प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

हातहतियार सहित पक्राउ

२०७९-१०-२९

  • A
  • A-
  • A+
Share

सप्तरी,  कंचनरुप नगरपालिका-७ लालभित्ती डाँडा पौडा खोलाबाट भरुवा बन्दुक १ थान, बलबाईरिङ १ पोका, टुकली पटका १ पोका, बारुद १ बोतल र चम्चा १ थान सहित सोही नगरपालिका-१२ बस्तीपुर बस्ने ३६ बर्षीय प्रकाश कुमार श्रेष्ठ लगायत ४ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । 

ईलाका प्रहरी कार्यालय कंचनपुर र प्रहरी चौकी धरमपुरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त हातहतियार सहित पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।  


सम्बन्धित समाचार
कटुवा पेस्तोलसहित तीन जना पक्राउ
२०८१-०१-११

बाँके, नेपालगंज उपमहानगरपालिका-१३ लोनियनपुरूवाबाट कटुवा पेस्तोल १ थान, उक्त पेस्तोलको गोली १ थान र मोबाइल ३ थानसहित ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा नेपालगंज उपमहानगरपालिका-२३ बस्ने सदराम बागवान, साकिर अली बागवान र सोही उपमहानगरपालिका-१४ बस्ने हुसेन बागवान रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले भे.६ प ४९०२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पेस्तोलसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।