लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०७-२८
- A
- A-
- A+
बर्दिया, लेनदेन मुद्दाका फरार प्रतिवादी गुलरिया नगरपालिका-५ बस्ने छोटेलाल थारूलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत बर्दियाको २०७९ कात्तिक २५ गतेको फैसलाले लेनदेन मुद्दामा २ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत बर्दियामा बुझाएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय बर्दिया पठाइएको छ ।