लुटपाटमा संलग्न व्यक्ति पक्राउ
२०८३-०४-०९
- A
- A-
- A+
काठमाडौं, लुटपाटमा संलग्न रहेको अभियोगमा काभ्रे पनौती नगरपालिका-५ बस्ने ओखलढुंगा घर भएकी ४७ वर्षीया संगिता तामाङ कार्कीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
गोकर्णेश्वर नगरपालिका-८ अत्तरखेलस्थित जग्गा हेर्न भनि बोलाई एक होटलमा खाजा खाने क्रममा पीडितलाई फ्रुटीमा नसालु पदार्थ मिसावट गरी सेवन गराई बेहोस बनाई सुनको औँठी, नगद र मोबाइल समेत लुटपाट गरी फरार भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले इलाका प्रहरी कार्यालय बनेपाको समन्वयमा उक्त कार्यमा संलग्न उनलाई काभ्रे पनौती नगरपालिका-५ चौकोटबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ ।