प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

२०८०-१०-२७

  • A
  • A-
  • A+
Share

काठमाडौं, नेपाल प्रहरी श्रीमती संघको आयोजना तथा अल्का अस्पताल प्रालि जावलाखेल ललितपुरको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा नि:शुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले निस्वार्थ रूपमा सेवा दिन र स्वास्थ्य शिविर कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने विशेषज्ञ चिकित्सक तथा प्राविधिकलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।  सो अवसरमा संघकी अध्यक्ष कुँवरले स्वास्थ्य शिविरबाट विभिन्न स्वास्थ्य सम्बन्धि समस्या पहिचान भई स्वास्थ्य उपचार प्राप्त गरी प्रहरी कर्मचारी तथा प्रहरी परिवारका व्यक्तिगत स्वास्थ्य उपचारमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखेरलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा अल्का अस्पताल प्रालिका अध्यक्ष कुमार थापाले शिविर संचालनको उद्देश्यसहितको मन्तव्य व्यक्त गर्नुभएको थियो ।

शिविरमा अल्का अस्पताल प्रालिका विशेषज्ञ चिकित्सक तथा प्राविधिक कर्मचारीहरूबाट कुल ३ सय ३ जनाको स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक औषधिहरू समेत वितरण गरिएको थियो ।

सम्बन्धित समाचार
हेभी सवारी चालक तालिम सुरू
२०८१-०६-०२

 काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा संचालन हुने १५ औं समूहको हेभी सवारी चालक तालिम सुरू भएको छ ।सोही महाशाखाका प्रहरी नायव उपरीक्षक अनुप श्रेष्ठले बुधबार आयोजित कार्यक्रमबीच उक्त तालिमको उद्‍घाटन   गर्नुभयो । कार्यक्रममा प्रहरी निरीक्षक ई. अशोक केसीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ३० दिन कार्यअवधिको उक्त तालिममा प्रहरी सहायक हवल्दार १२ जना र प्रहरी जवान १८ जना गरी कूल ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।

६० जना प्रहरी कर्मचारीहरूलाई ट्राफिक नियन्त्रण तालिम प्रदान
२०८१-०५-३०

काठमाडौं, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ६० जना प्रहरी कर्मचारीहरूलाई ट्राफिक नियन्त्रण तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सो कार्यालयमा संचालित ट्राफिक नियन्त्रण तालिम १५२औं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आइतबार आयोजित तालिम समापन कार्यक्रममा सोही कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहराले तालिम समापन गर्दै प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो ।उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक बोहराले सेवा प्रवाहको क्रममा आफ्नो बोली, बचन र व्यवहारलाई अझ उत्कृष्ट बनाउनुपर्ने उल्लेख गर्नुभयो । ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणको लागि अनुशासित एवम् मर्यादित भई तालिमबाट प्राप्त व्यावसायिक सीप एवम् क्षमतालाई संगठनको उद्देश्य अनुरूप प्रयोग गर्न प्रशिक्षार्थीहरूलाई उहाँले निर्देशन दिनुभयो । कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक सुनिल जंग शाहले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत साउन ६ गतेदेखि संचालित ४५ कार्यदिन अवधिको उक्त तालिममा प्रहरी सहायक हवल्दार २१ जना र प्रहरी जवान ३९ जना गरी कुल ६० जना प्रशिक्षार्थीहरुले तालिम हासिल गरेको जानकारी दिनुभयो । 

विपद् व्यवस्थापन आधारभूत तालिम सम्पन्न
२०८१-०५-३०

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालयमा संचालित ३४औं समूहको विपद् व्यवस्थापन आधारभूत तालिम आइतबार सम्पन्न भएको छ ।उक्त अवसरमा सोही कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक तारा देवि थापाले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्दै प्रशिक्षार्थीहरूले तालिमबाट प्राप्त गरेका ज्ञान, सीप र दक्षतालाई आ-आफ्नो कार्य क्षेत्रमा जिम्मेवारी पूर्वक त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्नुपर्ने बताउनुभयो ।कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक राजन प्रसाद भट्टराईले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत साउन ६ गतेदेखि संचालित ४५ कार्यदिन अवधिको उक्त तालिममा प्रहरी नायव निरीक्षक २ जना, प्रहरी सहायक निरीक्षक ४ जना, प्रहरी सहायक हवल्दार ८ जना र प्रहरी जवान १६ जना गरी कुल ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक तथा प्रहरी सहायक निरीक्षक पदमा नयाँ भर्नाका लागि दरखास्त आव्हान
२०८१-०५-२८

