प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली, सिन्धुली - परिचय

वि. सं. २०३१ सालमा प्रचण्ड भवन रानीवारी, काठमाडौंमा स्थापना भई सुरुवात भएको यस तालिम केन्द्र वि. सं. २०४५ साल भाद्र ०८ गते चितवन जिल्लाको भरतपुरमा स्थानान्तरण  भई कार्य गरिरहेको थियो भने वि. सं. २०७२ साल कार्तिक १३ गतेको नेपाल सरकार सचिवस्तरीय निर्णयबाट सिन्धुली जिल्लाको दुधौली न.पा. वडा नं. १० मा स्थानान्तरण गर्ने निर्णय भएको थियो ।

११.२ विघाहा क्षेत्रफलमा फैलिएको उक्त भुभागमा वि. सं. २०६३ साल मंसिर देखि तत्कालीन माओवादी लडाकुको ३ नं. डिभिजन बस्दै आएकोमा तत्कालीन माओवादी लडाकुको व्यवस्थापन पश्चात वि. सं. २०६८ साल फाल्गुण ३० गते देखि नेपाली सेनाको श्री फष्ट रेफल गण सुरक्षा गुल्म टोली बस्दै आएको थियो । तत्पश्चात् वि. सं. २०७२ साल असोज २७ गते नेपाली सेनाबाट उक्त भु-भागको स्वामित्व नेपाल प्रहरीलाई हस्तान्तरण भई वि. सं. २०७२ साल फाल्गुण ०४ गते तत्कालीन गृहमन्त्री शक्ति बहादुर बस्नेतबाट स्थानान्तरित यस तालिम केन्द्रको विधिवत रुपमा कार्यारम्भ भएको हो । स्थानीय वुद्धिजिवी, राजनीतिक दलका प्रतिनिधि तथा दुधौली नगरपालिकासँगको समन्वयमा १५.६ विगाहा वन क्षेत्र तथा यस तालिम केन्द्र परिसरसँगै रहेको २ विगाहा क्षेत्रफल समेत गरी हाल कूल २८ विगाहा ८ कट्ठा क्षेत्रफलमा यस तालिम केन्द्र फैलिएको छ ।

Card image cap
Krishna Hari Sharma

Senior Superintendent of Police