प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरूवा बन्दुक सहित दुई जना पक्राउ

२०८२-११-१७

  • A
  • A-
  • A+
Share

मकवानपुर, थाहा नगरपालिका-४ धारापानी बस्ने ५५ वर्षीय कुमार रायमाझी र २७ वर्षीय बिक्रम रायमाझीलाई एकनाले भरूवा बन्दुक १ थान र फलामका छर्राहरु सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले कुमारको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
पेस्तोल सहित दुई जना पक्राउ
२०८३-०१-१२

काठमाडौं, शंखरापुर नगरपालिका-५ सालीनदीस्थित खोला किनारबाट पेस्तोल १ थान, म्याग्जिन १ थान र गोली ३ राउण्ड सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा मकवानपुर बकैया गाउँपालिका-३ घर भएका ३५ वर्षीय राम भन्ने जिवन जिम्बा र सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१ घर भएका ३४ वर्षीय वीर बहादुर तामाङ रहेका छन् ।  उक्त स्थानमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । साथै उनीहरूलाई नियन्त्रणमा लिने क्रममा जिवनले प्रहरीलाई लक्षित गरी गोली प्रहार गरेपश्चात प्रहरीले जवाफी फायर गर्दा घाइते भएका जिवनको सुस्मा कोईराला मेमोरियल अस्पताल सलम्बुटारमा उपचार भइरहेको छ । प्रहरीले हाल फरार अन्य २ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।