काठमाडौं, नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको छ । प्रहरी निरीक्षक पदका लागि ६४ जना र प्रहरी सहायक निरीक्षक पदका लागि २ सय ५६ जना नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको हो ।  प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदमा दरखास्त दिने उम्मेदवारहरूले नेपाल प्रहरीको Online Recruitment Management System (ORMS) मार्फत अनलाइन दरखास्त दिनुपर्ने छ । अनलाइनबाट दरखास्त दिन नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np को Career भित्र Online Application वा https://careers.nepalpolice.gov.np मा गई दरखास्त फारम भर्न सकिनेछ । नयाँ भर्ना हुन इच्छुक नागरिकहरूले भदौ ३० गतेदेखि असोज ३० गतेसम्म दरखास्त फारम भर्न सक्नेछन् ।दरखास्त आव्हान सम्बन्धी विस्तृत विवरण सहितको सूचना तथा सम्बन्धित पदको पाठ्यक्रम नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ ।

एप्लिकेसन अफ सिसिटिभि एण्ड ड्रोन इन पुलिस अपरेशन एण्ड इन्भेष्‍टिगेशन अनुशिक्षण समापन
२०८१-०५-२७

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय संचार निर्देशनालयमा संचालित दोस्रो समूहको एप्लिकेसन अफ सिसिटिभि एण्ड ड्रोन इन पुलिस अपरेशन एण्ड इन्भेष्‍टिगेशन अनुशिक्षण बिहीबार समापन भएको छ । उक्त अवसरमा सोही निर्देशनालयका प्रहरी वरिष्ठ उपरीक्षक ई. गोपाल बहादुर रेग्मीले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्दै प्रहरी कामकारवाहीलाई थप प्रमाणमुखी बनाउन अनुशिक्षणबाट प्राप्त सैद्धान्तिक एवम् व्यवहारिक ज्ञान सीप फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । प्रहरी उपरीक्षक अंशु कुमार सिंहले स्वागत मन्तव्य तथा अनुशिक्षण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा प्रहरी उपरीक्षक प्रदिप बहादुर क्षेत्रीले प्रशिक्षार्थीहरूको तर्फबाट मन्तव्य व्यक्त गर्नुभएको थियो । गत भदौ २३ गतेदेखि संचालित ५ कार्यदिन अवधिको उक्त अनुशिक्षणमा प्रहरी उपरीक्षक १ जना, प्रहरी नायव उपरीक्षक ७ जना र प्रहरी निरीक्षक ७ जना गरी कुल १५ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो ।

श्रव्यदृश्य आधारभूत तालिम उद्‌घाटन
२०८१-०५-०६

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय श्रव्यदृश्य शाखामा संचालन हुने छैंटौ समूहको श्रव्यदृश्य आधारभूत तालिमको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्कीले बिहीबार आयोजित एक कार्यक्रमबीच उद्‌घाटन गर्नुभयो ।सो अवसरमा प्रहरी नायव महानिरीक्षक कार्कीले प्रशिक्षार्थीहरूले पूर्णरूपमा समर्पित, लगनशील एवं दत्तचित्त भएर प्रशिक्षणमा सहभागी हुनुपर्नेमा जोड दिँदै प्राप्त ज्ञान, सीपबाट श्रव्यदृश्य सामग्री निर्माणमा थप व्यावसायिक बन्न प्रशिक्षार्थीहरूलाई निर्देशन दिनुभयो । घटना, दुर्घटना तथा अपराधको अनुसन्धान गरी घटनामा संलग्न दोषीलाई कारबाहीको दायरमा ल्याउन श्रव्य दृश्य सामग्रीको सहयोगी भूमिका रहने उहाँले चर्चा गर्नुभयो । तालिमलाई उपलब्धिमूलक बनाउन आवश्यक रहेको उल्लेख गर्दै  तालिमबाट अनन्त ज्ञान आर्जन गरी सिकेका सीपलाई कार्यक्षेत्रमा प्रयोग गर्नुपर्ने उहाँले बताउनुभयो ।प्रहरी नायव उपरीक्षक रविन श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक सचिता थापा मगरले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।  कुल ३० कार्यदिन अवधि रहेको उक्त तालिममा प्रहरी वरिष्ठ हवल्दार १ जना, प्रहरी हवल्दार १ जना र प्रहरी सहायक हवल्दार ४ जना र प्रहरी जवान १४ जना गरी जम्मा २० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ ।