको २०८३ जेठ १ गतेको फैसलाले उक्त मुद्दामा १ वर्ष १० महिला कैद र ३० हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले कास्की पोखरा महानगरपालिका-१७ ड्यामसाईडबाट पक्राउ गरेको हो ।
उनलाई कैद भुक्तानको लागि जिल्ला कारागार स्याङ्जा पठाइएको छ ।