बैंकिङ कसुर र चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०२-२६
- A
- A-
- A+
काठमाडौं, बैंकिङ कसुर र चेक अनादर मुद्दाका फरार प्रतिवादी बुढानिलकण्ठ नगरपालिका-५ घर भएका ४७ वर्षीय राजु मिजारलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाडौंबाट विभिन्न मितिमा १२ वटा बैंकिङ कसुर मुद्दा र २ वटा चेक अनादर मुद्दा गरी जम्मा १४ वटा मुद्दामा ४३ लाख २३ हजार ५ सय ३४ रूपैयाँ ८० पैसा जरिवाना, क्षतीपुर्ति रकम १ लाख ७२ हजार ९ सय ४१ रूपैयाँ ३९ पैसा र ९० दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-४ धुम्बाराहीबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।