पेस्तोल सहित तीन जना पक्राउ
२०८३-०४-२४
- A
- A-
- A+
कपिलवस्तु, विजयनगर गाउँपालिका-४ जगदिशपुरबाट पेस्तोल १ थान सहित ३ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कृष्णनगर नगरपालिका-५ डबरा बस्ने २३ वर्षीय आषिश पाण्डे , सोही नगरपालिका-८ दयानगर बस्ने २१ वर्षीय जितेन्द्र मौरिया र १९ वर्षीय विनोद कश्यप रहेका छन् ।
उनीहरूले कृष्णनगर नगरपालिका-८ बहादुरगंजमा पेस्तोल देखाई डर, धम्की दिई हिँडिरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी पत्थरदेहियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पेस्तोल सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको लु.६१ प ७०७२ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।