प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सार्वजनिक सेवा प्रवाहमा बाधा पुर्‍याउने १६ जना पक्राउ

२०८२-१२-१९

  • A
  • A-
  • A+
Share

काठमाडौं, सवारी दर्ता किताब (बिलबुक) नवीकरण गरी दिने भनी सार्वजनिक सेवा प्रवाहमा बाधा पुर्‍याउने कार्यमा संलग्न रहेको अभियोगमा १६ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौंस्थित विभिन्न यातायात कार्यालयहरूमा सेवाग्राहीहरूको सवारी दर्ता किताब (बिलबुक) नवीकरण गरी दिने भनि सार्वजनिक सेवा प्रवाहमा बाधा पुर्‍याउने तथा सेवाग्राहीहरूलाई अनावश्यक दुःख हैरानी दिने गरेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले रौतहट घर भएका ३६ वर्षीय बल बहादुर सुनार समेत ८ जनालाई सानोभर्‍याङस्थित यातायात कार्यालयबाट र प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१४ कुलेश्वर घर भएका २५ वर्षीय पासाङ तामाङ समेत ८ जनालाई गुर्जुधारास्थित यातायात कार्यालयबाट पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट नगद १ लाख २२ हजार रूपैयाँ र ५३ थान बिलबुक समेत बरामद गरेको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ  । 


सम्बन्धित समाचार
हत्यामा संलग्न व्यक्ति पक्राउ
२०८३-०४-२४

सोलुखुम्बु, सोलुदुधकुण्ड नगरपालिका-११ गन्जे डाँडा बस्ने ४६ वर्षीय तोई बहादुर कटवालको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा सोही नगरपालिका-११ राम्पा बस्ने १९ वर्षीय रोशन भन्ने भुवन सिंह कार्कीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । तोई बहादुर आफ्नै घरमा शनिबार बिहान मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु समेतबाट खटिएको प्रहरीले भुवन सिंहलाई पक्राउ गरेको हो । अनुसन्धानको क्रममा भुवन सिंहले आपसी वादविवादको क्रममा चक्कु प्रहार गरी तोई बहादुरको हत्या गरेको खुल्न आएको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०४-२३

काठमाडौं, जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी चन्द्रागिरी नगरपालिका-५ बस्ने महोत्तरी बर्दिबास नगरपालिका-१ घर भएका ४८ वर्षीय अच्युत्तम भन्ने अच्चुत्तम प्रसाद रिसाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत महोत्तरीबाट २०८३ वैशाख २१ गते उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले चन्द्रागिरी नगरपालिका-५ हाईविजन क्लोनीबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि इलाका प्रहरी कार्यालय बर्दिबास महोत्तरी पठाइएको छ ।