प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पेस्तोल र गोलीसहित एकजना पक्राउ

२०८१-०१-०७

  • A
  • A-
  • A+
Share

काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-५ नयाँबस्तीस्थित पहेंलो पुलबाट सेमी अटोमेटिक पेस्तोल १ थान र सोही पेस्तोलको गोली ४ राउण्डसहित सोही नगरपालिका-६ नयाँवस्ती बस्ने काभ्रेपलान्चोक रोसी गाउँपालिका-५ घर भएका ३८ वर्षीय मिमसिंह लामालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत बौद्ध र प्रहरी बिट नयाँबस्तीबाट खटिएको प्रहरीले बा.१८ च ८३६१ नम्बरको स्कारपियो जाँच गर्ने क्रममा स्कारपियोमा सवार उनलाई उक्त पेस्तोल र गोलीसहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार