हत्या गरेको अभियोगमा पक्राउ
२०८३-०३-१०
- A
- A-
- A+
गुल्मी, आफ्नै श्रीमती ३७ वर्षीया मुना कुमालको हत्या गरेको अभियोगमा इस्मा गाउँपालिका-५ रातामाटा बस्ने ४१ वर्षीय यम बहादुर कुमाललाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
यम बहादुरले मादक पदार्थ सेवन गरी दाउराको चिर्पट प्रहार गर्दा मुना गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट धनार्जेबाट खटिएको प्रहरीले यम बहादुरलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएकी मुनाको जिल्ला अस्पताल तम्घासमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।